लन्डन दूतावासको रहस्यमय सेफमा के छ?
काठमाडौं— बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावास भवनमा एउटा दराज (सेफ) छ । ताला मारिएको, ह्यान्डिल भाँचिएको अवस्थामा यो दराज ७९ वर्षदेखि दूतावासको भुइँतलामा अलपत्र छ।
दराज कसैले खोलेको छैन, दायाँबायाँ सारेको छैन । खोलेको देख्ने पनि कोही छैन । यसको साँचो कोसित छ ? त्यो पनि पत्तो छैन ।
दूतावासमा पोस्टिङ भएर जाने परराष्ट्रका कर्मचारीदेखि राजदूतसम्म त्यो दराजमा के होला भन्ने कौतुहल राख्छन्, तर खोल्ने आँट गर्दैनन् ।
'दूतावासको अन्डरग्राउन्डमा ह्यान्डिल नभएको एउटा पुरानो दराज छ । कहिलेदेखि त्यो त्यहाँ राखिएको हो, केही पत्तो छैन,' बेलायतका लागि नेपाली राजदूत सुरेशचन्द्र चालिसेले नागरिकसँग भने, 'दराजको साँचो दूतावाससँग छैन, त्यसैले दशकौंदेखि खोलिएको छैन । त्यसभित्र के छ, केही थाहा छैन ।'
सेतो रंगको फलामको ६ फिटभन्दा अग्लो दराजका विषयमा विभिन्न किंवदन्ती चलेका छन् ।
किंवदन्ती १ ः दराजमा आपत पर्दा काम लाग्छ भनेर राणाहरुले सुन तथा हीराजडित गरगहना लुकाएका थिए । साँचो उनीहरुसँगै थियो । राणाशासन अन्त्यसँगै त्यो साँचो पनि हरायो, त्यतिबेलादेखि नै दराज बन्दको बन्द छ ।
किंवदन्ती २ ः दोस्रो विश्वयुद्धमा जर्मनीले बेलायतमाथि युद्ध छेड्यो । ठूला बमबारीाबाट नेपाल र बेलायतसँग सम्बन्धित महŒवपूर्ण कागजात जलेर नष्ट होलान् भनेर दराजमा राखियो र दराज बमले कम असर गर्ने स्थल भुइँतलामा थन्क्याइयो ।
किंवदन्ती ३ ः त्यो दराज नेपाली दूतावास उक्त भवनमा नबस्दैदेखि त्यहीँ थियो । बेलायतीहरुले उक्त दराजमा भूतप्रेत थुनेर राखेका छन् । कसैले खोले भूतप्रेत बाहिर निस्कन्छन्, त्यसैले कोही दराज खोल्ने हिम्मत गर्दैनन् ।
यद्यपि, नेपाली राजदूतले एकपटक त्यो दराज खोज्ने चेष्टा नगरेका होइनन् । 'भित्र के छ भनेर दराज खोल्ने प्रयास गरेको थिएँ । सेफ कम्पनीसँग कुराकानी पनि भयो । यति पुरानो दराज कसरी त्यहाँ आइपुग्यो भनेर उनीहरु छक्क परे । तर दराज खोल्न कम्पनीले यति ठूलो रकम माग्यो कि त्यतिबेला हामीले जुटाउनै सकेनौं,' बेलायतका लागि पूर्व नेपाली राजदूत (सन् २००३–२००६) प्रबलशमशेर राणाले नागरिकसँग भने, 'त्यो प्रयास त्यत्तिकै रोकियो, दराज सेतो हात्तीजस्तो भयो ।'
परराष्ट्र मन्त्रालयको सहसचिवबाट अवकाशप्राप्त राणाका अनुसार त्यो दराज सन् १९४० को दशकयता खोलिएको छैन । त्यसअघि पनि त्यो दराज कसैले खोलेको थियो वा थिएन भन्ने यकिन छैन । उनले थपे, 'हामीले किनेको होइन, दराज पहिल्यैदेखि त्यहीँ थियो भन्ने सुनेको हुँ । सत्य के हो, थाहा भएन ।'
लन्डनस्थित ऐतिहासिक केन्सिङ्टन प्यालेस गार्डेनमा छ, नेपाली दूतावास भवन । नेपाली दूतावास भवन र राजकुमारी डायनाको दरबार एउटै कम्पाउन्डभित्र छन् । सन् १९९६ मा डायनाको मृत्यु भए पनि केही पहिले त्यस दरबारमा उनकै जेठो छोरा राजकुमार विलियम सरेका छन् ।
लन्डनको केन्सिङ्टन प्यालेस गार्डेनस्थित दूतावास भवन नेपालले सन् १९३४ देखि लिज (भाडा) मा लिँदै आएको छ । भवनको लिज अन्तिमपटक सन् १९८० अक्टुबर ९ मा द क्राउन स्टेटसँग ९९ वर्षका लागि नवीकरण गरिएको छ ।
सन् १९७९ देखि १९८३ सम्म बेलायतका लागि नेपाली राजदूत रहँदा झरेन्द्रनारायण सिंहले दराज खोले रे भन्ने एकपटक हल्ला चलेको रहेछ । तर उनले पनि त्यो दराज भने नखोलेको बताए । 'त्यो दराज पहिल्यैदेखि त्यहींँ थियो, तर मेरो पालामा पनि दराज खोलिएन,' ९३ वर्षे पूर्वराजदूत सिंहले जानकारी दिए ।
सन् १९३४ मा दूतावास भवन लिजमा लिएयता हालसम्म १८ नेपाली राजदूत फेरिइसकेका छन् । चालिसे (हालका) १९ औँ नेपाली राजदूत हुन् ।
सन् १९५७ सम्म राणाबाहेक अरुले बेलायतको राजदूत हुने अवसर पाएका थिएनन् । लन्डनमा दूतावास स्थापना भएपछि लगातार छजना राणा राजदूत नियुक्त भएका थिए । यहीबीच सन् १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध भएको थियो ।
राजदूतको जिम्मेवारी पाउनेहरु अहिले कति मरिसके भने बाँचेकासँग पनि दराजको विषयमा कुनै जानकारी छैन । देख्नलाई सबै राजदूतहरुले उक्त दराज देखे र किंवदन्ती पनि सुने ।
'यदि दराजमा केही थिएन भने साँचो किन लगाइयो, खोलेर हेर्न जरुरी थियो,' बेलायतका लागि पूर्व नेपाली राजदूत सूर्यप्रसाद श्रेष्ठले भने, 'मैले पनि दराज खोल्न खोजेको थिएँ, त्यति नै बेला बिरामी भएँ । पछि त्यसै बिर्सियो ।' श्रेष्ठ सन् १९९२ देखि १९९७ सम्म बेलायतका लागि नेपाली राजदूत रहेका थिए ।
दराजमा नेपाल–बेलायतसँग सम्बन्धित महŒवपूर्ण कागजात हुनसक्ने अनुमान पूर्वराजदूत श्रेष्ठको छ । दोस्रो विश्वयुद्धसँग सम्बन्धित कागजात त्यसमा भेटिनसक्ने उनी बताउँछन् । आफ्नो कार्यकालमा दराज वरपर दोस्रो विश्वयुद्धसँग सम्बन्धित कागजात भुइँमा छरिएको अवस्थामा भेटेको उनी सम्झन्छन् ।
दोस्रो विश्वयुद्धमा नेपालले दुई तरिकाबाट बेलायतलाई सघाएको थियो– प्रत्यक्ष सैनिक पठाएर र ब्रिटिस गोर्खामार्फत । सन् १९३९ सेप्टेम्बर ४ बाट नेपाल पनि दोस्रो विश्वयुद्धमा होमिएको थियो जतिबेला नेपालमा राणाहरुको शासन थियो । राणा सरकारको निर्देशनमा तत्कालीन शाही सेनाका १६ वटा बटालियन बर्मामा बेलायती सेनाका तर्फबाट जापानी सेनासँग भिडेका थिए । त्यतिबेला अमेरिका, बेलायत, रुसलगायत देश एकतर्फ थिए भने जर्मनी, जापान र इटाली अर्कोतर्फ । यस्तै बेलायती सेनामा भर्ना भएका नेपाली भने बिभिन्न ठाउँमा विपक्षी सेनासँग भिडिरहेका थिए । विश्वयुद्धका बेला नेपाली सैनिक कसरी खटाउने भन्ने बारेमा नेपाल र बेलायतबीच आन्तरिक सन्धि नै भएको थियो । युद्ध सकिएपछि सन् १९४५ मा नेपाली सेना स्वदेश फर्केका थिए ।
'विश्वयुद्धमा नेपालले कसरी बेलायतलाई सघायो, युद्ध चलिरहेका बेला दूतावास कसरी सञ्चालन भयो । कर्मचारीहरु कसरी बसे । युद्धका सम्बन्धमा नेपालले कस्तो सोच बनाएको थियो । नेपाल पठाउन कस्तो रिपोर्ट बनाएको थियो । सैनिक सहयोग गर्नुपछाडि कस्ता सर्त राखिएको थियोजस्ता ऐतिहासिक दस्तावेज दराजमा भेटिन सक्छ,' श्रेष्ठले आँकलन गरे ।
दोस्रो विश्वयुद्धको समाप्तिसँगै नेपालमा प्रजातान्त्रिक आन्दोलनले गति लिएको थियो । बेलायतबाट भारत स्वतन्त्र भएपछि त झन् नेपालमा राणाविरोधी आन्दोलन चर्किएको थियो । आन्दोलनका कारण देशै छाड्नुपर्ने स्थिति आउने हो कि भनी बेलायतस्थित दूतावास भवनको दराजमा राणाहरुले गरगहना लुकाएर राखेको कथा धेरैले बनाएको पूर्वराजदूतहरुको अनुमान छ ।
सन् १९५१ मा पहिलोपटक नेपालमा प्रजातन्त्र आएपछि मात्र राणाबाहेकका व्यक्ति बेलायतका लागि राजदूत नियुक्त हुने क्रम सुरु भएको थियो ।
'दूतावासमा उक्त दराज राणाशासन हुँदा नै राखिएको हो भन्ने मैले सुनेको हुँ । दूतावास स्थापना भएपछि बेलायतका लागि पहिलो नेपाली राजदूत बहादुरशमशेर जबराले दराज राख्नुभएको रे,' सन् १९८८ देखि १९९२ सम्म बेलायतका लागि नेपाली राजदूत रहेका भरतकेशरी सिंहले भने, 'राणाशासकहरुले केही परिहाले काम लाग्छ भनी धनसन राखेका छन् भन्ने हल्ला पनि नसुनिएको होइन । तर सुनै भए पनि, कागजात मात्र भए पनि वा केही नभई रित्तो भए पनि एकपटक सरकारले त्यो दराज फोडेर हेर्दा राम्रो हुन्छ ।'
राजदूत चालिसे भने दराजमा 'केही छ' भन्नेमा विश्वस्त छैनन् । उनको बुझाइमा केही नभएरै हालसम्म दराज नखोलिएको हो । 'म राजदूत भएर आएको चार वर्ष भयो । दराजमा केही छ जस्तो पनि लाग्दैन र खोल्न सरकारसँग अनुरोध पनि गरेको छैन । कसैले रहस्यका कुरा छन् भनेको भए खोल्ने पहल गर्थे होला,' राजदूत चालिसेले भने ।
साभार : नागरिक न्युज
काठमाडौं— बेलायतको राजधानी
लन्डनस्थित नेपाली दूतावास भवनमा एउटा दराज (सेफ) छ । ताला मारिएको,
ह्यान्डिल भाँचिएको अवस्थामा यो दराज ७९ वर्षदेखि दूतावासको भुइँतलामा
अलपत्र छ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !