CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » साहुहरुको बिलौना ‘ चुनाव भरि देस छोडेर बाहिर जाम कि क्या हो ?

साहुहरुको बिलौना ‘ चुनाव भरि देस छोडेर बाहिर जाम कि क्या हो ?

janak-man-dangol-11212
देशमा चुनाव चुनाव भनेका छन् । सबै खुशि हुनुपर्ने हो । ब्यापारीहरु त झन बढि । किनभने चुनाव भएर संविधान बन्यो भने शान्ति हुन्छ । ब्यापारीलाई शान्ति भैदिए ब्यापार उध्योग ब्यवशाय फस्टाउँछ । त्यसैले ब्यापारीहरु अझ बढि खुशि हुनुपर्ने हो । तर ब्यापारीहरु यो चुनावमा हैरान छन् । भागाभाग छ कतिपयको । कोहि कहाँ लुक्ने होला,
कसरि लुक्ने होला भन्ने ध्याउन्नमा छन् । चुनावको बेला मानिसहरु अझ बढि सक्रिय हुनाले ब्यापार बढ्छ । यस्तो बेला ब्यापारीहरु रातदिन नभनि ब्यापारमा दगुर्नुपर्ने हो । तर पूर्वका ब्यापारीहरु कसरि बेपत्ता बन्न सकिन्छ कम्तिमा यो चुनाव नसकिएसम्म भनेर दाउ हेरेर बसेका छन् । किन होला ?
‘चुनाउ भए पनि नभए पनि अध्यक्ष कामरेड हाम्रो जिल्लाको बरियारपुरमा भाषण गर्न आउनु हुँदैछ । कार्यक्रम सफल बनाउनु परो । त्यसैले सहयोगको नाउँमा चन्दा लेउ साहु बा ‘ भनेर जितपुर, सिमराका ब्यापारीहरुलाइ क्यास पार्टीकाले भनेछन । त्यसपछि त ब्यापारीहरुको भागाभाग शुरु भईहाल्यो । 
भागाभाग नहोस पनि किन ? उधोग ब्यापार मन्दी छ । ‘यति लानुस ‘ भन्दा ‘ हुँदैन हाम्ले जति भन्छम त्यति दिनुपर्छ ‘ भनेर दंग्याउँछन् । ‘क्यासलाइ जति दिइस हा मी लाइ पनि त्यति दे नत्र ‘ … ड्यासको खोकाइ । भैया पार्टीहरु जुट्दै र फुट्दै छन । नयाँ भैया पार्टी खुल्ने लहरपनि त्यत्तिकै छ । ति जुटेपनि लर्को लागेर माग्न आउँछन् । फुटेभने त झन हत्ते । जति धेरै पार्टी भयो ति सबैलाई चन्दा दिनुपर्‍यो । कांग्रेस र एमाले लगायत पुराना सहयोगी पार्टीलाइ पनि नाइँ भन्ने कुरा भएन । एकजना ब्यापारीको गुनासो थियो ‘ हे प्रभु ब्यापार ब्यबसाय मन्दी छ । लोडसेडिंगले त्यस्तै दुख दिएको छ । भनेको सुबिधा नदिनासाथ मजदुरले फेरी साढेजात्रा देखाउँछन । कसो गर्ने ?’ ब्यापारीहरु साँच्चिकै चौतर्फी मारमा परेका छन् ।
हेटौडाको पूजा साबुनका मालिक असोक लोहिया साहुबा लाइ त राति कारखाना चेक गर्न जाँदा भित्रका मजदुरले साबुनको डल्लोले हिर्काइ दि ए । उनका पो दुइटा फ्याक्ट्री थिए साबुनको । त्यताको बन्द गराए पनि यता सिमराको चलिरहेकै छ । तर एउटा मात्रै हुनेले कसरि गुजारा गर्ने ? कसरि ब्यापार गर्ने ? ‘कुन दिन नेपालमा लगानी गर्न आएछु नी हे प्रभु’ भनेर जितपुर सिमराका ब्यापारीहरु गुनासो गर्दा रहेछन् अहिले । कारखाना हटाउन वा बन्द गर्न खोजेपनि मजदूरहरुले छोड्ने होइनन् । चलाइराखौं चन्दा दिनपनि नपुग्ने भो कमाईले । कराउँन जाउँ कसले सुन्छ ? देश चलाउने पार्टीजति सबै चन्दा माग्ने भएपछि गुनासो कसले सुनिदिने ?
के गर्छौ त साहुजी ? हिजो पञ्चायत फ्याँक्न मनग्गे चन्दा दिने पनि तिमीहरु नै हौ । धोति र लोटा बोकेर नेपाल पसेको तिम्रा बाजे बराजुले राजा देखि पन्च सबैलाई रिझाएर सम्पति कुस्त कमाएकै थिए । लोड सेडिंग भन्ने कुन चराको नाम हो थाहा थिएन । मजदुरहरुलाइ बोनस बाँड्नपनि त्यो बेला सकेकै थियौ । नाफा नभई बोनस पक्कै पनि बाँडिएन । भित्र भित्र कांग्रेस कम्युनिस्टलाइ कुस्त का कुस्त चन्दा भेटि पनि दिएकै हो । भोको पेटले १/२ दिनपो आन्दोलन गर्न सक्छ । तिमीहरुले पैसो नदिएको भए तिनीहरुले कसरि आन्दोलन गर्थे ? बहुदल आएपछी तिमिहरुले नेपालको करमा तर पनि मारेकै हो । अहिले गोहीको आँसु चुहाउँदै चुनाउ भरि देस छोडेर बाहिर जाम कि क्याहो भन्ने ? तिमीहरु गएपनि चन्दा नदिएको झोंकमा पक्कै छोड्ने छैनन् । बरु जनयुद्दकालमा झैं अग्नी शस्त्र छोडिदेलान् ।

 जनक मान डंगोल / हेटौंडा
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis