(एजेन्सी) –२६ वर्षिया मुस्ताङ वान्टेड भनिने एक युवकले ‘रियल लाइफका स्पाइडर म्यान’ को उपाधि प्राप्त गरे जब उनले गएको दश वर्ष सबभन्दा अग्ला संरचनाहरुको टुप्पोमा गई कहिले एक हातले झुन्डिएर खुट्टाको बुढि औँलालेमात्र
मेटलको रेलमा टेकेका फोटोहरु सोसल मिडियामा पोष्ट गरे ।
मेटलको रेलमा टेकेका फोटोहरु सोसल मिडियामा पोष्ट गरे ।
बाल्यवस्थादेखिको उनको सोख खेलकुदमा रहेको थियो । तर, अहिले भने उनले गगनचुम्बी संरचनाहरुले पत्याउन नसकिने स्टन्टहरु गरेको फोटो र भिडियो सोसल मिडियामा सेयर गर्ने गर्दछन् । उनको अहिलेसम्मको सबभन्दा प्रख्यात स्टन्ट भनेको जमिनभन्दा ३०० फिट अग्लो रहेको मेटलको टावरमा पुसअप गरेकोे र १५० मिटर माथिबाट एउटा मेटलको क्रेनबाट एउटा हातले झुन्डिएको हो । उनको यस्ता भिडियोहरु हेर्नाले मात्र पनि धेरै मानिसहरुको मुटु कमाउँछ तर उनका लागि भने डर भन्ने कुरा नै छैन ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !