CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » Facebook फन्डा : यो साताको जोक संग्रह

Facebook फन्डा : यो साताको जोक संग्रह


 पाङ्ग्रेले केटीलाई आकषिर्त गर्न बाइक चलाएछ।

एक्कासि बाइक पल्टिएछ।

केटी : तिमीलाई चोट त लागेन?

पाङ्ग्रे : (पीडा खप्दै) मोरी, तिमीलाई थाहा नै रहेनछ,


मेरो ओर्लिने स्टाइल नै यस्तै हो।

०००

पाङ्ग्रेले उसकी प्रेमिकासँग भन्यो : यदि तिमी मलाई साँच्चै माया गर्छौ भने भोलि रातो ड्रेस लगाएर आउनु ल।

भोलिपल्ट उसकी प्रेमिका हरियो ड्रेस लगाएर आइछे। पाङ्ग्रे दु:खी भएछ तर जब उसकी प्रेमिकाको पेन खस्यो अनि निहुरिएर टिपी, पाङ्ग्रेले भित्र लगाएको रातो अन्तर्वस्त्र देख्यो अनि खुसी हुँदै मनमनै भन्यो- यो डल्लीले मलाई भित्रैदेखि माया गर्दिरै'छे।

०००

पाङ्ग्रे : आज मलाई १० जनाले कुटे नि !

मुन्द्रे : अनि तैंले केहि गरिनस् त?

पाङ्ग्रे : मैले नि भनिदिएँ, हिम्मत भए एक-एक गरेर आओ...

मुन्द्रे : अनि...

पाङ्ग्रे : अनि फेरि एक-एक गरेर १० जनाले कुटे....

०००

मित्रताका तीन प्रकार

धोका दिएर मित्रता गाँस्नुहोस् तर मित्रता गाँसिसकेपछि धोका नदिनुहोस्।

सोचेर मित्रता गाँस्नुहोस तर मित्रता गाँसिसकेपछि धोका नदिनुहोस्।

बरु मन दुखाएर मित्रता गाँस्नुहोस् तर गाँसिसकेपछि मन नदुखाउनुहोस्।

०००

पाङ्ग्रेले एक दिन बूढीलाई बोलायो। एक प्याग रक्सी बनायो र बूढीलाई पिऊ भन्यो।

बूढीले अलिकति मुखमा हाली र

मुख बिगार्दै भनी : छिछिछि के हो यस्तो? कस्तो नमीठो?

पाङ्ग्रेले भन्यो : देखिस्, तेरो बूढोले कति न मीठो-मीठो खाएर आउँछ भन्ने सोचेकी थिस् नि, कम गाह्रो छ हामीलाई?

०००

पाङ्ग्रे र उसकी गर्लफ्रेन्ड

पाङ्ग्रे : हाई !

पाङ्ग्रेकी गर्लफ्रेन्ड : हेल्लो !

पाङ्ग्रे : कहाँ छौ तिमी?

पाङ्ग्रेकी गर्लफ्रेन्ड : म मेरो ड्याडको बीएमडब्लु कारमा क्लब जाँदैछु, अब ड्राइभरले मलाई क्लबमा छोडिदिन्छ अनि त्यसपछि बैंकबाट पैसा झिक्छु अनि सिटीमलमा गएर सपिङ गर्छु, त्यसपछि तिमीलाई कल गर्छु, तिमी कहाँ छौ?

पाङ्ग्रे : माइक्रोबसमा, तिम्रो पछाडिको सिटमा छु, तिम्रो भाडा दिइसकें, फेरि माग्ला, नदेऊ है।

०००

सुहागरातको दिन श्रीमान्ले श्रीमतीलाई किस मात्र गरेर सुत्यो।

भोलिपल्ट बिहान सासूले भनिन् : बुहारी मन्दिर जानुभन्दा पहिले नुहाउनु ल।

बुहारी (रिसाउँदै) : सासूज्यू, अरू सबै सफा छ, खालि ब्रस मात्र गरे पुग्छ।

०००

पाङ्ग्रेको छोरोलाई संस्कृत पढाउने सरले सोधेछन्,

सर : 'तमसोमा ज्योतिर्गमय,' यसको नेपाली अर्थ के हो?

पाङ्ग्रेको छोरोले जवाफ दिएछ : तिमी सुत आमा, मचाहिँ ज्योतिको घर जान्छु।

०००

सहिद भनेको देशका लागि बलिदान गरेको व्यक्ति पो हुन्छ, कुटाइ खाएर त कुकुर पनि मर्छन्।

मन्त्री भनेको त देश चलाउने पो हुनुपर्छ, आफ्नो घर त पकेटमारले पनि चलाएको हुन्छ।

मान्छे भनेको सहयोगी पो हुनुपर्छ, स्वार्थी त हाम्रा नेताहरू पनि छन्।

केटी भनेका त पूरा लुगा लगाउने पो हुनुपर्छ, अंग प्रदर्शन त पशुले पनि गर्छन्।

०००

सन् २०२० को एउटा समयकेटीहरू कस्ता हुन्छन् होला भन्ने अनुमान ।

केटीहरू बाटोमा ग्रुपमा बसेर चुरोट तान्दै ।

ओइ हेर त क्या हेन्सी केटा जाँदैछ ।

ओए हिरो तेरो नम्बर दे त... ।

केटा : थुक्क कुकुर्नी तेरो घरमा दाजु-भाइ बाउ छैनन् ।

किन बाटोमा बसेर केटा जिस्काउन लाज छैन?

केटी : बाउ दाजु भाइ सबै छन् तर तिमी छैनौ नि डार्लिङ।

०००

काठमाडौं अध्ययन गर्न गएको पाङ्ग्रेको छोरोले आफना बाबु पाङग्रेलाई एउटा चिठी पठाएछ तर त्यो चिठी पढ्न नसक्ने पाङ्ग्रेले छिमेकीसँग पढ्न लगाएछ, चिठिमा यस्तो लेखिएको थियो : 'बुबा मलाई यहाँ ज्यादै शून्य लागिरहेको छ त्यसैले मेरो वाइफ पठाइदिए, मलाई शुन्य हुने थिएन !'

उक्त कुरा सुनेर बाउले छिमेकिसँग सोधेछ : 'यो वाइफ भनेको चैं के हो बाबु?'

छिमेकी बाबुले भनेछ : के हुनु र ! रेडियो त होला नि? शून्य हुँदा रेडियो बजाए शून्य हट्छ क्या !

त्यसपछि पाङ्ग्रेले छिमेकीलाई चिठीको उत्तर लेख्न लगायो, जुन उत्तर यस्तो थियो : छोरा, मैले तेरो वाइफ पठाउन सकिनँ, किनभने यहाँ पनि मलाई ज्यादै शून्य लाग्छ, मेरी वाइफले राम्रो काम दिन छोडी, त्यसैले म तेरी वाइफ चलाउँदै छु, दु:ख नमान है छोरा !

०००

एकपटक मात्र पाइन्छ :

            आमा, बाबु र जीवन

कहिल्यै सानो नसम्झिनु :

               कर्जा, शत्रु र रोग

कहिल्यै नजिस्क्याउनु :

    परस्त्री, असहाय र अपाङ्गलाई

कहिल्यै नभुल्नु :

       ऋण, राष्ट्र र कर्तव्य

सधै सम्मान गर्नु :

               पिता, माता र गुरु

कहिल्यै फर्कंदैन :

               प्राण, गोली र बोली

०००

एक दिन भ्यागुता र पाङ्ग्रेको झगडा परेछ।

भ्यागुता : तेरो दिमाग नै छैन, बुद्धि नै छैन। तँसँग त विवाद गर्नु पनि बेकार हो।

पाङ्ग्रे : केको दिमाग छैन? मेरो बुद्धि किन नहुनु?

भ्यागुता : छैन

पाङ्ग्रे : छ

भ्यागुता : छैन

पाङ्ग्रे : छ

त्यसपछि भ्यागुता वाक्क भएर पोखरीमा झ्वाम्म हामफालेछ।

पाङ्ग्रेले छक्क पर्दै भन्यो : यति जाबो कुरामा आत्महत्या नै गर्नुपर्छ त?

०००

एउटी सासूले आफ्ना तीन ज्वाइँको माया थाहा पाउन पोखरीमा हाम फालिन्।

ठूलो ज्वाइँले उनलाई बचाए र सासु आमैले उनलाई मर्सिडिज कार उपहारमा दिइन्।

अर्को दिन फेरि हामफाल्दा कान्छो ज्वाइँले उनलाई बचाए र उनले रोयल इनफिल्ड पाए।

तेस्रो दिन फेरि हामफाल्दा माइलो ज्वाइँले सोचे : अब घरमा एउटा साइकल बाँकी छ, के को टाउको दुखाउन? र सासू आमै डुबेर मरिन् तर माइला ज्वाइँले पाँचतले घर नै उपहार पाए।

कसरी भन्नुहोला?

ससुराले उपहार दिएछन् क्या !

०००

नेगेटिभ थट

बूढो मानिसलाई हेल्प गर्‍यो, सो अफ गर्‍यो भन्छन्।

युवतीलाई हेल्प गर्‍यो, बोका भन्छन्।

युवकलाई हेल्प गर्‍यो छ्या कस्तो गे पल्टेको भन्छन्

भिखारीलाई पैसा दियो, पैसा छ भनेर देखा'को भन्छन्।

बच्चालाई हेल्प गर्‍यो, खुब क्युट पल्टिन खोजेको भन्छन्।

जाँचमा फस्ट होऊ, चोरेर हिरो भा'को भन्छन्।

त्यसैले त टेक्स्टबुक छोडेर फेसबुकतिर लागेको

तीन-तीनवटा गर्लफ्रेन्ड बनाइस होइन? भन्छन्।

०००

माग्नेबूढाको दाँत कीराले खाएछ, दाँत साह्रै दुखेपछि शेरेसँग सल्लाह मागेछ र शेरेले भनेछ : चार दिनसम्म बिहान बेलुका दूध र बिस्कुट खा। अनि पाँचौं दिन दूध मात्र खा कीरा आफैं निस्कन्छ।

माग्नेबूढाले ४ दिनसम्म दूध र बिस्कुट खाएछ। अनि पाँचौं दिन दूध मात्र खाएछ, एकछिन पछि दाँतको किरा बाहिर निस्केछ र भनेछ : आज बिस्कुट छैन?

०००

केटी : आई एम इन लभ

फस्ट केटी : ओए कोसँग?

सेकेन्ड केटी : के गर्छ त्यो?

थर्ड केटी : कताको हो त्यो?

फोर्थ केटी : कहाँ भेटिस्?

फिफ्थ केटी : विश्वास नगर है यति चाँडै त्यसको?

केटा : आई एम इन लभ

फस्ट केटा : पार्टी

सेकेन्ड केटा : पार्टी

थर्ड केटा : पार्टी

फोर्थ केटा : पार्टी

फिफ्थ केटा : पार्टी

साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis