CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यौनसम्पर्क गर्ने बेलामा योनिमा नपसेर लिङ्ग शिथिल हुन्छ।

यौनसम्पर्क गर्ने बेलामा योनिमा नपसेर लिङ्ग शिथिल हुन्छ।

 म २० वर्षको भएँ। मेरो लिङ्गको टुप्पो बाङ्गो छ। मैले आफ्नी प्रेमिकासँग यौनसम्पर्क राख्दा गाह्रो हुन्छ। उनलाई पनि धेरै दुख्छ भन्छिन्। यौनसम्पर्क गर्ने बेलामा योनिमा नपसेर शिथिल हुन्छु। कहिलेकाहीं लाग्छ, यौनसाथीलाई मैले सन्तुष्टि दिन सकेको छैन। कहिलेकाहीं उत्तेजना भएर हस्तमैथुन गर्न बाध्य छु। मैले यो समस्याबाट मुक्ति पाउन के गर्नु उपयुक्त हुन्छ ?


-८८७१६

सन्तान उत्पादनका लागि महिलाको योनिमा वीर्य राख्नु लिङ्गको प्रमुख कार्य हो भने 'यौन' आनन्द दिनु अर्को कार्य। लिङ्ग प्रायः सधैंजसो छोपिने अङ्ग भए पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको 'व्यक्तित्व', 'पौरुषत्व' वा भनौं आफ्नो पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अङ्गभन्दा यसको सांकेतिक महत्त्व बढी छ। सम्भवतः त्यसैले होला, कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक होइन।

बाङ्गो लिङ्ग

लिङ्गको बाङ्गोपनको कुरा गरिहाल्नुभन्दा पहिले यसको संरचनाका बारेमा केही कुरा गरौं। लिङ्ग मुख्यतयाः तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिङ्गको माथितिर दुईवटा Corpus Cavernosa भनिने भाग हुन्छन् भने तलतिर Corpus Spongiosum। लिङ्ग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छ र लिङ्ग मोटो एवं कडा हुन्छ। उत्तेजित नभएका बेला लिङ्ग एउटा लचिलो अङ्गका रूपमा रहन्छ र बाङ्गोपनको खासै आभास हुँदैन, तर उत्तेजित हुँदा मात्र त्यस्तो बाङ्गोपन देखिन्छ। तपाईंले लिङ्गको टुप्पो बाङ्गो भन्नुभएको छ। तपाईंले आफ्नो लिङ्ग कुन अर्थमा बाङ्गो मान्नुभएको हो तथा कसरी आफ्नो लिङ्ग सामान्यभन्दा बाङ्गो भएको थाहा पाउनुभयो भन्ने कुरा खुल्नु आवश्यक छ।

व्यक्ति-व्यक्तिअनुसार लिंगको नाप र आकारमा भिन्नता हुन्छ र यो लिङ्गको विकासकै क्रममा हुने कुरा हो। हाम्रो शरीरको पनि दायाँ-बायाँ ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ। शरीरको बीचमा परेको भए पनि शरीरको विकासका क्रममा उक्त प्रभाव लिङ्गमा पनि देखिन्छ। सबै पुरुषको लिंगको आकार एकै किसिमको हुँदैन र उत्तेजित अवस्थामा एकदम सीधा नभै लिंग आफैंमा केही मात्रामा टेढो (बाङ्गो) हुन्छ। यो सामान्य कुरा नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन्, तर कुरा त्यसो होइन। लिङ्ग उत्तेजित हुँदा केही छड्के हुन सक्छ। लिङ्गको Corpus Cavernosa भनिने भाग जघनास्थी (pubic bone) सम्म जोडिएको हुन्छ। त्यसैले उत्तेजित लिङ्गको कोणलाई निर्धारित गर्छ।

टेढोपन निकै छ भने समस्या गम्भीर हुनसक्छ, तर त्यस्तो स्थिति अति कम हुन्छ। मूत्रनलीको विकासमा गडबडी भएर टेढोपन भएको स्थितिमा लिंग तलतिर बाङ्गो हुन्छ। लिंग निश्चित रूपमा बाङ्गो भएको अवस्थालाई chordee भनिन्छ। मूत्रद्वारको संक्रमण पनि बाङ्गोपनको कारण हुनसक्छ। Peyronie's disease मा सामान्य लिङ्ग अकस्मात् निकै बाङ्गो हुन गै यौनसम्पर्क गर्न नसक्ने हुन्छ र दुख्छ पनि। पक्का रूपमा कारण थाहा नभएको यो रोग अक्सर ४० वर्षमाथिका मानिसलाई लाग्छ, जुन तपाईंलाई भएको भन्ने आधार छैन। यस्ता गम्भीर समस्याका लागि मात्र चिकित्सकको सहयोग आवश्यक हुन्छ।

के लिंग बाङ्गो भए यौनसन्तुष्टि दिन सकिन्छ ?

पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिङ्गको बाङ्गोपनले यौनसम्पर्कलाई कुनै किसिमको बाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ। तपाईंले बाङ्गो भएका कारण योनिमा लिङ्ग पसाउन नसकेको कुरा गर्नुभएको छ। यदि गम्भीर किसिमको बाङ्गोपन छ भने शल्यचिकित्सा नै लिङ्ग सोझ्याउने उपाय हो। सामान्यतः गम्भीर प्रकृतिको लिङ्गको बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ, तर विचार गर्नुपर्ने कुरा के छ भने शल्यक्रियाको हानि पनि हुनसक्छ। त्यसैले तपाईंलाई आफ्नो लिङ्गको बाङ्गोपनका सम्बन्धमा शंका छ भने शल्यचिकित्सकको परामर्श लिन सक्नुहुन्छ, तर आवश्यक नै नभै हल्का किसिमको बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा हानि नै हुने सम्भावना पनि हुन्छ। त्यसैले लिङ्गमा गरिने यस्ता शल्यक्रियालाई सामान्य मान्नु हुँदैन।

अधिकांश महिलाले यौनसुख भगांकुरकोे प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिरै हुन्छ र त्यसको घर्षणका लागि लिङ्ग नै चाहिने होइन। त्यसैले समस्या गम्भीर नहुँदासम्म आफ्नो लिङ्ग सोझ्याउनेतिर लाग्नु भन्दा पहिले महिलाले कसरी यौन आनन्द प्राप्त गर्छन् भन्ने कुरा बुझ्नतिर लाग्नु बुद्धिमानी हुन्छ।

लिंग किन पसाउन नसकेको होला ?

हल्का वा मध्यम किसिमको बाङ्गोपनले बाधा पुर्‍याउँदैन, बरु केहीले थप आनन्ददायक हुने अनुभव सुनाउँछन्। अति नै तलतिर घुमेको बाङ्गोपनबाट बाधा पुग्छ। तपाईंले हस्तमैथुन गर्न बाध्य भएको कुरा गर्नुभएको छ तर बाङ्गोपनका कारणले असजिलो भए-नभएको केही उल्लेख गर्नुभएको छैन। लिङ्ग पसाउन गाह्रो हुनुको अर्को कारण लिङ्गमा आवश्यक उत्तेजना नहुनु हो।

पीडादायक तथा अप्ठयारो यौनसम्पर्कलाई चिकित्सकीय भाषामा Dysoareunia भनिन्छ। महिलामा यौनसम्पर्कका बेला अनेक कारणले पीडा हुन सक्छ। एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो भने अर्को महत्वपूर्ण कारण योनिको मांसपेशी कडा हुनु हो। अंगे्रजीमा यस किसिमको अवस्थालाई Vaginismus भनिन्छ। धेरैजसो अवस्थामा भयातुर वा डर नै यसको कारण बनेको हुन्छ। त्यसबाहेक प्रजनन अङ्गको संक्रमण पनि त्यसको कारण हुन सक्छ। समस्याको कारण पत्ता लगाई त्यसलाई हटाउनु आवश्यक हुन्छ।
साभार : साप्ताहिक
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
    तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
    तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis