CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सित्तैमा जीवनभर खाने लाइसेन्सको तलास, कसरी धोका पाए यी युवकले ?

सित्तैमा जीवनभर खाने लाइसेन्सको तलास, कसरी धोका पाए यी युवकले ?


Christopher-Pooleजुन रेष्टुराँमा खाएपनि पैसा नलाग्ने, त्यो जीवन भर । यो त ठूलो सरप्राइज भयो । उत्तरी लण्डनको हर्टफोर्ड शायरका क्रिष्टोफर पूलेले एक दिन पत्रिकामा यस्तो अफर देखे ।

त्यसका लागि अनौठो शर्त पनि थियो । सित्तैमा
जीवनभर खाने लाइसेन्स पाउन सो रेष्टुँराका बिश्वभर फैलिएका १ हजार ३१ शाखामा खाना खाएको प्रमाण भने ल्याउनुपर्ने छ । अफरमा भनिएको थियो- ‘व्यक्तिलाई ब्लाक कार्ड दिइनेछ, जसले जीवनभार पैसा नतिरी खान सक्नेछ ।’

फुड चेन नान्डोजले ल्याएको यस्तो अफरले २६ बर्षिय युवकको दिमाग चकराउँछ । उनी सारा काम छाडेर सित्तैमा जीवनभर खान पाउने अफरको पछि कुद्छन् । क्रिस्टोफर भन्छन्-’मलाई नान्डोजको खाना मिठो लाग्छ । ब्लाक कार्डका लागि जे पनि गर्न तयार छु ।’

उनी प्रतियोगी बने र बेलायतका ५ शाखामा खाना खाने लक्ष्य पूरा गरे । तर, नान्डोजका बेलायतमा मात्रै २८० शाखा छन, १ सय बढि त लण्डन मै छन् । उनको योजना अब अष्ट्रेलिया पुग्ने र त्यहाँका ३ सय शाखामा खाना खाने हो ।

तर, यतिबेला उनी छाँगाबाट खसेजस्तै भएका छन् । कारण-यो अफर दुई बर्षअघि नै सकिइसकेको थियो । आफु हुस्सु भएको थाहा पाएर अहिले क्रिष्टोफर दिक्क मानिरहेका छन् । खल्तीको हजार पाउण्ड पनि स्वाहा, अर्कोतिर जीवनभर सित्तैमा खान पाउने सपना पनि स्वाहा ।

उनको यो प्रयास देखेर नान्डोजका संचालको भने मन पग्लिएको छ । आगामी दिनमा उनले सवै स्टोर पुगेर खाना खाएमा क्रिष्टोफरलाई जीवनभर सित्तैमा खाने कार्ड दिने उनले आश्वासन दिएका छन् । सादय, त्यस्तो सम्भावना नभएकाले होला रेष्टुँराले क्रिष्टोफरलाई उनलाई मन पर्ने खाना र पेयको गिफ्ट पठाउँदै सान्त्वना दिएको छ ।
साभार : अनलाईन खबर

जुन रेष्टुराँमा खाएपनि पैसा नलाग्ने, त्यो जीवन भर । यो त ठूलो सरप्राइज भयो । उत्तरी लण्डनको हर्टफोर्ड शायरका क्रिष्टोफर पूलेले एक दिन पत्रिकामा यस्तो अफर देखे ।
Christopher-Poole
त्यसका लागि अनौठो शर्त पनि थियो । सित्तैमा जीवनभर खाने लाइसेन्स पाउन सो रेष्टुँराका बिश्वभर फैलिएका १ हजार ३१ शाखामा खाना खाएको प्रमाण भने ल्याउनुपर्ने छ । अफरमा भनिएको थियो- ‘व्यक्तिलाई ब्लाक कार्ड दिइनेछ, जसले जीवनभार पैसा नतिरी खान सक्नेछ ।’
फुड चेन नान्डोजले ल्याएको यस्तो अफरले २६ बर्षिय युवकको दिमाग चकराउँछ । उनी सारा काम छाडेर सित्तैमा जीवनभर खान पाउने अफरको पछि कुद्छन् । क्रिस्टोफर भन्छन्-’मलाई नान्डोजको खाना मिठो लाग्छ । ब्लाक कार्डका लागि जे पनि गर्न तयार छु ।’
उनी प्रतियोगी बने र बेलायतका ५ शाखामा खाना खाने लक्ष्य पूरा गरे । तर, नान्डोजका बेलायतमा मात्रै २८० शाखा छन, १ सय बढि त लण्डन मै छन् । उनको योजना अब अष्ट्रेलिया पुग्ने र त्यहाँका ३ सय शाखामा खाना खाने हो ।
तर, यतिबेला उनी छाँगाबाट खसेजस्तै भएका छन् । कारण-यो अफर दुई बर्षअघि नै सकिइसकेको थियो । आफु हुस्सु भएको थाहा पाएर अहिले क्रिष्टोफर दिक्क मानिरहेका छन् । खल्तीको हजार पाउण्ड पनि स्वाहा, अर्कोतिर जीवनभर सित्तैमा खान पाउने सपना पनि स्वाहा ।
उनको यो प्रयास देखेर नान्डोजका संचालको भने मन पग्लिएको छ । आगामी दिनमा उनले सवै स्टोर पुगेर खाना खाएमा क्रिष्टोफरलाई जीवनभर सित्तैमा खाने कार्ड दिने उनले आश्वासन दिएका छन् । सादय, त्यस्तो सम्भावना नभएकाले होला रेष्टुँराले क्रिष्टोफरलाई उनलाई मन पर्ने खाना र पेयको गिफ्ट पठाउँदै सान्त्वना दिएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/01/153055/#sthash.RyNFlvzi.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis