काठमाडौ, प्राइभेट स्क्रिनिंगमा 'बधशाला' हेरेपछि पत्रकार रवीन्द्र मिश्रले भने 'अधिकारीहरूले बुझ्नुपर्ने कुरा, यसको सार्वजनिक प्रदर्शनीमा रोक लगाउने प्रयास भनेको फिल्मलाई थप लोकपि्रय बनाउनु मात्रै हुनेछ ।' 'मैले पनि 'बधशाला' हेरेपछि सम्बन्धित अधिकारीहरूलाई केही सामान्य सम्पादन गराई चल्न दिन सुझाव दिएको
थिएँ,' निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वट गरे ।
ट्विटर संसारमा केही महिनाअघि मात्रै लालध्वजका नामले इन्ट्री मारेका तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले यसै साता निवर्तमान भएपछि 'बधशाला' फिल्ममा नेपाली सेनाले पुर्याएको अवरोधमा आफूले केही गर्न नसकेको लाचारी व्यक्त गरे । दसवर्षे माओवादी जनयुद्धकालमा गिरफ्तार भएर सरकारी सेनाको क्याम्पमा पुगेका केही माओवादी, केही निर्दोष र सेनाका जवान, अधिकारीबीचको सम्बन्धलाई कथा बनाएर बनाइएको फिल्म 'बधशाला' अहिले प्रतिबन्धको संघारमा पुगेको छ ।
सेनाले सञ्चार मन्त्रलायलाई दुईपटक पत्र लेखी फिल्म रोकिदिन आग्रह गरेपछि सेन्सर बोर्डले फिल्म हेरेको छैन । बोर्डले फिल्म हेरेर पास नगरी यसको सार्वजनिक प्रदर्शन गर्न पाइँदैन । सञ्चार मन्त्रालयअन्तर्गत नै पर्ने चलचित्र विकास बोर्डले 'बधशाला' को स्त्रिmप्टलाई फिल्मांकन गर्न अनुमति दिएको थियो । तर त्यही सञ्चार मन्त्रालयअन्तर्गतको सेन्सर बोर्डले फिल्म चल्नका लागि जाँचपास गर्नुपूर्व नै सेनाले उसलाई खबरदारी गर्यो । फागुन २५ मा फिल्म प्रदर्शन गर्ने निर्माण पक्षको तयारी यसरी खेर गयो ।
ठूलो आन्दोलनबाट गणतन्त्र भएको देशका नागरिकले आपmनै निकट विगतमाथि बनेको फिल्म हेर्न पाउने/नपाउने अन्योल रहे पनि विदेशमा भने फिल्मको प्रदर्शन भइसकेको छ ।
'माओवादीकै सरकार भएका बेला यो फिल्म किन रोकियो होला ?' गत साता मात्रै 'बधशाला' लाई विशेष रूपमा हेरेपछि ध्रुवहरि अधिकारीले राय व्यक्त गरे, 'सायद उनीहरूलाई एक चरणमा खाटा लागिसकेको घाउ उप्किन लागेर असजिलो भएर पो हो कि ?' आपै+m रक्षामन्त्री तथा प्रधानमन्त्री भएका बेला फिल्म हेरेर पनि केही नबोलेको नगरेका भट्टराईले अहिले बालुवाटारको तापबाट बाहिरिएपछि ट्विटरबाट आपmनो अनुहार जोगाउन खोजेका थिए ।
सञ्चारकर्मीमाझ गराइएको एक स्त्रिmनिङमा फिल्म हेरेपछि दमाकान्त जैसीले भने फिल्म रोकिनुमा त्यसबेलाको एमाओवादी सरकार नै जिम्मेवार भएको शंका गरे, 'यो फिल्म चल्यो भने त तिनै क्रान्तिकारी नेतृत्वलाई नै अप्ठ्यारो पर्छ । पाँच वर्षअघि भएको भए निश्चय पनि देखाउँथे होलान् । तर अहिलेका नेतालाई क्रान्तिका कुरा देखाउँदा अप्ठ्यारो पार्छ,' उनले कटाक्ष गरे ।
अर्का पत्रकार नारायण वाग्लेले भने, 'यो एउटा काल्पनिक कथा हो । सेनालाई प्रेसर पारेको भैरवनाथ गण त फिल्ममा झल्कँदैन । किताबमा पढ्दा बरु एकदमै धेरै यातना छ ।' धु्रवहरिले चाहिँ 'सलामी र गुलामीमा बसेको सेना' लाई एकैचोटि यस्तो -गणतन्त्र) मा आउँदा रिफाइन हुन गाह्रो परिरहेको टिप्पणी गरे । थपे, 'नत्र इराकमा अमेरिकी सेनाले गरेको अत्याचारको दाँजोमा त फिल्ममा देखाइएका दृश्य केही पनि लागेन । 'बधशाला' अस्वाभाविक छैन ।' उनले फिल्मका पात्रले बोल्ने बोलीचाली र क्रियाकलापले पनि यथेष्ट अनुसन्धान गरिएको झल्किएको बताए ।
फिल्मका निर्देशक मनोज पण्डितले यातना खेपेकाको वर्णनलाई द्वन्द्व विकासका लागि आफूले फिक्सनाइज पनि गरेको उल्लेख गर्दै भने, 'फ्याक्ट र फिक्सनको फ्युजन हो ।' रवीन्द्र मिश्रले फिल्ममा कलाकारले गरेको अभिनयलाई प्रशंसा गर्न कुनै कन्जुस्याइँ गरेनन् । उनलाई पात्रको सम्बन्ध विकास फिल्मको शक्तिशाली पक्ष लागेछ । 'तर फिल्मको सुरुवातमा अलि बढी हिंसा भयो । लगातार मारपिटका दृश्य मात्रै आउनुभन्दा पछिका सम्बन्ध विकासलाई अगाडि पनि राखेको भए राम्रो हुन्थ्यो होला,' रवीन्द्रको भनाइमा नारायण पनि सहमत देखिए ।
तर निर्देशक भने सहमत हुन सकेनन् । भने, 'मलाई बधशाला देखाउन थियो तर त्यसको २० प्रतिशत पनि देखाउन सकेको छैन । त्यो बेला धेरै अत्याचार थियो । मलाई त त्यो देखाउन नसकेकोमा ग्लानि छ । कलाकारलाई त्यति धेरै यातना दिएर फिल्म गराउन पनि सकिनँ । यसो गर्नुको एउटै मात्र उद्देश्य भनेको 'नो मोर बु्रटालिटी' भनेर फिल गराउनु थियो ।' उनले टर्चरकै बीचमा पात्रबीच बढेको सम्बन्ध देखाउन पनि यसो गर्नुपर्ने दाबी गरे ।
-- ईकान्तिपुर

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !