राजेश हमाल जोक्स - फेसुबुक कलेक्सन ५
राजेश दाइले भर्खर मात्र ४८सौ जन्मदिन मनाए पनि उनी "युग देखि युग सम्म" जवान रहिरहने छन् |
एकपटक राजेश हमाल र हनुमान बीच घमासान युद्ध भएछ | हनुमानले राजेश को फलामे हातको सामना गर्न नसकेर स्वर्ग प्रस्थान गर्नु पर्ने भएछ | तर जांदा जाँदै हनुमानले श्राप दिएछन … "मलाइ बिहे गर्न नपाउदै मारीस, अब तेरो पनि कहिल्यै बिहे नहोस् | (Mohan Paudel)
राजेश दाई जन्मने बित्तिकै एक नर्सलाइ – "तपाईं संग मोबाइल छ? नर्स" नर्स – "छ !बाबुलाई किन चाहियो?" राजेश दाई – "खास त केहि होइन, भगवानलाई SMS गर्नु थियो कि मा राम्ररी पुगे भनेर!" (Deepak Neupane)
एक दिन राजेशदाइ ढिला सम्म सुतेर स्कुलनै गएनछन | स्कुलमा हल्ला खल्ला भएछ – राजेश दाइ किन स्कुल आएनन भनेर | सबै जना राजेश दाइको घरमा बुझ्न आउदा दिन भरी पढाई नै भएनछ | तेही दिनको सम्झनामा हरेक शनिबार छुट्टी हुन् थालेछ |
१७-१८ बर्ष अगाडी राजेश दाइले खगेन्द्र को टाउकोमा फलामे हात राखेर, "ठूलो मान्छे बनेस" भनेर भनेका थिए रे, बिचारा खगेन्द्र तेस पछि बढ्दै बढेन! … राजेश दाइको बचन त खेर फाल्नु भएन भनेर गिनिज बुकका मान्छेले खगेन्द्र लाइ संसारकै होचो भनेर बिश्व प्रसिद्द बनाइ दिए |
एक पटक राजेश दाइले सुन्दरिजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गर्नु भाथ्यो रे, तेही भएर ऐले काठमाडौँको पानि मा iron बेसी छ रे ! (Bijay Ghimirey)
राजेशदाइले त पानी हालेर बाइक कुदाउनुहुन्छ रे, तेही भएर काठमाडौँमा पानी को हाहाकार भ को!
राजेश दाइले शुटिंग गर्दा रिफ्लेक्टर नभए पनि हुन्छ | दाइको जुत्ताको टलक नै रिफ्लेक्टर बराबरको हुन्छ | (Bihani Chhetri)
अरुले बोकालाइ खसी बनाउछन तर राजेश दाइले खसी लाइ पनि बोका बनाउन सक्छन (Bihani Chhetri)
राजेश दाइले खाने एप प्लेट म:म: बनाउन एउटा राँगो सिंगै चाहिन्छ |(Sanam Thapa)
एक पटक राजेश दाइले रेस्टुरेन्टमा गएर एक कप चिया खाएछन | चियाको पैसा दिए पछि उनले ५ रुपिया भुइमा फालेर भने, "ए टिप!" तेही दिन देखि रेस्टुरेन्टमा टिप दिने चलन शुरु भएको हो | (Prakash Budha)
न्युटनले गुरुत्वाकर्षणको सिद्दान्त पत्ता लगाउनुमा राजेश दाईको हात थियो । कि न कि त्यो स्याउको रूख राजेशदाईले हल्लाईदिएको रे । (Sujesh Shrestha)
एक पटक एउटा बिद्यार्थी होमवोर्क नगरी स्कुल गएछ | राजेश दाइ शिक्षक रहेछन – उनले त्यो बिद्यार्थीको कान तान्दा तन्केर लामो भएछ | पछि गएर त्यो बिद्यार्थी गौतम बुद्ध भनेर चिनिन थाले | (Bihani Chhetri)
२,३ बर्ष अगाडिको कुरा, राजेश दाई इण्डोनेसिया घुम्न जादा गर्मि भएर संमुन्द्रमा डाईभ हान्दा इण्डोनेसियामा सुनामि आएको रे हो ? (Bhuwan Raut)
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !