CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बिहे नगरी बाबु बन्ने : करन जोहर

बिहे नगरी बाबु बन्ने : करन जोहर

Karan Johar
मुम्बई (एजेन्सी), जेष्ठ १७ - ४१ बर्षीय निर्देशक करण जोहर बिहे नगरी नै बाबु बन्ने भएका छन् । प्रौढ उमेर घर्किन लागिसक्दा पनि अविवाहित उनले बिहे नगरे नै परिवारको संख्या बढाउने निर्णय गरेका हुन् ।

यो बर्षदेखि आफ्नो ट्रेडमार्क शो कफी वीथ करन जोहरलाई सूचारु गर्ने तयारी
गरेका उनी धर्मसन्तान अपनाउने सोचमा छन् । धर्म प्रोडक्सनमा प्रमुख जोहरले धर्म पुत्र अंगालेर बिहे भने पर धकेल्ने पक्षमा छन् । स्रोतका अनुसार उनी धर्मपुत्रीको खोजीमा छन् ।


उनले भनेजस्तै धर्मपुत्र पालेमा उनको नयाँ परिचय थपिने छ-सिंगर फादर । किनकी यसअघि नै उनले आधा दर्जन परिचय बनाइसकेका छन् । उनी बलिउडका निर्देशक, निर्माता, कलाकार, कोरियोग्राफरको परिचय यसअघि नै बनाइसकेका छन् ।
उनी बलिउडका नयाँ कलाकार भित्र्याउन पनि माहिर छन् । उनले परिचय स्थापित गराएको रानी मुखर्जी, आदित्य चोपडा, बिद्या बालन र सिद्धार्थ रोयहरु बलिउडमा राज गरेर घरजम गर्दा पनि उनी अविवाहित नै छन् । उनी विवाहको कुराबाट भने पर भाग्दै आएका छन् बलिउडका सफल व्यक्तित्व करन आफ्नो कार्यालयलाई नै आफ्नो विवाह मान्छन् ।साभार : ईकान्तिपुर 

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis