काठमाडौं। देशको पुरानो अस्पताल वीर अस्पतालमा गरिब बिरामीले उपचार पाउन गाह्रो छ। पहुँच हुनेहरूले मात्र वीरको आइसीयुमा बेड पाउँछन्। वीरमा आइसीयु खाली भए पनि बिरामीले भर्ना पाउँदैनन्। आइसीयुमा राख्नुपर्ने बिरामी वीर अस्पतालको इमर्जेन्सीमा आउँछन् तर त्यहाँ कार्यरत अहेबद्वय टीकाराम पनेरु र यादव जोशीले आइसीयुका
डाक्टरहरूलाई सोद्धै नसोधी प्राइभेट अस्पतालमा पठाएर कमिसन लिने गरेको गुनासो पीडितहरूको रहेको छ। अस्पतालमा गम्भीर बिरामी पहिला इमर्जेन्सीमा आउँछन्। गम्भीर इमर्जेन्सीमा आउँछन्। तर आइसीयुमा बेड खाली भए पनि पनेरु र जोशीले खाली छैन भनेर प्राइभेट अस्पतालमा पठाएर एक बिरामी बेचे बराबर पाँच हजार रुपैयाँ कमिसन लिने गरेको आरोप छ।
पनेरु र जोशीले आइसीयुमा भर्ना हुने बिरामीहरूलाई लाइफकेयर अस्पताल सुन्धारा, शहीद मेमोरियल अस्पताल कलंकी, जनमैत्री अस्पताल बालाजु र महेन्द्रनारायण निधि अस्पताल गौशालामा पठाएर कमिसन लिंदैआएका छन्। जोशी र पनेरु महेन्द्रनारायण निधि अस्पतालमा कार्यरत भएकाले त्यहाँ पनि उनीहरूले वीरबाट बिरामी पठाएर कमिसन लिने गरेका छन्। वीर अस्पताललाई पनेरु र जोशीले बिरामी पठाउने माध्यमका रुपमा उपयोग गर्दैआएकोमा डाक्टर र कर्मचारीहरू पनि रुष्ट रहेको थाहा भएको छ। तर अस्पताल प्रशासनले उनीहरूमाथि केही कारबाही नगर्दा उनीहरूले बिरामी पठाउने ब्यवसायलाई अझ तीव्रता दिइरहेका छन्।
एकातिर आइसीयुमा बेड खाली भए पनि छैन भनेर गरिब बिरामीलाई प्राइभेट अस्पतालमा पठाउने पनेरु र जोशीले अर्कोतिर अस्पतालमा हुने अरु रोगको जाँच गर्न बिरामीलाई महाबौद्धमा पठाएर ३० प्रतिशत कमिसन पनि लिने गरेको आरोप छ। आवश्यक नै नभए पनि सीटीटीपी, आइएनआर, भीडीओ एक्सरे, जन्डिसको परीक्षण गर्न लगाएर ती क्लीनीकमा आम्दानी बढाई बिरामीलाई शोषण गरी कमिसन लिन उनीहरूले कति पनि संकोच नमान्ने गरेको गुनासोपत्रमा उल्लेख छ। पनेरु र जोशीले वीरमा अस्पतालमा नजाचाई महाबौद्धमा च्याउसरी खुलेका क्लीनीकमा पठाउने वा आफैं लिएर जाने गरेका छन्। ती क्लीनीकबाट त्यसरी बिरामी लगी ३० प्रतिशत कमिसन लिने गरेको आरोप पनि पनेरु र जोशीमाथि लागेको छ। बर्षौदेखि मानवीय धर्म बिर्सेर पैसाको पछाडि अन्धो भएर लागेका यी सरकारी कर्मचारीविरुद्ध पटक पटक स्वास्थ्य मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले एक महिनाअघि निर्देशक मार्फत् स्पष्टीकरण सोधेको समाचार छ। अस्पताल सूत्रका अनुसार, केही महिनाअघि अस्पतालका गार्डका आफन्तलाई आइसीयुमा बेड खाली भए पनि छैन भनेर अन्यत्र पठाएपछि पनेरु र जोशी विरुद्ध ती गार्डले निर्देशकलाई भनेपछि हतार हतार पुनः वीर अस्पतालमा ल्याएर केस सामसुम पार्ने काम पनेरु र जोशीले गरेका थिए।
इमर्जेन्सीमा टाँका लगाउनका लागि आएका बिरामीलाई आफूले भनेको पसलबाट धागोदेखि इन्जेक्सन खरिद गर्न लगाई ती पसलबाट पनि कमिसन खाने गरेको आरोप पनेरु र जोशीमाथि छ। उनीहरूले भनेको सामान अरु पसलबाट ल्याए यो धागोले हुँदैन, त्यही पसलको ल्याएमात्र टाँका लगाउने भन्ने गरेको बिरामीको गुनासो अनुगमनमा जाने हो भने मन्त्रालय, सतर्कता केन्द्र वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सहजै फेलापार्न सक्नेछन्, पत्रमा भनिएको छ। पनेरु र जोशीका कारण अस्पतालको इमर्जेन्सी ध्वस्त भएको गुनासो पटक पटक गर्दा पनि स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र सचिव डा. प्रवीण मिश्रले चासो दिन नदिएको अस्पताल सूत्रले बतायो। मन्त्रालयले स्पष्टीकरण सोधेर झारा टार्ने काम मात्र नगरी अस्पतालबाट बिरामी बेचेर कमिसन खाने माध्यम बनाउने डाक्टर, नर्स कर्मचारी जो भएपनि उनीहरूमाथि कारबाही गर्नुपर्ने धारणा अस्पतालका सोझसिधा डाक्टर र कर्मचारीहरूको छ।
http://sanghu.weeklynepal.com/2013/07/29/article-item211375094812/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !