देशकै एकमात्र काठमाडौं महानगरपालिकाका चालिस जना कर्मचारीहरूमाथि भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेपछि महानगरपालिकामा सम्पत्ति विवरण जलाउने र नष्ट गर्ने कामसमेत हुन थालेको
समाचार छ। जस जसको अकूत सम्पति आर्जन गरेको मुद्दा अख्तियारमा परेको छ, उनीहरूले दैनिक महानगरपालिकामा सम्पत्ति विवरण नष्ठ गर्ने काम भइरहेको महानगरपालिका स्रोतले बतायो। स्रोतका अनुुसार अख्तियारले छानबिन सुरु गरेकाहरूलाई निलम्बन नगर्दा धेरै प्रमाण लोप गरिसकेका छन्। अख्तियारले छानबिन सुरु गरेपछि महानगरपालिकामा भ्रष्टाचार गरी काठमाडौंमा करोडौंका बंगला बनाएर मात्र नपुगी नगरकोटमा रिसोर्ट खोल्नेसम्म हैसियत बनाएका महानगरपालिकाका प्रशासन प्रमुख शान्ताराम पोखरेल, हरिकुमार श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, उत्तरकुमार रेग्मी, दिनेश अर्याल, सनतकुमार थापा, साधुराम भट्टराई, धनपति सापकोटा, विष्णु जोशी, राजुनाथ पाण्डे र अवकाश पाएर पनि करारमा राखिएका शंकर कँडेल लगायतका कर्मचारीहरू अख्तियारको छानबिनपछि दैनिक सम्पत्ति लुकाउने काममै लागेको चर्चा कर्मचारीबीच छ। २०६७/०६८ सम्मको विवरण स्थानीय विकास मन्त्रालयमा भएमात्र सुरक्षित होला, महानगरपालिकाको विवरण त सबै गायब पारिसकेका छन्। हरेक बर्ष स्थानीय विकास मन्त्रालयमा सम्पत्ति विवरण पठाउनुपर्ने नियम समेत पालना नगरेको यो समूहले २०५५/०५६ को मिति राखी धमाधम कम्पनी, संस्था खोल्न अनुमति लिएको कागजात तयार गरेका छन्। सरकारी कर्मचारीले कुनै व्यवसाय गर्न अनुमति लिनुपर्ने व्यवस्था छ। तर अकूत सम्पत्ति देखिएपछि उनीहरूले कम्पनीबाट आएको देखाउन सूर्यप्रसाद सिलवाल (तत्कालीन कार्यकारी अधिकृत)को पालामा महानगरपालिकाबाट कम्पनी संचालन गर्न अनुमति लिएको कीर्ते कागज पनि तयार गर्दै राखिसकेका छन्। नेपाल विज्ञान प्रविधि प्रतिष्ठान(नाष्ट) बाट प्रमााणित गर्ने हो भने अहिले लेखिएको विवरण राखेको स्वतः खुलासा हुनेछ, स्रोतले बतायो।
महानगरपालिकामा पेश गरेको सम्पत्ति विवरण र अख्तियारमा बुझाएको विवरण भिडाउँदा धेरै फरक देखिएकोले शान्ताराम र हरिकुमारहरूले महानगरपालिकाको पहिलाको विवरण नष्ट गर्दै अख्तियारसँग मिल्नेगरी सम्पत्ति विवरण राख्ने काम धमामध गरिरहेको स्रंोतले बतायो।
अकूत आर्जन गर्नेहरूमा पहिलो नम्बरका शान्ताराम पोखरेल नै हुन्। उनी महानगरपालिकामा मेयर केशव स्थापितका पालादेखि छायाँ मेयरका रुपमा निर्णय प्रक्रियामा हस्तक्षेप गर्ने हैसियत राख्दैआएका हुन्। जनप्रतिनिधिहरू नभएपछि त उनी आफूअनुकूल कार्यकारी अधिकृत नचले उनैलाई परिवर्तन गर्ने हैसियत राख्थे भन्ने कुरा त बद्री मण्डल स्थानीय विकासमन्त्री हुँदा तत्कालीन कार्यकारी अधिकृत शिवभक्त शर्मालाई सरुवा गरेबाटै खुलासा हुन्छ। शान्तारामले आफ्ना भाइहरूका नाममा ठेक्कापट्टाको ब्यवसाय दर्ता गराएर महानगरपालिकाका करोडौंका काम सार्वजनिक खरिद ऐनलाई छल्दै टुक्रा गर्दै दिने गरेका छन्। ५० हजार रुपैयाँ पनि नलाग्ने कामलाई १ लाख ५० हजार रुपैयाँ र १ लाख ५० हजारमा हुने कामलाई ५ लाखको कोटेसन बनाएर दिने गरेका कैयौं उदाहरण अख्तियारले छानबिन गरे उजागर हुनेछ। सार्वजनिक खरिद ऐनले ५ लाख रुपैयाँ भन्दा बढीको काम टेण्डर प्रक्रियाबाट दिनुपर्ने व्यवस्था गरेको छ। तर शान्तारामले बजेट टुक्र्याउँदै विनाटेण्डर कोटेसन बनाएर भाइका नाममा कम्पनी दर्ता गरी काम दिई चरम भ्रष्टाचार गर्दैआएको अभिलेख हेरे खुलासा हुनेछ। काठमाडौंमा निर्माण भएका अधिकांश मापदण्ड विपरीतका घरको नक्सापासमा गम्भीरलालको संलग्नता अख्तियारले छानबिन गरे भेटिनेछ।
धनकुटाबाट काठमाडौं आउँदा चप्पल समेत लगाउने हैसियत नभएका शान्ताराम पोखरेलको सम्पत्ति जोकोहीले सुने पनि जिब्रो टोक्नेछन्। उनको नगरकोटमा रिसोर्ट छ। काठमाडौं महानगरपालिका ३२ नम्बर वडामा युनियन हाउस रहेको आलिशान महल उनैको हो। उक्त घरको हाल चलनचल्तीको मूल्य ४ करोड पर्छ। ग्रान्डी अस्पताल धापासीमा करोडौं रुपैयँको २० औं रोपनी जग्गा प्लटिङ समेत आफन्तको नाममा गरिरहेका छन्। गोंगबुमा अर्को घर छ भने बैंकखाता र लकरमा उनको कति सम्पत्ति छ, त्यसको एकीन गर्न पुराणमा बर्णित हजार जीव्रा भएका शेषनागले त सक्दैनन् भने अख्तियारले कसरी सक्ला? महानगरपालिकाका एक अधिकारीले आशंका गर्दै भने–’अख्तियारमा छानबिन गर्ने पनि मानिस नै हुन्, राजादेखि माओवादी सबैको नाडी छामिसकेका शान्तारामहरूले अख्तियारलाई नै किन्छन्। उल्टै अकूत सम्पत्तिमा अख्तियारको छानबिनमा परेकाहरूलाई जोगाउने ठेक्का नै शान्ताराम र सनत थापाहरूले लिएका छन्। कसरी महानगरका भ्रष्टमाथि कारबाही होला?’ अकूत सम्पत्तिबारे शान्ताराम पोखरेलले भने–’मेरो नाममा युनियन हाउस बसेको घरबाहेक अरु सम्पत्ति कसैले प्रमाणित गर्छ भने उसैलाई दिन्छु। आफ्नो घर युनियन हाउसलाई दिएर म भाडामा बसेको छु।’
पर्वतबाट एसएलसी उत्तीर्ण गरेपछि गरिबीले गर्दा काठमाडौंमा क्याम्पस पढ्न पनि नसकेका हरिकुमार श्रेष्ठका लागि २०५४ मा एमाले विभाजन हुनु सुखद् संयोग भयो। एमालेको जीवनका लागि त्यो विभाजन सदाका लागि पीडादायी भए पनि हरिकुमारको लागि भने खुसीयालीमा परिणत भयो। किनकि उनी मालेमा लागे। र, त्यसबापत केशव स्थापितको फेरो समाई २०५५ मा महानगरपालिकामा जस्केलाबाट अस्थायी कर्मचारीमा भर्ना भए। त्यस दिनदेखि उनले एक पछि अर्को गर्दै आर्थिक उन्नतिका शिखर चुम्दै गए। स्रोतका अनुसार अहिले उनको सम्पत्ति करोडमा होइन करोडौं रुपैयाँ नाघिसकेको छ। महानगरमा कर्मचारी भर्ना हुनासाथ त्यतिबेलाको सबैभन्दा बढी भ्रष्टाचार हुने चुंगीकर, जिन्सी हुँदै विगत ४ बर्षदेखि हनुमानढोका दरवार क्षेत्र संरक्ष्ँण कार्यक्रमका प्रमुख छन्। हनुमानढोकामा सामाजिक संघसंस्थाका नाममा आफ्नै संस्थालाई पैसा बितरण गर्नेदेखि कोेेटेसनमा काम दिएर समग्र बजेटमा ७५ प्रतिशत भ्रष्टाचार गरेको आरोप उनीमाथि छ। एमाले निकट स्थानीय निकाय कर्मचारी संघको आडमा उनी हनुमानढोकामा जे काम गर्दा पनि कमिसन सोहोर्नै तल्लीन छन्। श्रेष्ठका गोंगबुमा दुई वटा बंगला छन्। एउटा ७ आनामा बनेको छ भने अर्को ८ आनामा। एउटा बंगलाको मूल्य कम्तीमा ३ करोड रुपैयाँ पर्ने स्रोत बताउँछ। त्यसका अलावा माइलस्टोन कलेज, माइलस्टोन सहकारी संस्था, सिटिजन….., मनमोहन अस्पताल संचालन गर्ने नेपाल स्वास्थ्य संस्था सहकारी संस्था लि., सहिद स्मारक अस्पताल कलंकी लगायतमा लगानीको हिसाब नै छैन। त्यसका अलावा उनको नाममा करोडौं रुपैयाँको विभिन्न बैंक तथा वित्तीय संस्थामा सेयर रहेको स्रोतले बतायो। भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको सम्बन्धमा हरिकुमार श्रेष्ठले मनमोहन अस्पतालमा २५ हजार रुपैयाँ सेयर रहेको स्वीकार गरी २ वटा घर कसैले देखाउँछ भने उसलाई एउटा घर दिने प्रतिक्रिया दिए।
टे्रड युनियनलाई टेण्डर युनियनमा रुपान्तरण गरेका हरिकुमार श्रेष्ठ २/२ बर्षमा कर्मचारी सरुवा हुने प्रावधान भए पनि युनियनकै आडमा हनुमानढोकामा भ्रष्टाचार गर्दै बसेका छन्। काठमाडौं महानगरपालिका वडा नं २७ मा सार्वजनिक सुनुवाई हुँदा सचिव…..लाई १ बर्षमै सरुवा गरियो। तर हनुमानढोकाका हरिकुमारले पछिल्लो पटक साइडवाकर्ससँग कमिसन खाएर पर्यटक प्रवेश शुल्क बढाई भ्रष्टाचार गरेको स्थानीयबासीले चर्को विरोध गर्दा पनि उनी सरुवा भएका छैनन्। हनुमानढोकाको भ्रष्टाचारबारे अख्तियार, प्रधानमन्त्री कार्यालय लगायतका सरोकारवाला निकायमा उजुरी परेको छ। एमालेका केही नेताको पहुँच देखाएर महानगरपालिकाका कार्यकारी अधिकृतहरूलाई प्रभावमा पारी छानबिनका लागि पठाएको पत्र नै लुकाउने गरिएको छ। यो आर्थिक बर्ष सकिएपछि २०७० साउनमा अघिल्लो मिति राखी हनुमानढोका कार्यालयबाट करोडौंका फर्जी बिल पेश गरी श्रेष्ठले भुक्तानी गरेको स्रोतले बतायो। श्रेष्ठविरुद्ध अख्तियारमा परेको एउटा उजुरीमा उल्लेख छ, हनुमानढोकाको पैसा संकलन गर्ने काउन्टर चार वटाको टेण्डर आह्वान गर्नुपर्ने, एउटाको मात्र टेण्डर गरी भुक्तानी ४ वटाको दिएको। २ महिनाभित्र ढंुगा खस्रो बनाउने नाममा मेसिनले ढुंगा काट्न लगाई (त्यो पनि आफ्नै कर्मचारीबाट) धकी मात्र प्रयोग गरेको भनेर १२ लाख रुपैयाँ कोटेसनबाट खर्च गरी गलत कर्य गरेको, महादेव पार्वती मन्दिर जीर्णोद्वार गर्दा झ्याल ढोका र छाना मर्मत गर्ने नाममा त्यसको कामै नगरी भुक्तानी भएकोमा छानबिन गर्नुपर्छ। कोटेसनमा १ करोड ५० लाखको कोटेसन बनाई काम गरेको। १ सय वटा कोटेसनमा मुश्किलले ३० वटा मात्र काम भएको अरु सबै फर्जी बिल बनाएर भुक्तानी दिएको जनाइएको छ। शिखर शैलीको मन्दिर, बाजाघर, कविन्द्रपुर आदि निर्माणमा पनि स्टीमेट एउटा काम अर्कै गरी भ्रष्टाचार गरिएको छ। उपभोक्ताको काममा पनि आफ्नै मान्छे ठेकेदार प्रयोग गरी गलत मनसायबाट काम गरेको, २०६०/०६१ मा भएका मन्दिर, पाटीको निर्माण पनि २०६७।०६८ मा गरेको भनेर उपभोक्ता समिति गठन गर्न लगाई नयाँ दररेटअनुसार स्टीमेट गराएर पहिलो पेश्की, दोस्रो पेश्की भन्दै भुक्तानी गरेको उल्लेख छ। हनुमानढोका संरक्षण कार्यालयअगाडिको खटको ढोकामात्र २ लाख रुपैयााको बिल पेश गरेको, सामाजिक संघ संस्थाको नाममा नक्कली संस्था बनाई त्यसको नाममा लाखौं रुपैयाँ निकासा गरी कार्यालय प्रमुख श्रेष्ठ स्वयंले बुझ्ने गरेको, केही आधिकारिक संस्थामा पनि कार्यसमितिको नाममा एकाउन्टपेयी चेक नकाटी बेरर चेक काटी आधा रकम कार्यालय प्रमुखले नै बुझ्ने गरेको उल्लेख छ। सम्बन्धित संस्थाको नाममा चेक बैंकखातामा दाखिला नगरी एकाध व्यक्तिसँग मिलेर सिधै चेक साटी कार्यालय प्रमुख श्रेष्ठले आधी लिने गरेको उजुरीमा जनाइएको छ, हनुमानढोका क्षेत्रका वडा नं. २०, २३ र १९ का सचेत वडाबासीहरूको तर्फबाट दिइएको उजुरीमा त्यसरी निकासा भएको संस्थाको खातामा रकम जम्मा भएनभएको अख्तियारले अनुसन्धान गरे पनि खुल्नेछ। आर्थिक बर्ष २०६६/०६७ देखि २०६९/०७० सम्म सामाजिक संघ संस्थालाई दिएको खर्च हेरे सबै खुलासा हुनेछ। हनुमानढोकाको अनियमिततामा अख्तियारले छानबिन गरेपछि यादव घिमिरेको संयोजकत्वमा छानबिन समिति बनेको थियो। त्यो समितिले प्रतिवेदन दिइसकेको छ। राजस्व दाखिला नगरी भ्रष्टाचार गरेको लगायतका बिषयमा प्रतिवेदन दिए पनि त्यो प्रतिवेदन कार्यान्वयन गर्न हरिकुमार श्रेष्ठले दिएका छैनन्।
नगर निरीक्षकमा भर्ति भएका धनपति सापकोटाले योबीचमा महानगरपालिकाबाट भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिको लेखाजोखा नै नभएको बताइन्छ। उनको बैंकखातामा भेटिएको ८ करोड रुपैयाा नगदले पनि कति आर्जन गरे भन्ने संकेत गरेको छ। धनपतिले महेन्द्र महतोसँग मिलेर होर्डिङबोर्डमा लगानी गरेको कुरा त व्यवसायीहरूले महानगरपालिकामा नाराबाजी नै गरेको घटना ताजै छ। होर्डिङ बोर्ड, फ्लेक्स बोर्डमा लगानी गरेका धनपति, शान्तारामको समूहले तत्कालीन महानगरपालिकाको सहरी विकास आयोजना प्रमुख भाइकाजी तिवारीसँग मिलेर भक्तपुरको बालकोटमा हाउजिङ कम्पनी संचालन गरेका छन् भने चिनियाँ सामानको हेलसेल पसल धनपति र महेन्द्र महतोको नाममा संचालनमा रहेको स्रोतले बतायो।
महानगरपालिकालाई खोक्रो बनाउँदै करोडौं रुपैयाँ आर्जन गर्ने शान्ताराम र हरिकुमार प्रतिनिधि उदाहरण हुन्। यी दुई सहित अख्तियारले छानबिन सुरु गरेका केही अपवाद बाहेक अरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने स्रोतले बतायो–यिनीहरूलाई कारबाही गरेपछि मात्र महानगरपालिकाको भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्नेछ । - साँघु

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !