CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा

नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा

ksuबैँक ब्यालेन्स देखाउने धन्दा नेपालमा खुबै फस्टाएको छ। नाम चलेका बैँकका जिम्मेवार मानिसहरु नै कमिसन खाएर यो धन्दामा छन्। अझ पत्रपत्रिकामा यस्तो कामको विज्ञापनसमेत छापिन्छ। त्यसैले नेपालमा अर्काको पैसा लिएर बैँक ब्यालेन्स देखाउनु खासै अपराधको विषय हैन
जस्तो लाग्छ। तर जब यस्तै काम अमेरिकामा हुन्छ, तब दिनदशा बिग्रन्छ। अमेरिकामा नौ जना नेपाली विद्यार्थीलाई अहिले त्यस्तै भएको छ। गैर आप्रवासी भिसाको स्टायटस कायम राख्न कन्सास स्टेट युनिभर्सिटीमा अध्ययनरत उनीहरुले आफूसँग हुँदै नभएको रकम देखाएर फ्रड गरेको अभियोग लगाइएको छ। 
केम्यानमा प्रकाशित समाचार अनुसार उनीहरुले आफ्नो पढाइका लागि र आफू अनि आफूमाथि आश्रित परिवारका लागि पर्याप्त रकम छ भनी देखाउन अरु विद्यार्थीहरुबाट रकम उधारोमा लिई बैँकमा राखेका थिए।
अभियोग पत्रमा उल्लेख भए अनुसार सन् २००८ को फलमा यी नौ विद्यार्थीहरुले आफूसित पर्याप्त रकम भएको गलत दावी गर्दै बैँकमा स्टेटमेन्ट लिएका थिए। उनीहरुले आफ्नै नेपाली साथी विद्यार्थीहरुसित रकम उधारोमा लिएर बैँकमा जम्मा गरेको र बैँकको चिट्ठी पाएपछि रकम फिर्ता गरेको आरोप त्यसमा छ।
सरकारी वकिलले अभियोग लगाइसकेपछि मंगलबारदेखि ग्रान्ड जुरीमा यो मुद्दामा सुनुवाई सुरु भएको छ। सहायक अमेरिकी अटोर्नी रिचर्ड हाथवेले वादी पक्षबाट मुद्दा लड्दैछन्।
अभियोग प्रमाणित भयो भने ती नेपालीहरुले बढीमा १० वर्षसम्मको कठोर कारावासको सजाय पाउने छन्। त्यसैगरी प्रत्येक ‘काउन्ट’का लागि साढे दुई लाख डलरसम्म जरिवाना हुनसक्छ।

को-को परे ?

केम्यानले अभियोग लगाइएका नेपाली विद्यार्थीहरुको नाम पनि सार्वजनिक गरेको छ-
  • महेन्द्र थापा, ३३ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा एक काउन्ट
  • खेम आचार्य, ४१ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • राजकुमार दानी, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट
  • सन्तोष घिमिरे, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा एक काउन्ट
  • लीलाबल्लभ पान्डे, ४१ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • लक्ष्मण पोखरेल, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा दुई काउन्ट
  • केशर प्रसाइँ, ३८ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • गोविन्द पनेरु, ३२ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट
  • नारायण चापागाइँ, ४३ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट

साभार : माई संसार  
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis