आइफोन चलाइरहनुभएको छ भने तपाईंको थर्मोमिटर किन्ने झन्झट र खर्च जोगिने
भयो। कारण, आइफोनका लागि यस्तो एप्स आएको छ, जसले थर्मोमिटरको काम गर्नेछ।
केहीअघि मात्र विकास भएको 'किन्सा स्मार्ट थर्मोमिटर एप्स'को प्रयोग गरी
आइफोनबाटै थर्मोमिटरको काम लिन सकिन्छ। तर, यसका लागि एउटा एक्स्टरनल
डिभाइस भने आवश्यक छ, जसलाई ज्याकमार्फत आइफोनमा जोडेर शरीर वा वातावरणको
तापक्रम नाप्न सकिन्छ। बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी बनाइएको यो
एप्सले शरीरको तापक्रमको उतारचढावको रेकर्ड पनि राख्छ। साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !