कुनै वस्तु देख्नासाथ चोरूँ–चोरूँ लाग्ने रोगलाई अङ्ग्रेजी भाषामा क्लिप्टोमेनिया भनिन्छ रे। खासगरी चोर्नुपर्ने आवश्यकतै नभएका व्यक्तिलाई लाग्ने यस्तो रोगको पनि मानसिक उपचार गर्न सकिन्छ भनी लागिपरेका छन् रे प्रा.डा. भगवान कोइराला। चोरीलाई अपराध मानेर घृणा गर्ने परम्परालाई त्यागेर रोगलाई घृणा गर, रोगीलाई माया गर भन्ने मान्यतालाई
शिरोपर गरी चोरलाई सत्कार गर्ने परिपाटीको थालनी गर्न नसकेर त्रिवि शिक्षण अस्तापलका निर्देशक डा. कोइरालाले राजीनामा गर्नुभएछ। अब यसरी चोर्नुपर्ने अवाश्यकता पनि नभई चोर्नेहरूलाई समेत सम्मान गरिएपछि खाँचो परेरै चोर्नेलाई त पुरस्कारै दिनु पनि अनुचित भएन। अब चोरका पनि दिन आएजस्तो छ।
हाम्रो देशमा क्लिप्टोमेनिया नामक रोगसँग काटीकुटी मिल्ने थुप्रै रोगहरू छन्। एउटा डा. कोइरालाले उपचार गरेर निको होला? हेर्नुहोस् यस्ता रोग लागेकाहरूले अनेक लक्षण देखाउने गर्दछन्। अहिले नेपालमा महामारीका रूपमा फैलिँदै गएका केही रोगहरू यस्ता छन्। नेपालका कतिपय नेताहरूलाई लागेको एउटा रोग कुर्सीमेनिया हो। यस्तो रोग लागेको व्यक्तिमा कुर्सी देख्नेबित्तिकै बसुँबसँु लाग्ने र पहिले नै बसिसकेको भए पनि त्यो कुर्सी छोड्न पटक्कै मन नलाग्ने लक्षण देखिन्छ। कतिपयलाई आफ्नो विचारप्रति असहमति जनाउने र आफ्नो पार्टीको टिकट लिन नचाहने जोसुकैलाई पनि उडाइहालुँजस्तो लाग्ने रोग लागेको देखिन्छ। त्यस्तै कतिलाई नदीनाला देख्नेबित्तिकै बेचुँबेचुँ लाग्ने रोगले ग्रस्त पारेको देखिन्छ भने कतिलाई विदेशी नेता देख्नेबित्तिकै त्यसका अगाडि घुँडा टेकुँटेकुँ लाग्ने र निहुँरिएर खुट्टैमा ढोगँुजस्तो लाग्नेजस्ता लक्षणहरू देखिन्छन्। नेतालाई मात्र लाग्ने केही रोगमध्ये कतिपयलाई कार्यकर्ता र जनताको अलि ठूलो जमघटमा भाषण गर्नुपरेमा बहुलाइहालुँ र मनपरी बोलिहालुँजस्तो लाग्ने रोगले पनि आक्रान्त पारेको देखिन्छ।
फोहोरमै खसेको भए पनि रुपैयाँ–पैसा देख्नेबित्तिकै दाँतैले टिपिहालुँजस्तो लाग्ने रोगले पनि अहिले खासगरी राजनीतिमा लगानी गरिरहेकाहरूलाई नै गाँज्दै गएको देखिन्छ। यी त भए हाम्रा देशका नेताहरूलाई लाग्ने केही रोग। अब फेरि हाम्रा देशका कर्मठ कर्मचारी तथा सेवा गर्छु भनी कसम खाई बस्ने डाक्टरहरू र अन्यमा पनि यस्तै विचित्रका रोगका केही लक्षणहरू देखिन्छ। सार्वजनिक सेवामा बसेका कतिपय कर्मचारीहरूमा सर्वसाधारण सेवाग्राहीलाई देख्नेबित्तिकै घुस खाउँखाउँजस्तो लाग्ने र त्यस्तो केही हात नलागे सिन्को पनि भाँच्न मन नलाग्ने रोगले गाँजेको देखिन्छ। त्यसो त सहर–बजारमा मात्र होइन, दूरदराजका गाउँमा समेत यस्ता रोग लागेका मानिस नपाइने होइनन्। सोझो रूख देख्नेबित्तिकै काटुँ काटुँजस्तो लाग्ने रोगले गाउँघर पनि आक्रान्त बनेको छ र गाउँ वा सहरमा छ्यासछ्यास्ती पाइने भुसतिघ्रेहरूलाई चाहिँ सोझा, निर्धा र निमुखा जोसुकैलाई देखे, भेटे पनि हेपुँहेपुँजस्तो लाग्ने रोगका लक्षणहरू देखिने र रोग बढ्दै गएमा सबै लुतेल्याङ्ग्रेहरूलाई भित्तैमा लगेर ढेपुँढेपुँजस्तो लाग्ने रोगको लक्षणहरू देखिने गरेको छ। अब यस्ता रोगहरू हाम्रा देशका ठूला भनिएका डाक्टरहरूमा समेत देखिन्छ। अस्पतालहरूमा जचाउन आउने सुकिलामुकिला बिरामी देख्नेबित्तिकै आफ्नै क्लिनिक तथा नर्सिङहोममा बोलाऊँबोलाऊँ लाग्ने रोगका लक्षणहरू देखापरेका छन्। यसरी नाम नखुलेका अनेक रोगले ग्रस्त छ यो मुलुक। अहिलेसम्म यस्ता रोगहरूको नामसमेत जुर्न सकेको छैन। औषधि उपचारको विधि पत्ता लाग्ने त कहिले हो कहिले। यस्ता रोगहरू पत्ता लगाउने कोसिसमा रिसर्च गर्न खोज्नुभएको रहेछ प्रा.डा. भगवान कोइरालाले।
देशलाई भड्खालामा जाक्न उद्यत् यी घातक रोगहरूका सट्टा यहाँका सभासद्हरूलाई चुनाव गराई जनताको संविधान बनाऊँबनाऊँजस्तो लाग्ने रोग, वरिष्ठ भनिएका नेताहरूलाई देशमा शान्ति, सुरक्षा र विकासको लहर ल्याऊँल्याऊँजस्तो रोग, कर्मचारीहरूलाई जनताको सेवामा समर्पित भइहालुँजस्तो लाग्ने रोग, व्यापारीलाई ठगी गर्न पटक्कै मन नलाग्ने रोग, शिक्षक, प्राध्यापकलाई पढाऊँपढाऊँजस्तो लाग्ने रोग र विद्यार्थीलाई पढुँपढुँजस्तो लाग्ने रोग लागिदिए कति जाती हुँदो हो। माथि उल्लेखित यस्ता जटिल रोगहरूलाई केही मल्हमपट्टी गर्न खोज्नु डा. भगवानको गल्ती हो? तर, अहिले त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. कोइरालालाई हिन्दी फिल्मी नायकको हिरो बनाउन खोजिएको छ। अमरिस पुरीको भूमिकामा विश्वविद्यालयका पदाधिकारीहरू रहेका छन्। हेरौँ सफल को हुन्छ!
– दामोदर पौडेल, तनहुँ, थप्रेक–२

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !