नाम होस्, बदनाम होस् तर गुमनाम नहोस् । मागेरै भए पनि घिउ खाने भनेझँै बदनामै भएर पनि नाम कमाउने भोक हाम्रा केही हिरोइनमा छ । आफ्नो चर्चा सेलायो, फिल्म हात पर्न छाड्यो र फ्लप गइयो भने केही न केही हर्कत गरेर चर्चामा आउने र त्यसकै दाउमा दुई-चार फिल्म, प्रोग्राम हात पार्न 'जुक्ति' लगाउने थुप्रै हिरोइन भेटिन्छन् अचेल ।
त्यसो त फिल्मी अर्थशास्त्रले नै भन्छ- स्टार बनाऊ र बेच अनि स्टार बनाउन जे मन लाग्छ, गर । 'गसिप' मिडियासम्म पुर्याउने खेल पनि यही अर्थशास्त्रको हिस्सा हो । यस्ता 'गसिप' धेरैजसो नायिकामाथि बन्छन् । अफेयर, झगडा र पारिवारिक सम्बन्धका कारण त नायिका चर्चामा आउने नै भए ।
अमेरिकाबाट फर्केपछि करिश्मा मानन्धरले आफ्नो हराएको चर्चा बिउँताउन स्तनमा खोपाएको ट्याटु देखिने गरी ओपन डे्रस लगाएर हिँड्ने गरेकी छिन् । उनी बच्चीले
नम्रता श्रेष्ठ सेक्स टेपका कारण विवादमा परिन् । त्यसको सामना गरेर चलचित्र क्षेत्रमै टिकिरहेकी उनले पुरानो क्रेज हासिल गर्ने सम्भावना भने कम छ । नम्रताको टेप सार्वजनिक भएको डेढ महिनामै अर्की नायिका पूजा लामाको यौनजन्य भिडियो सार्वजनिक भयो । सो भिडियोका कारण पूजाले तत्कालै बिहे गरिन् । त्यसअघि पनि दिनेश डिसीसँगको रोमान्सका कारण चर्चामा आउने गरेकी पूजाको बिहे उनको टेपझैँ छोटो भयो । पछि, नाम मात्रै नभई धर्मसमेत परिवर्तन गरेकी पूजा अचेल गुमनाम छिन् । बौद्ध छाडी मुस्लिम धर्म अपनाएकी पूजा अचेल कहाँ, के गर्दै छिन्, कसैलाई थाहा छैन ।
अनेक बहाना र हर्कतका कारण चर्चामा आइरहने अर्की हिरोइन हुन् रेखा थापा । छोटा लुगा लगाएर चर्चामा आइरहने गरेकी उनी कहिले एमाओवादी अध्यक्ष प्रचण्डसँग नाचेर चर्चामा आउँछिन् त कहिले पत्रकार कुटेर चर्चामा आउँछिन् । त्यति मात्रै नभई उनी कहिले सहकर्मी अभिनेतासँग झगडा गरेर त कहिले पतिसँग पारपाचुके गरेर समाचारमा छाउँछिन् । कहाँ के गर्दा मान्छेले 'वाच' गर्छन् र आफू 'हाइलाइट' हुन्छु भन्ने कुराको राम्रो हेक्का छ रेखालाई । सहकर्मी हिरोइनका बारे टिप्पणी गरेर पनि चर्चा कमाउन खोज्छिन् उनी ।
फिल्मी करिअर उकालो लाग्दै गर्दा आकाश साहसँग कोर्टम्यारिज गरेकी सञ्चिताको बिहे लामो समय टिकेन । दुई वर्षअघि अभिनेता निखिल उप्रेतीसँग दोस्रो बिहे गरेकी सञ्चिता फिल्मवृत्तमा सोझी हिरोइनका रूपमा कहलिएकी थिइन् । सौतामाथि गएपछि भने उनी बाहिर देखिएजति सोझी नभएको टिप्पणी गरिन्छ । उनी निखिलका तर्फबाट एक छोरा र एक छोरीकी आमा बनेकी छिन् ।
एकताका जेनिसा केसी नायक विराज भट्टसँग प्रेमलाप गरेको प्रसंगले चर्चामा थिइन् । विराजको सिफारिसमा फिल्ममा काम गर्दै आएकी जेनिसाको करिअर विराज भोजपुरी फिल्म अभिनयमा लागेपछि ओरालो लाग्दै गयो ।
निर्देशक श्याम भट्टराईकी पूर्वपत्नी तथा नायिका रञ्जना शर्माले पनि चर्चामा आउन कुनै कसर बाँकी राखिनन् । गीतमा भित्री लुगा देखाएर नाच्नेदेखि भुवन केसीसँग प्रेमालाप गरेको प्रसंगले ठाउँ पाएको थियो उनका बारेमा । श्रीमान्सँगको झगडाको खबरमा पनि चर्चा बटुल्न खोज्ने उनी दुई वर्षअघिदेखि अमेरिकामा छिन् । श्याम भने अझै पनि रञ्जनालाई पर्खेर बसेका छन् ।
एक दशकको संघर्षपछि पनि हिरोइन बन्न नसकेकी विनिता बराल 'के म तिम्रो साथी बन्न सक्छु' मा अनुबन्धित भएकी थिइन् तर पछि निकालिइन् । त्यसपछि निकटवर्ती सञ्चारकर्मीसँग 'यो फिल्ममा हिरोइन लिइएन भने म आत्महत्या गर्छु' भन्दै रोइन् । त्यो चीत्कारले उनलाई चर्चामा मात्र ल्याएन, 'चपली हाइट' पनि दिलायो । फेरि, उनले आफूले चपली हाइटमा नग्न दृश्य नदिएको र नग्न फोटो पनि नखिचाएको दलिल पेस गर्न पत्रकार सम्मेलन नै गरिन् । निर्माताले गलत हल्ला फैलाएको भन्दै पत्रकारमाझ रोएकी विनिताले त्यो सब चर्चामा आउनका लागि गरेको त्यतिवेला प्रमाणित भयो, जब चपली हाइटका निर्माताले विनिताले गरेको प्रेसमिटको सबै खर्च आफूले बेहोरोको खुलासा गरे ।
विनिता आफूसँगै काम गरेका अभिनेता राज घिमिरेलाई दिक्पाल कार्कीलगायत केटाहरूलाई प्रयोग गरी अनेक माध्यमबाट धम्क्याएकोमा पुलिसको फन्दामा समेत परिन् ।
'सिलसिला' मा अभिनेता राज तिमिल्सिनासँग 'टङ किस' सिन दिएकी सोनिया केसीले अरू दुई फिल्ममा पनि 'टङ किस' बाटै चर्चा बटुलिन् । उनलेे 'अफर आए ब्लु फिल्म खेल्न पनि तयार भएको' अभिव्यक्ति दिएर हिट हुने असफल प्रयास गरिन् ।
झरना थापाले रेजिना उप्रेतीलाई पति सुनिलकुमार थापासँग मध्यरातमा आफ्नै घरअघि प्रेमरत अवस्थामा भेटेपछि बीच सडकमै भकुरिन् । सोही घटनाले झरना र सुनिलको झन्डै छोडपत्र भएको थियो । चर्चामा आउन नगरिएको भए पनि उक्त घटनाले निकै चर्चा पाएको थियो ।
केही समयअघि अभिनेत्री पि्रयंका कार्कीले दिएको यौनजन्य अन्तर्वार्ताले पनि निकै चर्चा पायो । अन्तर्वार्तामा पि्रयंकाले आफूलाई डाइनिङ टेबलमा सेक्स गराउन मज्जा लाग्ने
बताएकी थिइन् ।
अश्लील दृश्य दिए रातारात हिट भइन्छ भन्ने भ्रम पालेका जिया केसी, सविना कार्की र सोनिया शर्माले एटिएम नामक फिल्ममा हद नाघेर 'टङ किस' र 'बेडसिन' मात्र दिएनन्, लाजै लाग्ने फोहोरी संवाद पनि बोले । 'सेमी ब्लु' दृश्य र संवादका कारण उनीहरू निकै आलोचित भएका छन् ।
पाए मुख्य भूमिका, नपाए आइटम गीतमा समेत अभिनय गर्ने गरेकी सुष्मा कार्कीले पनि चर्चामा आउनका लागि अनेक उपाय अपनाउने गरेकी छिन् । उनी कहिले ओभर एक्सपोज गरेर चर्चामा आउन खोज्छिन् त कहिले स्तनमा खोपाएको ट्याटु देखाएर हिट भएको आत्मरतिमा रमाउँछिन् । 'मसँग एक रात बिताउन एक लाखको अफर आउने गरेको छ' भन्ने घोषणा गरेर उनी अहिले चर्चामा छिन् ।
अचेल चर्चा कमाउनका लागि पुरानादेखि भर्खरै उदाउँदै गरेका नयाँ हिरोइनले समेत यौनको मामलामा खुलेर बोल्ने मात्र होइन, एक्सपोज गर्ने गरेको पाइन्छ ।
♦ लक्ष्मण सुवेदी
नया पत्रिका
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !