CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौनसम्बन्धी नयाँ तथ्य Part 2

यौनसम्बन्धी नयाँ तथ्य Part 2

गतांकबाट जारी

-    लिङ्गमा हड्डी हुँदैन, त्यसैले यो भाँचिदैन। आममानसमा विद्यमान यो सोचाइ पनि गलत छ। तनावका बेला लिङ्गलाई जोडले मोड्ने हो भने यसको मांसपेशी टुट्ने खतरा हुन्छ, साथै यो पूर्ण रूपले ठीक हुने सम्भावना हुँदैन। 


-    कृत्रिम मैथुनले नपुंसकता हुन्छ भन्ने भनाइ पनि पूर्णतः गलत पुष्टि भएको छ। वैज्ञानिकहरूका अनुसार कृतिम मैथुनले शान्ति प्रदान गर्छ। यो स्वस्थ्यका लागि त्यतिबेला मात्र हानिकारक हुनसक्छ, जब आवश्यकताभन्दा बढी गरिन्छ। 

-    कृत्रिम मैथुन गर्ने महिलाहरूको संख्या निरन्तर बढिरहेको छ। 

-    चुरोट, रक्सी पिउने साथै बढी तनाव लिने पुरुषको स्पर्म कम हुने भय हुन्छ। स्पर्म कम भएको अवस्थामा सन्तान उत्पादनमा कठिनाइ उत्पन्न हुन्छ। 

-    वातावरण सुरक्षित एवं परिस्थिति अनुकूल भएको अवस्थामा पुरुष आफ्ना सन्तान तथा श्रीमतीसँग खुसी हुन्छन्। अवस्था खराब भएका बेला पुरुषहरू सुखको अल्पकालीन उपाय अपनाउँछन् र धेरै सम्भोग गर्छन्। 

-    सर्वेक्षणअनुसार २२ प्रतिशत पुरुष पुरा रात आलिंगनबद्ध भएर सुत्न चाहन्छन्, जबकि यस्तो चाहना राख्ने महिलाको संख्या १८ प्रतिशत छ। 

-    सानो उमेरमा लापरवाहीपूर्ण यौनसम्बन्ध राख्ने महिलालाई सर्विकल क्यान्सरको जोखिम हुन्छ। 

-    कतिपय दम्पतीले बिना पूर्वयोजना गर्भधारण गरेको पाइन्छ। 

-    अधिकांश पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा पर्छ। 

-    पाँचमध्ये एक महिलाका अनुसार ओछ्यानमा उनीहरू आफ्ना पार्टनरसँग लामो समय शारीरिक सम्पर्कमा रहन चाहँदैनन्। 

-    अहिलेका कतिपय महिला पार्टनरसँग अँगालोमा बाँधिएर फेसबुक चलाउन रुचि राख्छन्। 

-    सर्वेक्षणअनुसार एकतिहाइ महिला सप्ताहमा केवल दुई पटक यौनसम्बन्ध स्थापित गर्छन्।

-    ३६ प्रतिशत पुरुषका अनुसार धेरैजसो झगडा राति अँगालोमा नबाँधिएको निहुँमा हुन्छ।

-    एकतिहाइ महिलाले पहिलो पटक सम्भोग गर्दा तीव्र पीडा महसुस भएको बताएका छन्। 

-    ५० वर्ष पार गरेकाहरू पुरुष कन्डमको प्रयोग कमै गर्छन्।
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis