पोखराकी सन्जु गुरुङले झन्डै ४ घन्टा लगाएर आफ्नो दाहिने पाखुरामा भगवान् गणेशको ट्याटु खोपाइन् । भृकुटीमण्डपमा तीन दिनअघिदेखि चलेको ट्याटु महोत्सवको अन्तिम दिन आइतबार उनले हिमालयन इन्कको स्टलमा आर्टिस्ट रक्षा गुरुङसँग ट्याटु खोपाएकी हुन् । ट्याटु खोपेपछि २४ वर्षीया सन्जुले भनिन, ‘मेरो मन पर्ने भगवान् अब मदेखि कहिल्यै टाढा हुनुहुनेछैन ।’
सन्जुजस्तै भृकुटीमण्डपमा चलेको महोत्सवमा धेरै
तन्नेरीले ट्याटु खोपाए । मेलामा प्रतिदिन औसत दुई हजार ट्याटुपारखीको सहभागिता भएको ट्याटु महोत्सव आयोजक संस्थामध्येको एक इलभेन ११ का सिइओ स्पन्दन मोक्तानले बताए । सहभागीमध्ये अधिकांशले ट्याटु खोपाएरै फर्कने गरेको उनले दाबी गरे । महोत्सवमा नखोपाउनेले पनि अनुकूल समयमा खोपाउनका लागि भन्दै बुकिङ गरेको उनले बताए ।सन्जुजस्तै भृकुटीमण्डपमा चलेको महोत्सवमा धेरै
महोत्सव इलभेन ११, के गरिरा र ज्याज ट्याटुको संयुक्त आयोजनामा शुक्रबारदेखि ‘नेपाल इन्क’ ट्याटु महोत्सव सुरु भएको थियो । मोक्तानका अनुसार महोत्सवमा ४० नेपाली र ३० विदेशी गरी ७० वटा ट्याटु खोप्ने संस्थाको प्रतिनिधित्व थियो । काठमाडौं, पोखरा, धरानलगायत स्थानका संस्थाले स्वदेशको प्रतिनिधित्व गरेका थिए भने विदेशबाट अमेरिका, अस्ट्रेलिया, भारत तथा विभिन्न युरोपियन राष्ट्रका ट्याटु व्यवसायीको सहभागिता थियो ।
०००
ट्याटुलाई मानिसको छालामा बनाइने एक किसिमको ‘आर्ट’ मान्छन् ट्याटु आर्टिस्ट । ‘जसरी चित्रकारले कागजमा चित्र बनाउँछ, मूर्तिकारले मूर्ति बनाउँछ, काष्ठकलामा आफ्नो प्रस्तुति दिन्छ,’ बज्र ट्याटु स्टुडियोका आर्टिस्ट सन्दीपकुमार बज्राचार्य भन्छन्, ‘त्यस्तै ट्याटु पनि छालामा आर्ट गर्ने तथा तस्बिर बनाउने कला हो ।’
ट्याटु खोप्दा पूर्ण रूपमा निर्मलीकरण गरिएको अत्याधुनिक मेसिनले मानव शरीरको छालाको बीचको तह (ड्रमल लेयर) सम्म खोपिन्छ ।
छालाको तीन तहमध्ये ड्रमल लेयर बीचको भाग पर्छ । यसमा खोपिएका चित्र तथा आकृतिमा विभिन्न रङका मसी पठाएर शरीरको छालामा उतारिन्छ । शरीरका पाखुरा, कम्मर, हात, खुट्टा, जाँघ, नितम्ब, पिठिउँ, छाती, घाँटी, तिघ्रा, पेट, साँप्रा आदिमा ट्याटु खोपाउने चलन छ । कतिपयले त शरीरका संवेदनशील तथा गोप्य अंगमा समेत ट्याटु खोपाउने गरेका छन् । ‘यो फेसन त हँुदै हो । अहिले प्यासन पनि बनेको छ,’ हिमालयन इन्कका सिइओ गुरुङ बताउँछन्, ‘अहिले महिलाहरूले स्तन, नितम्बजस्ता छोपिने अंगमा पनि ट्याटु खोपाउँछन् । त्यस्तै, पुरुषहरू पनि जाँघ, नितम्बका साथै यौनांगमा ट्याटु खोपाउँछन् ।’ नेपालीले सबैभन्दा बढी पाखुरा, घाँटी, खुट्टामा ट्याटु खोपाउने गरेको उनले बताए ।
पिठिउँमा गुलाबको फूल बनाउँदै गरेकी गल्कोपाखा बस्दै आएकी धरानकी सुनीति राई आफू स्टाइलिस्ट हुन ट्याटु खोपाएको बताउँछिन् । पहिलोपटक ट्याटु खोपेको बताउने राईको स्तनमा समेत ट्याटु खोपाउने योजना छ । ‘मेरा साथीहरूले स्तनलगायत अन्य संवेदनशील अंगमा समेत खोपाइसकेका छन् । मैले सुरुमै त्यसो नगरूँ भन्ने लागेर पिठिउँमा खोपाएकी हुँ,’ १९ वर्षीया राईले भनिन्, ‘एकैपटक धेरै ठाउँमा ट्याटु बनाउँदा अभिभावकलाई मनाउन पनि गाह्रो पर्ने हुनाले पनि बिस्तारै खोपाउनेछु ।’
०००
आर्टिस्ट सन्दीपकुमार बज्राचार्यका अनुसार उनीकहाँ नेपाली युवतीहरू स्तन, नाइटो र पिठिउँमुनिका भागमा ट्याटु खोपाउन आउँछन् । बज्राचार्यले शरीरको जुनसुकै भागमा खोपाए पनि लागतमा फरक नहुने उनले बताए । उनी भन्छन्, ‘कुन भागमा खोपाएकोभन्दा पनि समय, मिहिनेत, रङ र साइजले मूल्य निर्धारण हुन्छ ।’ उनीसँग सहमत छन् हिमालयन इन्कका सिइओ गुरुङ पनि । उनी भन्छन्, ‘सामान्यत: एक हजार पाँच सयदेखि सुरु हुन्छ । एउटै ट्याटुको ५०–६० हजार पनि लिइएको छ ।’ औसतमा घन्टाको तीन हजार पाँच सयका दरले मूल्य लिने गरेको उनले बताए ।
०००
नेपालमा पछिल्लो समयमा ट्याटुपारखी बढ्दै गएको ट्याटु आर्टिस्टको भनाइ छ । विशेषगरी सहरिया फेसनेबल युवामाझ ट्याटुको लोकप्रियता बढेको छ । आर्टिस्ट बज्राचार्य भन्छन्, ‘कतिले गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डका तस्बिर राख्छन् । त्यस्तै, अहिलेका पुस्ताले धर्मसंस्कृति, परम्पराअनुसारका तस्बिर, आफ्ना आइकन तथा विभिन्न सन्देश दिने तस्बिर पनि खोपाउने गरेका छन् ।’
विदेशमा १८ वर्ष पुगेपछि मात्रै ट्याटु खोपाउन पाइन्छ । तर, नेपालमा भने १६ वर्षमाथिका लागि खोपाउन छुट छ । इलेभेन ११ का सिइओ मोक्तान भन्छन्, ‘त्यसभन्दा कम उमेरकालाई भने कस्तो ट्याटु खोपाउने भन्ने ज्ञान पनि हुँदैन । ट्याटु स्थायी प्रकृतिको हुने भएकाले उचित निर्णय नलिँदा पछि समस्या पर्छ ।’
विदेशमा १८ वर्ष पुगेपछि मात्रै ट्याटु खोपाउन पाइन्छ । तर, नेपालमा भने १६ वर्षमाथिका लागि खोपाउन छुट छ । इलेभेन ११ का सिइओ मोक्तान भन्छन्, ‘त्यसभन्दा कम उमेरकालाई भने कस्तो ट्याटु खोपाउने भन्ने ज्ञान पनि हुँदैन । ट्याटु स्थायी प्रकृतिको हुने भएकाले उचित निर्णय नलिँदा पछि समस्या पर्छ ।’
०००
आर्टिस्ट शरीरको जुनसुकै भागमा ट्याटु खोपाउन मिल्ने बताउँछन् । तथापि, उनीहरूले शरीरको भागअनुसार तस्बिर वा सन्देश राख्न सुझाब दिने गरेका छन् । ‘हामीले पुज्ने भगवान् वा बुबाआमाका तस्बिर उतार्दा शरीरको खुट्टा वा संवेदनशील अंगमा राख्नु भएन ।’ पाखुरामा आफ्नी आमाको तस्बिर खोपाएका आर्टिस्ट सन्दीपकुमार बज्राचार्यले भने ।
०००
ट्याटु खोपेको घाउ निको हुन सामान्यत: एक हप्ता लाग्छ । त्यतिवेला राम्रो हेरचाह गरिएन भने इन्फेक्सनसमेत हुन सक्छ । छाला तथा यौनरोग विशेषज्ञ डा. दीपककुमार अर्याल भन्छन्, ‘खोपिएको ठाउँमा रातो हुने, सुन्निेन, दुखाइ बढदै जाने लक्षण देखियो भने त्यो इन्फेक्सनको संकेत हुन सक्छ । त्यतिवेला स्तरीय ट्याटु स्टुडियो वा छालासम्बन्धी चिकित्सकलाई देखाइहाल्नुपर्छ ।’ उनी ट्याटु खोप्ने सामग्री जस्तै निडिल, मसी आदि संक्रमणरहित हुनुपर्नेमा जोड दिन्छन् ।
प्रस्तुति : रामप्रसाद न्यौपाने
साभार : नया पत्रिका
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !