CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » मलामी जाँदा देखियो बिदेशिएका छोराहरुको र देशमा रहेका बा आमा हरुको हबिगत ( पढ्ने पर्ने यथार्थ)

मलामी जाँदा देखियो बिदेशिएका छोराहरुको र देशमा रहेका बा आमा हरुको हबिगत ( पढ्ने पर्ने यथार्थ)

हिजो म मलामी गए । उहाँको मृत्यु भएको २ दिन भै सकेको थियो । २ सन्तानका पिता उहाँ पुर्व नेपाल सरकारका कर्मचारी हुनु हुन्थ्यो ु दुुई छोरा दुबै विदेशमा बस्ने हुनाले आईपुग्न समय लाग्यो । वृद्ध बुबा आमा सुगर, प्रेसरको औषधी खादै खादै संन्तानको यादमा बसेका थिए । अकस्मात बुबाको मृत्यु भएपछि छोराहरु विदेशबाट आई पुग्दा घरमा बृद्ध आमा मात्र रुवाबासी गरेर बसेकी थिईन, बाबुलाई अस्पतालको शवगृहमा राखिएको थियो । छोरा अस्ती नै देखि आउ आउ भनेको आएनौ हेर अब बुबालाई कहाँ भेटनु होला भन्दै वृद्ध आमाले बाबुको लाशलाई अंगालो हालेर रोएको हेर्नु परयो । अब दुईचार दिन त सबै आफन्त आउछन, छोरा छोरीहरु हुन्छन त्यसपछि त फेरी त्यो घरमा म एक्लै हुन्छु । मलाई औषधी कस्ले ल्याई दिन्छ होला ? मैले दुःख सुख मनको बेदना को सँग पोख्ने होला ? आखाँ
कम्जोर छ , दाँत हल्लीए अनुहार भरी मुजा परे । कहिले काहि मन्दिर जान मन लाग्छ, भजन कृतन गर्न मन लाग्छ कस्ले मलाई साथ दिने होला भनेर छोराहरु सँग बेदना पोखि रहदा सबै मलामीका आखाँ आसुले भरीए ।
हुन पनि हो , जन्म दिने आमा बाबाको लागि पनि बाँँच्न सकिएन भने ? हामी छोरा छोरीले कमाएको धन सम्पती, नाम, एैस आरामको मुल्य के ? हामी संसारमो जुन सुकै स्वर्ग जस्तो ठाँउमा बसेर जिन्दगी विताए पनि जन्म दिने आमा बाबाको आँखामा आँसु, चिन्ता, पिरमा छन भने ?
बाबु आमाको अन्तिम भरोसा आशा भनेका नै संन्तान हुन । दुनियाँमा कसैको भरोसा नभएर नै संन्तान माथि सतप्रतिशत विश्वास गरिएको हो । आमा बाबुको आँखामा सबै सन्तान बराबरी हुन्छन, मन मुटुमा उत्तिकै स्थान पाएका हुन्छन । जिवनको उत्तरार्दमा सन्तानले हेरविचार गर्लान, उनिहरुको माया पाईएला, दुःख गरेर कमाएको धन सम्पतिको उत्तराधिकारी बन्लान भन्ने आशा हुन्छ । अपवाद बाहेक आजकाल समय परिवर्तन सँग सँगै हामी सन्तानहरुको विचार परिवर्तन भएको छ, बाबु आमाको सेवा कर्तव्यलाई धन सम्पति जग्गा जमीन सँग तुलना गर्ने । आफु देश विदेशमा बसेर बाबु आमालाई वृद्धा आश्रममा छाडि दिने । कोहि कोहि त बाटोमा फोहोरको थुप्रोमा पनि छाडेर हिडछौ । हेला गर्ने , दुरव्यवहार गर्ने गर्छौ । परिणाम हामीलाई मिल्छ मात्र पश्चाताप । अनि बाबु आमाको मृत्यु हुन्छ अनि थाहा पाउछौ आमा बाबाको महत्व । आमा बाबकोु नाममा पाटी पौवा बनाउछौ र मन्त्री ल्याएर उद्घाटन गराउछौ ।
जिवनमा सबैथोक होस मात्र पश्चाताप नहोस । जब जिवन को अन्तिम घडि आउछ, जिवन मृत्युको शैयामा पुग्छ अनि बाँच्ने ढंग थाहा पाउछौ
धिक्कार छ यो जिन्दगी...........्


























दिक्षा चापागाई ,पवित्र समाज सेवा नेपाल , धापाँसी काठमाण्डौ, नेपाल । 
फेसबुक बाट साभार 
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis