यो फोटो तपाईँले कतिको याद गर्नुभएको छ। ‘कान्तिपुर’को पहिलो पेजमा यो फोटोसँगै एक गरिब किसानको पीडा छापिएको थियो- ‘मेरो त सर्वस्वै भयो’ शीर्षकमा।
यस्तो थियो शंकरपुर-९, सर्लाहीका हीरा कोइरालाको
पीडा-
आफ्नो नाममा जम्मा ६ कट्ठा जमिन मात्र भएको म गरिब किसान हुँ । हाइब्रिड मकै लगाउँदा राम्रै आम्दानी हुने देखेर अर्काको जमिनसमेत ठेक्कामा लिई रिनपान गरेर दुई बिघाभन्दा बढी खेती गरेको थिएँ । तर घोगामा दाना नलागेर नराम्रो धोका पाइयो । म त केही सोच्न पनि सकेको छैन । पीडामा छटपटिएको छु । खेती गर्दा लिएको ऋणमात्रै २ लाखभन्दा बढी छ । मकै नफलेपछि मर्नु न बाँच्नुको अवस्था छ ।
पाँच जना छोराछोरी छन्, परिवार बिरामी छे । पढाउनु, खुवाउनु र औषधिमुलो गर्नु परिहाल्यो । त्यसमाथि यसवर्ष ठूलै ऋण काढेर केही गर्न सकिन्छ कि भनी जमिन ठेक्कामा लिएर मकै लगाएको थिएँ । यही मकैबालीको आम्दानीले ऋण तिर्ने र घरपरिवारको गुजारा पनि चलाउने सपना थियो । तर सबै खरानी भयो ।
मनले हरेस खाएपछि क्षतिपूर्तिको आन्दोलनमा आफ्नो पीडा पोख्न निस्केको हुँ । केही नभएको बुंगोले जे गरे पनि भयो । साह्रै विचलित र निरीह महसुस गरेको छु । सरकारले पनि किसानलाई त्यति ध्यान दिँदैन । मकैमा दाना लागेन मात्र भन्ठान्या छ । तर मेरो सर्वस्वै हुने अवस्था छ । मैले र छरछिमेकले जसरी अरूले यो पीडा कसरी बुझून् !
सरकारले के, कति र कुन हिसाबले राहत दिने हो ? दिने हो कि हैन ? यस्तो अवस्थामा मैले राहत पनि नपाए त उठिबासै हुन्छ । कसले बुझिदिने मेरो मर्म ? स्थानीय सहकारी संस्थाबाट ऋण लिएको छु । बीउबिजन र मलखाद्य उधारोमा ल्याएको छु । तिर्न कचकच गर्छन् । भए पो तिर्नु ! (२०६६ चैत १६ गते कान्तिपुरमा प्रकाशित)
मोन्सान्टोको कुरा गर्दा हामी छिमेकी देश भारतका किसानहरुले आत्महत्या गरेको उदाहरणमात्रै दिन्छौँ, नेपालकै किसानहरुले पाएको यस्तो पीडामा त हाम्रो ध्यानै गएको रहेनछ।
माधवकुमार नेपाल प्रधानमन्त्री भएताका तराईका झन्डै आधा दर्जन जिल्लामा मकैखेती यसरी नै बिग्रेको थियो। यो विषय काठमाडौँका सञ्चारमाध्यमलाई खुबै महत्वका साथ उठाएका थिए। मकैका बोट र दानाबिनाका घोगा बोकेर एकहूल किसानले सिंहदरबारको प्रवेशद्वारमा धर्ना दिएका थिए। किसानलाई बिचल्ली बनाउने यी मकैका बीउ हाइब्रिड थिए। त्यसमा अरु कम्पनीसँगै मोन्सान्टो कम्पनीको बीउ पनि थियो।
नेपाल म्यागेजिनले यसबारे विस्तृत छापेको थियो। पत्रिकाका अनुसार त्यतिबेला मोन्सान्टोका यी बीउहरुमा दाना लागेको थिएन-
मोन्सान्टो कम्पनी:
जातः पिनाकल स्थितिः ७० प्रतिशत नफलेको,
जातः ९०८१ स्थितिः ४० प्रतिशत नफलेको,
जातः ९००एम गोल्ड स्थितिः २५ प्रतिशत नफलेको
त्यसो भए के मोन्सान्टोले पहिल्यै अनुमति पाइसकेको हो?
हो, मोन्सान्टो कम्पनीका केही हाइब्रिड मकैका बीउलाई नेपालले पहिले नै अनुमति दिइसकेको उपलब्ध कागजातबाट प्रष्ट हुन्छ।Nov-April 2010/011 मा रामपुरको National Maize Research Program (NMRP) ले परीक्षण गरेको थियो जसमा मोन्सान्टोका तीन हाइब्रिड जात संलग्न थियो। रिपोर्ट हेर्नुस्-
रातो चिह्न लगाइएको जात मोन्सान्टोको हो।
बाली विकास कार्यक्रमको वार्षिक प्रगति पुस्तिका २०६७/६८ मा राष्ट्रिय बीउ बिजन समितिबाट पञ्जीकृत भएका मकै बालीका हाइब्रिड जातहरुमा मोन्सान्टो कम्पनीका चार जातको नाम प्रष्टै उल्लेख छ। हेर्नुस्-
कृषक बिज भण्डारको प्रस्तावमा मोन्सान्टोका यी जातलाई दर्ता गरिएको थियो।
अभियानमुखि मकै/भट्मास उत्पादन कार्यक्रम वार्षिक प्रतिवेदन, २०६९ हेर्ने हो भने पनि मोन्सान्टो लगायत हाइब्रिड मकै जातका बारेमा धेरै प्रष्ट भइन्छ।
आ.व २०६४/६५ मा ६ वटा जिल्लामा २०५० हे. क्षेत्रफलबाट शुरु गरिएको यो कार्यक्रम हाल ९ वटा जिल्लामा
८१०० हे. क्षेत्रफलमा बिस्तार भएको रहेछ। यी जिल्लामा मोन्सान्टो लगायत हाइब्रिड मकैका बीउ ३३ प्रतिशत डिस्काउन्टमा बाँडिएको थियो।
कहाँ कहाँ पुगेको थियो मोन्सान्टो ?
सोही प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा विभिन्न जिल्लामा यसरी मोन्सान्टो लगायतका हाइब्रिड बीउ बाँडिएको थियो
त्यसैगरी काभ्रेको उग्रचण्डिनाला, टुकुचानाला, काभ्रे, पात्लेखेत, फूलवारी,वालुवा, शारदावतासे, धुलीखेल न.पा., मेथीनकोट, शंखु, पाँचखाल, दोलालघाट, होक्से, भुम्लुटार, पोखरीचौरी, कात्तिकेदेउराली, पनौती न.पा. मा डिकेसी ७०७४ जातको बीउ ४७२ केजी बाँडिएको थियो।
रुपन्देहीमा डिकेसी ९०८१, सुपर ९०० एम गोल्ड, पिनाकल र अलराउन्डर जातका मोन्सान्टो बीउ बाँडिएको थियो। प्रतिवेदनमा यो जिल्लामा समस्या यस्तो देखाइएको थियो-
त्यसैगरी दाङको ईश्वरपुर, हरिपुर, बरहथवा, कौरेना, पत्थरकोट, अत्रौली, लालबन्दि गरी जम्मा ७ गा.बि.स.मा DKC-9081,All Rounder मोन्सान्टोका बीउ वितरण भएको थियो। यहाँ पनि समस्या यस्तो भएको प्रतिवेदनमा उल्लेख छ-
प्रतिवेदनमा समस्याका रुपमा यी विषय उल्लेख छन्-
१. हाइब्रिडमाथिको बढदो निर्भरता : अभियानमुखि मकै, भटमास उत्पादन कार्यक्रमको नर्मस तथा
निर्देशिकाले हाईब्रिड तथा उन्नत दुबै प्रकारका बीउमा अनुदान दिने कुरा स्पष्ट गरिदिए पनि कार्यक्रममा
अत्यन्तै न्यून वा नगण्य मात्रामा मात्र उन्नत बीउ प्रयोग गरिएको छ। Seed Association Nepalको तथ्याँक अनुसार नेपालमा औपचारिक बाटोबाट बार्षिक १ हजार मे.टन मकैको बीउ आयात तथा बिक्रि
हुने गर्दछ। यो तथ्याँक अनुसार करिब ५० हजार हे क्षेत्रफलमा हाईब्रिड मकै खेती गरिन्छ। अर्का तर्फ
हाईब्रिड मकै खेती गर्ने प्रचलन तराईका जिल्लाहरुमा अधिक रहेको तथा खुल्ला सिमानाका कारण करिब
थप १ हजार मे.टन मकै अनौपचारिक तवरले नेपाल भित्रिने अनुमान गरिन्छ। यी दुबै तथ्याँकलाई मिलाउँदा
नेपालमा बार्षिक १ लाख हेक्टर क्षेत्रफलमा हाईब्रिड मकै खेती गरिन्छ जुन कूल मकै क्षेत्रफलको करिब ११
प्रतिशत हुन आँउदछ।
यसले एकातिर रामपुर कम्पोजिट जस्ता राम्रो उत्पादन दिने क्षमता भएका जातहरुको नजरअन्दाज भएको छ
भने अर्कातर्फ देशमा आफ्नो हाईब्रिड बीउ उत्पादन नभएको हुँदा,हाईब्रिड बीउबिजनको प्रयोग गर्ने
प्रचलनलाई थप प्रोत्साहन प्रदान गरेको छ।
२. हाइब्रिड हँगामा :
बिगत केही बर्ष देखि नेपालको तराई क्षेत्रका मकै खेती हुने जिल्लाहरुमा हाईब्रिड मकैमादाना नलागेको समस्याका नाममा हाईब्रिड हँगामा हुने गरेको छ। यस बर्ष पनि बारा,सर्लाही,म्कापा,रुपन्देहि
जस्ता जिल्लाहरुमा यो समस्या देखा परेको छ। बिगत बर्षहरुमा यसै समस्याले गर्दा सरकारले ठुलो रकम
क्षतिपुर्ति दिनु पर्ने अवस्था श्रृजना भएको तथा कृषक हकहित सँघर्ष समिती जस्ता सँस्थाहरु समेत गठन भै
सकेको प्रशँगहरु पनि जोडिएर आएका छन। हालका बर्षहरुमा हाईब्रिड मकैमा जे समस्या आए पनि दाना
नलाग्ने समस्या कै रुपमा चित्रण हुने परिपाटि विकास भै हाईब्रिड हँगामाको स्वरुप फेरिएको देखिन्छ।
उदाहरणको लागि यस आ.व को हिउँदे सिजनमा बारा जिल्लाको केही स्थानहरुमा खेती गरिएको मकै
बालीमा Turcicum Leaf Blight -TLB रोग देखा परयो। बिगतमा देखिएको Pollination को समस्या
भन्दा बिल्कुलै पृथक प्रकृति भएता पनि यसले समेत मकैमा दाना नलाग्ने समस्या कै रुपमा चर्चा पायो।
३. दाना नलाग्ने समस्या
अहिले के हुँदैछ?
माथि प्रतिवेदनमा नै स्पष्ट भनिएको छ रामपुर कम्पोजिट जस्ता राम्रो उत्पादन दिने क्षमता भएका जातहरुको नजरअन्दाज गरिएको छ र मोन्सान्टो जस्ता विश्वमै बदनाम कम्पनीका बीउहरु प्राथमिकतामा परेका छन्। आक्रामक प्रचार रणनीति अपनाउने अनि केही तलमाथि भएमा विज्ञापनको डरले मूलधारे मिडिया चुँक्कसम्म बोल्न नसक्ने हुनाले चौधरी ग्रुपको सिजी सिड्सको सहयोगमा मोन्सान्टोले अहिले करिब ५० हजार हे क्षेत्रफलमा भइरहेको हाइब्रिड मकैको खेतीमा एकाधिकार जमाउने खतरा बढ्छ। त्यसपछि बीउका लागि पूरै मोन्सान्टोमा भर पर्नुपर्ने स्थिति आउँछ। त्यतिमात्र नभई रासायनिक मलका लागि पनि मोन्सान्टोमै भर पर्नु पर्ने स्थिति आउँछ। बीउ जोगाउन नपाइने हुनाले हरेक वर्ष मोन्सान्टोले जतिसुकै चर्को भाउमा बीउ बेचे पनि किन्नुको विकल्प हुनेछैन।माधवकुमार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा मकैको घोगामा दाना नलागेपछि पीडित किसानलाई राहतस्वरुप २० करोड रुपियाँ दिने निर्णय गरेको थियो। अब मोन्सान्टोको बीउ चौधरी ग्रुपबाट किनेर रोप्दा त्यस्तै भयो भने सरकारले राहत पक्कै दिँदैन। चौधरी ग्रुप वा मोन्सान्टोले देला ? नदिए धेरै उत्पादन हुने लोभमा बीउ किनेर रोप्ने हीरा कोइराला जस्ता गरीब किसानको हालत के होला ? तपाईँ आफै सोच्नुस् !
साभार : माई संसार
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !