CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यौन जिज्ञासा र समाधान : म १७ वर्षकी भएँ। हिलेसम्म दुई पटक सम्बन्ध राखें

यौन जिज्ञासा र समाधान : म १७ वर्षकी भएँ। हिलेसम्म दुई पटक सम्बन्ध राखें

म काठमाडौंमा बस्छु। म १७ वर्षकी भएँ। म अहिले कलेजमा पढ्छु। मैले अहिलेसम्म दुई पटक सम्बन्ध राखें। मैले सम्बन्ध राख्दा कन्डम फुटेको थियो। त्यसले मलाई केही असर पर्छ अनि म गर्भवती हुन्छु कि ? राति सुत्दा मेरो लिंगबाट सेतो पानी र्झछ। यसलाई
रोक्न के गर्नुपर्छ ? 

८९२९९

कन्डम फुटेको यौनसम्पर्क 

तपाईंको विवाह भए-नभएको त थाहा भएन, तर तपाईंको प्रश्नको आधारमा विवाह हुन बाँकी नै रहेको अनुमान गरेको छु। विवाहपूर्वको यौनसम्पर्कबाट गर्भ रहे यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुने हुँदा अनेक समस्या आइलाग्छन्। किशोरावस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरबाट बच्न हामी आवश्यक रूपमा तयार हुँदैनौं। यौन शिक्षाका बारेमा केही जानकारी भए पनि आवश्यक सीप नहुन सक्छ। आइपर्न सक्ने त्यस्तो स्थितिका लागि तयार नहुँदा नै प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना हुनसक्छ। 

कन्डमको प्रयोग गर्नुले केही सजगता तपाइर्ं तथा तपाइर्ंको साथीमा भएको देखिन्छ। कन्डमको प्रयोगले यौनरोगको संक्रमण तथा गर्भबाट बचाउँछ। यद्यपि कन्डम फुटेको स्थितिमा कन्डमले काम गर्ने कुरा भएन अर्थात् यौन रोगको संक्रमण हुने वा गर्भरहने सम्भावना हुन्छ। 

तपाईंहरूको सम्बन्ध के-कस्तो किसिमको हो, पत्रबाट स्पष्ट हुँदैन। भैपरी आएको यौनसम्पर्क हो वा प्रेमसम्बन्धका साथ भएको यौनसम्पर्क ? जे भए पनि तपाईंहरूका लागि गर्भ रह्यो कि रहेन भन्ने कुरा पक्का गर्नु नै प्रमुख कुरा हो। गर्भ रहनका लागि १. डिम्ब निष्कासन २. यौनसम्पर्क ३. वीर्य स्खलन ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा आवश्यक छ। सामान्यतः महिनावारीको ठीक अघि तथा पछिका केही दिनमा गर्भ रहने सम्भावना कम हुन्छ भने डिम्ब निस्कने बेलातिर गर्भ रहने सम्भावना सबैभन्दा बढी हुन्छ। डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ। यदि महिनावारी ढिलो चाँडो हुने भए यी दिनहरू पनि फरक पर्न सक्छन्। यदि कुनै महिलाको महिनावारी चाँडोमा २८ दिनको र ढिलोमा ३० दिनको हुने रहेछ भने २८-१८≠१० हुन्छ, अर्थात् दसांैं दिन देखि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ।  ३०-११≠१९ हुन्छ, अर्थात् १९ औं दिनभन्दा पहिले यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ। आफ्नो स्थिति बुझ्नु नै भयो होला। तपाईंको यौनसम्पर्क महिनावारी चक्रको कुन बेला भएको थियो, ख्याल गर्नुहोला।

कन्डम फुटेको स्थितिमा के गर्ने ?

हामी सबैलाई थाहा भएकै कुरा हो कि सुरक्षित यौनसम्पर्कका लागि कन्डमको सही तथा नियमित प्रयोग गर्नुुपर्छ। कतिपय स्थितिमा कन्डम फुट्न सक्छ। कन्डम नफुटोस् भनेर अपनाउनुपर्ने सावधानीका बारेमा तपाईंलाई थाहै होला। यो स्तम्भमा पहिले पनि यस विषयमा चर्चा भैसकेको छ। कन्डम फुट्दा दुवै व्यक्तिमा चिन्ता हुनसक्छ। त्यस्तो स्थिति उत्पन्न भए के गर्ने ? एकछिन चर्चा गरौं। कन्डम फुटेको स्थितिमा तपाईंको मात्र होइन, तपाईंको केटा साथीको पनि विशेष सहयोग चाहिन्छ। 

कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन्, शान्त रहन प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ।

यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोक्नुपर्छ र लिङ्ग निकाल्नुपर्छ अनि नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ। वीर्य स्खलन भैसकेको भए सावधानीपूर्वक लिङ्गलाई झिक्नुपर्छ। त्यसपछि लिङ्ग तथा त्यसवरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ। 

कन्डम फुटेको स्थितिमा त्यसको सम्भावित असरका बारेमा आफ्ना जोडीसँग विस्तृत रुपमा कुराकानी गर्नुहोस्। आवश्यक लागे आकस्मिक गर्भनिरोधको उपाय अपनाउनुपर्छ। 

आकस्मिक गर्भनिरोध 

गर्भ नरहोस् भनेर निलोकन चक्की आपत्कालीन गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। ४ चक्कीको पहिलो मात्रा यौनसम्पर्क भएको १ सय २० घण्टा -५ दिनभित्र) लिइसक्नुपर्छ र दोस्रो मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ। अचेल आकस्मिक गर्भनिरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी ओके र इकोन पनि उपलब्ध छ। त्यसैगरी कपर टीको प्रयोग यौनसम्पर्क भएको ५ दिन सम्ममा आपत्कालीन गर्भ निरोधको रुपमा प्रयोग गर्न सकिन्छ। 

सेतो पानी बग्ने कारण 

हामी लिङ्ग भन्नाले पुरुषको यौनाङ्गलाई जनाउँछौं भने योनि भनेर महिलाको यौनाङ्गलाई। तपाईंले योनिबाट सेतोपानी आउने कुरा गर्नु भएको हुनुपर्छ। योनिबाट स्वाभाविक रूपमै पानी आउँछ, जस्तो कि यौन उत्तेजनाका कारणले। त्यसबाहेक प्रजनन अङ्गको संक्रमण वा यौनरोगको संक्रमणले पनि सेतो पानी बग्छ। यस्तो पानी अन्य बेलाको भन्दा बढी, गन्हाउने तथा मैलो किसिमको हुन्छ। त्यसबाहेक चिलाउने, पिसाब पोल्ने वा तल्लो पेट दुख्नेजस्ता अन्य के-कस्ता लक्षण छन् भन्ने कुरातर्फ पनि विचार पुर्‍याउनुपर्छ। त्यसका लागि एकपल्ट चिकित्सकसँग परामर्श गर्नु बेस होला। यदि यौनरोगको संक्रमण छ भने तपाईंले मात्र होइन, तपाईंको यौनसाथीले पनि औषधी खानुपर्ने हुन्छ।  

गर्भ रोकथाम किन नगर्ने ?

अहिले नेपालमा सुरक्षित गर्भपतनको कुराले निकै चर्चा पाएको छ। अनिच्छित गर्भ रहेर गर्भपतन गराउनुपर्ने स्थितिमा पुग्नुभन्दा पहिले नै गर्भनिरोधका साधनको प्रयोगले त्यस्तो अवस्थासम्म पुग्नबाट रोक्न सकिन्छ। गर्भपतनको तुलनामा गर्भनिरोधका साधनका कुअसर नगण्य छन्। कहिलेकाहीं घट्ने गर्भनिरोधका साधनको नकारात्मक प्रभावलाई आवश्यकताभन्दा बढी चर्चा गरिन्छ, जुन दुःखलाग्दो कुरा हो। 

साभार : साप्तहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis