CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » यौन तृष्णाले भरिएका मर्लिन मुनरो : राष्ट्रपति केनेडी र वैज्ञानिक आइन्स्टाइन जसका प्रेमी थिए

यौन तृष्णाले भरिएका मर्लिन मुनरो : राष्ट्रपति केनेडी र वैज्ञानिक आइन्स्टाइन जसका प्रेमी थिए

Marilyn-monroe यस पुस्तकका लागि अनुसन्धान थाल्न हलिउडभन्दा राम्रो अर्को ठाउँ हुन सक्दैन, जहाँ २०औँ शताब्दीमा गृहस्थी गर्न, चलचित्र उद्योगबाट करोडौँ डलर कमाउन र क्यालिफोर्नियाको यस क्षेत्रलाई कुख्यात तथा आकर्षक यौनक्रीडास्थल बनाउन थुप्रै प्रख्यात कलाकार भेला भए।
यस रंगीन सहरको सबैभन्दा प्रख्यात यौन–प्रतीकचाहिँ कामोत्तेजक गोरी
मर्लिन मुनरो थिइन्। २०औँ शताब्दीको मिडियाले सन् १९५० र ६० का उनका गोप्य लसपसहरूलाई पनि खिचेर सार्वजनिक गरिदिए। उनका प्रेमीहरूमा राष्ट्रपति जोन एफ केनेडी र उनका भाइ बबी तथा वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पनि थिए।
मर्लिन मुनरोले पहिलो विवाह सोह्र वर्षमा गरेकी थिइन्, तर उनका सपनाहरू त्यसअघि नै यौन तृष्णाले भरिएका थिए। उनीद्वारा अभिनीत एउटा चलचित्रको पटकपटक देखाइने दृश्यमा उनले एउटा सुन्दर चर्चभित्र रात्रि क्लबमा आफ्ना कपडा खोलेर ग्राहकलाई मनोरञ्जन दिने केटी (Striper) को भूमिका निर्वाह गरेकी छिन्। चर्चभित्र कपडा खोलिरहँदा त्यस चर्चका पुजारी, चर्चका वाद्यवादन र पूरै प्रार्थना–सभाले उनलाई हेरिरहन्छन्। यस्तो तीव्र यौनाकाङ्क्षाले उनको पेसागत जीवनलाई शायदै सहयोग गरेको हुनुपर्छ। उनको प्रथम स्त्रि्कन परीक्षण ९क्अचभभल त्भकत० पछि ‘ट्वान्टिथ् सेन्चुरी फक्स’ स्टुडियोको प्रतिक्रिया थियो, ‘यी आइमाईको यौन आकर्षण असाधारण छ।’ मर्लिन मुनरो आफैँले पनि स्वीकारेर भनेकी थिइन्, ‘म निरन्तर यौनबारे सोच्छु।’ उनले आफ्नो प्रेमजीवनलाई स्वच्छन्द सम्भोगी भएको बताएकी थिइन्।
मर्लिन मुनरोले पछि हलिउडलाई घृणा गरिन्, त्यस ठाउँलाई ‘भीडभाडयुक्त वेश्यालय’को उपमा दिएर। तर, उनी सफलताको सिँढीमा उक्लनचाहिँ त्यही बाटो अपनाएकी थिइन्। उनका पहिलो संंरक्षक ९एबतचयल० निर्माता जो सेन्क थिए, उनीभन्दा पचास वर्ष जेठा तर उनको उनीप्रतिको सम्झना यस्तो छ, ‘उनलाई घुँडा टेकाएर यौनक्रीडा गर्नु ज्यादै आनन्ददायी हुन्थ्यो, किनकि यसरी यौनक्रीडा गर्दा म उनका साह्रै मनोरञ्जक स्तनहरू खेलाउन सक्थेँ।’
तर, उनलाई पहिलोपटक प्रख्यात बनाउने व्यक्तिचाहिँ जोनी हाइड ९व्यजललथ ज्थमभ० हुन्। उनले खेलेका सबैभन्दा राम्रो भूमिका हाइडसँगका यौनक्रीडामा स्खलित हुँदाका क्षणहरू नै हुन्। मर्लिन मुनरोले आफूले पट्याउने मान्छेका नामहरूको एउटा सूची नै तयार गरेकी थिइन्। उनले दुईवटा आइन्स्टाइन छन् भन्ने ठानिन् कि ठानिनन् हामीलाई थाहा हुन सकेन। सापेक्षतावादको सिद्धान्तका प्रवर्तक अल्बर्ट आइन्स्टाइन उनी यौनक्रीडा गर्न सक्ने उमेरमा पुग्दा साठी कटिसकेका थिए। शेली भन्ने व्यक्तिले मर्लिन मुनरोसँग अल्बर्ट आइन्स्टाइनले हस्ताक्षर गरेको फोटो फेलापारेका थिए। लेखक नर्मन मेलरले उनलाई सुताउँदा आनन्द आउने र यौनक्रीडाका बखत उनी निष्त्रि्कय रहने बताएका छन्। मर्लिन मुनरोले एकपटक मार्लन ब्रान्डोसँग भनेकी थिइन्, ‘मलाई थाहा छैन, म ठीक तरिकाले यौनक्रीडा गर्छु कि गर्दिनँ भनेर।’ मर्लिनको जीवनसम्बन्धी लेखिएको एउटा किताबमा फ्राङ्क सिनाट्रा ९ाचबलप क्ष्लबतचब० लाई उनको प्रेमी भएको उल्लेख गरिएको छ। सिनाट्रा गीत गाउने गर्थे, उनीचाहिँ नाङ्गै भएर ऐना अगाडि बस्थिन्।
केही वर्षपछि बनेको दुईवटा चलचित्रहरूले मर्लिनलाई यौनकी देवीको भूमिकामा स्थापित गरायो। सन् १९५३ मा उनले साँच्चैको भुसतिघ्रेसँग विवाह गरिन्, ती व्यक्ति थिए, बेसबल खेलाडी जो डी म्यागियो। उनले म्यागियोलाई बलिष्ठ, चुपचाप यौनक्रीडामा भाग लिने र धेरै यौनशक्ति भएको उल्लेख गरेकी छिन्। म्यागियोसँग सम्बन्धविच्छेद भइसकेपछि पनि उनले म्यागियोको आकारको मूर्ति राखेकी थिइन्, जसका अगाडि उभिएर उनी नाङ्गै हुन्थिन् र खित्खिताउँथिन्। त्यसपछि उनले आफूभन्दा पूर्ण विपरीत व्यक्ति, बौद्धिक नाटककार आर्थर मिलरसँग विवाह गरिन्, यस अवधिमा उनका दुईवटा गर्भहरू तुहिए।
त्यतिखेर उनीबारे अरू हल्लाहरू पनि चले, तर हामीलाई थाहा भएको कुरा के हो भने मर्लिनको राष्ट्रपति केनडीसँग अफेयर सन् १९६१ देखि चलेको थियो। फ्राङ्क सिनाट्राले मर्लिनलाई आफ्ना साथी पिटर लफोर्डसँग परिचय गराइदिएका थिए। पिटर राष्ट्रपतिका साला थिए, उनैले मर्लिनलाई ह्वाइटहाउस छिराएका थिए। ‘मलाई प्रथम महिला भएको कल्पना गर्नुस्,’ उनी उट्पटयाङ गर्दै भन्थिन् र आफूलाई कसैले त्यहाँ नपाउने गरी राष्ट्रपतिको जेट विमानभित्र पुर्याेएको दाबी गर्थिन्। जेटभित्रै राष्ट्रपति र उनका बीच सम्भोग भएको थियो।
राष्ट्रपति केनेडी र यौनकी देवी मुनरो गोप्य रूपमा लफोर्डको सान्ता मोनिकामा रहेको घरमा सुत्थे, साथै बेभर्ली हिल्स होटलको कोठामा पनि। एकचोटि उनीहरू च्यारिटीका लागि गरिएको एक कार्यक्रममा सँगसँगै दर्शक बनेर बस्दा राष्ट्रपतिले उनको लुगामुनि हात घुसारेका थिए र उनले पेन्टी नलगाउने गरेको थाहा पाएका थिए। उनले राष्ट्रपतिको पैंतालीसौँ जन्मदिनमा भाग लिएकी थिइन्, तर ज्याक केनेडी उनीसँगको सम्बन्धबाट थाकेपछि उनलाई आफ्ना भाइ (महान्यायाधिवक्ता) बबीसँग सल्काइदिए। बबीसँगको पहिलो सम्भोग क्यालिफोर्नियाको समुद्र किनारमा कारको पछिल्लो सिटमा नै भएको थियो।
मार्लन ब्रान्डो पनि मर्लिनको असल साथी र प्रेमी बनेका थिए तर आजसम्म उनी यस सम्बन्धबारे खुलेका छैनन्। पैंतीस वर्ष पुगेपछि मर्लिन आफ्नो प्रतिष्ठाप्रति अलि चिन्तित बनिन् र फ्रान्सेली प्रख्यात सिनेकर्मी एभ्स मोन्टान्डसँग धेरै चर्चामा आउने गरी प्रेम सम्बन्ध स्थापना गरिन्। तर, उनले आफ्नी श्रीमती छोड्न अस्वीकार गरे।
विनिता पौडेल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis