मायाकुमारी शर्माले राजदुतको आसनमा बसेर कतारबासी नेपालीहरु माझ देखाएको बिद्रुप चर्तिकला सहिनसक्नु भएपछि उनको कुकर्मको धज्जी उडाएर मैले माइसंसारमा एउटा ब्लग लेखेको थिएँ। त्यसमा उनको आलोचना गरेबापत मलाई कतारबाट निकाला गर्नको
लागि मे १ तारिखको दिन उनले कतार सरकारलाई पत्र लेखेकी थिइन्। पत्रमा मेरो कतारको आईडी नम्बरसहित मलाई अनौठा अनौठा आरोप लगाएकी थिइन (मायाकुमारीले लेखेको पत्र पढ्न यहाँ क्लिक गर्नुस्) शायद उनको बाक्लो दिमागमा कसैले घुसाइदिएको थियो कि मलाई देश निकाला गरे चार बर्ष सम्म उनले आफनो कमाउ धन्दा सहजतापूर्वक जारी राख्न पाउनेछिन्। मलाई डिपोर्ट गर्नमा बाक्लो दिमाग भएको मायाकुमारी एक्लैको योगदान छैन कतारमा रहेका ठग दलाल र त्यसका नवनाइकेहरुले पनि उतिकै दिमागी कसरत गरेका थिए। कतार प्रवेशदेखि नै निरन्तर रुपमा ठग दलालहरुको आँखाको तारो बनिरहन सक्नु नै मेरो कतार बसाईको अनेक उपलब्धि मध्येको एक हो। तर मायाकुमारी शर्माको मोटो दिमाग र रैथानेहरुको दलाल दिमागको फ्युजनबाट फुरेको सिर्जनशिल डिपोर्टको कलाविहीन नाटकले हावा खायो। मायाकुमारी शर्मा आफनो कुटनीतिक कर्ममा सानदार रुपले असफल भइन्। मेरो अनुमानमा कतारमा रहेका चार लाख नेपाली मध्ये करिब २० जना जति मात्र नेपाली होलान् जसले राजदुत मायाकुमारीको असफल कर्मको प्रशंसा गर्छन्। तर त्यो प्रशंसा खुला रुपमा समुदायको अगाडि होइन, ढोकाको चुकुल लगाएर गर्छन्। किनकी तिनको प्रशंसा खाँटी प्रशंसा नै होइन। त्यसमा लोभ , लालच, कमाउ , हातलागी जस्ता बिभिन्न दुर्गन्धित बिभुषणहरुको मिसावट छ। ती खाइदेउहरु राजदुतपदको रापमा आफनो हात सेक्न पल्केका लोभिपापीहरु हुन। अध्यारो कोठामा बसेर नेपाली मजदुरको बिरुद्द षडयन्त्र गर्ने त्यो सानो झुण्डलाई कतारका सवै नेपालीले चिनेका छन। मायाकुमारीको बर्खास्ति पछी हनुमानजस्तो अनुहार भएको त्यो झुण्ड अहिले दुलो भित्र पसेका छन। दुलोभित्र छिरेको हनुमान झुण्ड केही समयको अन्तरालमा अनुहारमा नयाँ रङ्गको मुकुण्ड लगाएर चौरमा निस्केको देखेमा हामीले अचम्म मान्नु पर्ने छैन। यतातिर कतारका रहेका आम नेपालीहरुले अहिले खुसीले उमगं छन। तिनले अहिले लडाई जितेको महशुस गरीरहेका छन। तिनलाई आफनो टाउको माथि मडारीरहेको कालो बादल हटेर आफुमाथिको आकाश खुला भएको गाढा अनुभुती गरीरहेका छन। बिजयदशमीको मुखैमा फेरी असत्य माथि सत्यको जित भएजस्तो भएको छ।आखिर कु तर्क, कु कर्म र कु बिचारको आयु कति लामो हुन्छ र?
परदेशिएका हरेक नागरीकको लागी राजदुतवास र राजदुतनै सवैथोक हुन्छ। उसको सान्त्वना , आधार ,शक्ति ,शान , आत्मसम्मान सवै आफनो देशको राजदुत हो। त्यति मात्र होइन देश छोडेर आएको हामी परदेशीहरुको राजदुतावास नै हाम्रो देश हो र राजदुत हाम्रो अभिभावक हो। तर जव मायाकुमारी शर्मा राजदुत भएर कतार आईन उनले आफनो पदलाई सेवाको पद हो भन्ने चटक्कै भुलिन। उनले आफनो पदलाई शान र शक्तिको रुपमा बुझन थालिन। अनि केहि दिन भित्रै कतारबासी नेपालीहरुले कतारको नेपाली राजदुतावास भित्र मायाकुमारी शासनको स्वाद चाख्न पाइहाले। कतारबासी नेपालीहरु उनलाइ मन नपाराउने मात्र होइन असिम घृणा गर्छन। कतारको कानुन अनुसार खुलेआम उनको बिरोध गर्न नपाउने भएर मात्र सबैले मुख बन्द गरेका थिए।
मलाई डिपोर्ट गर्ने मेरो लेख के हामी आत्मदाह गरौँ भन्ने शीर्षकमा माईसंसारमा ११ अप्रिलमा छापिएको थियो। त्यतिबेला म अष्टेलियाको एउटा शहर सिडनी भ्रमणमा थिए। मेरो लेख प्रकाशन भएपछि मायाकुमारी म संग क्रुद्द भएकी छिन भन्ने उतै सुनेको थिए।मैले अष्टेलियामा रहदा नै मायाकुमारीले एउटा कार्यक्रममा कतारमा कि अव म छैन कि दिपक भेटवाल छैन भनेको कुरा पनि सुनेको थिए। कतारका एकजना रैथाने नेपालीले मेरो लेख पढेर मेरो मोवाइलमा मेसेज पठाएका थिए। उनले मायाकुमारी शर्माको हर्कतले वाक्क भएका नेपाली हरुले मेरो लेख पढेर अलिकति भए पनि शितल महशुस गरेका छन भन्ने आशयको मेसेज पठाएका थिए। बेलुका साँझ घर फर्केर मैले माईसंसारमा आफनै लेख पढेँ। मेरो मूल लेखको एउटा प्याराग्राफ सम्पादन गरेर हटाइएको रहेछ। सम्पादित गरिएको उक्त अंश यस्तो थियो-
देखिजान्ने भुक्तभोगिहरु भन्छन। देशको नागरीकको सम्मान , सुरक्षाको लागी खटिआएको दुतावासको मुलपात्रहरुको जीवन मरुभुमी कतारमा पनि हरीयाली छ। तीनले आफनो जीवनमा गजवको भाग्य बोकेर आएका छन। एक जना मुलपात्र ठगदलालको हवेलीमा बसेर हिस्विकीको चुस्कीलगाउदै बाहमासे जुवाको खालमा बसेर म्यारेजि दाउ हेरीरहेका हुन्छ। अर्को मुलपात्र मजदुरको रगतपसिना चुस्ने कुख्यातहरुको रात्रिभोजमा सरिक भएर रेडवाइनको नसामा ओठे सिठी फुक्दै साकिरा नाच नाचिरहेकी हुन्छीन। जीवनको लिला अपरम्पार छ।
उनले कतार सरकारलाई मलाई डिपोर्ट गर्नको लागी मे १ मा पत्र लेखेकी रहिछिन्। यस बिचमा मैले कम्पनीको कामको शिलशिलामा १८ दिन लामो चिनको भ्रमण गर्नु पर्ने भयो। १९ मे मा म बेइजिगंको लागी उडे। सायद मे १ मा मायाकुमारीले कतार सरकारलाई पठाएको पत्र १९ तारीखसम्म्ा पनि टुगो लागिसकेको रहेनछ नत्र मलाई एयरपोर्टमा नै रोकिन्थ्यो। म बिना रोकतोक चिनको बेइजिग उडे। र काम सकेर जुन ७ तारीखमा चिनको गोन्जाउ शहरबाट दोहा फर्किए। मलाई कतारएयरपोर्टको पासपोर्टमा छाप हान्ने ईमिग्रेसन अफिसरले दुवइ गएर फर्केको हो भनेर सोधे। मैले हैन भने। काहाँ गाको त भनेर सोधे? मैले चिन गएर फर्केको भने। मलाई कता कता शंका लाग्यो केही गडबढ त छैन भनेर किनकी मलाई ईमिग्रेशनमा कहिल्यै पनी यसरी प्रश्न सोधिएको थिएन। एयरपोर्ट बाहिर निस्किए पछी मलाई खासै यो कुराले त्यति पछयाएन।
कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टले बोलायो
भोलिपल्ट बिहान शनिवार म अफिस गए। लामो यात्रा बाट फर्केकोले मलाई अफिसमा काम गर्न त्यति जाँगर चलेन। मेरो मालिक भोलिपल्ट कतार बाहिर जादै थियो केही जरुरी कामहरुको बारेमा मालिक संग छलफल गरेर घर फर्किए। भोलिपल्ट बिहान ७ बजे मनभरी उमङ्ग बोकेर अफिस जादै थिए बाटैमा मलाई मेरो कम्पनिको पिआरओ ले फोन गरेर कतारको सर्च एण्ड फलोअप डिपार्टमेण्डले तुरुन्त हाजिर हुन बोलाको छ भने। अफिस आएर कुरा गरेर मैले गरौला भनेर मैले फोन राखे। अफिसमा गएर किन बोलाको होला भन्ने बिषयमा पि आर ओ संग छलफल गर्दा मेरो नाम नै किटान गरेर बोलाएको हुनाले मेरो व्यक्तिगत बिषयले नै बोलाएको हो भन्ने निधो भयो। म एक छिन झसङ्ग भए। कुनै अकल्पनीय परिबन्दमा परिँदै छैन भन्ने लाग्यो। आफुले कहि कतै गलत नगरेको हुनाले म ढुक्क हुने कोशिस गर्दै परेको चुनौतीको सामना गर्न मानसिक रुपले तयार हुदै थिए। यसपछी मैले कतारका केही मेरा हितैषि मित्रहरुलाई बोलाए र उनिहरुलाइ पनि साथै लिएर गए। बाटोमा जादा जादै मैले मेरा केही खास मित्रहरुलाई सर्च एण्ड फलोअप डिपार्टमेण्टबाट बोलावट आएकोले आफु जादै गरेको बताए। केही पर्न सक्छ तयारी अवश्थामा रहनु भनेर आग्रह गरे।
कतार प्रहरीसामु यसरी बयान दिएँ
म मेरो कम्पनीको पिआरओ लाई लिएर करीव नौ बजे हाजिर भए। मेरो डिपोर्टको फाइल बोकेर बसेको प्रहरी अधिकारी समक्ष पुगेपछी मेरो कम्पनीको पिआरओले मेरो चिनजानी गराए। कतारी अधिकारीले फाइल पल्टाउदै शुरुमै मलाई अरवि भाषामा सोधे।
तिम्रो दुतावाससंगको सम्बन्धमा के समस्या छ?
मैले केही समस्या छैन भने।
उसले फाइल पल्टाउदै भन्यो तिम्रो दुतावासले तिमीलाई डिपोर्ट पत्र पठाएको छ। यो तिमीहरुको सरकारको कुरा हो हामी केही गर्न सक्दैनौँ भने। भोलि तिमीलाई डिपोर्ट गर्नुपर्छ भने।
उसले फाइलबाट पत्र झिक्यो र मेरो पिआरओ लाई पढन दियो। मलाई नपढन भन्यो। मेरो पिआरओले पत्र पढेपछी मलाई भन्यो राजदुतको बिरुद्धमा लेख लेखेकोमा डिपोर्ट गर्न पत्र लेखिएको रहेछ।
कतारी अधिकारीले राजदुतको बिरुद्धमा लेखेको हो भनेर सोधे।
मैले हो भनेँ।
अरबी भाषामा मात्र बोल्ने कतारी अधिकारी र म बीचको सम्बादलाई मेरो पिआरओले दोभाषेको काम गरिरहेका थिए।
उसले किन लेखेको त भनेर सोधे? मैले मेरो राजदुतले समस्यामा परेका मजदुरहरुको पक्षमा काम नगरेको हुनालो त्यसको आलोचना गरेर लेख लेखेको बताएँ।
उसले मलाई आज यहीँ बस्नु पर्छ, भोलि तिम्रो पासपोर्ट र टिकट लिएर आउनु भनेर मेरो पिआरओलाई अर्हाए।
मैले म आफै भोलि पासपोर्ट र टिकट लिएर हाजिर हुने बताएर मलाई छोडिदिन अनुरोध गरेँ। मेरो कम्पनीको पिआरओको रोहवरमा भोलि हाजिर हुने गरी छोड्न राजी भए।
हिँडने बेलामा उनले मलाई सोध्यो तिमी दुतावासबाट डिपोर्ट रोक्नको लागी अर्को पत्र ल्याउन सक्छौ? मैले सक्छु भने। उसो भए भोलि हाजिर हुन आउँदा पत्र लिएर आउनु भने। मैले हुन्छ भनेर बाहिरिएँ।
हिँडने बेलामा उनले मलाई सोध्यो तिमी दुतावासबाट डिपोर्ट रोक्नको लागी अर्को पत्र ल्याउन सक्छौ? मैले सक्छु भने। उसो भए भोलि हाजिर हुन आउँदा पत्र लिएर आउनु भने। मैले हुन्छ भनेर बाहिरिएँ।
म राष्ट्रघाती हैन
मलाई राज्यले डिपोर्ट गरेको थिएन। म कुनै राष्टघाती थिइन। मैले त आफनै देश जनताको भलो हुने कर्म गरेको थिए। मलाई त केवल मायाकुमारी शर्माले आफनो अधिकारको दुरुपयोग गरेर डिपोर्ट गरेकी थिइन। त्यसैले मलाई मेरो राज्यले अन्याय गर्न सक्दैन भन्नेमा ढुक्क थिएँ। नेपाल सरकारको परराष्ट मन्त्रालय मार्फत मायाकुमारीलाई गलाउन सकिन्छ भन्नेमा म ढुक्क थिएँ।
मलाई बाहिर कुरीरहेका साथिहरुलाई मैले भित्र भएको घटनाको बेलिबिस्तार लगाए।
हामीले एकै चोटी दुइटा काम गर्नु पर्छ भन्नेमा पुग्यौ। एउटा आफनो च्यानल प्रयोग गरेर एमाओबादी पार्टीको केन्द्रमा र सरकार प्रमुख समक्ष यो कुरा पुयाएर उताबाट दवाव दिन लगाउने, अर्को कतारमा रहेका सामाजिक संघसंस्थाका अगुवाहरुलाई दुतावासमा डाकेर राजदुतसँग कुरा गर्ने। हामीले भटाभट फोन गर्न थाल्यौँ। एमाओबादीको अध्यक्ष निकै व्यस्त रहेछन्। उनी समक्ष कुरा पुर्याउन सकिएन। तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई समक्ष कुरा पुर्याइयो। बाबुरामले आफनो कार्यकर्तामार्फत् मायाकुमारीलाई तुरुन्त निर्देशन पठाएछन् डिपोर्ट तुरुन्त फिर्ता लिनू। आफनो च्यानल मार्फत हामीले सरकारको मुख्यसचिवकोमा समेत कुरा पुर्यायौँ। मुख्य सचिवले परराष्ट्रमा कुरा गरेर परराष्ट्रबाट पनि उनलाई सरकारी निर्देशन आएछ कुनै पनि हालतमा डिपोट फिर्ता लिनू।
दूतावासमा छलफल
हामी १० बजेतिर दुतावास पुग्यौँ। संघसंस्थाको प्रतिनिधिहरु पनि आईपुगे। ११ बजेतिर मायाकुमारी शर्मा आफनो पति बोकेर दुतावासमा हाजिर भइन। राजदुतको कोठामा छलफल शुरु भयो। राजदुतले बिभिन्न लाञ्छना लगाउदै मलाई डिपोर्ट गर्नुको कारण बेलिबिस्तार लगाइन। मेरो लेखमा उल्लेख गरेको कतिपय सन्दर्भको प्रमाण पेश गर्न चुनौती दिइन। उनले भनेको कुराहरु सवै हावादारी कुरा थिए। समाजको अगुवाहरुले मलाई कुरा राख्न अनुरोध गरे। मैले करीव करीव यसो भनेर कुरा राखेँ-
”मेरो लेखको प्रत्येक शब्दहरु केलाएर बहस गर्नु भन्दा लेखको मुल आशय के हो भन्ने तिर ध्यान दिन जरुरी छ। मैले लेखेको मा कुनै आपति भए लेखको राजदुतले खण्डन छपाउन सक्नुहुन्छ वा प्रेश काउन्सिलमा उजुरी गरेर कानुनी उपचार खोज्न सक्नुहुन्छ। तपाईको आलोचना गर्ने अधिकार मेरो देशको संविधानले सुनिश्चित गरेको छ।तसर्थ तपाईको यो कदम आफनो अधिकारको दुरुपयोग हो।मेरो लेखको मुल आसय भनेको राजदुत मायाकुमारी शर्मा असक्षम राजदुत हुन जसले हाम्रो देशमा गरीमालाइ बचाएर नेपाली मजदुरको हकहितको पक्षमा काम गर्न सकिनन्। देशको थप बदनाम हुन नदिन र नेपाली कामदारहरुले थप सास्ति र हैरानीबाट मुक्तहुन राज्यले मायाकुमारी शर्मालाई तत्काल फिर्ता गनुपर्छ भन्ने धारणा हो। जुन धारणामा म अहिले पनि अडिग छु। मेरो धारणामा परिवर्तन गर्ने शर्तमा मलाई डिपोर्ट पत्र फिर्ता चाहिएको छैन। म आफनो धारणा परिवर्तन गर्नु भन्दा डिपोर्ट भएर मुलुक फर्कनु मेरा लागी रुचिकर छ। तपाईलाई एउटा निर्दोष नागरीकलाई डिपोर्ट गरेर गल्ति गरेको जस्तो महशुस भएको छ भने तपाई आफनो निर्णयमा पुर्नबिचार गर्न सक्नु हुन्छ।”
त्यसपछी बिभिन्न सामाजिक अगुवाहरुले आ आफनो धारणा राखे। धेरै जसोले दहि चिउरे कुरा राखे। मैले लेख लेख्नु पनि गलत र राजदुतले मलाई डिपोर्ट गर्नु पनि गलत भन्ने कु कर्त राखे। तर सवैको एकमुष्ट जोड डिपोर्ट पत्र फिर्ता लिनु पर्छ भन्ने नै थियो। केही पाका हनुमानहरुले झन मलाई अवदेखि राजदुतको बिषयमा लेख्दा राजदुतसंग सोधेर मात्र लेख्न सुझाए। हनुमानको कुरा सुनेर म हाँसे मात्र केही बोलिन। केहीले मैले राजदुत संग क्षमा माग्नुपर्छ भन्ने आशयको कुरा राखे। म आफनो ठाउबाट कति पनि बिचलित नभइ बसे। र क्षमा माग्ने आशयको मैले ठाडो इन्कार गरे। कुरा तन्कदै गयो कुनै निष्कर्ष निस्किएन। छलफलकै बिचमा मलाई मेरो मोवाइलमा नेपालबाट मेसेज आयो। मायाकुमारी शर्मालाई पाटी केन्द र परराष्ट मन्त्रलालयबाट मेरो डिपोर्ट फिर्तालिनको लागी निर्देशन भइसकेको छ। म झन ढुक्क भएँ। त्यसपछी मायाकुमारीको भाषा पनि फेरीदै जान थाल्यो। सवैले महशुस गरे मायाकुमारीले अव डिपोटको पत्र फिर्तालिन्छिन। तर उनलाई आफैले लेखेको डिपोर्ट पत्र आफैले फिर्ता लिन निकै असजिलो भएको जस्तो देखियो। एकजना समाजिक अगुवाले मलाई बाहिर एक्लै बोलाएर राजदुतलार्इृ निवेदन लेखेर सहज बनाउन सुझाए। मरीसकेको सर्पलाइ के मार्नु भनेर मैले राजदुतलाई सजिलो बनाईदिनको लागी निवेदन लेखेँ।
माफी मागेको थिइनँ
अघि छलफलको क्रममा राजदुतले उनि बिरुद्द मैले अमर्यादित कुरा बोलेको आरोप लगाएकी थिइन। मैले आलोचना गर्नपाउनु मेरो अधिकार भए पनि अमार्यादित शब्द बोल्नु गलत कुरा हो भने । म शालिन र मर्यादित भाषामा आलोचन गर्न रुचाउछु र मैले कतै भुल त्यस्तो अमार्यादित बस बोलेको रहेछु भने पनि त्यो गलत हो भने। तसर्थ मैले निबेदनमा पनि सोहि कुरा उल्लेख गरेर राजदुतको बिरुद्दमा कतै अमर्यादित कुरा बोलेको भए म आफै त्यसमा आत्माआलोचित हुदै आगामी दिनमा म थप जिम्मेवार ढंगले म आफनो बिचार लेख्ने छु भन्ने कुरा समावेश गरेर निवेदन दिए। मैले कहि कतै राजदुत संग माफि मागेको थिइन बरु झन समाजको सबै अगुवाहरु माफ प्रष्ट रुपले राजदुत प्रतिको मेरो धाराणामा परीवर्तन गर्नु भन्दा मलाई डिपोर्ट भएर मुलुक फर्कनु रुचिकर भनेको थिएँ तर कालो चेतना बोकेको राजदुतले हल्ला फिजाइछिन मैले उनको चरणमा छोएर माफि मागेको कारण उनको नौनि जस्तो मन पग्लिएर मलाई डिपोर्ट पत्र फिर्ता लिइन रे। हे भगवान झुटको पनि एउटा हद हुन्छ नि। बिचरा माया कुमारीलाई के थाहा स्वाभिमान मानिसको लागी आत्मसपर्ण भन्दा मृत्यु प्यारो हुन्छ भनेर।
अनि जोगिएँ डिपोर्टबाट
मैले निवेदन दिएपछि उनले डिपोर्ट पत्र फिर्ता लिने जनाउ दिइन। बेलुका ५ बजेतिर दश चोटी थपघट गरेर पत्र तयार भयो। म भोलिपल्ट डिपोर्ट आदेश फिर्ताको अर्को पत्र लिएर सर्च एण्ड फलोअप डिपार्टमेन्ट हाजिर हुनुपर्ने थियो। भोलिपल्ट बिहान दुतावासको पिआरओ र मेरो कम्पनीको पिआरओ लिएर दुतावासको पत्र सहित हाजिर भए। दुतावासको पत्र बुझाएपछि म डिपोर्ट हुन बाट जोगिएँ।
यिनको पद बर्खास्तिमा परेपछी मिडियामा यिनले दलालहरुले यिनलाई फसाएको हास्यास्पद अभिव्यक्ति दिएकी थिइन। त्यो अभिब्यक्ति पढेपछी बिविसीका एकजना पत्रकारले मलाई इमेल गरेका थिए। माया कुमारीको अभिव्यक्ति पढेर म निकै हाँसे। मैले उनलाई जवाफ फर्काएँ। यी महान जोकशास्त्री हुन् आफनो व्यग्यात्मक कर्मद्दवारा लोकलाई हसाइरहनु यिनको जीवनको अभिन्न कर्म हो।
यिनले आफनो बिरुद्दमा लेख्ने , बोल्ने सवैलाई दलाल भनेकी थिइन। यिनको परीभाषा अनुसार सवैभन्दा ठुलो दलाल साहित्यकार खगेन्द्र संग्रौला हुन जसले पेरीस डाँडालाई लाई गिज्याउदै मायाकुमारीको कु कर्मको व्याख्या गरेका थिए। दोस्रो नम्बरी दलाल कवि बिमल निभा हुन जसले कुख्यात मायाकुमारीको बर्णन गरेका थिए। सम्झदै जादा मायाकुमारीको परीभाषा अनुरुपको दलालागणको सुचि लामो हुने देखेको छु। त्यसमा लेखक पत्रकार देवेन्द्र भटराई , बिबिसी साझा सवालका प्रस्तोता नारायण श्रेष्ठ, कान्तिपुर पत्रकार होम कार्की, कतारका माओबादी इन्चार्ज सनिकुमार ओली, महिला अधिकारबादी रेणुराज भण्डारी। अझ तन्काउँदै जाँदा यो दलाल सूचीमा कतारमा रहेका चारलाख नेपाली अट्छन्। उनको कुकर्मको आलोचना गर्ने बिश्वभरी छरीएर रहेका दलालहरु त अझ कति छन कति?
मेरो बाटोमा उनी
आफनो अधिकारको दुरुपयोग गरेर मलाई मुलुक फिर्ता गराउन कु चेष्टा गर्ने मायाकुमारीको खाइपाइ आएको पद बर्खास्तिमा परेर मुलुक फिर्ता हुदैछिन। यिनको पद बर्खास्तिमा पर्नुको एउटा कारण मेरो डिपोर्ट काण्ड पनि थियो। आफनो देशको नगारीकको हक हितको पक्षमा क्रियाशिल हुदा एउटा अपराधिले झै डिपोर्ट खेप्नु पर्दाको पिडा सायद मायाकुमारी जस्तो राष्टिय लज्जाको पात्रले कहिल्यै अनुभुती गर्न सक्दैन। मेरो डिपोर्ट काण्डले कतारमा रहेका नेपालीहरु मात्र होइन बिश्वभरी छरीएर नेपालीहरुले यिनको असली अनुहार चिन्ने मौका पाए। राष्टिय मिडियाहरुले यिनको कु कर्मको धज्जि उडाए ।
असफल डिपोर्ट काण्डले यिनलाई यतिसम्म पोल्यो कि त्यसैको फलस्वरुप अपमान र तिरस्कारको खर्पन बोकेर मेरो लागी बनाएको बाटोमा आफै हिडेर नेपाल फर्कदैछन। मजदुर हकहितको पक्षमा सधै लडिरहने मेरो निरन्तर सक्रियतालाई मायाकुमारीको डिपोर्ट पत्रले झन हौसला दिएको छ। मजदुर हकहितहरुको पक्षमा पैरवि गर्दै मायाकुमारी जस्तो राष्टिय लज्जाको पात्रलाइ उदाङ्ग पार्ने लेख लेख्दा डिपोर्ट भएर मुलुक फर्कनै परेको भएपनि म सगरमाथा जस्तो शिर ठाडो पारेर मुलुक फर्कने थिएँ। र, त्यो क्षण मेरो जीवनकै एउटा गौरवमय क्षण हुने थियो। तर, आफनै देश र झण्डाको अपमान गरेको सजाय स्वरुप बर्खास्तगीमा परेर मुलुक फर्केर पहिलो पाइलो आफनो माटोमा टेक्दा उनलाई पनि मलाई जस्तै गौरव महशुस होला?
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !