CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नक्कली जीवनसाथी : जीवनमा सेक्स कति अनिवार्य

नक्कली जीवनसाथी : जीवनमा सेक्स कति अनिवार्य

जीवनमा सेक्स कति अनिवार्य छ भन्ने कुरामा शारदा क्षेत्रीको आफ्नै दृष्टिकोण छ। उनी भन्दै थिइन्- 'सेक्सलाई सामान्य रूपमै लिनुपर्छ, तर आममानिसझैं मेरा लागि पनि
आधारभूत आवश्यकता हो सेक्स। सेक्सुअल रिलेसन मर्यादित हुनुपर्छ, यो अनावश्यक चासोको विषय होइन्।' सुरक्षाकर्मीकी अर्धाङ्गनि शारदाले जीवनमा आधारभूतझैं मानिएको सेक्सुअल चाहना पूरा गर्न नक्कली जीवनसाथीको जोहो पनि गरेकी छिन्। न्युरोडस्थित नाइस एन्ड नट्टी सेक्स टोयज सपबाट विस्तरामै टाँसेर अड्याउन मिल्ने सेक्स टोय किन्दा ती ३७ वर्षियाको मुहारमा असहज भाव देखिँदैनथ्यो। यसमा लजाउनुपर्ने कुनै कुरा छैन्, उनले भनिन्- बुझ्नेहरूले सेक्स टोयको महत्व थाहा पाइसकेका छन्। 

लामो समय विदेश बसेका एक श्रीमान्ले नेपालमा बस्ने श्रीमतीका लागि अनलाइन सपिङ मार्फत विदेशीभूमिबाटै सेक्स टोय खरिद गर्ने निर्णय लिए। वेबसाइटमा राखिएका सेक्स टोयजहरूका बारेमा बुझेका उनले विक्रेतासँग कुराकानी गरेपछि श्रीमतीलाई सेक्स टोयज सप पुर्‍याएर परामर्शमै भाइब्रेसन भएको कृत्रिम लिंग खरिद गरिदिए। श्रीमतीको चाहना आफूले पूरा गर्न असमर्थ भएपछि उनले समाधानका रूपमा यो उपाय निकालेका थिए।

जोडी बनेर सेक्स टोयज सपमा छिर्दा लागेको थिएन, उनीहरू श्रीमान्-श्रीमती नै हुन्। युवतीभन्दा धेरै परिपक्व देखिने श्रीमान्ले आफू र श्रीमती दुवैका लागि सेक्स टोय खरिद गरे। उनी ३० ननाघेकी श्रीमतीलाई सन्तुष्टी दिलाउने चाहना दर्साइरहेका थिए। 'म असक्षम भएर होइन,' उनले प्रस्ट पारे- 'यौन क्रियाकलापलाई अझ बल पुर्‍याउन बनेका यी सामग्रीको प्रयोग गर्न किन पछि पर्ने भन्ने मात्र हो।'

यी तीन प्रतिनिधि उदाहरण मात्र हुन्। नेपाली समाज यौनको मामिलामा कति खुला भएको छ भन्ने कुरा बुझ्न यी घटना पर्याप्त छन्। एक अस्पतालमा काम गर्ने अविवाहित नर्सको कुरा सुन्ने हो भने अझ अचम्ममा परिन्छ। उनी आफूलाई सेक्स टोयजकी पारखी बताउँछिन्। 'पुरुषसँगको सेक्सुअल कन्ट्याक्टभन्दा सेक्स टोयको प्रयोगमा बढी रमाउँछु' उनले भनिन्- 'बजारमा भनेजस्तो खोजेजस्तो कृत्रिम यौनाङ्ग पाएपछि यौन रोग तथा अन्य भवितव्यबाट पनि मुक्त भएकी छु।' ती नर्सका अनुसार उनी कुनै समय ब्वाइप|mेन्डसँगको रिलेसनसिपमा थिइन् तर ब्वाइप|mेन्डको किचकिचे स्वभावका कारण आफूले चाहेको समयमा सम्बन्ध राख्न सम्भव थिएन। 'एकातर्फ ड्युटी, अर्कातर्फ परिवार, त्यसमाथि ब्वाइप|mेन्डको प्रेसर' उनले भनिन्- 'बेस्ट सलुसन सेक्स टोयजमै भेटें, अहिले त यसमै अभ्यस्त भैसके।' नर्सिङ पेसा अपनाएका कारण पनि शारीरिक चाहनाको यो कुरा गर्न कुनै समस्या नभएको उनको भनाइ थियो। 

उदार बन्दै गएको समाजमा सेक्स टोयले स्थान जमाउँदै गएको छ भन्ने उदाहरण हेर्न देशभर सञ्चालित सेक्स टोयजका पसलतर्फ नजर डुलाए पुग्छ। आधा दशकअघि द कन्डम हाउस खिचापोखरीबाट सुरु भएको सेक्स टोयको व्यवसाय अहिले फूल रेन्जमा सञ्चालनमा आएको न्युरोडस्थित नाइस एन्ड नट्टीसम्म पुगेको छ। यो व्यवसाय उपत्यकाका अतिरिक्त बिर्तामोड, दमक, उर्लाबारी, पथरी, इटहरी, नारायणघाट, पोखरा, धरान, बुटवल आदि स्थानसम्म फैलिएको छ। सेक्स टोयको व्यापारबाट व्यवसायीहरू सन्तुष्ट भएकैले हुनसक्छ, उनीहरू एक ठाउँमा मात्र सिमित नभएर शाखा विस्तारमा पनि उत्तिकै व्यस्त छन्। एक व्यवसायिक कम्पनीले नै तीन-चार स्थानमा शाखा विस्तार गर्नुले पनि यसको बजार उत्साहबर्द्धक भएको प्रस्ट हुन्छ।

नेपाली बजारमा ५ सय रुपैयाँदेखि ५० हजार हाराहारीसम्मका कृत्रिम यौनाङ्ग उपलब्ध छन्। प्रारम्भिक समयमा सामान्य स्वरूपका कृत्रिम यौनाङ्गबाट सुरु भएको यो व्यवसायमा अहिले वाइल्ड सेक्सका लागि चाहिने अन्य सामग्रीसहितका यौनाङ्ग पनि पाइन थालेका छन्। 'हामीले अहिले फूल रेन्जमा सेक्स टोयज उपलब्ध गराएका छौं, उपभोक्ताले खोजेअनुसारका अन्तर्राष्ट्रिय स्तरका टोयज यही पाइन्छन्, यसका लागि उनीहरूले हाम्रो वेबसाइट सफिर्ङ गरे मात्रै पुग्छ' नाइस एन्ड नटि्टका प्रबन्ध निर्देशक प्रविन ढकालले भने- 'उपभोक्ताले विविधता खोजेको थाहा पाएर नै हामीले आफूलाई पूर्ण स्वरूपमा विकास गरेका हौं।' उनका अनुसार पुरुष मात्र होइन महिला ग्राहक पनि पसल खोज्दै आउने गरेका छन्। सेक्स टोय किशोर-किशोरीदेखि वयष्कहरूसम्मको रुचिको विषय बनिसकेको उनको दाबी थियो। 

दक्षिण एसियामै यो व्यवसायमा नेपाल अग्रस्थानमा रहेका व्यवसायीहरू बताउँछन्। अधिकांश नेपालीहरू विदेशमा भएकाले पनि नेपालमा सेक्स टोयको व्यवसाय बढेको उनीहरू सुनाउँछन्। कृत्रिम सेक्सको अवधारणा अर्थात् नक्कली जीवनसाथी खोज्ने क्रियाकलापमा उपभोक्तामा कुनै प्रकारको हिचकिचाहट पाइँदैन। ढकालका अनुसार उपभोक्ताको चाहना देख्दा विक्रेता आश्चर्यमा परेका घटना थुप्रै छन्। 

बजारमा थरी-थरीका कृत्रिम यौनांग पाइनु पनि उपभोक्ताको रुचिलाई थप बढाउने आधार बनेको द कन्डम हाउस तथा सेक्सोलोजी क्लिनिक सेन्टरका प्रमुख कार्यकारी युवराज न्यौपाने बताउँछन्। हालै मात्र दमकमा शाखा विस्तार गरेका न्यौपानेका अनुसार प्राकृतिक यौनसम्पर्कबाट वञ्चित वा आकांक्षाबमोजिमको चरम सुख नपाएकाहरूले अब नेपाली बजारमै कृत्रिम यौनांग खरिद गरेर आनन्द लिन सक्छन्। 'सेक्स मनोविज्ञानमा आधारित छ,' द कन्डम हाउसका प्रमुख न्यौपाने भन्छन्- 'मानिसको स्वभावअनुसार सेक्सले महत्व राख्छ, कसैलाई सेक्सुअल क्रियाकलाप बढी नै चासोको विषय हुन्छ, त्यस्तो अवस्थामा सेक्स टोयज सहज समाधान भएको छ।' 

विश्वबजारमा पाइने आधुनिक कृत्रिम यौनसामग्री नेपाल भित्र्याउने योजनामा आफूहरू सफल भएको न्यौपानेले बताए। 'वास्तवमा यो विषयमा नेपालीहरूको चासोका बारेमा लामो अध्ययनपछि हामीले हात हालेका हौं,' न्यौपानेले भने- 'कृत्रिम यौनांगसँग सम्बन्ध राख्न चाहने नेपालीले सामग्री खरिद गर्न अन्तर्राष्ट्रिय बजार जानु नपरोस् भन्ने उद्देश्यअनुरूप यो व्यवसाय सुरु गरिएको थियो, अहिले अरू व्यवसायीले पनि यो क्षेत्रमा हात हालेपछि हामीले आफूलाई सफल भएको मानेका छौं। 

व्यवसायीहरूले कम्पन -भाइबे्रटिङ) सहितको महिलाको यौनांग र महिलाको नक्कली नांगो शरिर खेलौना पनि उपलब्ध गराएका छन्। जसमा विभिन्न मोडल बजारमा छन् । नाइस एन्ड नट्टीका प्रबन्ध निर्देशक ढकालका अनुसार उनी युरोपमा रहँदा सेक्स टोयजका पारखी थिए। उनले युरोपको खुला समाजमा जुनसुकै समय पनि ब्वाइप|mेन्ड-गर्लप|mेन्ड लिएर हिँड्नेहरूले नै सेक्सलाई थप ताजगी प्रदान गर्न टोयजको उपभोग गर्ने कुरा सुनाए। 'विवाहित दम्पतीका लागि पनि सेक्स टोयज उत्तिकै प्रभावकारी छ,' उनले भने- 'गर्लप|mेन्डले ब्वाइप|mेन्डलाई र ब्वाइप|mेन्डले गर्लप|mेन्डलाई पनि सेक्स टोय उपहार दिन थालेका छन्।' 

विकसित अन्तर्राष्ट्रिय मुलुकमा कृत्रिम यौन सामग्रीको प्रयोग सामान्य भए पनि नेपाली परिप्रेक्ष्यमा यो अझै पनि नौलो नै हो। यौनका विषयमा अझै पनि गोप्य रहन रुचाउने नेपाली समाजले यस विषयमा कुरा गर्नुलाई पनि विकृति मान्ने भएकाले यसको बजार कसरी अघि बढ्छ भन्ने अन्यौलताका बाबजुद व्यवसायले भने गति लिइरहेको छ। 

नाइस एन्ड नट्टीका कार्यकारी निर्देशक सुरज भट्टराई भन्छन् - 'प्राकृतिक यौन सम्बन्धको अभावमा बलात्कारजस्तो जघन्य अपराधतर्फ उन्मुख हुने युवा जमातलाई नियन्त्रणमा ल्याउन होस वा असुरक्षित यौन सम्बन्धका कारण जीवन जोखिममा पुर्‍याइरहेकाहरूलाई पनि यौनसन्तुष्टि दिलाउन कृत्रिम यौनांग उपयोगी हुनेछन्।' भट्टराई भन्छन्- 'जीवनसाथी विदेशमा भएकाहरूलाई त 'सेक्सुअल रिलेसन मेन्टेन' गर्न बाहिर अनैतिक सम्बन्ध राख्नुको सट्टा यस्ता खेलौना अझ प्रभावकारी हुन्छ।' 

विदेश बसेर आएका नेपालीहरू यस्ता सामग्रीमा अभ्यस्त भैसकेको व्यवसायीहरू बताउँछन्। खासगरी जसरी गाँस, बास र कपास आधारभूत आवश्यकताभित्र पर्छन्, त्यसरी नै सेक्सलाई पनि आधारभूत आवश्यकता नै स्वीकार गर्न तयार हुनेहरू कृत्रिम यौनाङ्गले दिने रोमाञ्चकतामा रमाउँछन्। आर्थिक रूपमा सहज जीवनशैली अपनाइरहेकाहरूले सेक्स लाइफ मजबुत राख्न थप चासो दिने गरेको व्यवसायीहरूको भनाइ छ। केही वर्ष अघिसम्म उच्च सम्भ्रान्त परिवारका नेपालीहरूले मात्र यस्ता सामग्री प्रयोगलाई सामान्य मान्ने गरेकोमा अहिले आएर पढेलेखेकाहरूले पनि यसलाई सामान्य मान्न थालेका छन्।

यौन साथी नभएका युवायुवतीलाई यौन आनन्द हासिल गर्न पनि यस प्रकारका खेलौना महत्वपूर्ण सावित हुने यौन तथा प्रजनन विज्ञ डा. खेम कार्की बताउँछन्। डा. कार्की भन्छन्- 'तर प्रयोगमा ध्यान पुर्‍याउनु आवश्यक छ।' 

'हामी हचुवाको भरमा उपभोक्तालाई जथाभावी सामान बिक्री गर्दैनौं,' व्यवसायीहरूका अनुसार उपभोक्ताको समस्या बुझेर परामर्शअनुसार मात्र कृत्रिम यौनांग तथा यौनांगको आकार बढाउने सामग्री बिक्री वितरण गरिन्छ। यौन साथी नभएकाहरू, विदेशमा रहेका श्रीमान्-श्रीमतीका नेपालमा बस्ने जीवनसाथीहरू, असुरक्षित यौनसम्बन्ध राख्न नचाहनेहरू, विवाहेत्तर यौनसम्बन्ध राख्न नचाहनेहरूलाई यस्ता सामग्रीको लक्षित उपभोक्ताका रूपमा लिइएको छ। त्यस्तै यौनलाई अनावश्यक महत्व दिएर जंगली प्रवृत्तिले बलात्कार गर्न खोज्नेहरूलाई पनि सेक्स टोयको प्रयोगले नियन्त्रणमा ल्याउँछ। 

महिलाको सानो तथा ठूलो नांगो शरीर खेलौनामा उपभोक्ताले धीत मर्ने गरी यौनसम्बन्ध राख्न सक्ने ढकाल बताउँछन्। न्याकेड डलमा ब्याट्री राखिएकाले यसले विभिन्न स्वरूपमा शरिर रोटेसन गर्नुका साथै उत्तेजनामा रहेका महिलाको जस्तै आवाज पनि निकाल्छ। हामीसँग भएकामध्ये हाफ बडी सेप बढि रुचाइएको छ, नाइस एन्ड नट्टीका ढकाल भन्छन्- साना फुल बडी पनि उत्तिकै लोकपि्रय छन्। व्यवसायीहरूले यौनसम्बन्धको समयमा टङ किसका लागि फ्लेस लाइट अर्थात् मुखकै आकारको अंग पनि उपलब्ध भएको बताएका छन्, जसमा उपभोक्ताले महिलाको मुखमा चुम्बन गरेकै अनुभूति पाउने व्यवसायीहरूको दाबी छ।

नेपाली बजारमा जापान, हङकङ, सिंगापुरका कम्पनीले उत्पादन गरेका कृत्रिम पुरुष तथा महिला अंग उपलब्ध छन्। एक अध्ययनअनुसार दक्षिण एसियाका अधिकांश पुरुष कामकाजी हुने भएकाले उनीहरू घर र्फकंदा थकित हुन्छन्, तर उनीहरूका श्रीमती दिनभर घरमै हुने भएकाले श्रीमान्बाट यौनआनन्द खोज्छन्। यस्तो अवस्थामा श्रीमानले उनीहरूको यौनइच्छा पूरा गर्न असमर्थ हुँने घटना थुप्रै पाइने अध्ययनमा उल्लेख छ। श्रीमतीलाई सन्तुष्टि दिन नसक्ने यस्ता पुरुषहरू त्यसको विकल्पको खोजमा सोचमग्न हुने गरेको समेत अध्ययनमा सेक्स टोयको प्रयोगको सुझाव पनि प्रदान गरिएको छ। 'नेपाली समाजमा यो कुरा असामान्य लागे पनि यौन तनावबाट गु्रजनेहरूको संख्या उल्लेख्य छ।' यौन तथा प्रजनन विज्ञ डा. कार्की भन्छन्- 'त्यसैले पनि सेक्स टोयको अपरिहार्यतालाई समाजले क्रमशः बुझ्दै गएछ।' 

गजबका कृत्रिम यौनाङ्ग

हार्नेस अर्थात् पेटीसमेत भएको पुरुष लिङ्ग एउटी महिलाले बाँधेर अर्को महिलाले सेक्स गर्न सक्छन्। यो साधन लेस्बियनहरूका लागि उपयोगी छ। त्यति मात्र होइन, लिंग कमजोर भएका तथा पूर्ण रूपमा उत्तेजित नहुने पुरुषले यो साधन प्रयोग गर्न सक्छन्। ढिलो विवाह गरेका एक प्राध्यापक श्रीमतीसहित यो साधन खरिद गर्न आउनुभएको थियो, व्यवसायी ढकाल भन्छन्- 'उहाँले मेरा लागि यो साधन उपयुक्त छ भनेर लानुभयो। पुरुष कृत्रिम लिंगको साइज विभिन्न आकारमा उपलब्ध भए पनि यसको आकार पम्प गरेर अझ कडा वा ठूलो बनाउन सकिन्छ। यौनसम्बन्धको समयमा त्यसलाई पम्प दिएर भित्रै ठूलो आकारको बनाउन पनि सकिन्छ। साइज मेन्टेन गरेर महिलाले सन्तुष्टि पनि लिन सक्छन्। पुरुष कृत्रिम लिंगमा स्पाइनी भाइब्रेटर लिंग अर्थात् जता पनि फोल्ड गर्न मिल्ने पुरुष लिंग लोकपि्रय छ। यस्तै बेलुनको पृष्ठभूमिमा अडिएको पुरुष लिंगको सहायतामा महिलाले पुरुषसँगै सेक्स गरेको अनुभूति सँगाल्न सक्छन्। यौनसन्तुष्टिको अर्को महत्त्वपूर्ण पक्ष ल्युब भएको ढकाल बताउँछन्। महिलाको शरीरबाट निस्कने चिप्लोपनजस्तै यो ल्युबले बढी सन्तुष्टि दिन्छ। ड्युरेक्स प्ले लङलास्टिङ दुईवटा ल्युब बढी प्रयोगमा आउने ढकालले बताए। महिला तथा पुरुषको लिंगलाई हिट गर्न ड्युरेक्स प्ले वार्मिङ र धेरै समय यौनसम्पर्क राख्न ड्युरेक्स प्ले लङलास्टिङ उपयोग गर्न सकिन्छ। ढकालका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका यी साधन उपयोग गर्दा स्वास्थ्यलाई कुनै असर पर्दैन। भाइब्रेटिङ पिनस, पुसिज टोय, डल, पुसी टोयका विभिन्न मोडल सहवासलाई अझ प्रभावकारी बनाउन उपयोगी छन्। कृत्रिम यौनाङ्गको प्रयोग यौन समस्याका लागि नभै सौखका रूपमा उपभोक्ताले लिँदै गएका छन् भन्ने व्यवसायीहरूको बुझाइ रहेको द कन्डम हाउसका न्यौपानेले बताए। सेक्स टोय घरभित्र एक्लै रहँदा अवस्था हेरी प्रयोग गर्न सकिन्छ। सेक्स जति गोप्य हुन्छ, यी साधन पनि त्यत्तिकै गोप्य ढंगले उपयोग गर्न उपभोक्ताले जानेका हुन्छन्, न्यौपाने भन्छन्- यी साधन उपयोग गर्न थालेपछि यसलाई व्यवस्थित गर्ने विधि पनि जानकारी गराइन्छ। नेपाली समाजमा यो कुरा असामान्य लागे पनि यहाँ यौनतनावबाट गुजि्रनेहरूको संख्या उल्लेख्य छ, यौन तथा प्रजनन विज्ञ डा. खेम कार्कीका अनुसार त्यसकारण पनि समयसँगै सेक्स टोयको अपरिहार्यतालाई समाजले क्रमश बुझ्दै जानेछ। जंगली एवं पाशविक यौन व्यवहार रुचाउनेहरूलाई शान्त पार्नेदेखि बलात्कार एवं अनैतिक यौनसम्बन्धमा रमाउन चाहनेहरूसम्मलाई पर्याप्त यौन मनोरन्जन दिने सेक्स टोयको प्रयोगले व्यक्ति एचआईभी एड्सजस्ता जोखिमपूर्ण रोग लाग्नबाट पनि मुक्त रहन्छ। अमेरिकाका रोबोट वैज्ञानिक रोड्ने ब्रुक्सले भविष्यमा अधिकांश मानिस यौनका लागि रोबोटमा निर्भर हुने भविष्यवाणी पनि गरेका छन्। अबको दुई दशकमा रोबोटले मानिसलाई यौनसन्तुष्टि मात्र नभै प्रेमी-प्रेमिकाको जस्तो साथ पनि दिने दाबी वैज्ञानिकहरूको छ। 



कन्डमको बजार पनि फराकिलो


यौनाङ्ग बिक्री गर्ने विक्रेताहरूले दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कन्डम पनि उपलब्ध गराएका छन्। आफूलाई मनपर्ने उपभोग्य वस्तु चकलेट, ललिपप आदिको स्वरूप र फ्लेभरमा उपलब्ध कन्डमले सेक्सुअल सम्बन्धलाई अझ रोमाञ्चक बनाउने व्यवसायीहरूको भनाइ छ। रातको समयमा चम्कने नाइट ग्लो कन्डम, किरिङसहितको कन्डम, पटक-पटक प्रयोग गर्न मिल्ने क्रिस्टल कन्डमलगायत सेक्सुअल सम्बन्धलाई अझै लम्ब्याउने किसिमका कन्डम पनि बजारमा पाइन्छन्। हामीले कन्डमको बजारलाई फराकिलो बनाएका छौं, द कन्डम हाउसका युवराज न्यौपाने भन्छन्- 'कन्डमका प्रकारलाई उपभोक्ताले अझ मज्जाले आत्मसात् गरेका छन्।' 

नाइस एन्ड नट्टीका प्रवीण ढकालका अनुसार एप्पल, जिन्स, लभ, इलाइट, प्लेजर विशेषता भएका कन्डम तथा म्युजिकल कन्डमले उपभोक्तालाई आकषिर्त गरेका छन्। लामो समय सम्पर्क राख्न बेन्जोकेन रसायन मिश्रण भएको कन्डम छ। ओरल सेक्स मन पराउनेहरूका लागि बनाना, स्ट्रबेरी आदि स्वादका ओरल कन्डम पनि उपलब्ध छन्। ओरल कन्डम स्वास्थ्यलाई ख्याल गरेर विकास गरिएकाले यसले एकप्रकारको रोमाञ्चकताका साथमा सुरक्षा पनि दिन्छ। 



सामाजिक अपराधलाई न्यूनीकरण गर्न कृत्रिम यौनाङ्ग आवश्यक छ

सुरज भट्टराई, कार्यकारी निर्देशक

नाइस एन्ड नट्टी, न्युरोड

कृत्रिम यौनाङ्गको प्रयोग आवश्यक छ र ? 

यौन सम्बन्धमा समस्या वा चाहना हुनेहरूका लागि कृत्रिम यौनाङ्गको प्रयोग उपयुक्त हुने कुरा अब पुरानो भैसक्यो। यौनसम्पर्क मानिसको आधारभूत चाहना हो। किशोरवयपछि व्यक्ति यौन क्रियाकलापका निम्ति उत्सुक रहन थाल्छ। त्यसपछि बुढेसकालसम्म यौनचाहना कायम रहन्छ। अत्यधिक अर्थात चरम सुख खोज्नेहरूका लागि कृत्रिम यौनाङ्ग साथी हुन सक्छन्। मुख्य कुरा के हो भने नियमित प|mेन्ड्ली सेक्स गरिरहेका दम्पतीले मोनोटोनस भएर छुट्टै किसिमको रमाइलो खोज्न कृत्रिम यौनाङ्ग लिन आउने गरेका छन्। यहाँसम्म कि एक जना छोराले बाबु -बाबुकी श्रीमती अर्थात् छोराकी आमा बितेपछि) को सहज यौनजीवनका लागि कृत्रिम यौनाङ्ग किनेर लगे। तीव्र यौनचाहना कारण हुने सामाजिक अपराधलाई न्यूनीकरण गर्नसमेत कृत्रिम यौनाङ्ग आवश्यक छ। 

यहाँ कस्ता किसिमका कृत्रिम यौनाङ्ग पाइन्छन् ?

अहिले यहाँ विश्वबजारमा चलेका सबै कृत्रिम यौनाङ्ग पाइन्छन्। हामीले लाखौं लगानी गरेर पूर्ण स्वरूपमा कृत्रिम यौनाङ्गको शोरुम निर्माण गरेका छौं। भाइब्रेटेड डिल्डो, पुसि टोय देखि फुल बडिसम्म उपलब्ध छन्। यो वर्ष मात्र एक दर्जनजति फुल बडी बिक्री भएका छन्। ननभाइब्रेटिङ, भाइब्रेटिङ, रिभोल्भिङ, स्खलितसमेत हुने लुबि्रकेन्टसहितका यौनाङ्ग छन्। युवाहरूका लागि अतिआवश्यक मास्टरबेड देखि कपलसेक्स बुलेट भ्राइब्रेटर, वाइल्ड सेक्स क्याप, पिनस क्याप, पिनस स्लीम, पिनस रिङ आदि यौन सामग्री छन्। हामीसँग पाँच दर्जनभन्दा बढी प्रकारका कृत्रिम यौनाङ्ग छन्। डबल भजाइना भएको डल पनि छ। प्रायमा भाइब्रेसनको सुविधा छ। राशिअनुसार सेक्स सम्बन्धलाई प्रभावकारी बनाउने साधन पनि छन्। 

हाम्रो समाजले यो कुरालाई सहज रुपमा लिएको छ त ?

आधुनिकतासँगै नेपाली समाज यौनका विषयमा पनि खुला बन्दै गएको छ। व्यवसायीहरूले यौन प्रयोगका निम्ति भित्र्याएका कृत्रिम यौनाङ्गको प्रयोगपछि प्रभावकारिता बढेकैले हुनसक्छ, उपभोक्ताको संख्या पनि बढ्दो छ। अझ वैदेशिक रोजगारीमा गएका नेपाली श्रीमान वा श्रीमतीका साथीका रूपमा कृत्रिम यौनाङ्ग प्रयोग राम्रो माध्यम पनि भएको छ। यसले सामाजिक अपराध एवं विकृति कम गर्न मद्दत गरेको छ। प्राकृतिक यौनसम्पर्कबाट वञ्चित एवं आकांक्षाबमोजिम चरम सुख नपाएकाहरूले यसप्रकारका साधनबाट पर्याप्त आनन्द लिएका छन् भने यसमा असहज मान्नुपर्ने कुरा के नै छ र ? यसको प्रभावकारिता सबै क्षेत्रका व्यक्तिले आफैंले उपयोग गरेर परीक्षण गरिसकेका छन्। हामीले थुप्रै स्थानमा अनलाइन वा टेलिफोनमा यौनसामग्री बुक गरेर देशका विभिन्न स्थानमा कुरियरसमेत गरेका छौं।



डाक्टरका कुरा

यौन तथा प्रजनन विज्ञ डाक्टर खेम कार्कीका अनुसार बजारमा पाइने कृत्रिम लिङ्ग कुनैमा भाइब्रेटर जडान गरिएको हुन्छ त कुनैमा हँुदैन। भाइब्रेटरले यौन उत्तेजना ल्याउनमा सहयोग गर्ने भएकाले यसको प्रयोग बढ्दै गएको पाइन्छ। भाइब्रेटरहरू पनि विभिन्न प्रकारका हुन्छन्। यस्ता साधनहरू सिलिकन, रबर वा ल्याटेक्स, ग्लास आदिबाट बन्छन्। बोरोसिलिकेटबाट बनेका यौनाङ्गहरू सबैभन्दा सुरक्षित मानिन्छन्। रबर वा ल्याटेक्सबाट बनेका यौनाङ्ग मानव स्वास्थ्यका लागि त्यति उपयुक्त मानिँदैनन्। त्यसबाट कसैलाई एलर्जी हुनसक्छ भने यस्ता साधनहरूमा हुने थ्यालेट रसायनले दमखोकीदेखि अपाङ्गतासम्म गराउन सक्छ। 

त्यसैले, कृत्रिम यौनाङ्गका ग्राहकले केबाट बनेको छ, यसको प्रयोगबाट शरीरमा के-कस्ता असर पर्न सक्छन् भन्ने कुरामा प्रस्ट हुनु आवश्यक छ। हाम्रो जस्तो बन्द समाजमा यस्ता साधनको प्रयोग अत्यधिक रूपमा हुनसक्छ तर साधन किन्दादेखि प्रयोग गर्दासम्म चाहिने आवश्यक ज्ञान र सीपको अभाव छ। यस्तो हुनुमा समाजमा कृत्रिम यौनाङ्गको प्रयोग एवं असरका बारेमा पर्याप्त छलफलको अभाव मुख्य कारण हो। यस्ता साधनको प्रयोग पनि व्यक्तिगत प्रयोजनमा मात्र सीमित हुनु आवश्यक छ। एउटै यौनाङ्ग धेरैले प्रयोग गरे यौनजन्य संक्रमण बढ्ने वा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ। सधैं निर्मलीकृत गरेर मात्र कृत्रिम यौनाङ्ग प्रयोग गर्नुपर्छ। 

सुरुमा समाजलाई पचाउन गाह्रो भए पनि अबको समाजमा यस्ता साधनहरू रोकेर साध्य नलाग्ने गरी आउँछन् र यस्तो साधनको प्रयोगलाई प्रोत्साहित गर्नु भनेको यौनजन्य संक्रमण, अनिच्छित गर्भधारण एवं त्यसबाट आउने दुष्परिणामलाई न्यूनीकरण गर्नु पनि हो। यसलाई समाजले वैकल्पिक र सुरक्षित यौन व्यवहारका रूपमा लिनुपर्छ। हाम्रा संस्कार र धर्मग्रन्थहरूलाई हेर्ने हो भने पनि आदिमकालदेखि नै यस्ता साधनहरू प्रयोग भएको पाइएको छ। यसलाई ठूलो र नौलो कुरा बनाउनुपर्ने आवश्यकता छैन। यो सामान्य र समयको माग पनि हो। 



यौनसन्तुष्टिका लागि बाटो खोज्नेका लागि सुरक्षित पहिलो उपाय नै सेक्स टोय हुन्

युवराज न्यौपाने, प्रमुख कार्यकारी 

द कन्डम हाउस एन्ड सेक्सोलोजी क्लिनिक सेन्टर

आधा दशकदेखि सेक्स टोयको व्यवसाय गर्दा कस्तो अनुभूति गर्नुभएको छ ?

हामीले खिचापोखरीस्थित द कन्डम हाउस मार्फत सेक्स टोय भित्र्याएर नेपालमा कारोबार सुरु गर्दा त्यो आफैंमा एउटा सामाजिक क्रान्ति बन्यो। सेक्सका बारेमा बिस्तारै खुल्दै गएको गोप्य समाज भित्रभित्रै भने सेक्स टोयकै उपभोक्ता बनेर त्यसको ब्यापार प्रवर्द्धनका लागि ठोस योगदान दिइरहेको थियो। अक्सर सबैको जीवनमा सेक्स महत्वपूर्ण भए पनि त्यसलाई देखावटी रूपमा वर्जित मान्नेहरू पनि अहिले विस्तारै सेक्सका बारेमा बोल्न थालेका छन्। मैले काठमाडौंमै अन्य स्थानमा पनि शाखा विस्तार गरें, हालै मात्र दमकमा पनि शाखा विस्तार गरेको छु। सेक्स टोयको व्यवसायमा अन्य व्यवसायीहरूले पनि हात हालेका छन्। मुलुकभरका मुख्य सहरहरूमा सेक्स टोय सप खुलेका छन्। यो आफैंमा सफलताको सूचक हो। सेक्सका बारेमा पर्याप्त चेतना फैलाउन यस्ता टोयले मद्दत गरेका छन्। मैले आफैंले पनि नयाँ काममा हात हालेर पनि सफलता पाएको महसुस गरेको छु। मैले सेक्सका विषयमा थुप्रै उपचारात्मक समस्या पनि देखेपछि सेक्सोलोजी सेन्टर पनि सञ्चालनमा ल्याएको छु। 

सेक्सका बारेमा नेपाली समाजको स्वभाव कस्तो छ ?

सेक्सलाई अति महत्व दिनेहरू पनि नेपाली समाजमा उत्तिकै छन्, तर तिनमा पनि सचेतनाको अभाव छ। युवाहरूमा पनि उत्तिकै छ। केही दिनअघि एक युवती एक युवकका साथ आएकी थिइन्। उनी सेक्सका बारेमा त्यति कुरा गर्न नचाहने तर त्यही सेक्सको तीव्र चाहनाले गर्दा आफूलाई नियन्त्रण गर्न नसक्ने। युवकले यौन इच्छा पूरा गर्न भरपूर प्रयास गरे पनि युवतीको इच्छा शान्त हुँदो रहेनछ। यौनइच्छा शान्त पार्न युवतीले आफ्नो यौनाङ्ग खेलाउँदा-खेलाउँदै योनि र त्यसको वरिपरि थुप्रै घाउ भएको रहेछ जसलाई उपचारको आवश्यकता थियो। यस्तै द्वन्द्वकालीन समयमा नेपाली सेना वा विद्रोही माओवादी सेनाहरू दुर्घटनाका कारण स्पाइनल कर्ड्स इन्ज्युरीको समस्याबाट पीडित भएका छन्। यो समस्या भएका थुप्रै व्यक्तिमा कम्मरभन्दा माथिको भागमा यौनचाहना तीव्र भए पनि तलको शरीरको अंगले साथ नदिने समस्या हुन्छ, एकछिन तलको शारिरिक अंगमा उत्तेजना आए पनि केही क्षणमै शान्त पनि हुन्छ अनि उनीहरू पागल हुन्छन्, यस्ता व्यक्तिका श्रीमान् श्रीमती अर्को साथी खोजेर यौनचाहना पूरा गर्ने बाटोमा लागिरहेका हुन्छन्। उनीहरूका लागि सेक्स टोय सही माध्यम बनेका छन्। 

यौनसन्तुष्टिका लागि अन्य बाटो खोज्नेहरू पनि होलान् नि ?

यौनसन्तुष्टिका लागि बाटो खोज्नेहरूलाई सुरक्षित पहिलो उपाय नै सेक्स टोय हुन्। सेक्स टोयलाई उपभोक्ताले चाहेअनुसार प्रयोग गर्न सक्छन्। सेक्सलाई नियन्त्रण गर्न नसक्ने, उपचारका नाममा कृत्रिम साधन अतिरन्जित ढंगले खोज्नेहरू थुप्रै छन्। लिंगको आकार बढाउने, स्तनको साइज घटाउने बढाउने, उत्तेजना र लामो समयसम्म सेक्सको मज्जा लिन भियाग्राको प्रयोग रुचाउने, यौनाङ्ग टाइट गर्नेजस्ता क्रियाकलाप नगर्न सल्लाह दिए पनि ती क्रियाकलाप गरेर त्यसका समस्यासहित उपचारका लागि हाल सेक्सोलोजी सेन्टर आउनेहरू पनि उत्तिकै छन्। उनीहरू आवेशमा आएर यस प्रकारका कृत्रिम माध्यम र उपचार प्रयोग गरेर लामो यौन जीवनलाई छोट्याइरहेका हुन्छन्। सेक्सको तीव्र चाहना अर्थात् एक प्रकारको विचलनकै कारण उनीहरू कृत्रिम साधनमा बढी विश्वास गर्छन्।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis