काठमाडौं – 'हाम्रो मित्रता सबैले अनुशरण गरून्। पछि लोगोको रुपमा निस्कोस् भन्ने चाहन्छु,' हास्यव्यंग्य क्षेत्रमा नाम कमाएका मदनकृष्ण श्रेष्ठ भन्दै थिए। उनका शब्दको प्रशंसास्वरुप दर्शकले तालीका पर्रा दिए। मदनकृष्णले थपे, 'म शून्य हुँ।
हरिवंश थपिँदा हामी एकहजार बन्छौं। उनी 'मह' जोडी बनेको ३४ वर्षे यात्राको परिचय दिँदै थिए।
बुधबार काठमाडौंको नेपाल–भारत पुस्तकालयमा आयोजित कन्भर्सेसन कार्यक्रममा 'मह' जोडीले दर्शकलाई गम्भीर मात्र बनाएनन्, हँसाए पनि।
सुरुका दिन सम्भि्कँदै मदनकृष्णले हरिवंशको एक कार्यक्रम देखेर प्रभावित भएको बताए। दुईजनाले 'यमलोक' भन्ने कार्यक्रमबाट यात्रा थालेका थिए। 'त्यो कार्यक्रम हेर्न दर्शकको एकेडेमीमा घुइँचो लागेको थियो,' उनले थपे, 'जहाँ गए पनि मान्छे हाँस्थे। पैसो आउँदैनथ्यो। बिस्तारै एक कार्यक्रममा पाँच सय पाउँदा आधाआधा बाँड्यौं।' व्यावसायिकतापछि सामाजिक कामको जिम्मेवारी बोध हुँदै गएको उनको भनाइ थियो।
हरिवंश आचार्यले पत्नी वियोगले पुस्तक लेखेको प्रसंग कोट्याउँदै मदनकृष्णसँगको सहकार्यलाई पनि श्रेय दिए। उनले भने, 'मलाई टेलिभिजनमा देखेकै कारण घर बस्ने महिलादेखि चालक, विद्यार्थी लगायतले पुस्तक पढ्न थालेका छन्।'
उनले भारतसँगको सम्बन्धको चर्चा हास्यास्पद पारामा भने, 'गण्डक र कोशी बाँध बनाएर हामी ठगियौं। नेपाल र भारत मिलेर धेरै काम गर्न बाँकी छ।' पहिले हास्यव्यग्यमार्फत् भारतलाई गाली गर्ने गरेकोमा अहिले छाडेको हरिवंशले खुलाए। गाली होइन नम्र भएर काम गर्नुपर्दो रहेछ भन्ने महसुस उनलाई भएको छ।
बीचमा 'मह' जोडीको केही खटपट भएको सुनिन्थ्यो भन्ने दर्शकको प्रश्नमा दुवैजनाले एकएक काममात्र फरक गरेको स्पष्टिकरण दिए। उनीहरु दुवैले 'मित्रता सदाको लागि कायम रहने' प्रतिबद्धता व्यक्त गरे।
मदनकृष्णले पनि केही समयपछि पुस्तक प्रकाशन गर्ने जानकारी गराए। उनले भने, 'मैले जिन्दगीमा नयाँ त केही गरेको छैन। नोट गर्दा सय वटा पुगिसकेको छ। हतार छैन। फुर्सदमा एउटा किताब निकाल्ने सोचमा छु।'
एक भारतीय महिलाले तपाईंहरु किन कमेडीमा जोडी बन्नुभो भन्ने हिन्दीमा सोधेको प्रश्नमा श्रेष्ठले जवाफ दिए, 'कमिक गर्न एक्लै काम चल्दैन। दुई मिलेपछि टन्टै खलास भयो।'
उपस्थित भारतीयलाई स्पष्ट पार्न दुवैजनाले बीचबीचमा टुटेफुटेको हिन्दी भाषा बोलेर दर्शकलाई निकै हँसाएका थिए। दुवैले नेपाल र भारतको सम्बन्ध नङ र मासुको जस्तै भएको बताए। त्यसमा थपे, 'बिहारमा विकास भो, त्यहाँको गुण्डागर्दी नेपालतर्फ आयो। आप लोक बुरा नमानिए, गुण्डागर्दी सबै लैजाऊ, हामीलाई चाहिँदैन।'
हरिवंशले आफूहरु अहिले इलेक्ट्रोनिक मिडियामा व्यस्त रहनु परेकाले हास्यव्यंग्यमा समय दिन नसकिएको स्पष्ट पारे। कार्यक्रममा हरिवंशद्वारा लिखित 'चिना हराएको मान्छे'का विषयमा पनि चर्चा भएको थियो।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !