CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सेञ्चुरी बैंकमा करोडौंको काण्ड

सेञ्चुरी बैंकमा करोडौंको काण्ड

काठमाडौ । century bankसेन्चुरी बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा पर्ने पक्का भएको छ। केन्द्रीय बैंकको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षणको पछिल्लो प्रतिवेदनको आधारमा सेञ्चुरीलाई कडा कारबाही गर्न लागिएको सेन्चुरी बैंककै उच्च स्रोतले बताएको छ। नेपाल राष्ट्र बैंकका भूतपूर्व डेपुटी गभर्नर प्रफुल्ल कुमार काफ्ले अध्यक्ष र सोही बैंकका भूतपूर्व कार्यकारी निर्देशक गणेशकुमार श्रेष्ठ प्रमुख कार्यकारी अधिकृत रहेको सेञ्चुरीमा मूलतः जुँगाको
लडाईंका कारण गभर्नर र काफ्ले तथा श्रेष्ठ बीच चर्को मतभेद देखिएको छ।
सेञ्चुरीले केन्द्रीय बैंकको निर्देशनलाई धोती लगाएर अन्धाधुन्द लाखौं रुपैयाँको खर्च गरेको प्रमाण केन्द्रीय बैंकले फेला पारेको स्रोतले जानकारी दिएको छ। तर सेञ्चुरी बैंकको उच्च स्रोतले भने गभर्नरले पूर्व डेपुटी गभर्नर र कार्यकारी निर्देशकसँगको रिस फेर्नको लागि अनावश्यक खर्चको नाटक रचेको बताएको छ। काफ्ले डेपुटी गभर्नर हुँदा खतिवडा राष्ट्र बैंकमा प्रथम श्रेणीका अधिकृत मात्र थिए। उनले काफ्लेसँग काम गर्दा सयौं हण्डर खाएको विगतमा बताएका थिए। अहिले तिनै हण्डरको ब्याज निकाल्न लागेको खतिवडा विरोधीहरूले आरोप लगाएका छन्। तर राष्ट्र बैंक स्रोतले भने सेञ्चुरीको उच्च व्यवस्थापनले आफ्नो स्वार्थ अनुकूल हुनेगरी पटक पटक गरेर झण्डै १ करोड रुपैयाँ नियम मिचेर खर्च गरेको प्रमाण स्थलगत अध्ययन टोलीले फेला पारेर विभागीय प्रमुखलाई  बुझाएको थियो। तर अहिले विभिन्न तत्वको प्रभावमा उक्त प्रमाण नष्ट गराउन सेञ्चुरी र राष्ट्र बैंकका खाओवादी उच्च पदस्थ कर्मचारी कम्मर कसेर लागेका छन्। सेञ्चुरीलाई कारबाही गर्ने पक्का भएपछि सुपरीवेक्षण विभागको मध्यस्थतामा रकम कलमको बार्गेनिङ्ग चलिरहेको बुझिएको छ। स्मरणरहोस् स्थापनादेखि नै विवादमा आएको सेञ्चुरी बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको अवस्थामा बैंक तत्काल समस्यामा पर्ने पनि स्रोतले दाबी गरेको छ।

-- दृष्टि साप्ताहिक साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis