CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ‘एउटै वस्तु बेच्दा निजी क्षेत्रले नाफा गर्ने, संस्थानले घाटा बेहोर्ने किन ?

‘एउटै वस्तु बेच्दा निजी क्षेत्रले नाफा गर्ने, संस्थानले घाटा बेहोर्ने किन ?

Banijya-mantralayaग्यासको कि मूल्य बढाउनुपर्‍यो, कि बेच्न नै बन्द गर्नुपर्‍यो 
२८ मंसिर, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको भविष्यका लागि वर्तमान सरकार जस्तो सुकै अपि्रय निर्णय गर्न पछि नपर्ने बताउनुभएको छ । वाणिज्य मन्त्रालयको चौमासिक समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री समेत रहेका कोइरालाले गरिबी, दुखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने अवस्था आउने बताउनु भयो ।
तेललाई व्यावसायिक नभएर राजनीति गर्ने साधन बनाइएका कारण यस्तो दुर्गति आएको स्पष्ट गर्दै उहाँले भन्नुभयो, कि ग्यास सिलिण्डर बेच्न बन्द गर्नुपर्‍यो, कि मूल्य समायोजन गर्नुपर्‍यो । भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमलाई ग्यासमा मात्र १ अर्ब ५ करोड ७५ लाख रुपैयाँ मासिक घाटा रहेको छ । प्रति ग्यास सिलिण्डलर निगमलाई ७५५ रुपैयाँ ३८ पैसा घाटा रहेको छ ।
Banijya-mantralaya
‘एउटै वस्तु व्यापार गर्ने निजीक्षेत्र फाइदा कमाउने, त्यही वस्तु बेच्ने सरकारी संस्था थला पर्ने, यसको आन्तरिक मूल्यांकन गरी छिनोफानो गर्न जरुरी छ’ अर्थमन्त्रीले भन्नुभयो- ‘बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न भन्दै पैसा अपुग भए तत्काल माग्नुस ।’ जनताको दैनिक जीवनसँग सरोकार राख्ने सरकारी निकायहरुलाई परिणामुखी सेवा दिन निर्देशन दिँदै मन्त्री कोइरालाले बजार अनुगमनलाई मौसमी नबनाउन सल्लाह दिनुभयो ।
मन्त्री कोइराला आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उत्पादक तथा निर्यातकर्ताहरुलाई सहुलियत दिनुपर्ने आवश्यकता रहेको बताउँदै यसतर्फ वाणिज्य प्रशासनको तदारुकता जरुरी रहेको स्पष्ट गर्नुभयो ।
राष्टिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले सरकारी संस्थाका समस्यासँगै समाधानको उपाय पनि सुझाउन आग्रह गर्दै लक्ष्य बढी प्रगति कम, प्रगति कम लक्ष्य बढी जस्ता विरोधाभाष विवरण न्यायोचित नहुने बताउनुभयो । उहाँले भौतिक र वित्तिय अवस्था बीच देखिने खाडल आपै+mमा निराशाजनक हुने स्पष्ट गर्नुभयो ।
वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मीले मन्त्रालयको प्रगति सूचकलाई आगामी दिनमा थप प्रभावकारी बनाउन समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बैठकमा वाणिज्य विभाग, नेपाल खाद्य संस्थान, साल्ट टेडिड. कर्पोरेशन, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल आयल नियम, नेशनल टेडिड., नेपाल पारवहन तथा गोदाम व्यवस्था समितिका प्रमुखहरुले आफ्नो संस्थाको अवस्था बारे जानकारी गराएका थिए । मन्त्रालय अन्तर्गतका अधिकांश संस्थाहरुको वित्तीय तथा भौतिक अवस्था दयनीय रहेको उनीहरुको प्रतिवेदनमा उल्लेख छ
- See more at: http://www.onlinekhabar.com/2013/12/144685/#sthash.Ck2TYRCk.dpuf
 २८ मंसिर, काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको भविष्यका लागि वर्तमान सरकार जस्तो सुकै अपि्रय निर्णय गर्न पछि नपर्ने बताउनुभएको छ । वाणिज्य मन्त्रालयको चौमासिक
समीक्षा बैठकमा बोल्दै अर्थमन्त्री समेत रहेका कोइरालाले गरिबी, दुखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने अवस्था आउने बताउनु भयो ।

तेललाई व्यावसायिक नभएर राजनीति गर्ने साधन बनाइएका कारण यस्तो दुर्गति आएको स्पष्ट गर्दै उहाँले भन्नुभयो, कि ग्यास सिलिण्डर बेच्न बन्द गर्नुपर्‍यो, कि मूल्य समायोजन गर्नुपर्‍यो । भारतीय आयल निगमले पठाएको पछिल्लो मूल्य सूचीअनुसार निगमलाई ग्यासमा मात्र १ अर्ब ५ करोड ७५ लाख रुपैयाँ मासिक घाटा रहेको छ । प्रति ग्यास सिलिण्डलर निगमलाई ७५५ रुपैयाँ ३८ पैसा घाटा रहेको छ ।



‘एउटै वस्तु व्यापार गर्ने निजीक्षेत्र फाइदा कमाउने, त्यही वस्तु बेच्ने सरकारी संस्था थला पर्ने, यसको आन्तरिक मूल्यांकन गरी छिनोफानो गर्न जरुरी छ’ अर्थमन्त्रीले भन्नुभयो- ‘बजेटले सम्बोधन गरेका विषय कार्यान्वयन गर्न भन्दै पैसा अपुग भए तत्काल माग्नुस ।’ जनताको दैनिक जीवनसँग सरोकार राख्ने सरकारी निकायहरुलाई परिणामुखी सेवा दिन निर्देशन दिँदै मन्त्री कोइरालाले बजार अनुगमनलाई मौसमी नबनाउन सल्लाह दिनुभयो ।

मन्त्री कोइराला आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन उत्पादक तथा निर्यातकर्ताहरुलाई सहुलियत दिनुपर्ने आवश्यकता रहेको बताउँदै यसतर्फ वाणिज्य प्रशासनको तदारुकता जरुरी रहेको स्पष्ट गर्नुभयो ।

राष्टिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले सरकारी संस्थाका समस्यासँगै समाधानको उपाय पनि सुझाउन आग्रह गर्दै लक्ष्य बढी प्रगति कम, प्रगति कम लक्ष्य बढी जस्ता विरोधाभाष विवरण न्यायोचित नहुने बताउनुभयो । उहाँले भौतिक र वित्तिय अवस्था बीच देखिने खाडल आपै+mमा निराशाजनक हुने स्पष्ट गर्नुभयो ।

वाणिज्य तथा आपूर्ति सचिव माधवप्रसाद रेग्मीले मन्त्रालयको प्रगति सूचकलाई आगामी दिनमा थप प्रभावकारी बनाउन समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकमा वाणिज्य विभाग, नेपाल खाद्य संस्थान, साल्ट टेडिड. कर्पोरेशन, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, नेपाल आयल नियम, नेशनल टेडिड., नेपाल पारवहन तथा गोदाम व्यवस्था समितिका प्रमुखहरुले आफ्नो संस्थाको अवस्था बारे जानकारी गराएका थिए । मन्त्रालय अन्तर्गतका अधिकांश संस्थाहरुको वित्तीय तथा भौतिक अवस्था दयनीय रहेको उनीहरुको प्रतिवेदनमा उल्लेख छ ।
साभार : अनलाईन खबर

ग्यासको कि मूल्य बढाउनुपर्‍यो, कि बेच्न नै बन्द गर्नुपर्‍यो - See more at: http://www.onlinekhabar.com/2013/12/144685/#sthash.Ck2TYRCk.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis