CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ

पैसा गायब भएको २२ दिनपछि मैले फिर्ता पाएँ

ncc-ज्ञान न्यौपाने-
आइतबार साँझ ५:५१ बजे। अफिसमा काम गर्दै थिएँ। फोन आयो- ‘सर तपाइँको पैसा रिभर्स भएको छ,’ नबिल बैङ्कका एक पुरुष कर्मचारीको आवाज।
खुसी लाग्यो। फोनमै बोल्दै गर्दा एसएमएस अलर्ट नि आयो। फोन राखेर हतारहतार हेरिहालेँ। हो त, पैसा आएछ। भदौ ७ गते एटिएमबाट पैसा
नझरे पनि ब्यालेन्स काटेर परेको समस्या २२ दिनमा आएरमात्र समाधान भयो। तर मैले थोरै हैरानी र तनाव पाएर हैन यो काम भएको।
नबिल बैङ्कले हप्तादिन लाग्ने भने पनि एनसिसी बैङ्कले जवाफै नदिएर तीन हप्ता बिताइदियो। 
पैसा जान्छ कि भन्ने चिन्ताले मैले पटकपटक फोन गरेँ। नबिल बैङ्कले एनसिसीलाई पत्र पठाएको भन्ने जवाफ सुनाउँथ्यो। तर एनसिसीले अत्याधिक ढिला गर्ने नबिलकै कर्मचारीले भने।
मैले अति भयो भनेर आइतबार (भदौ ३० गते) नै एनसिसीको कार्ड डिपार्ट (फोनः४२४६९९१ र एक्टेन्सन नं ३१०) मा फोन गरेँ। फोनमा झर्को स्वरमा कराउँदै थिए एक कर्मचारी। सात/आठ मिनेट कुरा गरेपछि मलाई ती व्यक्तिले ‘अरुको फिर्ता आउछ आउँदैन बुझ्नुस्,’ भन्दै दप्काए।
उनले मैले ब्लग लेखेको पनि थाहा पाएछन्। भन्दै थिए, ‘अँ तपाइले ब्लग पनि लेख्नुभाको रैछ।’ मैले सोधेँ, पढ्नुभो? उनले ‘छैन, सुनेको थिएँ,’ भने।
अनि त्यसपछि मैले तपाइँका जस्ता बैङकले मेरो मात्र होइन अरुको पनि पैसा यसैगरी कुम्ल्याउने गरेको कमेन्ट आएको सुनाएँ। उनी ठूलो स्वरमा बोल्दै थिए।
‘मसँग अहिले फोनमा बोल्ने टायम छैन,’ भन्दै फोन राख्न बाध्य पारे। उनलाई मेरो कुरा सह्य भएन। ठिकै छ भन्दै मैले नि राखिदिएँ।
यसरी कुरा गरेको ३/४ घण्टापछि पैसा फिर्ता आएको खबर आयो।
पटक-पटक बैङ्कमा गरेको फोन र धेरै काम गर्‍यो माइसंसारको ब्लगले। मैले मात्र होइन ब्लग लेखेरै यसरी पैसा पाउने अन्य साथीहरु पनि रहेछन्। अहिले थाहा भएको छ।
मैले लेखेको ब्लगमा ४४ वटा कमेन्ट आए। त्यसमध्ये अत्याधिकले समस्या मेरो जस्तो भोगेर पनि पैसा नपाएको गुनासा गरेका थिए। नेपालमा च्याउझैँ खुलेका बैङ्कले कमाउ धन्दा यसलाई पनि बनाएका रैछन् जस्तो लाग्यो।
म लगायत केहीको त यसरी पैसा आयो। अब कमेन्ट गर्नेको के हाल होला? अब उनीहरु सँधैभर पीडित नै हुनेहुन्। एनसिसीको थोत्रो एटिएमले मलाई यसरी दुःख दिइरहँदा बैङ्कका सिइओले केही दिन अगाडि बैङ्कमै खबर गर्न भन्दै फोन राखेका थिए।
यस्ता ठूलाबडाका कुरा हामीजसो नागरिकलाई के थाहा? उनीहरुको एटिएमले दिएको दुःख पछि फेरि हामी नै किन धाउने भन्दै मैले ब्लग लेख्ने र बैङ्कमै फोन गरेको थिएँ। ठिकै छ। ढिलै भएनी एनसिसीलाई गाह्रोसँग भन्नै पर्छ, धन्यवाद। जनताको सेवा गरे पाइन्छ, स्याबास। नभए मूर्दावाद।

साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis