फिल्म वारको आइटम गीतमा नाचेर दर्शक आकषिर्त गर्ने प्रयास गरेकी नीता ढुंगानाले वास्तविक जीवनमा चार वर्ष लामो प्रेमयात्राबाट विश्राम लिएकी छन्। फिल्म लाइनमा आएपछि प्रेमयात्रा सुरु गरेकी नीताका प्रेमी भने फिल्म लाइनबाहिरका
परेछन्। सुरुमा एकअर्काको सुखदुःखमा साथ दिने कुरो पनि भएको थियो। तर, वाचा चार वर्षमै तुहियो, सिनेमाको कथाजस्तै।
प्रेम सम्बन्ध टुटेर के भयो त! दर्शकले अझै माया मारेका छैनन्। त्यसमाथि उनको रूपको तारिफ गर्नेहरूको कमी छैन यो सहरमा। विवाह गरेकाहरूले त चित्त नबुझ्नेबित्तिकै सम्बन्धविच्छेद गर्नु सामान्यजस्तो भइसक्यो भने प्रेमीसँग सम्बन्ध बिग्रनु कुनै ठूलो कुरा भएन। उखानै छ नि, 'खुट्टा भएपछि जुत्ताको के दुःख।'
साभार : नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !