सन् २०१३ अब केही दिन बाँकी छ । यो वर्ष गुगलमा छाएको ट्रेन्ड्सको बारेमा चर्चा हुन सुरु भएको छ । २०१३ मा सबैभन्दा बढी प्रचलित सर्च रिजल्ट्सलाई समेटेर गुगुलले हालै एक रिपोर्ट जारी गरेको छ । यो वर्ष नेल्सन मन्डेला, रोयल बेबी र टेक्नोलोजी प्रोडक्ट विश्वमा
सबैभन्दा बढी खोजी भएको छ ।
google logoगुगुलमा दक्षिण अफ्रिकाका दिवंगत राष्ट्रपति एवं रंगभेदविरुद्धको आन्दोलनका नायक मन्डेला सबैभन्दा बढी खोजी भएको छ । उहाँको डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा निधन भएको थियो ।
अमेरिकाको गोप्य सूचनाहरु सार्वजनिक गर्ने एडवर्ड स्नोडेन समाचारहरुमा निकै छाए । अमेरिकाले आफ्ना मित्र देशका शीर्ष नेताहरुको टेलिफोन जासूसी गरेको खुलासापछि विश्वको सबैभन्दा शक्तिशाली देशका लागि स्नोडेन ठूलो टाउको दुखाइको विषय बने । तर, उनको बारेमा जान्न मानिसहरुले निकै कम चाहेको देखिएको छ । स्नोडेन गुगुलको टप टेन शर्चमा छैनन् ।
गुगुलको सर्चमा बेलायतको रोयल बेबी सातौं नम्बरमा छन् । शाही परिवारको जन्ममा बेलायतमा उत्सवैजस्तो देखिने गरी खुसी मनाइएको थियो । इन्टरनेट र सोसल मिडियामा मानिसहरुले रोयल बेबीको तस्वीर निकै शेयर गरेका थिए ।
गुगलको सर्वाधिक सर्च सूचीमा थुप्रै चर्चित घटनाहरु पनि गायब छन् । सडक दुर्घटनामा ज्यान गुमाएका हलिउड हभिनेता पह वाकर गुगुल सर्चको दोस्रो स्थानमा छ । उत्तर कोरिया दशौं स्थानमा छ । आफ्नो विवादास्पद कार्यक्रम र देशको दोस्रो शक्तिशाली नेतालाई फाँसी दिइएका कारण कोरियाबारे जान्न धेरै उत्सुक भएको हुनसक्छ ।
गुगुलको टप टेन शर्चमा प्रविधिको राम्रो उपस्थिति छ । एप्पलको आइफोन फाइभ एसबारे मानिसहरु निकै खोजेका छन् । टप टेन सर्चको सूचीमा यो तेस्रो स्थानमा छ । सामसुङको ग्यालेक्सी एस ४ आठौं र सोनीको प्ले स्टेशन नबौं स्थानमा छ ।
साभार : अन्लेईन् खबर
सन्
२०१३ अब केही दिन बाँकी छ । यो वर्ष गुगलमा छाएको ट्रेन्ड्सको बारेमा
चर्चा हुन सुरु भएको छ । २०१३ मा सबैभन्दा बढी प्रचलित सर्च रिजल्ट्सलाई
समेटेर गुगुलले हालै एक रिपोर्ट जारी गरेको छ । यो वर्ष नेल्सन मन्डेला,
रोयल बेबी र टेक्नोलोजी प्रोडक्ट विश्वमा सबैभन्दा बढी खोजी भएको छ ।
गुगुलमा
दक्षिण अफ्रिकाका दिवंगत राष्ट्रपति एवं रंगभेदविरुद्धको आन्दोलनका नायक
मन्डेला सबैभन्दा बढी खोजी भएको छ । उहाँको डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा
निधन भएको थियो ।
अमेरिकाको गोप्य सूचनाहरु सार्वजनिक गर्ने
एडवर्ड स्नोडेन समाचारहरुमा निकै छाए । अमेरिकाले आफ्ना मित्र देशका शीर्ष
नेताहरुको टेलिफोन जासूसी गरेको खुलासापछि विश्वको सबैभन्दा शक्तिशाली
देशका लागि स्नोडेन ठूलो टाउको दुखाइको विषय बने । तर, उनको बारेमा जान्न
मानिसहरुले निकै कम चाहेको देखिएको छ । स्नोडेन गुगुलको टप टेन शर्चमा
छैनन् ।
गुगुलको सर्चमा बेलायतको रोयल बेबी सातौं
नम्बरमा छन् । शाही परिवारको जन्ममा बेलायतमा उत्सवैजस्तो देखिने गरी खुसी
मनाइएको थियो । इन्टरनेट र सोसल मिडियामा मानिसहरुले रोयल बेबीको तस्वीर
निकै शेयर गरेका थिए ।
गुगलको सर्वाधिक सर्च सूचीमा थुप्रै
चर्चित घटनाहरु पनि गायब छन् । सडक दुर्घटनामा ज्यान गुमाएका हलिउड हभिनेता
पह वाकर गुगुल सर्चको दोस्रो स्थानमा छ । उत्तर कोरिया दशौं स्थानमा छ ।
आफ्नो विवादास्पद कार्यक्रम र देशको दोस्रो शक्तिशाली नेतालाई फाँसी दिइएका
कारण कोरियाबारे जान्न धेरै उत्सुक भएको हुनसक्छ ।
गुगुलको टप टेन शर्चमा प्रविधिको राम्रो
उपस्थिति छ । एप्पलको आइफोन फाइभ एसबारे मानिसहरु निकै खोजेका छन् । टप टेन
सर्चको सूचीमा यो तेस्रो स्थानमा छ । सामसुङको ग्यालेक्सी एस ४ आठौं र
सोनीको प्ले स्टेशन नबौं स्थानमा छ ।
- See more at: http://www.onlinekhabar.com/2013/12/146669/#sthash.DzsArK8E.dpuf
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !