राजेश ः जब कुनै व्यक्तिले आफूलाई मनपर्ने व्यक्तिलाई देख्छ वा महसुस गर्छ त्यतिबेला हाम्रो मस्तिष्कमा रहेको ट्युमरले एउटा रस निकाल्छ, उक्त रसलाई इन्डोर्फिन हार्मोन भनिन्छ, त्यो रस निस्कँदा हामीमा एक प्रकारको उत्तेजना महसुस हुन्छ, जुन उत्तेजनालाई साधारण भाषामा प्रेम भनिन्छ।
(राजेश दाइ मात्र यस्ता व्यक्ति हुन् जसलाई प्रेमको सबै किसिमको परिभाषा आउँछ।)
०००
लुट चलचित्रले अत्यधिक पैसा कमाएको र अत्यधिक सफलता पाएपछि हाम्रो राजेश हमालको 'डिमाग' मा पनि 'मास्टर प्लान' आको छ रे,
अब राजेश हमालले यस्तो एउटा चलचित्र बनाउँदै हुनुहुन्छ, जसले क्युएफएक्सको पार्किङ शुल्कबाट नै सारा लगानी उठाउनेछ।
०००
राजेश हमालले बिहेको दिन दुलहीको कानमा सुटुक्क भनेछन्।
'यसअघि मेरो १० वटी केटीसँग चक्कर चलेको थियो नि'
दुलही ः मलाई थाहा थियो, कुन्डली नै मिलेपछि हाम्रो चरित्र पनि त मिल्ने नै त भयो।
०००
हिजो किन एक्कासि भदौ महिनाको जस्तो आकाश गड्याङ-गुडुङ गर्यो भनेको त राजेश दाइले ठेट्ना मकै पो चपाएका रहेछन्। बेकारमा सबैको सातोपुत्लो मात्र गयो।
०००
धेरै लामो समय पानी नपरेपछि राजेश दाइले आफैं इन्द्रलाई भेटेर भनसुन गरेर 'मनसुन' ल्याउनुभएको मौसम अनुमान विज्ञान महाशाखाको निष्कर्ष छ।
०००
राजेश दाइले हेईई......... शंकर हो मेरो नाम भन्दा पार्वती माता पनि कन्फ्युज हुनुहुन्छ रे, को चाहिँ ओर्जिनल र को डुप्लिकेट भनेर।
०००
राजेश दाइलाई बोतल, कागज, फलामका टुक्रा भन्नेहरूसँग एकदमै डर लाग्छ रे, किन थाहा छ ? किनभने दाइको हात फलामको हो नि त।
०००
राजेश हमाल आफूलाई ऐनामा हेर्न सक्नुहुन्न, किनभने ऐनालाई पनि थाहा छ, संसारमा एउटा मात्र राजेश हमाल छ अरू हुनै सक्दैन।
०००
एकपटक राजेश हमाल दाइले स्कुल बंक गर्नुभएछ, त्यो दिनदेखि नै शनिबारलाई बिदाको दिन तोकिएको हो।
०००
राजेश दाइको फलामको हात सुटिङका क्रममा हल्का खोसि्रएपछि जब वेल्डिङ गर्नुपर्यो, तबदेखि नेपालमा लोडसेडिङ सुरु भा'को रे !
०००
परापूर्वकालमा राजेश दाइको कपालमा जुम्रा परेछ, अनि राजेश दाइले नाथे जुम्रालाई के मार्नु भनेर छाडिदिनुभएछ, पछि मान्छेहरूले त्यसलाई भैंसीका रूपमा पाल्दै आएका छन्।
राजेश दाइका बारेमा नराम्रा जोक्स नलेख्न सर्वसाधारणको हितका लागि यो सूचना जारी गरिएको छ, उहाँलाई रिस उठयो भने तपाईंको फेसबुक पेज
नै च्यातिदिनुहुनेछ।
०००
राजेश दाइको बिहे चाँडै नै हुने भएको छ, यो उमेरसम्म आइपुग्दा दाइ कहीं पनि आफ्ना लागि केटी हेर्न जानुभएन, दाइ त एकदमै खतरनाक मान्छे हो, मैले थाहा पाएसम्म, एक अध्ययनका अनुसार दाइले आफ्नो हुनेवाला जीवनसंगिनिलाई गुगल अर्थबाट सर्च गरेर भेट्नु भा'को रे।
०००
राजेश दाइले हालै मात्र एउटा कलेज स्थापना गर्नुभएको छ,
उक्त कलेजको नाम छ ः राजेश इन्स्टिच्युट अफ इन्जिनियरिङ फर म्यानेजमेन्ट अफ ल इन मेडिकल साइन्स।
०००
एकपटक म्याराडोनाले भनेछन् ः म आफ्नो औंलाले फुटबललाई पाँच मिनेटसम्म ठड्याएर घुमाउन सक्छु।
राजेश हमालले भनें ः हेइइइइ........तलाई के लागिरा'छ, यो पृथ्वी कसरी घुमिरा'छ ?
०००
हामी सबैलाई कोलम्बसले अमेरिका पत्ता लगायो भन्ने थाहा छ, तर कोलम्बसलाई राजेश हमाल दाइले पत्ता लगाउनुभएको भन्नेचाहिँ अहिले आएर पत्ता लागेको छ। यस आधारमा भन्ने हो भने अमेरिका भन्ने देश त नेपालकै देन रहेछ।
०००
राजेश पुराण
कुमारजी आज्ञा गर्नुहुन्छ ः हे अगस्त्य मुनि, त्यसपछि रजनीकान्तासूर नामक दैत्यले मत्र्यलोकको नेपाल नामक देशमा हाहाकार मच्चाएपछि नेपालवासीहरू सबै जना श्री महादेवको शरणमा गए। श्री महादेवले पनि रजनिकान्तासुर दैत्यलाई पहिले पनि धेरै लखेटेको तर पनि बारम्बार फर्केर आएको देखेर उहाँले भगवान विष्णुको कलियुग अवतार सुपरस्टार 'राजेश हमाल' ले बाहेक अरूले निजको बध गर्न नसक्ने बताउनुभयो। महादेवको आज्ञाअनुसार भगवान् राजेश हमालको स्तुति गर्ने सल्लाह प्राप्त भयो। त्यसपछि सबै नेपालवासीहरू भगवान् राजेश हमालको स्तुति गर्न लागे, नेपालवासीहरूले धेरै कष्ट गरी तपस्या गरेको देखेर राजेश हमालले प्रत्यक्ष दर्शन दिनुभयो र सोध्नुभयो, किन यसरी घोर तपस्या गर्नुपर्यो ? त्यसपछि नेपालवासीहरूले पनि रजनीकान्तासूर नाम दैत्यको सबै वृत्तान्त सुनाए। त्यसपछि भगवान् राजेश हमालले पनि उनीहरूको रक्षा गर्ने वाचा गर्नुभयो। त्यसपछि भगवान् राजेश हमालले सीधै गएर रजनीकान्तासूर दैत्यलाई फलामको हातले एक झापड दिनुभयो र त्यो दैत्य हजारौं कोश टाढा भारतको मद्रासमा गएर थचारिन पुग्यो, त्यसपछि रजनीकान्तासूर दैत्य आफ्नो सुद्धिबुद्धि हराएर अचेत भै हल्का होसमा आउँदा त्यहींका लोकल चलचित्रहरूमा पच्न नसक्ने दृश्य देखाएर सबैलाई हँसाउने हास्यकलाकार भै बसे। यता नेपालवासीहरू भगवान् राजेश हमालको धूप दीप, नैवेद्य, भेटी चढाएर नाचगान गरी भगवान् राजेश हमाललाई उहाँको आश्रममा पुर्याई सबै जना खुसीका साथ आ-आफ्नो आश्रमतिर गए।
'इति श्रीस्कन्द पुराणे, केदारखण्डे, कात्तिक महात्मे, कुमार अगस्त्ये संवादे श्री राजेश हमाले परमेश्वोरे नमः'
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !