आफ्नो नयाँ चलचित्र ‘बेशरम’को प्रमोशनका लागि नायक रणवीर कपुर विभिन्न रियालिटी शोहरुमा पुगिरहेका छन् । तर उनै रणवीर सलमान खानले संचालन गरेको ‘बीग बोस’मा भने पुगेका छैनन् ।रणवीर सलमानको यो
लोकपि्रय कार्यक्रममा जान ईन्कार गरिरहेका छन् । यसको मुख्य कारण भनेको सलमानसँग आमुन्ने सामुन्ने हुन नचाहनु नै हो । केही समय अघि रणवीर कपुर र उनकी प्रेमिका भनिएकी कटि्रना कैफको तस्बिर सार्वजनिक भएको थियो । जुन तस्बिरमा कटि्रनाले विकिनी लगाएकी थिइन् ।
यसैले पनि ‘बीग बोस’मा सलमानले यो कुरालाई फेरी दोहोर्याउने हुन् कि भन्ने सोचाई रणवीरको छ । अर्कोतिर रणवीरलाई ‘बीग बोस’मा नजान नायिका कटि्रना कैफले नै दबाब दिएको बताइन्छ ।
हरेक कार्यक्रममा पुगेर बेशरम बनिरहेका रणवीर ‘बीग बोस’मा आफ्नो नयाँ रुप देखाउन हच्किएका छन् । सलमान कटि्रनाको पूर्व प्रेमि समेत हुन् ।
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !