CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कोरियामा सुनकाण्डमा फसिन् ‘दिलशोभा आमा’

कोरियामा सुनकाण्डमा फसिन् ‘दिलशोभा आमा’

dilshova
२० बैशाख, सिउल । असहाय बृद्धबृद्धाहरुलाई पालन पोषण गर्दै आउनुभएकी ‘दिलशोभा आमा’का नामले परिचित दिलशोभा श्रेष्ठ हालै दक्षिण कोरियामा आयोजित एक कार्यक्रमका कारण बिबादमा परेकी छिन् ।
दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्था ‘वीमेन फर वीमेन’, ‘भिजन नेपाल नेटवर्क’सहित ३ वटा संस्थाको आयोजनामा सम्मान ग्रहण गर्न पुगेकी दिलशोभाले सहयोगबाट प्राप्त रकमबाट सुन किनेको चर्चा भएपछि बिबाद सुरु
भएको हो ।
सम्मान कार्यक्रममा नेपालीहरुबाट करिव ९५ लाख कोरियन वन उठाइएको थियो । त्यसमध्ये किम्हेको कार्यक्रमबाट संकलित २३ लाख वन बराबर नेरु १ लाख ८२ हजार रुपैयाँ डेढ महिनापछि नेपालमै दिएपनि अन्य रकम नदिएको सुन किन्न कर गरेको दिलशोभाको भनाइ छ ।
२४ दिनसम्म कोरिया बस्दा आयोजकले घुम्न र सामान्य खर्च गर्नसमेत पैसा दिन आनाकानी गरेको र अन्तिममा उपहारस्वरुप भनेर दिएका सुनका गहनामा पैसा कट्टी गरिएको दिलशोभाको भनाइ छ ।
‘मेरो बैंक खातामा नगदै पठाइदेउ भन्दाभन्दै पनि उनीहरुले आनाकानी गरे, चर्चको सयहोगमा बस्नुपर्‍यो, घुम्न पनि मैले पैसा सापटी लिनुपर्‍यो ।’ दिलशोभाले भनिन्-’आयोजकले नै सुन लगाएर जानुस भनेर कर गरे र अन्तिममा त्यसैमा पैसा कट्टी गरे ।’
नेपाल आउनासाथ कोरियास्थित आयोजकले सामाजिक संजाल फेसबुकमा दिलशोभाले सुन, मोवाइल र ल्यापटप लिएर गएको चर्चा गर्न थाले । सहयोग रकमबाट गरगहना किनेको भन्दै बिदेशमा बस्ने शुभचिन्तकले गाली गर्न थालेपछि आत्तिएकी दिलशोभाले रुँदै भनिन-’मलाई कहिल्यै पनि सुनको रहर थिएन, आयोजकले नै मेरो बदनाम गराए ।’ ल्यापटप र मोवाइल आफुले किन्न चाहेको भएपनि सुन्न किन्ने आफ्नो चाहना नभएको र आयोजकले जर्वजस्ती भिडाएर अन्तिममा सहयोग रकम त्यसैमा कटाएको दिलशोभा बताउँछिन् ।
बिबाद बढ्दै गएपछि दिलशोभाले अहिले सुनका गहना, मोवाइल र ल्यापटप आयोजकलाई नै फिर्ता गर्ने बताएकी छिन । ‘एनआरएनलगायतका विश्वासिला संस्थाका माध्यमबाट मैले सबै सामान फिर्ता दिन्छु’ दिलशोभाले भनिन-’ सुन मेरालागि चाहिने कुरा हैन, पार्टीमा जाँदा पनि लाउँदिन, घर धितो राखेर आमाहरुलाई पालेकी छु । पहिले उपहार सम्झेर लैजानुस भनेर कर गर्ने अनि आफै सुन लगी भन्दै हिँडेर बेइज्यत गरिदिनुभयो ।’
तर आयोजकले भने संकलित रकम हिनामिना नगरेको र सवै रकमको हिसाव दिलशोभालाई बुझाएको दावी गरेका छन । तीनवटा संस्थाले बिज्ञप्ति जारी गरी आयोजकबाट प्राबिधिक गल्ती भएको स्वीकार्दै त्यसलाई बुझिदिन आग्रह गरेका छन् ।
मीनप्रकाश उप्रेती


दिलशोभासँग नेपालमा गरिएको कुराकानी


साभर : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis