CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » सिएनएन, वासिङटन पोस्ट, ले मोन्डे अब नेपालीमा

सिएनएन, वासिङटन पोस्ट, ले मोन्डे अब नेपालीमा

cnn माथिको स्क्रिनसट अमेरिकी समाचार संस्था सिएनएनको वेबसाइटको हो। सिएनएनको अङ्ग्रेजी भाषाको वेबसाइट तपाईँहरुले देख्नुभएको होला। नेपाली भाषामा सिएनएन त अहिलेसम्म देख्नुभएकै छैन होला। अब संभव भएको
छ। गुगलले आफ्नो अनुवाद सेवामा आजदेखि नेपाली भाषासमेत थपेपछि अब केही शब्द वा वाक्यमात्र हैन, सिङ्गै वेबसाइटसमेत नेपालीमा अनुवाद गरेर हेर्न मिल्छ। मेसिनबाट गरिएको यो अनुवाद ठ्याम्मै भने मिल्दैन। बिस्तारै यसमा सुधार हुँदै जान्छ। त्यसैले जिस्काउनु भन्दा पनि तपाईँहरुले पनि यसलाई सुधार गर्न सघाउन सक्नुहुन्छ। तपाईँले जान्दै नजानेको भाषामा यतिको अनुवाद हुँदा पनि के भन्न खोजेको हो भन्ने भेउ पाउन सकिन्छ। उदाहरणका लागि तपाईँलाई फ्रेन्च भाषा केही थाहै छैन भने फ्रेन्च भाषाको प्रख्यात पत्रिका ले मोन्डेको वेबसाइटमा लेखिएको कुरा तपाईँले छेउटुप्पा केही बुझ्नु हुन्न। तर गुगल ट्रान्सलेटले ले मोन्डेको पेज यस्तो देखाइदिन्छ भित्र हेर्नुस्।
lemonde1
lemode2
अब आउनुस् एकचोटी वासिङटन पोस्ट कस्तो देखिन्छ नेपालीमा त्यो हेरौँ-
washingtonpost
अनि न्युयोर्क टाइम्स पनि हेर्ने हैन त ?
nytimes
अङ्ग्रेजी त धेरथोर अधिकांशले जानेका हुन्छन्। स्पेनिस वेबसाइट हेरौँ न त-
el
माथिको स्क्रिनसट एल पेरियोडिकोको हो।
गुगलले आजदेखि ८० वटा भाषामा स्वचालित अनुवाद सेवा सुरु गरेको हो। यसको मतलब ७९ वटा भाषामा लेखिएका सामाग्रीलाई तपाईँ नेपालीमा पढ्न सक्नुहुन्छ। अनि नेपालीमा लेखिएकोलाई ७९ वटा भाषामा अनुवाद।
एसियाबाट नेपालीसँगै पञ्जाबी र मंगोलियन भाषालाई अनुवाद सेवामा राखिएको हो।
कुन कुन भाषामा अनुवाद हुन्छ त?
  • Afrikaans
  • Albanian
  • Arabic
  • Armenian
  • Azerbaijani
  • Basque
  • Belarusian
  • Bengali
  • Bosnian
  • Bulgarian
  • Catalan
  • Cebuano
  • Chinese
  • Croatian
  • Czech
  • Danish
  • Dutch
  • English
  • Esperanto
  • Estonian
  • Filipino
  • Finnish
  • French
  • Galician
  • Georgian
  • German
  • Greek
  • Gujarati
  • Haitian Creole
  • Hausa
  • Hebrew
  • Hindi
  • Hmong
  • Hungarian
  • Icelandic
  • Igbo
  • Indonesian
  • Irish
  • Italian
  • Japanese
  • Javanese
  • Kannada
  • Khmer
  • Korean
  • Lao
  • Latin
  • Latvian
  • Lithuanian
  • Macedonian
  • Malay
  • Maltese
  • Maori
  • Marathi
  • Mongolian
  • Nepali
  • Norwegian
  • Persian
  • Polish
  • Portuguese
  • Punjabi
  • Romanian
  • Russian
  • Serbian
  • Slovak
  • Slovenian
  • Somali
  • Spanish
  • Swahili
  • Swedish
  • Tamil
  • Telugu
  • Thai
  • Turkish
  • Ukrainian
  • Urdu
  • Vietnamese
  • Welsh
  • Yiddish
  • Yoruba
  • Zulu
कसरी काम गर्छ यसले ?
यो मेसिनले गर्ने अनुवाद हो। लाखौँ करोडौँ डकुमेन्टहरुलाई हेरेर कुनै शब्दको बारेमा तपाईँलाई उपयुक्त हुने शब्द छानेर यसले देखाउँछ। ती डकुमेन्टहरुमा भने मान्छेले अनुवाद गरेका हुन्छन्। गुगल ट्रान्सलेटको काम कुन शब्दका लागि कुन अनुवाद गरिएको शब्द ठीक होला भनी अनुमान गरी प्रस्तुत गर्नु हो। यसलाई “statistical machine translation” भनिन्छ। मेसिनले अनुमान गरेर अनुवाद गर्ने हुनाले ठ्याम्मै अनुवाद गरेको मिल्नुपर्छ भन्ने हुँदैन। जति धेरै मान्छेले अनुवाद गरेका डकुमेन्टहरु गुगलले पाउँछ, त्यति अनुवाद सही निकट पुग्छ।
तपाईँ पनि सहयोग गर्न सक्नुहुन्छ
अनुवाद हेरेर हाँस्ने, उडाउने गर्नु एक ठाउँमा। तर तपाईँले फूर्सदको समय अलिकति यसमा लगाउनु भयो भने धेरैलाई सहयोग हुनसक्छ। अनुवाद सही बनाउन तपाईँले स्वयंसेवा गर्न सक्नुहुन्छ। अङ्ग्रेजी-नेपाली र नेपाली-अङ्ग्रेजी अनुवाद बारे तपाईँलाई ज्ञान छ भने यहाँ क्लिक गरी स्वयंसेवा गर्न सक्नुहुन्छ।
त्यसैगरी कुनै वाक्य अनुवाद गर्दा मिलेन भने त्यसलाई सच्याउने सुझाव दिनसक्नुहुन्छ। उदाहरणका लागि I am gorkhali लाई अनुवाद गर्दा म फिलिपिन्सबाट छु देखाउँछ।
gorkhali1

तपाईँ यसरी दायाँ छेउको मुनि रहेको बटनमा क्लिक गरी यसलाई offensive छ है भनेर जनाउ दिन सक्नुहुन्छ।
gorkhali2

त्यसैगरी शब्दमा क्लिक गर्दा त्यसले तपाईँलाई विकल्प देखाउँछ। यसमा छु हैन हुँ हुनुपर्ने हो, त्यसैले हुँ छान्नुस्।
gorkhali3

त्यसैगरी फिलिपिन्सबाट नमिलेकोले गोर्खाली छनौट गर्नुस्। अनि सेभ टु फ्रेजबुक गरिदिनुस्। त्यसपछि फ्रेजबुकमा गएर हेर्नुस्। त्यहाँ क्लिक गर्दा तपाईँलाई Is this translation better than the original? सोधिन्छ। हो भनेर सबमिट गरिदिनुस्।
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis