CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » लगानी कहाँ गर्ने ?

लगानी कहाँ गर्ने ?


लगानीका लागि बचत हुनुपर्छ। आफ्नो बचत कतै  लगानी गरी त्यसबाट केही आय आर्जन गर्न सकिन्छ। बचत लगानीको मार्गदर्शक हो। अहिलेका मानिसहरू आफ्नो बचतलाई लगानीमा परिणत गर्न उत्साहित छन् तर सोचविचार नगरी लगानी गरियो भने बढी जोखिम हुन्छ। लगानी गरेपछि आफू जागरुक हुनुपर्छ, ढुक्क भएर बस्नु हुँदैन। आफ्नो योजना के हो र
कसरी अघि बढ्ने ? अप्ठ्याराहरू के छन् ? आफ्नो आय कस्तोे छ ? त्यसको पूर्ण जानकारी राख्नुपर्छ। लगानी गरेपछि त्यसको प्रतिफल लिनुपर्छ। अहिलेको बजारको प्रवृत्ति र आफ्नो लक्ष्य पूर्णरूपमा प्रस्ट नभई लगानी गर्नु हुँदैन। योजनाका बारेमा कुनै जानकारी नलिई लगानी गर्दा घाटा हुनसक्छ। यसलाई सामान्य रूपमा लिनु हुँदैन। त्यसैले लगानी गर्दा हुने गल्तीप्रति आफै सजग हुनुपर्छ। साथीभाइको सल्लाह, विज्ञापन, एजेन्ट तथा लगानी सल्लाहकारहरूको सहयोगले हामीलाई लगानी गर्न उत्साहित बनाउँछ।

पहिलो उपाय 

कुनै एजेन्ट वा योजनाकारले लगानीका लागि आफ्नो योजनाका सम्बन्धमा जानकारी दिन्छन्। कहिलेकाहीँ अधूरो जानकारी हुँदा पनि लगानी हानिकारक साबित हुनसक्छ। जबसम्म लगानी गर्ने योजनाका सम्बन्धमा आफूलाई राम्रोसँग जानकारी हुँदैन तबसम्म लगानी गर्नु हुँदैन। हुन पनि एजेन्ट वा सल्लाहकारले लगानीका लागि उत्साहितभन्दा हामीलाई उक्साउने प्रयास गर्छन्। यो उनीहरूको गल्ती होइन। यसबाट उनीहरूले आफूलाई लगानीका लागि मानसिक रूपमा तयार गरेको बुझ्नुपर्छ। उनीहरूले योजनाका सम्बन्धमा बताउँदा आफूले नबुझेको विषयमा पटक-पटक प्रश्न उठाउनुपर्छ।

दोस्रो उपाय

लगानीको लक्ष्य बनेको छैन भने लगानी गर्नु हुँदैन। सबैलाई आफ्नो पैसा सुरक्षित ठाउँमा लगानी होस् भन्ने चाहना हुन्छ। पैसालाई भरसक धेरै फाइदा हुने ठाउँमा लगाउने सबैको प्राथमिकता हुन्छ। यदि आफ्नो प्राथमिकता आफैलाई थाहा छैन भने लगानी गर्दा विचार पुर्‍याउनुपर्छ। आफूलाई कुन योजना ठीक हुन्छ यकिन भएपछि मात्र लगानी गर्नुपर्छ। फाइदा मात्र होइन अरू कुरा पनि ध्यानमा राखी लगानी गर्नुपर्छ।

तेस्रो उपाय

 एजेन्ट वा विज्ञापनका आधारमा मात्र लगानी गर्नु दुस्साहस हुनसक्छ। केवल प्रतिफल वा योजनाको भोल्युम हेरेर लगानी गर्नुभन्दा पैसा आफैसँग राख्नु बढी सुरक्षित हुन्छ। योजनामा यो समयमा यति नै लगानी हुन्छ भन्न  सकिँदैन। काम गर्दै जाँदा कहिलेकाहीँ नोक्सानी पनि बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले अरुको भनाइमा लगानी गर्नु हुँदैन।

चौथो उपाय

कुनै पनि कागज पूर्णरूपमा अध्ययन नगरी हस्ताक्षर गर्नु हुँदैन। लगानीका लागि वकिलसँग सल्लाह लिनुपर्छ। र्फमलाई अनौपचारिकता तथा हलुका रूपमा लिनु हुँदैन। र्फममा लेखिएका हरेक लाइन बुझेर हस्ताक्षर गर्नुपर्छ। आफ्नो सबै जानकारी र्फममा भर्नुपर्छ।

पाँचौं उपाय 

लगानी तथा आयको सन्तुलन नहुनु लगानी जोखिमको अर्को पाटो हो। खास गरेर आफ्नो मासिक तलबको २० प्रतिशतसम्म लगानी गर्न सकिन्छ। यसले रुटिनलाई बिगार्दैन तर त्यसभन्दा बढी भयो भने घरेलु बजेटमा असर पुग्न सक्छ। लगानी गर्दा कहिलेकाहीँ आकस्मिक खर्च हुन सक्छ। कहाँ कति खर्च भयो थाहा पाउन सकिँदैन। बढी लगानी गर्दा ऋण लाग्ने सम्भावना हुन्छ। त्यसले तनाव तथा व्याजको दोहोरो मार भोग्नुपर्छ। त्यसैले लगानी तथा आयमा तालमेल मिलाउनुपर्छ। बढी लगानी नोक्सानीको सुरुवात हुनसक्छ।
साभार : नारी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis