अनि कसरी बन्छ नयाँ नेपाल ? नयाँ नेपाल कि बन्द नेपाल ? आफ्नो स्वतन्त्रताका लागि लड्नेहरू, स्वतन्त्रता उपयोग गर्दा अरूको अधिकारमा पनि ध्यान देऊ, असली लोकतन्त्र यही हो।'
'नेपाल तेरो पाइन्टको जिपर हो र ?
कहिले खोल्ने कहिले बन्द गर्ने'
फेसबुकमा सुसन श्रेष्ठले यो पंक्ति लेखेर नेपाल बन्द गर्नेहरूप्रति रोष प्रकट गरेका छन् भने त्यही फेसबुकमा 'थुक्क !! नेपाल बन्द फिर्ता लिएछ !!' ग्रुप क्रिएट गरिएको छ। जहाँ धेरैले
आ-आफ्ना कुरा पोस्ट गरेका छन्। बन्दमा नेपाली समाज अभ्यस्त भैसकेको छ, त्यसैले बन्दका विषयमा आफ्नो कुण्ठा पोख्ने राम्रो प्लेटर्फम बनेको छ, फेसबुक अर्थात् अनुहार किताब।
नवीन प्रकाश श्रेष्ठको कविता भन्छ—
'हे वीर युवा !
गोलीले रोकेन,
लाठीले छेकेन
कफ्र्यु कति तोडी निक्लियौँ बाहिर
छेक्न सकेन कसैले हाम्रो स्वतन्त्रता र स्वाधीनता
अब के ले रोकिरहेको छ ?
कसले छेकिरहेको छ ?
हे वीर युवा !
तिमीलाई बन्द उल्लंघन गर्न बन्दको प्रतिकार गर्न।'
यस्तै सुबास जोशी लेख्छन्-
'आज पनि बन्द रे, कति बन्द हो यो हाम्रो देशमा, बन्द भन्दैमा बिहान खाना खान बन्द त गर्दैनौ नि हामी, अब डराउने होइन, बन्दको अवज्ञा गर्दै गाडी, कल-कारखाना र व्यवसाय सुचारु गरौं, बन्द होइन, अब देश बनाउने नयाँ दिशा खोजौं।'
देवराज भट्टराइले लेखे- 'किन बन्द गरिरहने ????? के खुला छ र यहाँ बन्द गर्नलाई ???? रोजगारी बन्द, शान्ति सुरक्षा बन्द, धारामा पानी बन्द, बिजुली बन्द '
सरोज अधिकारी लेख्छन्-
'बन्द गरेर के पाउँछौ ? कमसेकम उद्योग चलाऊ, देशले त केही पाउँछ।'
विजय पौडेल लेख्छन्- 'क्या रमाइलो, नामै नसुनेको संस्थाको बन्द रे ?'
'जेसुकै होस् न ! बन्द-हडताल त आफ्नै बाउले गरे पनि समर्थन गरिन्न।' फेसबुकेहरूले सिर्जना गरेको ग्रुप लेख्छ- 'ए कति गते नेपाल खुला छ पत्ता लाऊ त ....हामी नि यसो एउटा बन्द घोषणा गरुम्.....' चापागाईं र थपलिया बन्धुहरूले पनि आ-आफ्नो थरले एक-एक दिन बन्द आयोजना गरेको फेसबुक वालमा लेखेका छन्, बन्द जसले गरे पनि हुने भएको छ, भनेर उनीहरूले व्यंग गरेका हुन्।
'बन्दलाई सधैंका लागि बन्द गरौं। सक्छौ भने उद्योग खोलेर देखाऊ, बन्द गरेर होइन,' स्टाटस भन्छ- 'तपाईंहरूले सुन्नुभयो ?? ०६६ सालभरि नेपालको पूर्वी क्षेत्रमा मात्र ३ सय ६५ दिनमा १ सय ३० दिन बन्द भएको थियो, उक्त क्षेत्रमा ५८ दिन पूर्ण रुपले उद्योग-कलकारखाना ठप्प थिए, अनि कसरी बन्छ नयाँ नेपाल ? नयाँ नेपाल कि बन्द नेपाल ? आफ्नो स्वतन्त्रताका लागि लड्नेहरू, स्वतन्त्रता उपयोग गर्दा अरूको अधिकारमा पनि ध्यान देऊ, असली लोकतन्त्र यही हो।'
फेसबुकमा बन्द-हड्ताल अन्त्य गरौं, आई हेट नेपाल बन्द, नेपाल बन्दले गर्दा छुट्टी, डाई नेपाल बन्द डाई आदि ग्रुप पनि छन्।
दुश्यन्त दाहाल लेख्छन्-
'बन्द अनि हड्तालमा नेपालले ह्याटि्रक गरिसक्यो, इकोनोमिकल, पोल्टिकल एवं कल्चरल स्टाटसमा त विश्वकै नमुना मुलुक भैसक्यो, अब मात्र नेपालले विश्वको नम्बर एक गरिब उपाधि चुम्न बाँकी छ, यस्तै बन्द भैरहने हो भने त्यो दिन आउन अब धेरै कुर्नु पर्दैन।
प्रकाश सायमीले फेसबुक स्टाटसमा समाचारहरू राखेका छन्, 'आज आंशिक बन्द हुने सम्भावना छ, मौसम विभागका अनुसार। सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको कुरा धर्म-संस्कृति मन्त्रालयले जनाएको। संविधान छिट्टै लेखिने वाईसीएलको पूर्वानुमान.....जेठ १४ गते गाईजात्रा महोत्सव घोषणा गर्दा गाईलाई भन्दा गोरुलाई आपत्ति।'
अनन्त कोइराला लेख्छन्, 'थुइक्क नेपालीको बुद्धि....हाम्रो जातले बन्द गर्यो, तेरो जातले बन्द गर्न सक्छ भनेर चुनौती पो दिन थाले त आजकाल... लाग्छ कि बन्द कुनै ठूलो चाड हो र आफ्नो जातले बन्द गरेको खुसियाली मनाउनुपर्छ जस्तो गर्छन् बा !'
शिवराम खतिवडा लेख्छन्- 'सियो बनाउन नसक्नेले पनि गाडी जलाउन, गाडी फोर्न, सर्वसाधारणलाई बन्दका नाममा तर्साउन सक्दा रहेछन्, कोही त मान्छे जलाउनुलाई पनि महान् कार्य भन्दा रहेछन्, जसले जे गर्न जान्दछ, त्यही गर्दो रहेछ .....मान्छेले जे पनि गर्न सक्छ भनेको यही हो कि ?'
प्रसन्न पौडेल लेख्छन्,
'यो बन्दका विरुद्धमा सबै मिलेर एक दिन सबै पोल्टिकल पार्टीका नेतालाई संसद भवनमै बन्द गरिदिनुपर्ला जस्तो भैसक्यो हौ साथी हो।' कमलकुमार बन्दको जानकारी दिदै लेख्छन्, 'शान्तिनगर, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, कुपन्डोल तथा पुल्चोकमा बन्दको कुनै प्रभाव छैन, बन्दकर्ता नि छैनन्।' प्रतिक्रियामा उत्सवराज पराजुली लेख्छन्, 'कृष्णनगर, बहादुरगन्ज, कहराजगन्जमा पनि बन्दको कुनै प्रभाव छैन।'
साभार : साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !