CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ४ मिनेटमै थाहा हुन्छ तपाईंले जागिर पाउने कि नपाउने !

४ मिनेटमै थाहा हुन्छ तपाईंले जागिर पाउने कि नपाउने !


jobsयदि तपाई जागिरका लागि कुनै अन्तर्वार्ता दिन जाँदै हुनुहन्छ भने अन्तर्वार्तापूर्वको चार मिनेट तपाईका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । लगभग चार मिनेटमा तपाईले जागिर पाउनु हुन्छ कि हुन्न भन्ने तय हुन्छ ।’

यो रुसका राष्ट्रपतिलाई बडी ल्याङ्ग्वेज शिकाउने
एलन पीसले भनाई हो । अष्ट्रेलियाको ब्रिस्बेनमा बस्दै आएका एलनले शरीरको सांकेतिक भाषामा थुप्रै प्रशिद्ध किताब लेखेका छन् र आफ्नो करियरका क्रममा थुप्रै सेलिब्रटी र राजनेतालाई बडी ल्याङ्ग्वेज सिकाएका छन् ।

१९५० को दशकमा एलनलाई बडी ल्याङ्ग्वेज सिक्ने शौख जाग्यो । उनका बाबु एक लाइफ इन्शुरेन्सका एजेन्ट थिए । उनी ९÷१० वर्षको हुँदा नै एलनलाई साथमा लिएर हिड्थे । ‘बुबाले कसरी कुनै ग्राहकले आफ्नो इन्सुरेन्स स्कीम लिन्छन् कि लिन्नन् भन्ने पूर्वानुमान लगाउँछन् मैले सिकेँ ।’ आफ्नो सुरुवाती सिकाइबारे उनले सम्झिए ।

१० वर्षको भएपछि उनले सेल्सम्यानको काम थाले र घर–घरमा गएर सामान बेचे ।

‘जब तपाई कुनै अन्तर्वार्ता दिँदै हुनुहुन्छ भने तपाई एक हिसावले आफ्नो योग्यता बेचिरहनु भएको हुन्छ’ उनी भन्छन–‘जसले तपाईलाई जागिर दिन बाध्य बनाउँछ ।’

एलन पीसका अनुसार आजकल जनशक्ति ब्यबस्थापन बिभागका हाकिमहरुले कुनै व्यक्तिलाई नाकेरीमा राख्छन् भने सबैभन्दा बढी निजी प्रस्तुतीलाई नै ध्यन दिन्छन् । आत्मविश्वासले दोस्रो स्थान लिन्छ भने त्यसपछि मात्र शैक्षिक योग्यता र अनुभव आउँछ ।

कुनै पनि अन्तर्वार्तामा जाने क्रममा भवनमा प्रवेश गर्नु पूर्व नै आफ्नो बडी ल्याङ्ग्वेजमा ध्यान दिन उनी सुझाउँछन् । उनी भन्छन्–‘कम्पनीले तपाईलाई पार्किङबाटै अध्ययन गरिरहेको हुनसक्छ ।’

रिसेप्शनमा पनि बडी ल्याङ्ग्वेजमा ध्यान दिनु पर्ने उनको सुझाव छ । उनी भन्छन्–मेरो सल्लाह छ कि तपाई उभिइरहनुस् । तपाई डराउनु भएको छ भने बस्दा तपाईको व्यवहार अन्तर्मुखीको जस्तो हुनसक्छ । जवकी उभिएर बस्दा उर्जा कायमै रहन्छ ।’

‘तपाईको पोला आएपछि बोलाइन्छ । प्रायः कोठाका ढोका शिसाको हुन्छन । त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुस् । कार्यालयभित्रको बाटो थाहा छैन भने पहिले नै सोध्नुहोस् ।

कोठाको ढोका खोल्नुस्, र मुस्कानका साथ त्यही गतिका साथ प्रवेश गर्नुस । अन्तर्वार्ता भइरहेको कोठामा प्रवेश गरेपछिको चार मिनेट निर्णायक हुन्छ । यस क्रममा तपाईको बडी ल्याङ्ग्वेज र आत्मविश्वमसको स्तरअनुसार तपाईले जागिर पाउनु हुन्छ कि हुन्न भन्ने टुङ्गो लाग्नेछ ।

एलन भन्छन्–तपाईको सम्पूर्ण कागजपत्र बायाँ हातमा लिनुस्, ताकि हात मिलाउन दायाँ हात खाली होस् । हात मिलाउँदा त्यति नै जोड दिनुस्, जति अर्को व्यक्तिको छ । बोल्दा नअड्किनुस् र कुनै सामान पनि नझार्नुस् ।’

उनको सल्लाह छ कि कुर्सीमा बस्दा आफ्नो हात र गोडालाई नजिक राख्नुस, यसबेला दुवै हातका औंला एक अर्कामा बाध्न सक्नुहुन्छ । यसलाई स्टेपल पोस्चर भनिन्छ । यसले आत्मविश्वास भएको देखिन्छ । सिधा आँखामा हेरेर कुरा गर्नुस् र कुनै कुरामा सहमत भएपछि निकै सहज रुपमा मुन्टो हल्लाउनुस् ।


यदि तपाई जागिरका लागि कुनै अन्तर्वार्ता दिन जाँदै हुनुहन्छ भने अन्तर्वार्तापूर्वको चार मिनेट तपाईका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ । लगभग चार मिनेटमा तपाईले जागिर पाउनु हुन्छ कि हुन्न भन्ने तय हुन्छ ।’
यो रुसका राष्ट्रपतिलाई बडी ल्याङ्ग्वेज शिकाउने एलन पीसले भनाई हो । अष्ट्रेलियाको ब्रिस्बेनमा बस्दै आएका एलनले शरीरको सांकेतिक भाषामा थुप्रै प्रशिद्ध किताब लेखेका छन् र आफ्नो करियरका क्रममा थुप्रै सेलिब्रटी र राजनेतालाई बडी ल्याङ्ग्वेज सिकाएका छन् ।
१९५० को दशकमा एलनलाई बडी ल्याङ्ग्वेज सिक्ने शौख जाग्यो । उनका बाबु एक लाइफ इन्शुरेन्सका एजेन्ट थिए । उनी ९÷१० वर्षको हुँदा नै एलनलाई साथमा लिएर हिड्थे । ‘बुबाले कसरी कुनै ग्राहकले आफ्नो इन्सुरेन्स स्कीम लिन्छन् कि लिन्नन् भन्ने पूर्वानुमान लगाउँछन् मैले सिकेँ ।’ आफ्नो सुरुवाती सिकाइबारे उनले सम्झिए ।
१० वर्षको भएपछि उनले सेल्सम्यानको काम थाले र घर–घरमा गएर सामान बेचे ।
‘जब तपाई कुनै अन्तर्वार्ता दिँदै हुनुहुन्छ भने तपाई एक हिसावले आफ्नो योग्यता बेचिरहनु भएको हुन्छ’ उनी भन्छन–‘जसले तपाईलाई जागिर दिन बाध्य बनाउँछ ।’
एलन पीसका अनुसार आजकल जनशक्ति ब्यबस्थापन बिभागका हाकिमहरुले कुनै व्यक्तिलाई नाकेरीमा राख्छन् भने सबैभन्दा बढी निजी प्रस्तुतीलाई नै ध्यन दिन्छन् । आत्मविश्वासले दोस्रो स्थान लिन्छ भने त्यसपछि मात्र शैक्षिक योग्यता र अनुभव आउँछ ।
कुनै पनि अन्तर्वार्तामा जाने क्रममा भवनमा प्रवेश गर्नु पूर्व नै आफ्नो बडी ल्याङ्ग्वेजमा ध्यान दिन उनी सुझाउँछन् । उनी भन्छन्–‘कम्पनीले तपाईलाई पार्किङबाटै अध्ययन गरिरहेको हुनसक्छ ।’
रिसेप्शनमा पनि बडी ल्याङ्ग्वेजमा ध्यान दिनु पर्ने उनको सुझाव छ । उनी भन्छन्–मेरो सल्लाह छ कि तपाई उभिइरहनुस् । तपाई डराउनु भएको छ भने बस्दा तपाईको व्यवहार अन्तर्मुखीको जस्तो हुनसक्छ । जवकी उभिएर बस्दा उर्जा कायमै रहन्छ ।’
‘तपाईको पोला आएपछि बोलाइन्छ । प्रायः कोठाका ढोका शिसाको हुन्छन । त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुस् । कार्यालयभित्रको बाटो थाहा छैन भने पहिले नै सोध्नुहोस् ।
कोठाको ढोका खोल्नुस्, र मुस्कानका साथ त्यही गतिका साथ प्रवेश गर्नुस । अन्तर्वार्ता भइरहेको कोठामा प्रवेश गरेपछिको चार मिनेट निर्णायक हुन्छ । यस क्रममा तपाईको बडी ल्याङ्ग्वेज र आत्मविश्वमसको स्तरअनुसार तपाईले जागिर पाउनु हुन्छ कि हुन्न भन्ने टुङ्गो लाग्नेछ ।
एलन भन्छन्–तपाईको सम्पूर्ण कागजपत्र बायाँ हातमा लिनुस्, ताकि हात मिलाउन दायाँ हात खाली होस् । हात मिलाउँदा त्यति नै जोड दिनुस्, जति अर्को व्यक्तिको छ । बोल्दा नअड्किनुस् र कुनै सामान पनि नझार्नुस् ।’
उनको सल्लाह छ कि कुर्सीमा बस्दा आफ्नो हात र गोडालाई नजिक राख्नुस, यसबेला दुवै हातका औंला एक अर्कामा बाध्न सक्नुहुन्छ । यसलाई स्टेपल पोस्चर भनिन्छ । यसले आत्मविश्वास भएको देखिन्छ । सिधा आँखामा हेरेर कुरा गर्नुस् र कुनै कुरामा सहमत भएपछि निकै सहज रुपमा मुन्टो हल्लाउनुस् ।
- See more at: http://www.onlinekhabar.com/2014/02/164299/#sthash.SbZ8nxRb.dpuf
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis