CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यस्तो थियो जियाको सुसाइड नोट…

यस्तो थियो जियाको सुसाइड नोट…

Bollywood actress Jiah Khan during launch of Formula 1 team online gameकाठमाडौं, जेठ २८ – आत्महत्या गरेकी बलिउड अभिनेत्री जिया खानको सुसाइड नोटलाई उनकी आमा रबिया खानले मिडियामा सार्वजानिक गरेकी छिन् । रबियाका अनुसार प्रेमी सुरज पन्चोलीको धोकाले नै जियालाई आत्महत्यासम्म पुर्‍याएको हो ।
प्रहरीले यो सुसाइड नोट जिया आफैंले लेखेकी हुन् कि होइनन् भनेर प्रहरीले जाँच गरिरहेको छ । तर, रबियाले यो उनकै छोरीको हस्ताक्षर
भएको बताएकी छिन । सुसाइड नोटमा जियाले सुरजलाई लेखेकी छिन् ‘मैले तिमीलाई निःस्वार्थ प्रेम गरँ, तर बदलमा तिमीले मलाई गाली दियौ, मानसिक प्रताडना दियौ र बलात्कारसमेत गर्‍यौ । मैले सबै सहेर तिमीलाई प्रेम गरिरहेँ ।’ जियाले आफु सुरजबाट गर्भवती भएको र गर्भपतन गराएको रहस्योद् घटनासमेत गरेकी छिन् ।
सुरजको धोकाधडिले जिया अत्यन्त विक्षिप्त बनेको सुसाइड नोटमा देखिन्छ । उनले लेखेकी छिन् ‘जब तिमी यो पढीरहेको हुनेछौ, म सायद यो संसारबाट धेरै टाढा गइसकेकी हुनेछु ।’
जियाकी आमा रबियाले आफ्नी छोरी डिप्रेसनमा नरहेको बताएकी छिन् । उनले भनेकी छिन् ‘जिया साह्रै गम्भीर र सफा दिलकी थिई । उसलाई चलाखी आउँदैन्थ्यो । तर, उसलाई झूटसित ठूलो घृणा थियो । उसले सबैभन्दा बढि माया जसलाई गर्थी, उसैले धोका दियो । म कसैसित बदला लिन यो भनिरहेकी छैन् । तर, साँचो यो हो कि उसले गलत व्यक्तिसित प्रेम गरी ।’ जियाका दुई बहिनी करिश्मा र कविताका अनुसार उनी प्रेममा पुरै निराश भइसकेकी थिईन् । जिया प्रेमलाई कामभन्दा माथि राखेर सोच्थिन् । जियाको दाहसंस्कारमा आदित्य पन्चोलीको परिवार अनुपस्थित थियो । यसबारे करिश्माले भनेकी छिन् ‘यदि सुरजलाई अलिकति पनि दुःख लागेको थियो भने यस्तो बेला हामीलाई सान्त्वना दिन अवश्य आउँथ्यो, मुख लुकाएर हिँड्ने थिएन ।’
जियालाई सबैभन्दा दुःख आफूले गर्भपतन गरेको विषयमा थियो । उनले लेखेकी छिन् ‘मलाई त्यतिबेला सर्बभन्दा पीडा भयो, जब मैले हाम्रो बच्चा गिराएँ । तिमीले सधैं आफ्नोबारे सोच्यौ, तर मैले सधैं हाम्रो सुनौलो भविष्यबारे सोचँे ।
 प्रेमको बदला यातना दियौ ।
तिमीले मलाई हीनताबोध गरायौ । मैले तिम्रोबारे एकोहोरो रुपमा कति सोचिरहँे भन्ने कुराको आभाष म तिमीलाई गराउन चाहन्छु । मैले तिमीलाई गरेको माया जति कुनै पनि महिलाले तिमीलाई गर्न सक्नेछैनन् । मेरो यो कुरा मेरो रगतमा लेखेकी छु ।
तिमीले कहिल्यै मेरो बहिनीलाई समेत भेटेनौ । जब कि म तिम्री बहिनीलाई उपहार दिन्थँे । अब मैले सास फेर्नुपर्ने कुनै कारण छैन । म केवल प्रेम चाहन्थँे । मैले तिम्रा लागि सबधोक गरँे । म हाम्रा निम्ति काम गरिरहेकी थिएँ । तर, तिमी कहिल्यै मेरो साथी बनेनौ । मेरो भविष्यमा डढेलो लागेको छ , मेरा खुसी म बाट खोसिएका छन् । मैले आफूसित जे–जति पैसा थियो, तिम्रो भलाईका निम्ति खर्च गर्न राजी भएँ । तिमीले कहिल्यै मेरो प्रेमको महत्व बुझेनौ, उल्टै मेरो अनुहारमा मुक्का हान्यौ । मसित कुनै आत्मविश्वास वा आत्मसम्मान बाँकी रहेन । मेरो प्रतिभा, मेरो महत्वकांक्षा, तिमीसितको प्रेममा सती गए । हो, तिमीले मेरो जिवन खरानी बनायौ ।
तिम्रो वर्थ डेमा मैले उपहारका रुपमा गोवा घुमाएँ । त्यतिबेला पनि तिमीले मलाई चिट गर्‍यौ । त्यति गर्दा पनि मैले तिमीमाथि खर्च गर्न जारी राखँे । तिमीले मेरो क्रिसमस बिगार्‍यौ र बर्थ डे डिनर पनि । मैले तिम्रो बर्थ डेलाई स्पेसल बनाउन हरसम्भव कोसिस गरँे । तर, तिमीले मेरो बर्थ डेमा एउटा सानो उपहार दिने कष्ट पनि गरेनौ । भ्यालेन्टाइन डेको दिनमा समेत मबाट टाढा रह्यौ ।
मैले मेरो पेटको बच्चा गिराएँ, किनकि त्यसले मलाई गहिरो पीडा दिएको थियो । तिमीले मिडियाका सामुन्ने हामी एक वर्षभित्र इन्गेजमेन्ट गर्नेछौं भनेर बोलेका थियौ । कहाँ गयौ तिम्रो बोली ? तिमीलाई त जिवनमा केवल पार्टीको रमझम, नयाँ–नयाँ केटी र आफ्ना स्वार्थी आकांक्षा मात्र चाहिएको थियो । मलाई भने केवल तिमी चाहिएको थियो । मैले तिमीमाथि खर्च गर्नुमा कुनै स्वार्थ थिएन, सुरज ।
जब म तिम्रा निम्ति रुन्थेँ, चिच्याउँथेँ, तिमी मेरो अनुहारमा थुक्थ्यौ । यति भएपछि मैले केका लागि यो जिवन बाँच्नु, भन त ? मैले जस्तो माया तिमीले पनि गरिदिएको भए यो संसार मेरा निम्ति स्वर्ग हुने थियो । तर, मायाको बदला तिमीले घृणा दियौ, त्यसैले मेरो संसार नर्क भयो । म हाम्रो भविष्यको सपना देख्थेँ । म यो ठाउँ छोडेर जाँदै छु, केवल टुटेका सपना अनि रित्ता वाचाहरु लिएर । अब म निदाउन चाहन्छु, कहिल्यै नब्युझिँने गरी । मसित पहिले सबैथोक थियो । तर, अहिले म रित्तिएकी छु । म केही पनि रहिँन । तिमीसित रहँदासमेत म एक्लोपनको अनुभूति गर्थे । तिमीले मलाई एक्ली र नाजुक अनुभव गरायौ । जब कि म योभन्दा बढी थिएँ । अब म अगाडी बढ्न सक्दिनँ …..
–नयाँ पत्रिकाबाट
Jiah-Khan-suicide-note-Page-1
Jiah-Khan-suicide-note-Page-2
Jiah-Khan-suicide-note-Page-3
Jiah-Khan-suicide-note-Page-4
Jiah-Khan-suicide-note-Page-5
Jiah-Khan-suicide-note-Page-6

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis