उपयोगको जानकारी गराइन्छ।
अर्कोतिर यस्ता सामान प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे भने हामी उपभोक्ता पनि सचेत छैनौ"। त्यसैले त हरेक वर्षजसो हिउ"दले आफ्नो उचाइ लिदै" गर्दा आज सुतेको व्यक्ति भोलि बन्द कोठामा मृत अवस्थामा फेला परेको खबर विभिन्न पत्रपत्रिकामा पढ्न पाइन्छन्। यस्तो घटना हाम्रो जस्तो अविकसित मुलुकमा मात्र नभएर वेलायतजस्तो सम्पन्न मुलुकमा पनि जाडो याम सुरु ह"ुदा वर्षको ५०।६० जनाको दरले मृत्यु भइरहेका हुन्छन्।
यस्ता घटना जाडो याममै बढी किन हुन्छन् त? जाडो याममा कोठा तताउनका लागि प्रयोग गरिने ग्यास, दाउरा, कोइला र ब्रिकेट जस्ता सबैजसो इन्धनका सामग्रीमा बढी मात्रामा कार्बन पाइन्छन्। इन्धन बल्नु भनेको हावामा रहेको अक्सिजनस"ग इन्धनको रासायनिक प्रतिक्रिया हुनु हो। त्यसैले इन्धन बल्नका लागि अक्सिजन आवश्यक पर्छ जुन प्राणीको श्वास/प्रश्वासका लागि अति आवश्यक ग्यास हो। यदि प्रशस्त मात्रामा हावा छ भने इन्धन बल्दा त्यसमा रहेको कार्बन कार्बन डाइअक्साइडमा परिवर्तित हुन्छ। तर यदि हावाको मात्रा कम छ भने कार्बन मोनोअक्साइड ग्यास बन्छ। कार्बन मोनोअक्साइड रङहीन, गन्धहीन र स्वादहीन ग्यास हो। त्यसैले यसको उपस्थिति हामी थाहा पाउन सक्दैनौं तर यो विषालु ग्यास हो।
कार्बन मोनोअक्साइडले कसरी विषाक्त ग्यासको काम गर्छ भन्नेबारे केही चर्चा गरांै। श्वास फेर्दा हावामा रहेको कार्बनडाइअक्साइड फोक्सोमा पुग्छ जहा" अक्सिजन रगतमा भएको हेमोग्लोविनस"ग मिली अक्सिहेमोग्लोविन बन्छ। रगतको माध्यमबाट अक्सिहेमोग्लोविन हाम्रो शरीरका हरेक कोषमा पुगेर त्यसलाई चाहिने अक्सिजन छोडी पुनः हेमोग्लोविनमा परिवर्तित हुन्छ। त्यसैगरी कार्बन मोनोअक्ससाइड पनि हेमोग्लोबिनस"ग मिली कार्बोक्सिहेमोग्लाविन बन्छ। तर कार्बन मोनोअक्साइड र हेमोग्लोेविनबीचको पकड शक्ति अक्सिजन र हेमोग्लोविनस"गको भन्दा २०० गुणा बढी हुन्छ। त्यसैले जब श्वास फेर्दा कार्बन मोनोअक्ससाइड भएको हावा रगतमा पुग्छ, यसले अक्सिजनको ठाउ" सजिलै लिन्छ तर अक्सिजन जस्तै सजिलै हेमोग्लोविनबाट छुट्टिँदैन। जसले गर्दा रगतले शरीरको कोषहरुमा चाहिने मात्रामा अक्सिजन प्रवाह हुन पाउ"दैन। यसरी कार्बन मोनोअक्ससाइडले हाम्रो शरीरमा पार्ने प्रभाव, हावामा रहेको यसको मात्रामा भर पर्छ।
हावामा १० पिपिएमसम्मको कार्बन मोनोअक्साइडको मात्रालाई सुरक्षित मानिन्छ। ७० पिपिएमसम्म पनि यसको कुनै असर हामीले चाल पाउन सक्दैनौ" तर यो भन्दा बढीमात्रामा कार्बन मोनोअक्ससाइड भयो भने टाउको दुख्ने, थकित हुने, रिंगटा लाग्ने, आ"खा धमिलो हुने र वाकवाक लाग्ने हुन सक्छ। १५० देखि २०० पिपिएम कार्बन मोनोअक्ससाइड भयो भने यसले अचेत गराउनुका साथै यो प्राणघातक पनि हुन सक्छ। स्वस्थ वयस्क व्यक्तिलाई भन्दा बच्चा, बूढाबूढी, गर्भवती महिला तथा गर्भभित्र रहेको शिशु र रक्त अल्पता तथा श्वास/प्रश्वासको बिरामीका लागि यो ग्यास बढी खतराजनक हुन्छ।
विभिन्न प्रकारका इन्धन, जस्तै– पेट्रोल, डिजेल, मट्टितेल, कोइला, ग्यासको प्रयोग भइरह"दा र चुरोट सल्काउ"दा तिनीहरुले हानिकारक कार्बन मोनोअक्साइड ग्यास वातावरणमा छोडिरहेको हुन्छ। ग्यास गिजर, ग्यास हिटर र ग्यास स्टोभमा पहेँलो रङको आगो बल्नु ग्यास बल्नलाई आवश्यक हावा प्रशस्त मात्रामा लिन नसकेको भन्ने बुझ्नुपर्छ। तसर्थ पहेलो रङको आगो बल्न थालेपछि यस्ता सामानको मर्मत तुरुन्त गर्नुपर्छ।
ग्यास हिटर, ब्रिकेट, काठको धुलो, कोइला आदि जाडोमा कोठा तताउनकै लागि बालिने भएकाले झ्याल ढोका सबै बन्द गरी बाल्ने चलन छ। यस्ाो गर्दा एकातर्फ कोठाको अक्सिजन इन्धन बल्नमा प्रयोग ह"ुदै जान्छ भने अर्कोतर्फ हानिकारक कार्बन मोनोअक्ससाइड झन् झन् थुप्रिँदै जान्छ। त्यसैले त्यस्ता सामग्री प्रयोग गर्दा कोठामा हावा राम्ररी आवतजावत हुन दिनुपर्छ ताकि आवश्यक अक्सिनजको मात्रा कोठामा रहिरहोस्। कार्बन मोनोअक्साइड ग्यास गन्धहीन र बिस्तारै प्रभाव पर्ने भएकाले यो ग्यास सुतेको अवस्थामा अझ बढी खतरनाक हुन्छ। त्यसैले यो ग्यासलाई मौन हत्यारा पनि भनिन्छ। सुत्नुअघि यी सामग्रीलाई राम्ररी निभाउनुपर्छ। विषेशगरी फुसफुस ध"ुवा आउनेखालका सामान जस्तै मकलमा दाउरा बाल्दा, ब्रिकेट, खरानीमात्र भएको मकललाई सुत्नुअघि कोठा बाहिर राख्न भुल्नुहु"दैन। ग्यास गिजर जडित बाथरुम प्रयोग गर्दा पनि भेन्टिलेसन खुलै छोड्नुपर्छ।
यदि माथि उल्लिखित वातावरण हु"दाह"ुदै पनि टाउको दुख्ने, वाकवाकी लाग्ने आदि भएमा तुरुन्त स्वच्छ वातावरणमा जानुपर्छ। यदि अलि बढी नै असर परेमा वा बेहोसै भएमा तुरुन्तै अस्पताल पुर्याउनुपर्छ। बेलैमा प्रशस्त मात्रामा बिरामीले अक्सिजन पाएको खण्डमा रगतबाट कार्बन मोनोअक्ससाइड पूर्णरूपमा हटाउन सकिन्छ तर लामो समयसम्म कार्बन मोनोअक्ससाइड ग्यासयुक्त वातावरणमा रहिरह"दा मस्तिष्कघात, मुटुमा समस्या वा मृत्युसम्म पनि हुन सक्छ। जाडो याममा कोठा तताउ"दा यी सामान्य कुरालाई मात्र ध्यान दिने हो भने धेरै हदसम्म यस्ता दुर्घटना न्युनीकरण गर्न सकिन्छ।
अध्यापक : रसायनशास्त्र, ख्वप कलेज

साभार : नागरिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !