काठमाडौ, आश्विन १० -
नक्सालस्थित स्टुडियो साउन्ड डिजाइनमा आइतबार फिल्म 'लम्फु' का दुई गीत रेकर्डिङ भइरहेका थिए । गायक शिव परियार आइटम सङ गाउन लागिपरेका थिए भने स्याड सङका लागि प्रमोद खरेल । युवाद्वय आ-आफ्नो गीत
सशक्त भएकाले चल्ने दाबीसहित प्रतिक्रिया दिइरहेका थिए ।
'गोजीमा सुको छैन यार...' भन्दै स्टुडियोमा रमाइलो गरी फास्ट बिटमा गाइसकेपछि शिवले संगीतकार अर्जुन पोखरेललाई अँगालो मारे । खुसी हुँदै उनले भने, 'यो गीत चल्नेमा शंकै छैन । यसका लागि मलाई छान्नुभयो धेरै धन्यवाद ।' उक्त गीतले पक्का चर्चा पाउँछ भन्नेमा शिव त्यो गीत आइटम भए पनि त्यसमा अश्लील नलाग्ने शब्द र कथा बोल्ने अर्थको कारण मान्छन् ।
शिवपछि संगीतकारले स्याड सङ 'तिमीलाई भुलेर...' गाउन स्टुडियो निम्त्याए प्रमोदलाई । गीत फाइनल गरिसकेपछि प्रमोदले पनि संगीतकार अर्जुनसँग उसैगरी धन्यवाद दिए, जसरी शिवले अघि दिएका थिए । संगीतकारलाई इंगीत गर्दै प्रमोदले भने, 'कोट सिलाएर बस्नुस् । अबको अवार्ड तपाईंलाई यही गीतले दिलाउँछ ।' एकै दिन केही घन्टाको फरकमा दुई चल्तीका गायकबाट पाएको सुखद प्रतिक्रियाले अर्जुन खुसी त बने, साथमा सोचमग्न पनि ।
यतिबेला नेपाली फिल्म संगीतको धार कता गइरहेको छ ? कस्ता फिल्मी गीत साँच्चिकै चल्छन् ? राम्रा गीत/संगीत सबै चल्छन् कि चल्दैनन् ? केही वर्षयता केही हिट नम्बर दिएर सांगीतिक क्षेत्रमा चर्चामा आएका अर्जुन भन्छन्, 'हामी भारतीय फिल्मी संगीतबाट सीधै प्रभावित छौं । बलिउडमा यतिबेला सुफी चलेकाले नेपाली फिल्ममा पनि त्यसको प्रयोग परेको छ । अहिले अधिकांश फिल्मकर्मीले फिल्म चलाउनका लागि आइटम सङलाई महत्त्व दिएको देखिन्छ । 'तर यस्ता गीत केही दिन अत्यधिक चल्लान् । यु ट्युबमा हिट होलान् तर पछिसम्म सम्झने भनेको मेलोडी गीत नै रहेछ,' अर्जुनले भने ।
शिवलाई गाउन लगाएको आइटम गीत भने अहिलेको जस्तो बियरको बोतलमा केटीलाई नचाउने टाइपको नभएको उनले प्रस्ट पारे । 'हामीमा आइटम डान्स भन्नेबित्तिकै डान्सबार वा रेस्टुरेन्टभित्रै लगेर नायिकालाई नचाउनुपर्छ भन्ने मानसिकता विकास भइरहेको छ । जसले विकृत बनाएको हो कि ?,' उनले प्रश्न गरे । आइटम सङ नेपाली फिल्ममा पहिलेदेखि प्रयोग हुँदै आएको अर्जुनले बताए । उनले भने, 'त्यतिबेला अहिले जसरी उच्छृङ्खल पाराले प्रस्तुत हुँदैन थियो । त्यसैले धेरै हल्ला हुँदैन थियो ।'
फिल्म 'माइतीघर' मा आशा भोसलेले गाएको 'म प्यार बेचिदिन्छु...' लाई किरण खरेलले आइटम सङकै फ्लेवरमा लेखेका थिए । 'आगो' फिल्ममा पनि सारंगा श्रेष्ठले 'आगो लाग्यो दिलैमा दमकल बोलाइदेऊ...' भन्दै आइटम डान्स गरेको गीत त्यसबेला चल्तीमा आयो ।
सांगीतिक करियरमा ३ सय ३५ भन्दा बढी गीतमा संगीत भरिसकेका शम्भुजित बास्कोटा यति बेलाको समग्र गीत नै 'फास्ट-प्याट्रन' मा गइरहेको बताउँछन् । त्यसैको उपज मान्छन्, आइटम सङलाई । 'सुगम संगीतको बजार त अहिले ६० प्रतिशतले गिरेको छ ।
साभार : शुक्रबार
Home »
Entertainment
,
Movies
,
Society
» फिल्मी आइटम : नेपाली फिल्मी क्षेत्रमा आइटमको प्रभाव बढ्न थालेको छ ।
फिल्मी आइटम : नेपाली फिल्मी क्षेत्रमा आइटमको प्रभाव बढ्न थालेको छ ।
Labels:
Entertainment,
Movies,
Society
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !