धनबहादुर खड्का- मिस वर्ल्ड नेपाल बन्ने अन्तिम दौड सुरु हुन केही मिनेटमात्रै बाँकी थियो। मुख्य निर्णायकको प्रश्न सामना गर्न तयार हुनुपर्ने पाँच जनामध्ये एक ब्याकस्टेजमा धरधरी रोइरहेकी थिइन्। ती युवती थिइन्, अहिलेकी 'मिस वर्ल्ड नेपाल' इशानी श्रेष्ठ।
उनी अब ताज पहिरिन पाइने भयो भन्ने खुशीमा होइन, अर्कै युवती हुने फिक्स्ड भइसकेको रहेछ भन्ने दुःखमा आँशु झारिरहेकी थिइन्। अन्तिम स्पर्धाका लागि सोधिने ११ वटै प्रश्न भएको पेपर अर्की एक प्रतियोगीका हातमा देखेपछि इशानी डाँको छोडेर रोएकी थिइन्।
आयोजकले सदाझैँ यस वर्ष पनि आफ्नो अनुकूल प्रतियोगीलाई ताज पहिर्याउने सेटिङ मिलाइसकेको थियो। अघिल्लो वर्ष अन्तिममा जालझेल गरेको प्रस्टै देखिएपछि यस वर्ष चाहेको प्रतियोगीलाई उपाधि विभूषित गर्न प्रश्न आउट गरिएको थियो। तर, आइडिया फ्लप भयो। अन्तिम प्रश्नको उत्तर दिँदा सेटिङ मिलाइएकी प्रतियोगी ओभर कन्पि्कडेन्ट देखिइन्। 'तपाईं एकल परिवार चाहनुहुन्छ कि संयुक्त?' भन्ने प्रश्नको उत्तरमा 'संसार नै एउटा घर हो, त्यसैले सबैप्रति उत्तिकै सद्भाव राखे पनि एकल परिवारमा बस्नु नै उपयुक्त' भन्ने आशयको उत्तर निर्णायकलाई खास चित्त बुझेन, इशानीले दिएको जवाफका अगाडि। उनले भनेकी थिइन्- 'आँखा, नाक, मुख, कानविना जसरी एउटा मान्छे पूर्ण बन्न सक्दैन, त्यसैगरी सबै सदस्यविना परिवार पूर्ण हुँदैन। त्यसैले संयुक्त परिवार ठीक।' यहीँनेर चुक्यो आयोजकको निशाना। यसरी रोइरहेकी इशानीको अनुहारमा एकाएक हाँसो फुल्यो।
नेपालमा आयोजना हुने दर्जनौँ सुन्दरी प्रतियोगीतामध्ये ठूलो मानिएको 'मिस वर्ल्ड नेपाल' पछिल्ला वर्षमा क्रमशः खस्किँदै गएको छ। आयोजकलाई मात्रै नाफा हुने प्रायोजक खोज्दै जाने क्रममा तारे होटलमा भव्य रूपमा हुने अन्तिम स्पर्धा यस वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा झर्यो। स्टेज र साउन्डमा उपयुक्त ध्यान पुर्याउन नसक्दा चार हजार रुपैयाँसम्म तिरेर कार्यक्रम हेर्न आएकाले मन कुँडाए। प्रतियोगी मञ्चको अग्रभागमा पुग्दा स्त्रि्कनमा उनीहरूको परिचय देखिने सेटिङ मिलाइए पनि केही प्रतियोगीको परिचय भएन। मञ्चको अघिल्लो भागमा पुगेर मुसुक्क मुस्कुराएका प्रतियोगी कालो अनुहार लिएर फर्किए।
त्यही थलोमा आयोजना हुने 'मिस मंगोल'ले पुरस्कार राशि रु. एक लाख पुर्याइसकेको छ। तर, मिस नेपालमा भने हरेक वर्ष पुरस्कार घट्दो अवस्थामा छ। वर्षौंदेखि आयोजक संस्था 'हिडेन ट्रेजर'ले दिँदै आएको ५० हजार रुपैयाँ नगद राशि त्यहीँ थन्किएको छ। मिस नेपालको इतिहासमा गाडी पनि पाउने सदीक्षा श्रेष्ठ भाग्यमानी विजेता हुन्। 'मिस पूर्वाञ्चल', 'मिस तमुस्यो' जस्ता क्षेत्रीय र जातीय प्रतियोगिताले पनि स्कुटीसम्म उपहार दिँदै आएको अवस्थामा यो मिस नेपालको पुरस्कार यति निम्छरो छ!
सुन्दरी प्रतियोगिता विश्वमै सुन्दरताका आडमा धन थुपार्ने माध्यम बन्दै गएका छन्। नेपालका आयोजकले विश्व सुन्दरी प्रतियोगितामा जित्ने उम्मेदवार खोजेको प्रचार गरे पनि जानकार भन्छन्, 'गरिब देशले जित्ने मीठो सपनामात्रै देख्न पाउँछन्।' भेनेजुएलाजस्तो सानो देशले पाँच पटक मिस वर्ल्ड त्यसै जितेको होइन। उसको जितमा नेपालजस्ता साना मुलुकले आशा भेट्छन्। तर, भेनेजुएला कस्मेटिक सामग्री धेरै खपत गर्ने तथा उत्पादन गर्ने मुलुकमध्ये एक हो। उसले ११ सय ८० उत्पादन निर्यात गर्छ। नेपालकी एक सुन्दरी सहाना वज्राचार्यले भनेझैँ अहिले ब्लेड बेच्न पनि केटी चाहिन्छ। यही कारणले भेनेजुएलाको सुन्दरीलाई मिस वर्ल्ड बनाउँदा आयोजकलाई फाइदा हुन्छ।
मिस वर्ल्डकै प्रतिनिधि छान्ने हिडेन ट्रेजरले पनि व्यापार-व्यवसायमा स्थापित भएका वर्गकालाई मिस नेपाल बनाउन खोज्छ। मिस नेपालका पछिल्ला नतिजा हेर्ने हो भने उसले दुई तरिकाले छानेको छ। एउटा जो पहिल्यै चर्चित थिए, अर्काे जुन समुदायको व्यापार-व्यवसायमा पहुँच छ। स्वभावैले आफ्नो समुदायका चेलीप्रति अपनत्व हुन्छ। त्यही सेन्टिमेन्ट बेचेर आर्थिक फाइदा उठाउँछन् आयोजकले।
मिस नेपाललाई एक वर्ष दासीलाई जस्तै काममा जोताउँछ, हिडेन ट्रेजरले। एक वर्षभरि मिस नेपाल टाइटल विजेताले गरेको कामबाट ४० प्रतिशत आर्थिक लाभ आयोजक संस्थाले लिने पहिल्यै सम्झौता हुन्छ। यदि नचिनिएको अनुहार वा व्यापार-व्यवसायमा पहुँच नभएका समुदायबाट कसैले उपाधि जित्यो भने आयोजकलाई फाइदा हुँदैन। त्यसकारण हिडेन ट्रेजरले पहिल्यै चर्चित भएका र नेवार समुदायका युवतीमध्ये एकलाई 'मिस नेपाल'का लागि प्राथमिकता दिइरहेको छ।

- नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !