CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

1एउटा मान्छेको टाउकाको मूल्य कति होला ? त्यो मुल्य तोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्य आखिर कुन आधारमा तोक्ने ? हुनत हाम्रै देशमा पनि
विगतमा नेताहरुका टाउकाको मूल्य नतोकिएको होइन । तर अमेरिकामा भने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्य तोकिएको छ । त्यो पनि अदालतले ।
४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनत उनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमा बिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइ खप्परबापत यो रकम क्षतिपूर्ति बापत पाउने भएका हुन् ।
2
क्यालिफोर्नियास्थित टोरेन्स उच्च अदालतले ती व्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमा आफ्ना भतिजहरुसँग पुगेका लोपेजलाई त्यहाँ कार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटक हिर्काउँदै अन्त्यमा उनको टाउको पक्की भुइँमा ४ पटक ठोक्काएका थिए । त्यसपछि मुर्छा परेका लोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्‍यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसका कारण उनी बोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमा लोपेजका वकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदा लोपेजलाई उनका दुइ आफन्तले त्यहाँ ल्याएका थिए । उनको टाउकोमा टोपी लगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन । साभार : अन्लाईन खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis