CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » अब के उठ्ने भो त हतियार ?

अब के उठ्ने भो त हतियार ?

maoist traiiningकाठमाडौं, असार २०–नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा नेताहरुबीच चुनावमा भाग लिने नलिनेबारे व्यापक विवाद देखिएको छ । पोखरामा बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने संविधानसभाको निर्वाचनमा भाग नलिने निर्णय गरेपछि नेताहरुबीच व्यापक विवाद भएको हो ।
रातोपाटीलाई प्राप्त जानकारी अनुसार एकथरी चुनावमा भाग लिनु पर्ने पक्षमा रहेका छन् भने अर्कोथरी यथास्थितिमा हुने चुनावको औचित्य नभएको भन्दै तत्काल हतियार उठाउनुपर्ने पक्षमा रहेका छन् । यसरी हतियार उठाउने पक्षमा विगतमा
जनयुद्व नलडेका तर पछि माओवादीमा प्रवेश गरेकाहरुको बाहुल्य रहेको एक पोलिट्व्यूरो सदस्यले जानकारी दिए ।
बैठकमा अध्यक्ष मोहन वैद्यले राजनीति प्रस्ताव, महासचिव रामबहादुर थापाले सांगठनिक प्रस्थाव तथा सचिव नेत्रविक्रम चन्दले फौजी प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि बोल्नेक्रममा कर्णालीमा क्रमशः जनविस्वास गुमाएका पोलिटव्युरो सदस्य खडकबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला र कुलबहादुर केसीले पार्टी विभाजनको औचित्य सावित गर्न नसकिएको भन्दै आक्रोश पोखेका थिए ।
यस्तै बैठकमा विश्वकर्मा, केन्द्रीय सदस्य दीपक चलाउने हस्तबहादुर केसी, अजय शर्मा, विष्णुहरि नेपाललगायतले तुरुन्तै जनसेना गठन गनुपर्ने आवाज उठाएका थिए । उनीहरुले यस्तो आवाज उठाएपछि बैठकमा होहल्ला नै मच्चिएको थियो । युद्धकालमा माओवादीको विरोध गर्दै हिँड्ने अहिले आएर जनयुद्धमा तुरुन्तै जान उनीहरुले जोड दिँदा बैठक हलमा सहभागी कतिपय सदस्यहरु आश्चर्यचकित परेको एक नेताले बताए । स्मरण रहोस्, केसी ठूली आमा घाँस काटन जादा सुन चोरेर बाल्य कालमै नाम कमाएका कम्युनिष्ट हुन् । यसैगरी अजय शर्मा जनयुद्धताका अमेरिका बसेर माओवादी जनयुद्धको सत्तोसराप गर्ने र पछि नेपाल फर्केर माओवादीकै कोटामा अष्ट्रेलियाको राजदूत भएका थिए भने बिष्णुहरि नेपाल एमालेबाट शान्तिकालमा माओवादीमा प्रवेश गरेका हुन् ।
उनले बैठकमा तुरुन्तै जनसेना बनाएर मार्चपास गराउनुपर्ने भन्दै बरु पोसाकका लागि पार्टीले रकम निकासा गरे आफूले ठेक्का लिने बताएका थिए । यसरी ड्रेस लगाएर जनसेनाको पार्च पास पराउँदा जनता तेसै तर्सेस चुनाव विथोलिने अवस्था आउने उनको भनाई उदृत गर्दै एक सहभागीले बताए ।
तर, महेश्वर दाहाल, सूर्य सुवेदी लगायतले भने अहिले नियमति सेना बनाउन पनि हुदैन, डेस लगयार मार्च पास गर्ने बेला भएको छैन भन्दै त्यसको चर्को आलोचना गरेका थिए ।
उनीहरुका भनाइलाई धेरै केन्द्रीय सदस्यले साथ दिएको एक पोलिटव्यूरो सदस्यले बताएको कुरा सेतो पाटीमा छापिएको छ |

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis