CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एउटै विवाह चार देशमा!

एउटै विवाह चार देशमा!


एउटै विवाह चार देशमा!लन्डन– उनीहरुको जोडी फिल्ममा मात्र होइन असली जिन्दगीमा पनि कम छैन। विवाह नगरी नै ६ जना सन्तान हुर्काएर दुनियाँलाई अचम्भित बनाएका ब्राड पिट र एन्जेलिना जोलीले अन्ततः विवाह गर्ने टुंगो गरेका छन्। तर दुनियाँलाई छक्क पार्ने समाचार के छ
भने, उनीहरुले विवाहको उत्सव चार चोटि मनाउँदैछन् र ती उत्सव सम्पन्न हुनेछन् चारवटै देशमा।


समाचारमा बताइए अनुसार ब्रान्जेलिना जोडीले पहिलो विवाह उत्सव अस्ट्रेलियाको आयर्स रकमा मनाउने निर्णय गरेका छन्। स्रोतका अनुसार आउँदो डिसेम्बर १८ मा पिटले ५० औं जन्मदिनसँगै बिहेको उत्सव पनि मनाउने तयारी गरिरहेका छन्। एन्जेलिनाले आदिवासी शैलीमा उत्सव मनाउन चाहेकाले अस्ट्रेलिया छनोटमा परेको स्रोतको दाबी छ। त्यसैगरी अर्को वर्षको सुरुवातमै लस एन्जल्समा परिवारको उपस्थितिमा विवाहका कानुनी प्रक्रियाहरु पूरा गरेर दोस्रो उत्सव मनाउने जोडीको योजना छ।

तेस्रो विवाह उत्सवका लागि भने जोडीले बहामास रोजेको श्रोतको दाबी छ। स्रोतका अनुसार बहामासमा जोडीले एन्जेलिनाकी आमाको अस्तु सेलाउने कार्यक्रम छ। विवाहको अन्तिम कार्यक्रम भने कान्स फिल्म फेस्टिभलको सेरोफेरो पारेर ब्राड पिट र एन्जेलिना जोलीको फ्रान्सस्थित घरमा भव्य पार्टीका साथ मनाइनेछ।
साभार : नागरिक

(0 votes)
एउटै विवाह चार देशमा!
लन्डन– उनीहरुको जोडी फिल्ममा मात्र होइन असली जिन्दगीमा पनि कम छैन। विवाह नगरी नै ६ जना सन्तान हुर्काएर दुनियाँलाई अचम्भित बनाएका ब्राड पिट र एन्जेलिना जोलीले अन्ततः विवाह गर्ने टुंगो गरेका छन्। तर दुनियाँलाई छक्क पार्ने समाचार के छ भने, उनीहरुले विवाहको उत्सव चार चोटि मनाउँदैछन् र ती उत्सव सम्पन्न हुनेछन् चारवटै देशमा।


समाचारमा बताइए अनुसार ब्रान्जेलिना जोडीले पहिलो विवाह उत्सव अस्ट्रेलियाको आयर्स रकमा मनाउने निर्णय गरेका छन्। स्रोतका अनुसार आउँदो डिसेम्बर १८ मा पिटले ५० औं जन्मदिनसँगै बिहेको उत्सव पनि मनाउने तयारी गरिरहेका छन्। एन्जेलिनाले आदिवासी शैलीमा उत्सव मनाउन चाहेकाले अस्ट्रेलिया छनोटमा परेको स्रोतको दाबी छ। त्यसैगरी अर्को वर्षको सुरुवातमै लस एन्जल्समा परिवारको उपस्थितिमा विवाहका कानुनी प्रक्रियाहरु पूरा गरेर दोस्रो उत्सव मनाउने जोडीको योजना छ।

तेस्रो विवाह उत्सवका लागि भने जोडीले बहामास रोजेको श्रोतको दाबी छ। स्रोतका अनुसार बहामासमा जोडीले एन्जेलिनाकी आमाको अस्तु सेलाउने कार्यक्रम छ। विवाहको अन्तिम कार्यक्रम भने कान्स फिल्म फेस्टिभलको सेरोफेरो पारेर ब्राड पिट र एन्जेलिना जोलीको फ्रान्सस्थित घरमा भव्य पार्टीका साथ मनाइनेछ।
- See more at: http://nagariknews.com/entertainment/story/10723#sthash.aRIcu6pe.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis