भारती गौतम
क्रिसमसको उज्यालो पृथ्वीमा झर्नुअघि, अनि अघिल्लो दिनले पूर्णरुपले विदा लिनुअघि क्रिस्मसलाई चाडको रुपमा स्वीकार्ने सबैको घरमा सान्ताक्लज आउने गर्छ।
कठालामा र हातका बाउलामा सेतो रंग भएको रातो कोट र रातै सुरुवाल
अनि सेतो हिमालको टुक्रोजस्तो कपाललाई त्यस्तै रातोमा सेतो टुप्पी निस्किएको टोपी लगाउने सान्ता क्लजले गणेशको जस्तो पेटलाई कालो पेटीले कसेको हुन्छ । हाम्रा प्राचीन विश्वामित्र र वाल्मिकीका जस्ता लामा दाह्रि जुंगाले अनुहारमा कपास फक्रिएको जस्तो देखिन्छ भने गालामा स्याउ रातिएको हुन्छ।
सान्ता क्लजको घर उत्तरी ध्रुवमा पर्छ । अनि सान्ताक्लज आफ्नी पत्नीसंग एउटा ठूलो खेलाउना उद्योग चलाएर वर्षभरि व्यस्त रहन्छन्। खेलाउना उद्योगमा “आल्फ” भनिने हरियो लुगा लगाएका बाउन्ने जस्ता अनि विचित्रको कान भएका थुप्रै कामदारहरुले समयको परिवर्तन र त्यसैअनुसारको मागअनुरुपका खेलाउना तयार गर्छन् ।
क्रिसमस आएपछि सान्ता क्लजले संसारभरिका केटाकेटीको वर्षभरिको व्यवहारअनुसार खेलाउना उपहार छुट्ट्याएर आठ वटा अनौठा “रेन डियर”ले तानेको रथमा चढेर क्रिसमसको अघिल्लो रात सबै सुतेका बेला आगो ताप्ने “फायर प्लेस” को बाटो गरेर आफ्नो रातो कुम्लामा रहेका खेलाउना घरैपिच्छेका रुखमुनि राख्दै जान्छन्।
आकाश मार्ग गरी आएको सान्ता क्लजको रथबाट आउने घन्टीको आवाजले पनि घरका कसैको निद्रा बिग्रिँदैन। सान्ता क्लज चोरजस्तै सरक्क आएर रुखको छेउको टेवुलमा राखेको गिलासको दुध र प्लेटको कुकी टोकेर अर्को घरको बाटो लाग्छन्। चिमनी नभएको ठाउँमा त झ्याल र ढोकाको सानो प्वालबाट समेत गणेशको जस्तो आफ्नो गजधम्मे शरीर घरभित्र पसाउन सफल हुन्छन्।
संसारको कुनाकुनामा रहेका केटाकेटीको वर्षभरिको व्यवहारको मात्र सान्ता क्लजले हिसाब राख्ने हैन, त्यसका साथै ती सबै केटाकेटीको व्यक्तिगत माग र रहरसमेत सान्ता क्लजलाई थाहा हुन्छ। त्यसो त वर्षैपिच्छे सान्ताक्लजलाई फोन गर्ने अनि चिठी पठाउने समेत व्यवस्था गरिएको हुन्छ। सबैजसो चिठी पढिन्छन् पनि। आफूलाई चाहिएको र मन परेको खेलाउना माग्ने यो भन्दा सजिलो माध्यम के हुन सक्छ र ?
Santa-Cluse
क्रिसमसको राति र कसैले नदेख्ने गरी मात्र हो र सान्ता क्लज त क्रिसमस आउने केही दिन अगाडि देखि नै चर्चहरुको ढोका बाहिर, मलहरुको झिलिमिली सजाईएको सिंहासनमा, दोकानहरुको ढोकामा जताततै नदेखिने त कहाँ हुन् र ? कपासै कपासले निर्मित कृत्रिम हिउँको पार गरेर लामो लामा तीनघन्टा कुरेपछि भोक र थकाईले लखतरान भएका केटाकेटीहरु सान्ताको काखमा वसेर सान्ताको कानमा मनपरेका खेलाउनाका नाम साउती गर्दै फोटो खिच्ने क्रम हप्तौंदेखि आंखा चिम्लिए पनि देखिने गरी जताततै हुन्छ । अढाई वर्षदेखि करीव सात वर्षसम्मका केटाकेटी मध्येमा प्राय जसोले सान्तासंग कुनै न कुनै समयमा फोटो खिचेको हुन्छ। साना साना केटाकेटीहरुमा ज्ञानी हुन होड शुरु हुन्छ।
“यसपालि मेरी छोरी रेचलले सान्तासंग वार्वी (पुतली) को घर मागेकी छ, किन्ने पैसा छैन, के गर्ने, मलाई सारै चिन्ता लागेको छ”। अर्की छोरी सेराले त सान्तासंग झन् रोलर व्लेड मागेकी छ, सारै महंगो पर्छ’।
दुईदशक भन्दा पनि अगाडि टेक्ससको ड्यालसमा टेकेको लगत्तै आफू बसेको एपार्टमेन्टको छेउको एपार्टमेन्टमा बस्ने डार्लिङबाट सुनेको उपरोक्त वाक्यांश दिनभरि गर्दा पनि नमिलेको अलजेव्राको हिसाबजस्तो लागेको थियो। फेरि यो कुरो क्रेडिटकार्ड रुपी प्लास्टिकका साहुहरुको आविष्कार हुनुअघिको कुरो पनि हो। पैसा हातमा भएमात्र सामान किन्न सकिने, कति सत्य र व्यवहारिक लाग्ने यो वाक्य हास्यास्पद र असंभव लाग्नु अगाडिको कुरो हो।
पहिलो त आफूले सान्ताक्लजको नाम सुनेको नै झन्डै झन्डै पहिलोपटक ( कुनैकुनै पुराना हिन्दी गीतमा बाहेक) थियो, त्यसपछि सान्तासंग मागेको खेलाउनालाई किन डारलिनले टाउको दुखाउनु पर्यो होला, भन्ने अलमल शायद उसले मेरो अनुहारमा प्रष्टै देखी होला। मेरो अनभिज्ञतालाई हांसोमा नउडाई उसले मलाई “सान्ताक्लज” को मीठो दन्त्यकथा र यसको पत्यारिलो असत्य वारे थाहा दिई।
त्यसवेला मेरा छोराछोरी निकै साना थिए, मैले त्यो सम्बन्धी केही पनि सोच्नुपर्ने बेला भैसकेको थिएन। आमाबबले छोराछोरीलाई मनपर्ने खेलाउनाको सूची बनाउन लगाएर त्यसमध्येका मुख्य मुख्य खेलाउना किन्न महिनौदेखि पैसा साँचेर, सकेसम्म उनीहरुको सूचीमा भएका खेलाउनाहरु किन्ने गर्दा रहेछन् । अनि केटाकेटीले थाहा नपाउने गरी कतै लुकाएर क्रिसमसको राति केटाकेटी सुत्न गइसकेपछि कागजले बेरेर चोरलेजस्तै सरक्क गएर झपक्क सजाएको रुखमुनि राखिदिँदा रहेछन्। झिसमिसेमा केटाकेटी उठ्ता राति सान्ताक्लजले खेलाउना राखेछ भन्दै खुशीले हतार हतार खेलाउना खोल्दा रहेछन्। कागजमा बेह्रिएका खेलाउनाको कुनामा सान्ता क्लजबाट रेचललाई, या अस्टिनलाई आदि लेखिने हुँदा यसभित्रको बाबुआमाको रहस्यमय भूमिका थाहा पाउन केटाकेटी झन्डै सात या आठ वर्ष लाग्दो रहेछ। आफूले भनेजति खेलाउना पाईयो भने वर्षभरि आफू ज्ञानी भएँछु । कम उपहार पाईयो भने आफू हुनुपर्ने जति ज्ञानी हुन नसकेको विश्वासमा केटाकेटीहरु संतुष्ट हुने गर्दा रहेछन्।
“झगडा गर्यो भने झाक्रीले लान्छ” “भनेको मानेन भने बनमान्छे आउँछ, अनि आफूसंग राखेर तंलाई पनि बनमान्छे नै बनाउँछ” “त्यो सानो भाईलाई दुख दियो भने पराई आएर भाई चोर्छ” यस्ता यस्ता त्रासको भरमा ज्ञानी हुन बाध्य बनाइएको समाजमा हुर्किएर आएको भएर हो या किन हो, ज्ञानी भएन भने—– का त्रासका अनेका कथाहरु जति स्वाभाविक र सुनेका लाग्थे, ज्ञानी भयो भने —- का सकारात्मक कथाहरु त्यतिनै पराई र नौला लाग्थे। ज्ञानी भएन भनेका सजाय सबै केटाकेटीलाई कण्ठ हुने गर्थ्यो । तर, ज्ञानी भयो भनेका स्यावासीहरु या पुरस्कारहरुको चर्चा नेपालमा शायदै हुने भएर होला कसैलाई थाहासमेत नभएको।
अलिक ठूली हुँदासम्म पनि औंला चुस्ने बानी हटेन भनेर मलाई आमाले तल्लो गाउंका सन्तमान नाम गरेका विश्वकर्मा जातिका एकजना मोटा हट्टाकट्टा काला रंग भएका महानुभावको नाम लिने गरेर “फेरि पनि औंला चुसेको थाहा पाए भने तलका सन्तमानले ती औंला कर्दले काटिदिन्छन्” भन्ने गर्नुहुन्थ्यो। म त्यो तल्लो गांउको नामसंग समेत डराउथें। पछिसम्म साँच्चै भनौ भने त अहिलेसम्म पनि ती सन्तमानको नाम सुन्दा मेरो जीउका रौं भयले ठाडिन्छन्।
त्यस्तै भोजपुरका एकजना कुम्हाले थरका मान्छे मेरी हजुरआमाको घरमा खै के कामले हो, आउने गर्थे, उनले ठूलो झोला कुम्लो पारेर बोक्ने गरेको हुन्थ्यो। मैले रोएर झगडा गरेका बेला हजुर आमाले “ धेरै झगडा गर्यो भने ती कुम्हालेले सानो भाइ त्यही कुम्लोमा हालेर लान्छ’ भन्ने गर्नुहुन्थ्यो। ती कुम्हालेदाई त हैन, पछिसम्म पनि जस्को त्यस्तो ठूलो कुम्लो देख्यो कि कसको सानो भाइ त्यसमा होलाजस्तो लाग्थ्यो।
अज्ञानी हुँदा आउन सक्ने यस्ता त्रासका संस्मरणहरु पक्कै पनि मेरा मात्र नहोलान्,त्यस्तै ज्ञानी भयो भने के पाईन्छका संस्मरणको अभाव पनि शायद मेरो मात्र नहोला। राम्रोको कदर र नराम्रो को सजायमा राम्रोलाई स्वाभाविकरुपमा स्वीकारगरेर नराम्रोको मात्र पछि लाग्ने संस्कारमा हुर्किएका धेरैजसो हामीलाई कहिले काहि त आफ्नो वालकपन प्रति सारै दया लागेर आउछ, माया लागेर आउँछ ।
असत्य झांक्रिको कुरो भन्दा असत्य सान्ताक्लज को कुरोबाट उपहारको लोभले सही, ज्ञानी बन्ने हौसला अरु बढ्ने थियो कि, अहिले आएर असल मान्छे बन्नमा सहयोग पुग्थ्यो कि जस्तो पनि बेला बेला नलाग्ने हैन। असत्य त्रासका परिक्षेद भयले स्विकारेजस्तै, बुझ पचाएर सान्ताक्लजको कथालाई खुशीले स्वीकारी दिन्थें।
जेसुकै नाम दिए पनि सान्ताक्लजलाई कतै सेन्ट निकोलोस, कतै फादर अफ क्रिसमस, कतै क्रिसमस स्पिरिट जे भने पनि, अनि सान्ताक्लजको थालनी जसरी भए पनि, सान्ताक्लज बारे सारा विश्वासहरु, अविश्वास या अन्ध विश्वास जे भने पनि हरेक क्रिसमसको रात घरघरमा सजाएर उज्यालिएका रुखमुनि कागजले बेरेर राखिएका खातका खात खेलाउना र अन्य उपहार खोलेर आफूले चिताएको र चाहेको खेलाउना पाउँदा उज्यालिएको केटाकेटीको अनुहारमा चम्किएको संतुष्टीको मूल्य सान्ताक्लजको रमाईलो असत्य नै हो भने यस्तो अमूल्य असत्य सधैं रहिरहोस् । क्रिसमस र नयाँ वर्षको सबैमा हार्दिक शुभकामना।
भारती गौतम
क्रिसमसको उज्यालो पृथ्वीमा झर्नुअघि, अनि
अघिल्लो दिनले पूर्णरुपले विदा लिनुअघि क्रिस्मसलाई चाडको रुपमा
स्वीकार्ने सबैको घरमा सान्ताक्लज आउने गर्छ।
कठालामा र हातका बाउलामा सेतो रंग भएको
रातो कोट र रातै सुरुवाल अनि सेतो हिमालको टुक्रोजस्तो कपाललाई त्यस्तै
रातोमा सेतो टुप्पी निस्किएको टोपी लगाउने सान्ता क्लजले गणेशको जस्तो
पेटलाई कालो पेटीले कसेको हुन्छ । हाम्रा प्राचीन विश्वामित्र र वाल्मिकीका
जस्ता लामा दाह्रि जुंगाले अनुहारमा कपास फक्रिएको जस्तो देखिन्छ भने
गालामा स्याउ रातिएको हुन्छ।
सान्ता क्लजको घर उत्तरी ध्रुवमा पर्छ ।
अनि सान्ताक्लज आफ्नी पत्नीसंग एउटा ठूलो खेलाउना उद्योग चलाएर वर्षभरि
व्यस्त रहन्छन्। खेलाउना उद्योगमा “आल्फ” भनिने हरियो लुगा लगाएका बाउन्ने
जस्ता अनि विचित्रको कान भएका थुप्रै कामदारहरुले समयको परिवर्तन र
त्यसैअनुसारको मागअनुरुपका खेलाउना तयार गर्छन् ।
क्रिसमस आएपछि सान्ता क्लजले संसारभरिका
केटाकेटीको वर्षभरिको व्यवहारअनुसार खेलाउना उपहार छुट्ट्याएर आठ वटा अनौठा
“रेन डियर”ले तानेको रथमा चढेर क्रिसमसको अघिल्लो रात सबै सुतेका बेला आगो
ताप्ने “फायर प्लेस” को बाटो गरेर आफ्नो रातो कुम्लामा रहेका खेलाउना
घरैपिच्छेका रुखमुनि राख्दै जान्छन्।
आकाश मार्ग गरी आएको सान्ता क्लजको रथबाट
आउने घन्टीको आवाजले पनि घरका कसैको निद्रा बिग्रिँदैन। सान्ता क्लज
चोरजस्तै सरक्क आएर रुखको छेउको टेवुलमा राखेको गिलासको दुध र प्लेटको कुकी
टोकेर अर्को घरको बाटो लाग्छन्। चिमनी नभएको ठाउँमा त झ्याल र ढोकाको सानो
प्वालबाट समेत गणेशको जस्तो आफ्नो गजधम्मे शरीर घरभित्र पसाउन सफल
हुन्छन्।
संसारको कुनाकुनामा रहेका केटाकेटीको
वर्षभरिको व्यवहारको मात्र सान्ता क्लजले हिसाब राख्ने हैन, त्यसका साथै
ती सबै केटाकेटीको व्यक्तिगत माग र रहरसमेत सान्ता क्लजलाई थाहा हुन्छ।
त्यसो त वर्षैपिच्छे सान्ताक्लजलाई फोन गर्ने अनि चिठी पठाउने समेत
व्यवस्था गरिएको हुन्छ। सबैजसो चिठी पढिन्छन् पनि। आफूलाई चाहिएको र मन
परेको खेलाउना माग्ने यो भन्दा सजिलो माध्यम के हुन सक्छ र ?
क्रिसमसको राति र कसैले नदेख्ने गरी
मात्र हो र सान्ता क्लज त क्रिसमस आउने केही दिन अगाडि देखि नै चर्चहरुको
ढोका बाहिर, मलहरुको झिलिमिली सजाईएको सिंहासनमा, दोकानहरुको ढोकामा जताततै
नदेखिने त कहाँ हुन् र ? कपासै कपासले निर्मित कृत्रिम हिउँको पार गरेर
लामो लामा तीनघन्टा कुरेपछि भोक र थकाईले लखतरान भएका केटाकेटीहरु सान्ताको
काखमा वसेर सान्ताको कानमा मनपरेका खेलाउनाका नाम साउती गर्दै फोटो खिच्ने
क्रम हप्तौंदेखि आंखा चिम्लिए पनि देखिने गरी जताततै हुन्छ । अढाई
वर्षदेखि करीव सात वर्षसम्मका केटाकेटी मध्येमा प्राय जसोले सान्तासंग कुनै
न कुनै समयमा फोटो खिचेको हुन्छ। साना साना केटाकेटीहरुमा ज्ञानी हुन होड
शुरु हुन्छ।
“यसपालि मेरी छोरी रेचलले सान्तासंग
वार्वी (पुतली) को घर मागेकी छ, किन्ने पैसा छैन, के गर्ने, मलाई सारै
चिन्ता लागेको छ”। अर्की छोरी सेराले त सान्तासंग झन् रोलर व्लेड मागेकी छ,
सारै महंगो पर्छ’।
दुईदशक भन्दा पनि अगाडि टेक्ससको ड्यालसमा
टेकेको लगत्तै आफू बसेको एपार्टमेन्टको छेउको एपार्टमेन्टमा बस्ने
डार्लिङबाट सुनेको उपरोक्त वाक्यांश दिनभरि गर्दा पनि नमिलेको अलजेव्राको
हिसाबजस्तो लागेको थियो। फेरि यो कुरो क्रेडिटकार्ड रुपी प्लास्टिकका
साहुहरुको आविष्कार हुनुअघिको कुरो पनि हो। पैसा हातमा भएमात्र सामान किन्न
सकिने, कति सत्य र व्यवहारिक लाग्ने यो वाक्य हास्यास्पद र असंभव लाग्नु
अगाडिको कुरो हो।
पहिलो त आफूले सान्ताक्लजको नाम सुनेको नै
झन्डै झन्डै पहिलोपटक ( कुनैकुनै पुराना हिन्दी गीतमा बाहेक) थियो,
त्यसपछि सान्तासंग मागेको खेलाउनालाई किन डारलिनले टाउको दुखाउनु पर्यो
होला, भन्ने अलमल शायद उसले मेरो अनुहारमा प्रष्टै देखी होला। मेरो
अनभिज्ञतालाई हांसोमा नउडाई उसले मलाई “सान्ताक्लज” को मीठो दन्त्यकथा र
यसको पत्यारिलो असत्य वारे थाहा दिई।
त्यसवेला मेरा छोराछोरी निकै साना थिए,
मैले त्यो सम्बन्धी केही पनि सोच्नुपर्ने बेला भैसकेको थिएन। आमाबबले
छोराछोरीलाई मनपर्ने खेलाउनाको सूची बनाउन लगाएर त्यसमध्येका मुख्य मुख्य
खेलाउना किन्न महिनौदेखि पैसा साँचेर, सकेसम्म उनीहरुको सूचीमा भएका
खेलाउनाहरु किन्ने गर्दा रहेछन् । अनि केटाकेटीले थाहा नपाउने गरी कतै
लुकाएर क्रिसमसको राति केटाकेटी सुत्न गइसकेपछि कागजले बेरेर चोरलेजस्तै
सरक्क गएर झपक्क सजाएको रुखमुनि राखिदिँदा रहेछन्। झिसमिसेमा केटाकेटी
उठ्ता राति सान्ताक्लजले खेलाउना राखेछ भन्दै खुशीले हतार हतार खेलाउना
खोल्दा रहेछन्। कागजमा बेह्रिएका खेलाउनाको कुनामा सान्ता क्लजबाट रेचललाई,
या अस्टिनलाई आदि लेखिने हुँदा यसभित्रको बाबुआमाको रहस्यमय भूमिका थाहा
पाउन केटाकेटी झन्डै सात या आठ वर्ष लाग्दो रहेछ। आफूले भनेजति खेलाउना
पाईयो भने वर्षभरि आफू ज्ञानी भएँछु । कम उपहार पाईयो भने आफू हुनुपर्ने
जति ज्ञानी हुन नसकेको विश्वासमा केटाकेटीहरु संतुष्ट हुने गर्दा रहेछन्।
“झगडा गर्यो भने झाक्रीले लान्छ” “भनेको
मानेन भने बनमान्छे आउँछ, अनि आफूसंग राखेर तंलाई पनि बनमान्छे नै बनाउँछ”
“त्यो सानो भाईलाई दुख दियो भने पराई आएर भाई चोर्छ” यस्ता यस्ता त्रासको
भरमा ज्ञानी हुन बाध्य बनाइएको समाजमा हुर्किएर आएको भएर हो या किन हो,
ज्ञानी भएन भने—– का त्रासका अनेका कथाहरु जति स्वाभाविक र सुनेका लाग्थे,
ज्ञानी भयो भने —- का सकारात्मक कथाहरु त्यतिनै पराई र नौला लाग्थे। ज्ञानी
भएन भनेका सजाय सबै केटाकेटीलाई कण्ठ हुने गर्थ्यो । तर, ज्ञानी भयो भनेका
स्यावासीहरु या पुरस्कारहरुको चर्चा नेपालमा शायदै हुने भएर होला कसैलाई
थाहासमेत नभएको।
अलिक ठूली हुँदासम्म पनि औंला चुस्ने बानी
हटेन भनेर मलाई आमाले तल्लो गाउंका सन्तमान नाम गरेका विश्वकर्मा जातिका
एकजना मोटा हट्टाकट्टा काला रंग भएका महानुभावको नाम लिने गरेर “फेरि पनि
औंला चुसेको थाहा पाए भने तलका सन्तमानले ती औंला कर्दले काटिदिन्छन्”
भन्ने गर्नुहुन्थ्यो। म त्यो तल्लो गांउको नामसंग समेत डराउथें। पछिसम्म
साँच्चै भनौ भने त अहिलेसम्म पनि ती सन्तमानको नाम सुन्दा मेरो जीउका रौं
भयले ठाडिन्छन्।
त्यस्तै भोजपुरका एकजना कुम्हाले थरका
मान्छे मेरी हजुरआमाको घरमा खै के कामले हो, आउने गर्थे, उनले ठूलो झोला
कुम्लो पारेर बोक्ने गरेको हुन्थ्यो। मैले रोएर झगडा गरेका बेला हजुर आमाले
“ धेरै झगडा गर्यो भने ती कुम्हालेले सानो भाइ त्यही कुम्लोमा हालेर
लान्छ’ भन्ने गर्नुहुन्थ्यो। ती कुम्हालेदाई त हैन, पछिसम्म पनि जस्को
त्यस्तो ठूलो कुम्लो देख्यो कि कसको सानो भाइ त्यसमा होलाजस्तो लाग्थ्यो।
अज्ञानी हुँदा आउन सक्ने यस्ता त्रासका
संस्मरणहरु पक्कै पनि मेरा मात्र नहोलान्,त्यस्तै ज्ञानी भयो भने के
पाईन्छका संस्मरणको अभाव पनि शायद मेरो मात्र नहोला। राम्रोको कदर र
नराम्रो को सजायमा राम्रोलाई स्वाभाविकरुपमा स्वीकारगरेर नराम्रोको मात्र
पछि लाग्ने संस्कारमा हुर्किएका धेरैजसो हामीलाई कहिले काहि त आफ्नो वालकपन
प्रति सारै दया लागेर आउछ, माया लागेर आउँछ ।
असत्य झांक्रिको कुरो भन्दा असत्य
सान्ताक्लज को कुरोबाट उपहारको लोभले सही, ज्ञानी बन्ने हौसला अरु बढ्ने
थियो कि, अहिले आएर असल मान्छे बन्नमा सहयोग पुग्थ्यो कि जस्तो पनि बेला
बेला नलाग्ने हैन। असत्य त्रासका परिक्षेद भयले स्विकारेजस्तै, बुझ पचाएर
सान्ताक्लजको कथालाई खुशीले स्वीकारी दिन्थें।
जेसुकै नाम दिए पनि सान्ताक्लजलाई कतै
सेन्ट निकोलोस, कतै फादर अफ क्रिसमस, कतै क्रिसमस स्पिरिट जे भने पनि, अनि
सान्ताक्लजको थालनी जसरी भए पनि, सान्ताक्लज बारे सारा विश्वासहरु,
अविश्वास या अन्ध विश्वास जे भने पनि हरेक क्रिसमसको रात घरघरमा सजाएर
उज्यालिएका रुखमुनि कागजले बेरेर राखिएका खातका खात खेलाउना र अन्य उपहार
खोलेर आफूले चिताएको र चाहेको खेलाउना पाउँदा उज्यालिएको केटाकेटीको
अनुहारमा चम्किएको संतुष्टीको मूल्य सान्ताक्लजको रमाईलो असत्य नै हो भने
यस्तो अमूल्य असत्य सधैं रहिरहोस् । क्रिसमस र नयाँ वर्षको सबैमा हार्दिक
शुभकामना।
- See more at: http://www.onlinekhabar.com/2013/12/148448/#sthash.2ZALWu57.dpuf
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !