कमजोर मेकिङ, सानो चलचित्र उद्योग,
सामाजिक निरुत्साह आदि प्रतिकूलताका बीच पनि नेपाली हिरोइनहरूले आफ्नो
नायकत्व स्थापित गरेका छन्।
सुन्दरता स्वयं सिफारिश
प्रकाश
अधिकारीले हिरो हुन बुनु केसीसँग खिचेको फोटो हेरेपछि निर्देशक प्रकाश
थापाले प्रकाशलाई हैन बुनुलाई 'सन्तान' फिल्ममा नायिका छाने। एक्ली आमाले
हुर्काएकी बुनुले त्यसवेलासम्म सिनेमा हेरेकै थिइनन्। यसरी बुनु केसीबाट
करिश्मा मानन्धर बनेकी उनी अढाइ दशकदेखि नेपाली फिल्म उद्योगमा छाएकी छन्।
सुन्दरी करिश्मालाई धेरैले 'के राज हो सधैं सुन्दर देखिनुको' भनेर
सोध्छन्। उनी आफूलाई मार्न हैन हरदम ताजा र जीवित राख्ने कोशिशमा रहने जवाफ
दिन्छिन्। “खासगरी, महिलाका लागि खुशी र स्वस्थ रहनु अनिवार्य पनि छ”,
करिश्मा भन्छिन्, “आफू दुःखी भएर अरूलाई खुशी पार्न सकिंदैन।”
मानिसले शरीर प्रयोग गरेर धेरै थोक कमाउने हुनाले जीवन नै धान्ने शरीरलाई माया गर्नुपर्ने उनी बताउँछिन्। स्वस्थ, सुन्दरता, परिवार र कामलाई सँगै लिएर हिंडेकीले आफू आम नेपालीको हिरोइन हुनसकेको उनको भनाइ छ। नेपाली सिनेमाको कमजोरीका जानकार हिरोइन करिश्मा नायिकाहरूको जथाभावीले यो क्षेत्र बद्नाम छ भन्ने भनाइको कडा प्रतिवाद गर्छिन्। उनी भन्छिन्, “यो क्षेत्रको मर्यादाको सीमा र माया यसलाई नै जीवन बनाएको हामीलाई भन्दा बढी अरूलाई हुनु अनौठो हो।”
अगुवा अभिनेत्री
उस्ताद भैरवबहादुर थापाकी छोरी भएकीले ६–७ वर्षको उमेरमै उनले रङ्गमञ्चमा नाच्न पाइन्। तर, परिवारबाट प्रोत्साहन भए पनि समाजको प्रहार भने खप्नै पर्यो, उनले। भुवन सम्झिन्छिन्, “कार्यक्रमहरूबाट घर फर्कंदा लुकी–लुकी हिंड्नुपर्थ्यो।”
यस्तैमा मबीबी शाहको नाटक 'प्रकृतिको प्रेरणा' मा हिरोइन बनिन्। त्यसपछि
त भुवनले हिन्दी सिनेमा 'लभ इन टोकियो' की नायिका साधनाले जस्तै कपाल
काटेर फोटो सूट गरिन्। उनको मनमा 'हिरोइन सपना' भरिदिने काम माला सिन्हा र
वैजयन्ती मालाहरूले गरे। त्यही वेला 'आमा' फिल्म बन्ने भयो। त्यसमा
चैत्यदेवी श्रेष्ठ र भुवन छानिए। “केही दिनपछि हाम्रो घर अगाडि कालो
बेञ्जकार रोकियो”, भुवन भन्छिन्, “त्यसले मलाई रोयल होटल लिएर गयो– फिल्मका
कुरा सम्झाउन।”
अर्को दिन उनी चोभारमा शिवशंकरसँग उचाइ मिलाउन ईटामा उभिएर 'गरौंला हामी सृजना' भन्ने गीतको छायांकन गर्न पुगिन्। यसरी भुवन नेपाली सिनेमाको प्रथम नायिका बनिन्। शिवशंकरको हातमा हात राखेर मन्द मुस्कानमा गरेको गीतको 'लिपसिङ्गिङ' अहिले सम्झँदा स्वप्निल लाग्छ उनलाई। त्यो समयमा जेभियर्स स्कूलका केटाहरू आफ्ना 'डाईहार्ड फ्यान' रहेको सम्झना पनि कम रोमाञ्चकारी छैन। सिनेमा निर्माणकै क्रममा क्वाटर ब्लाउजसँग कटन सारीमा देखिएपछि उनी आम नेपाली महिलाको पनि हिरोइन बनिन्।
चलचित्र 'आमा' बनेको ५० वर्ष पुग्यो। नेपाली फिल्म अब आफ्नै पालाको कटन सारी, ब्लाउज वा चौबन्दीमा अटाउँदैन भन्नेमा उनी प्रष्ट छिन्। “तर, एउटा मर्यादा र नेपालीपन चाहिन्छ”, ६६ वर्षीया भुवन भन्छिन्, “नाङ्गोपनबाट कुनै देशको सांस्कृतिक पहिचान बन्दैन।”
सिनेमाकी
हिरोइनले कथाको इथोस, सेन्टिमेन्ट र मोरल भ्यालु अर्थात्,
सामुदायिक/सांस्कृतिक लक्षण, भावना र नैतिक मूल्य–मान्यता बोकेको हुनुपर्छ।
यो मान्यता अनुसार, हिरोको उपस्थितिमा हराउने पात्र होइन, हिरोइन। पूर्वीय
दार्शनिक शूद्रकले हिरोइन अर्थात् नायिकालाई बसन्ती सेना भनेका छन्, जसले
मौसमलाई पनि आफ्नो पछाडि दौडाउन सकोस्। शूद्रकको नाटक 'मृच्छकटिक' मा
नायिकाको पछाडि राजा लाग्छन्, नोकर लाग्छन्, गायक लाग्छन् र संसारै
दौडिन्छ।
हिन्दी फिल्म 'तमास' को एउटा दृश्यमा निराश भएर आएपछि ओम पुरीले
हिरोइनको काँधमा टाउको राख्नुपर्ने र हिरोइन लजाउनुपर्ने थियो। तर, हिरोइन
दीपा शाहीले लजाउनुको साटो निर्धक्क आड दिएर दृश्य परिवर्तन गरिदिइन्।
त्यसमा दीपाको तर्क थियो– “हिरोसँग नाङ्गै सुत्ने हिरोइनले सबैतिरबाट हार
खाएर आएको हिरोसँग लजाउने होइन, बलियो आड दिनुपर्छ।”
नेपाली चलचित्र परम्परामा यी मान्यताहरू लागू भएका छन् भन्ने होइन, तर मेकिङमा खोट रहँदारहँदै पनि अभिनेत्रीहरूले आ–आफ्ना विशेष गुणहरूको बलमा अलग–अलग धारबाट 'हिरोइन' स्थापित गरेका छन्। जस्तो, रत्नपार्कमा जतिबेर हेरे पनि कुनै केटीले केटालाई भकुरेको देख्न पाइँदैन, तर फिल्महरूमा रेखा थापा हूलका हूल गुन्डालाई सोत्तर पार्छिन्। त्यो दृश्य हेरेर हल बाहिर निस्केकी कुनै केटीले त्यसरी गुन्डा भकुर्न त नसक्लिन्, तर उनमा एउटा शक्तिशाली मनोभाव भने पलाएकै हुन्छ।
रेखाको सिनेमाको कला पक्षमाथि प्रश्न उठ्छ, तर केटी भन्ने प्राणी रुनको लागि मात्र हो भन्ने मान्यतालाई तोडेकी छन्, उनले। यस हिसाबले नेपाली समाजको एउटा 'रोलमोडल' अर्थात् हिरोइन हुन्, उनी। निर्माता छवि ओझा रेखा थापाको प्रवेशपछि नेपाली सिनेमाको धार बदलिएको बताउँछन्। उनले कमजोर नारी पात्रलाई हिरोले बचाउने कथा उल्टाइदिएकी छन्।
यसरी आफ्नो गुण र व्यक्तित्वबाट फिल्म मार्फत नयाँ प्रभाव र चुनौती खडा गर्ने नयाँ पुराना नेपाली 'हिरोइन' हरूको सूची लामो बन्छ।
पर्फेक्सनको सिम्बोल
भारतमा 'मदर इन्डिया' र नेपालको पहिलो फिल्म 'आमा' को कथालाई हिरोइनले बोकेको छ। सिनेमाका कथा बोक्ने गरी समाजका मुद्दाहरूमा नारीलाई प्रमुख पात्रको रूपमा उभ्याउने काम 'आमा' पछिका अरू केही नेपाली चलचित्रले पनि गरे। सिनेमाका हिरोइन परिवर्तनको संवाहक र सुन्दरताको प्रतीक हुन्छ, जसलाई हेरेर महिलाहरू आफू पनि त्यस्तो हुने कल्पना गर्छन्। वरिष्ठ निर्देशक यादव खरेलको दिमागमा नारी पात्र भन्नासाथ सशक्तताको पक्ष बढी घुम्छ। उनी भन्छन्, “सिनेमाले महिलाको शक्ति, संभावना, प्रभाव र सुन्दरतालाई 'पर्फेक्सन' को तहमा उद्घाटित गर्नुपर्छ।”
नायिका करिश्मा मानन्धरको दृष्टिमा सिनेमाकी हिरोइन 'पर्फेक्सन' को 'सिम्बोल' हो, जसलाई सबैले 'रोलमोडल' मान्छन्। उसको व्यक्तित्व (लवाइ, खवाइ, हिंडाइ, बोलाइ) ले व्यक्तिगत, पारिवारिक तथा सामाजिक तहलाई प्रभावित पार्छ। यस्तो 'सिम्बोल' देश र परिवेश अनुसार फरक हुन सक्छ। आजको नेपाली सिने उद्योगमा ब्यापारिक र अभिनय दुवै हिसाबमा प्रभाव पारिरहेकी नायिका रेखा थापा हिरोइनलाई 'लीडरसीप' मान्छिन्, जसले जुनसुकै पात्रको भूमिकाबाट पनि फिल्मलाई बोक्छ।
एक दशकदेखि नेपाली सिनेमाको मूलधारमा जमेकी रेखाले सिनेमामा हिरोइन हुन आउने केटीलाई 'ब्रेक' दिने परम्परालाई 'ब्रेक' गरेर धेरै केटालाई हिरोमा लिएर स्थापित गरेकी छन्। यसरी उनी हिरो जन्माउन सक्ने हिरोइन पनि भएकी छन्। केटाहरूको व्यक्तित्व हेरेर काममा लिने गरेको बताउँदै रेखा भन्छिन्, “चाप्लुसी गर्नेलाई होइन, हल्का 'इगो' भएका केटाहरू मेरो नजरमा पर्छन्।”
कलाकार हरिवंश आचार्यको विचारमा, हिरोइनमा 'एक्प्रेसन' सहितको सुन्दरता हुनुपर्छ। त्यस्ता हिरोइनले पर्दा बाहिरको जमातलाई प्रभाव पार्न विभिन्न चरित्र मार्फत नवदुर्गाका नौ शक्ति परिचालन गर्छे। उसको व्यवहार र व्यक्तित्व हेरेर दर्शकहरू म पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने कल्पना गर्छन्। आम महिला आफू पनि त्यस्ता हिरोइन जस्तै प्रभावशाली हुन कल्पन्छन्। आम पुरुषले त्यो नारीको छवि मनमा सजाउँछन्। अनि यस्तो अपेक्षा र व्याख्यालाई नेपाली चलचित्र र त्यसका हिरोइनहरूले कति थेगेका छन् भन्ने बहस गर्ने वेला भएको छ।
पात्र नचिन्ने चलचित्र
हिजोसँग आजको तुलना गर्ने हो भने नेपाली समाजले सात जुनी फेरिसक्यो। सबै क्षेत्रमा महिला अगाडि आएका छन्। शैक्षिक जागरणबाट समाज खुल्दै जाँदा महिलाहरू स्वतन्त्र र आत्मनिर्भर बनेका छन्। आजका नेपाली नारी समाजमा जुनसुकै भूमिकाका लागि तयार छन्। समाजमा एक से एक नारी पात्र छन्, नारीका कथा छन्, तर नेपाली सिनेमाले त्यसलाई समात्न सकेको छैन। नायिका करिश्मा मानन्धर आफूले अभिनय गरे जस्तो पात्र समाजमा कहिल्यै नभेटेको बताउँछिन्।
उनको विचारमा, कथा–विषयवस्तुको कमजोरीमाथि 'भल्गर' र 'ग्ल्यामर' बीचको अन्तर नबुझ्ी 'बोल्डनेस' को नाममा फिल्म खिच्ने प्रवृत्तिले नेपाली हिरोइनको 'इमेज' निर्माणमा धक्का लागेको छ। धेरैजसो सिनेमेकर कलाबाट अभिप्रेरित भएभन्दा व्यावसायिक फाइदाका लागि फिल्म बनाउँछन् भने नायिकाहरू चर्चित र बिकाउ बन्न अर्थ न बर्थका 'बोल्ड' सिन दिन अग्रसर हुन्छन्। नेपाली फिल्मको जगको रूपमा रहेकी हिरोइन भुवन चन्द त्यस्तो 'सिन' ले संसारमा कसैलाई हिरोइन नबनाएको बताउँछिन्। उनी भन्छिन्, “हिरोइन हुँ भन्न उल्टै लाज मान्नुपर्ने काम सबैले छाड्नुपर्छ।”
उनको समयका नेपाली सिनेमाले केटी भनेका त्यागी, असल र अन्याय पर्दा विद्रोही हुन्छन् भन्ने मान्यता बोकेका हुन्थे। त्यो समयका नायिकाहरूले अनेक सामाजिक अवगाल खेप्दै पनि त्यस्तो चरित्रमाथि न्याय नै गरे। २४ वर्षदेखि चलचित्र क्षेत्रमा रहेका नायक राजेश हमाल आजको समाज र त्यहाँभित्रका 'इन्टर्याक्टिभ' केटीहरूको व्यक्तित्वलाई नेपाली सिनेमाले बोक्न नसकेको बताउँछन्। अर्थात्, समय र नेपाली समाजको परिवर्तन एकातिर छ भने सिनेमा अर्कोतिर दौडिएको छ।
केटीको व्यक्तित्वमा मात्र होइन, आज केटीप्रति केटाहरूको अपेक्षामा पनि परिवर्तन आएको छ। आजका केटा कमजोर, पाल्नुपर्ने र आफ्नो बाहुपासमा मात्र सुरक्षित महसूस गर्ने केटी होइन सहयात्री चाहन्छन्। “फरासिला, साहसी र 'फन लभिङ्ग' केटी आजका केटाको चाहना हो”, हमाल भन्छन्, “केही अपवाद बाहेक नेपाली सिनेमाले यो तथ्यलाई आत्मसात नगरेको सत्य हो।”
त्यसैले, धनवान बाउकी पुलपुलिएकी छोरी होइन, नेपाली समाजको कथा बोक्ने केटी (चेन्नइ एक्सप्रेसकी दीपिका पादुकोण जस्तै) को भूमिकामा अभिनय गर्न मन लागेको बताउँछिन्, करिश्मा मानन्धर। हिरोइन बन्न ठूलो संघर्ष गरेकी दीपाश्री निरौला महानायक भनिएका राजेश हमाल लगायतका हिरोसँग कम्मर मर्काएपछि ठूलो पर्दाबाटै बाहिरिइन्। किन त? “जुन फिल्मको 'साइन' गर्न बोलाउँदा पनि एउटा बलात्कारको सिन छ है भन्थे। सिनेमामा मैले आफूलाई भेटाउनै सकिनँ। त्योभन्दा त जनजीवनसँग नजिक रहने र समाजका पात्रहरूको चित्रण गर्न पाइने हास्यव्यङ्ग्य सिरियल नै ठीक लाग्यो।”
दीपाश्रीले यो उत्तरमा धेरै कुरा बोलेकी छन्। अर्कोतिर, दुई–तीन वटा सिनेमा खेलेपछि आफूलाई समाजको एकदम भिन्न पात्र ठान्ने हिरोइनहरू पनि छन्, जसको प्रभाव सिनेमाको अभिनयमा पनि पर्छ भन्ने तर्क सिने समीक्षक प्रकाश साय्मिको छ। फिल्म मेकरहरू पनि सुहाउँदो पात्र खोज्दैनन्। साय्मिका अनुसार, हिन्दी फिल्म 'हरेराम हरेकृष्ण' बनाउने क्रममा देवानन्दले भनेका थिए, “म हिरोइन छान्न विज्ञापन गर्दिनँ, समाजमा जान्छु।”
आफूलाई धनाढ्य केटी पात्र चाहिएपछि देवानन्द सम्भ्रान्तहरूको पार्टीमा जान थाले। एउटा पार्टीमा उनले परैबाट देखे, एउटी फेसनेवल केटीले सिगरेट सल्काउन लागेको। देवानन्द हतपत लाइटर बालेर समीपमा पुगे, तर केटीले 'नो, थ्यांक्स' भन्दै आफ्नै लाइटरले सिगरेट सल्काई। त्यो रवाफिलो पाराबाट प्रभावित देवानन्दले फिल्ममा अफर गरे, तर त्यसमा पनि केटीले 'नट इन्ट्रेस्टेड' भनिदिई। देवानन्द झ्न् 'फिदा' भए। यसरी हिन्दी फिल्म उद्योगमा जिनत अमानको उदय भयो। हिन्दीकै सवाना आजमीले चरित्रमाथि न्याय गर्न पाँच दिनसम्म मसान घाटमा बिताएको बताउँदै समीक्षक साय्मि भन्छन्, “नेपाली नायिकामा यथार्थ नजिक पुगेर अभिनय गर्ने अभ्यास छैन, किनभने मेकरहरूले नै पात्र चिनेका छैनन्।”
उता, नायिका रेखा थापा आफूले परिवर्तित नेपाली महिलाको व्यक्तित्व सिनेमामा बोकेको दाबी गर्छिन्। आफूले हिरोलाई बचाएको र नारी विलौनाको जमानालाई पाखा लगाएको उनको भनाइ छ। त्यसकारण, रेखा हिरोइन नभएर हिरो भएको निर्माता छवि ओझा बताउँछन्। तर, फाइट खेल्नु र गुण्डा तह लाउनु नै हिरोइनको मूलभूत व्यक्तित्व हो त? “नारीका आफ्नै विशिष्टता र भूमिका हुन्छन्”, समीक्षक साय्मि भन्छन्, “तिनको सानदार प्रस्तुति हुनुपर्छ, मार्सल आर्टको प्रोडक्ट जस्तो होइन। फेरि, हिरोइन त हिरोइन नै हो, हिरो होइन।”
यसरी जन्मिए हिरोइन
६० वर्ष अगाडि सीताको आदर्शलाई केन्द्रमा राखेर हिंडेको परम्परावादी नेपाली समाजले 'ढोल, पशु, शूद्र र नारीलाई ताडनाको अधिकारी' मान्थ्यो। “हास्न्याहरू वेश्या हुन्छन् भन्ने त्यो जमानामा नाटक र नाचमा केटीहरूले हाँस्दै अभिनय गर्नू कल्पना बाहिरको कुरा थियो”, वरिष्ठ निर्देशक यादव खरेल भन्छन्।
त्यो वेला नाटकमा पुरुष नै महिला बन्थे, तर पुरुषलाई पनि गतिलो भए किन नाचगान गर्दै हिंड्थ्यो भन्दै हुर्मत लिइन्थ्यो। त्यस्तो जमानामा स्टेज र सिनेमा डान्स गर्ने महिलाको आँटमा 'लिबर्टी' को प्रेरणा थियो भन्न सकिन्छ। उनीहरूले अनेक निषेधाज्ञा जारी गर्ने समाजलाई नाचेरै–गाएरै अगाडि धकेल्ने भूमिका खेले, अरू हजारौं महिलाका लागि 'रोलमोडल' मान्दै। निर्देशक यादव खरेल त्यो वेला नाच्ने–गाउने महिलालाई जति प्रशंसा गरे पनि कम हुने बताउँछन्।
समयको कुरा हो, समाज जतिसुकै परम्परावादी भए पनि २००८–९ सालतिर काठमाडौंमा रङ्गमञ्चको राम्रै रौनक आएको खरेल बताउँछन्। २०१० सालमा बालकृष्ण समको नाटक 'अन्धवेग' मा शान्ति मास्केको प्रवेशसँगै नेपाली रंगमञ्चमा नेपाली हिरोइनको उदय भयो। रंगमञ्च फस्टाउँदै जाँदा नेवारी कार्यक्रमहरूले तीव्रता पाए। यही क्रममा नास खलःको जन्म र चैत्यबीको उदय भयो, जो चलचित्र 'आमा' की आमा बन्न पुगिन्। भुवन थापा र बसुन्धरा भुषाल जस्ता हिरोइनहरू पनि अर्को फाँटको रंगमञ्चैबाट जन्मिए।
समाजसँगै हिरोइन
नेपालका सिने हिरोइनहरू आफूलाई पर्दामा हेर्ने जमातसँग ठोक्किंदै हिंडिरहेका हुन्छन्। बलिउडकी करिश्मालाई दर्शकहरूले 'सेक्स सिम्बोल' को रूपमा हेर्छन् र उनको कम्मरको आकार बाक्लो भएपछि हेर्न छाड्छन्। तर, नेपालकी करिश्मालाई बिहा गरेर बच्चा पाए पनि सिनेमामा केही फरक परेको छैन। यसले नेपाली हिरोइन र समाजको निकटता देखाउँछ।
यो सामीप्यताले समाजमा उनीहरूको दिदी, बहिनी, छोरीको छविलाई साबूत राखेको हुन्छ। नेपाली हिरोइनहरूबाट समाजले विभिन्न स्वरुपको आत्मीयता खोजिरहने बताउँदै करिश्मा मानन्धर भन्छिन्, “हिरोइन मात्र हुन खोज्ने हो भने पर्दामा देखिंदा देखिंदै पनि अस्वीकृत भइन्छ।”
समाजसँगको निकटताले नेपाली हिरोइनलाई आफ्नो पर्दाको छवि जोगाउन हम्मे–हम्मे भएको छ। उसका स–साना गतिविधि पनि समाजबाट छिप्दैनन्। नेपाली दर्शक जस्तै छन्, हिरोइनहरू जो फिल्ममा मात्र धनी हुन्छन्। सुटिङ सकिएपछि उनीहरू कि बजारमा दौडधुप गरिएका हुन्छन् या बसपार्कमा उभिरहेका हुन्छन्, आम मानिससँगै। करिश्मा भन्छिन्, “किनमेल गर्दा मान्छेहरूले चिन्दा भीडभाड हुनेभएकोले मास्क लगाएर असनका गल्ली–गल्ली डुल्नुपर्छ।”
सिनेमामा खेल्न पनि सजिलो छैन। आउटडोर सुटिङ हुँदा भीडमा कपडाले बारेर,
छाताले छेकेर लुगा फेर्नुपर्छ। स्टुडियोहरू नभएकाले मान्छेका घर–घरमा सुटिङ
गर्दै हिंड्नुपर्छ।
हिरोइनहरू निर्माता/निर्देशकसँग लभ परिरहने वा कसैसँग घुम्न गइरहने अवस्थामा हुँदैनन्। उनीहरूले सुटिङ युनिटमा एक खालको पारिवारिक वातावरण बनाएका हुन्छन्। घरबाट टाढा रहेर काम गर्दा युनिट नै परिवार बनेको हुन्छ। यस्तो मायाले सुटिङ सकिएपछि रोएर छुट्टिनेसम्म बनाउने बताउँछिन्, बसुन्धरा भुषाल।
हिरोइनहरू यौन शोषणमा पर्छन् भन्ने भनाइमा प्रायःको एक बोली छ। यसमा अपवाद हुन सक्छन्, तर खास शोषण चाहिं समाजले गर्ने करिश्मा बताउँछिन्। हिरोइनको शोषणको चिन्ता गर्नेहरूले समाजमा व्याप्त केटीहरूप्रतिको पूर्वाग्रही मान्यता विरुद्ध अभियान चलाए राम्रो हुने उनी बताउँछिन्। “खासमा हिरोइनहरूले बदमासहरूको होइन, अझ् पनि सामाजिक मान्यताको डर बोकेर हिंड्नुपरेको छ”, करिष्मा भन्छिन्। आफ्नो नाम प्रकाश अधिकारीसँग जोडिएर आउन थालेपछि आफूले दाइ मानेको उनीसँग बोल्नै छोड्दा पनि हल्ला नरोकिएको करिष्मा बताउँछिन्।
सिनेमाका चेलीहरूकी अभिभावक रहेकी बसुन्धरा यो क्षेत्रमा आएका आँटी केटीहरूलाई कसरी खेदिन्छ भन्ने उदाहरण श्रीषा कार्कीलाई मान्छिन्, जो आत्महत्या गर्न बाध्य भइन्। सिरियलमा एकछत्र जमेकी अर्की हिरोइन दीपाश्री निरौला आफूबारे हुँदैनभएको समाचारहरू आउँदा कति पटक त आत्महत्या गरौं कि जस्तो लागेको बताउँछिन्। “कति पटक विराटनगरमा बुबाले त्यस्तो हल्ला विरुद्ध प्रतिवाद गर्नुपर्यो”, उनी भन्छिन्, “तर, अहिले महिलालाई हेप्ने समाज विस्थापनमा परिसक्यो।”
कलाकार हरिवंश आचार्य सामाजिक खेदो र पेशागत असुरक्षाको परिवेशमा पनि आफूलाई धानेर नेपाली सिने उद्योगलाई अगाडि बढाइरहेका हिरोइनहरूको मूल्यांकन गर्नुको साटो नाटीकुटी मात्र गरिरहनुलाई अविवेक भन्छन्।
हास्यरसकी सदावहार
बसुन्धरा
भुषाल नेपाली फिल्मकी त्यस्ती एकल 'आइकन' हुन्, जसले ५० वर्षदेखि निरन्तर
हास्य विधाबाट नेपाली फिल्म धानिरहेकी छन्। बालकलाकारको रूपमा रङ्गमञ्चमा
आएकी उनलाई पनि ठूली हुँदै गएपछि नाच्दै हिंड्न कठिन बन्दै गयो। “कतिसम्म
भने आमालाई नै मान्छेहरूले नाच्ने केटीको आमा भन्लान् भन्ने ठूलो पीर
थियो।”
तर, उनी पिटाइ खाँदै भए पनि नाचेर हिंड्न छाडिनन्। त्यही क्रममा भुवन
चन्दसँग उनको चिनजान भयो। भुवनसँगै 'आमा' को सुटिङ हेर्न चोभार पुगेकी
चञ्चली फुच्ची बसुन्धरालाई निर्देशक हीरासिंह खत्रीले बालकलाकार बनाइदिए।
यसरी उनी सिनेमामा आइन्। त्यसपछिको समयमा उनले नेपाली सिनेमाको हास्य
विधालाई काँधमा बोकेर हिंडेकी छन्। यही कारण उनलाई हास्यसाम्राज्ञी पनि
भनिन्छ। नेपाली सिनेमामा छुटाउनै नहुने नाम बनेकी उनको निरन्तरता नेपाली
फिल्मप्रतिको असाधारण लगावको ऊर्जाबाट चलेको छ।
'परालको आगो'को मुख्य पात्र गौथली उनी 'सिन्दुर' बाट नक्कलीको रूपमा 'हाउसहोल्ड नेम' बनिन्। नेपाली सिनेमाको विकासक्रममा कोसेढुंगा बनेका सबै चलचित्रमा अभिनय गरेकी बसुन्धराको विचारमा, सिनेमाको कथा बोक्न सक्ने नारी कलाकार हिरोइन हो।
संघर्षको अर्को नाम
विराटनगरमा
नाच्दानाच्दै फिल्मी सपनाले भरिएकी दीपाश्री एक समय मिथुन चक्रवर्तीप्रति
'क्रेजी' बनिन्। मान्छेहरूले फलानाकी छोरी नाचेर हिंड्छे भन्थे। उनी सुनेको
नसुन्यै गर्थिन्। त्यही क्रममा दुई वटा टेलिफिल्ममा अभिनय गरेर विराटनगर
छाडेकी उनी अहिले मोफसलकी केटीले राजधानीमा कतिसम्म संघर्ष गर्छ र कतिसम्म
सफल हुन सक्छ भन्ने बेजोड उदाहरण बनेकी छन्। उनी नेपाली समाजमा फेरिएको
नारी चरित्रलाई कला र व्यक्तित्व दुवै हिसाबले प्रस्तुत गरिरहेकी छन्,
लगातार २० वर्षदेखि। हिरोइन बन्न ठूलो लगानीको चलचित्रमा नाचिरहनुपर्दैन
भन्ने सावित गर्ने कलाकार पनि हुन्, दीपा।
शुरूका दिनमा उनी कोठाको भाडा तिर्न र सुटिङमा चाहिने कपडा किन्न समेत
सक्दिनथिन्। टेलिफिल्म खेलाउनेहरूले पैसा नै नदिने, बाझौं त्यो पनि
फुस्केला भन्ने डर! “साह्रै भएर बुबालाई फोन गरेको, घर आइज पो भन्नुहुन्छ”,
दीपाश्री भन्छिन्। अनि उनले भोकै मरे पनि नामै कमाएर मर्ने निश्चय गरिन्।
त्यसपछि अनेक रोइकराई गरेर रेडियो नेपालको नाटकमा बोल्न पाइन्, एउटा नाटकबाट रु.३०० पाउने गरी। मोहन निरौलासँग भेट भएपछि उनले सडक नाटकहरूसँगै 'देवी', 'सहनाई रोइरहेछ' र 'छिमेकी' टेलिफिल्ममा खेलिन्। त्यहीबीचमा निर्देशक दीपक श्रेष्ठले चलचित्र 'गाउँले' मा हिरोइन बनाए। त्यो फिल्मको 'गोली सिसाको ...' भन्ने गीत टीभीमा नम्बर वान भयो। दुनियाँले हेर्यौ भनेर सोध्थे, तर हिरोइनको कोठामा टीभी नै थिएन। उनले चौध इन्चको ब्ल्याक एन्ड ह्वाइट टीभी किनेर ल्याउँदा गीतै खुस्किसकेछ।
यो हैरानीबाट जम्न थालेपछि उनको नाम कहिले कोसँग, कहिले कोसँग जोडिन थाल्यो। एकातिर दुःखले थिच्या छ अर्कोतिर मान्छेहरूले लाञ्छना लगाउन थाले। उनीसँग आफ्नै मनले आफूलाई बलियो बनाउने बाहेक अर्को उपाय थिएन। फिल्ममा खेल्न थालेपछि झन् बिजोग भयो। हिरोइन भन्या छ, एउटै लुगा लगाउन भएन। किनौं, दाम छैन। त्यसवेला आफूले लुगा नमागेका परिचितको सम्झना
छैन, उनलाई। “सबभन्दा बढी चाहिं अन्जु भन्ने साथीको लगाएँ”, उनी भन्छिन्।
मागेको लुगा भएकोले सुटिङ स्थलमा पुगेर सबभन्दा पहिला हिलो, रगतमा लतपतिने सिन छ कि भनेर सोध्ने उनलाई आजकल आफ्नै लुगा फालाफाल छ। बुटिकहरूले पनि हाम्रो लुगा लगाइदिनुस् भनेर दिन्छन्। “त्यो वेला लगाएको बाली अहिले भित्र्याउँदैछु, समाजले पनि सम्मान गरेको छ”, दीपाश्रीले भनिन्, “घर बनाएँ, मोटर किनें। अब माली मात्र भित्र्याउन बाँकी छ (हा..हा..हा..हा...)।”
साभार : हिमाल
बिक्रम राई
मानिसले शरीर प्रयोग गरेर धेरै थोक कमाउने हुनाले जीवन नै धान्ने शरीरलाई माया गर्नुपर्ने उनी बताउँछिन्। स्वस्थ, सुन्दरता, परिवार र कामलाई सँगै लिएर हिंडेकीले आफू आम नेपालीको हिरोइन हुनसकेको उनको भनाइ छ। नेपाली सिनेमाको कमजोरीका जानकार हिरोइन करिश्मा नायिकाहरूको जथाभावीले यो क्षेत्र बद्नाम छ भन्ने भनाइको कडा प्रतिवाद गर्छिन्। उनी भन्छिन्, “यो क्षेत्रको मर्यादाको सीमा र माया यसलाई नै जीवन बनाएको हामीलाई भन्दा बढी अरूलाई हुनु अनौठो हो।”
अगुवा अभिनेत्री
उस्ताद भैरवबहादुर थापाकी छोरी भएकीले ६–७ वर्षको उमेरमै उनले रङ्गमञ्चमा नाच्न पाइन्। तर, परिवारबाट प्रोत्साहन भए पनि समाजको प्रहार भने खप्नै पर्यो, उनले। भुवन सम्झिन्छिन्, “कार्यक्रमहरूबाट घर फर्कंदा लुकी–लुकी हिंड्नुपर्थ्यो।”
अर्को दिन उनी चोभारमा शिवशंकरसँग उचाइ मिलाउन ईटामा उभिएर 'गरौंला हामी सृजना' भन्ने गीतको छायांकन गर्न पुगिन्। यसरी भुवन नेपाली सिनेमाको प्रथम नायिका बनिन्। शिवशंकरको हातमा हात राखेर मन्द मुस्कानमा गरेको गीतको 'लिपसिङ्गिङ' अहिले सम्झँदा स्वप्निल लाग्छ उनलाई। त्यो समयमा जेभियर्स स्कूलका केटाहरू आफ्ना 'डाईहार्ड फ्यान' रहेको सम्झना पनि कम रोमाञ्चकारी छैन। सिनेमा निर्माणकै क्रममा क्वाटर ब्लाउजसँग कटन सारीमा देखिएपछि उनी आम नेपाली महिलाको पनि हिरोइन बनिन्।
चलचित्र 'आमा' बनेको ५० वर्ष पुग्यो। नेपाली फिल्म अब आफ्नै पालाको कटन सारी, ब्लाउज वा चौबन्दीमा अटाउँदैन भन्नेमा उनी प्रष्ट छिन्। “तर, एउटा मर्यादा र नेपालीपन चाहिन्छ”, ६६ वर्षीया भुवन भन्छिन्, “नाङ्गोपनबाट कुनै देशको सांस्कृतिक पहिचान बन्दैन।”
नेपाली चलचित्र परम्परामा यी मान्यताहरू लागू भएका छन् भन्ने होइन, तर मेकिङमा खोट रहँदारहँदै पनि अभिनेत्रीहरूले आ–आफ्ना विशेष गुणहरूको बलमा अलग–अलग धारबाट 'हिरोइन' स्थापित गरेका छन्। जस्तो, रत्नपार्कमा जतिबेर हेरे पनि कुनै केटीले केटालाई भकुरेको देख्न पाइँदैन, तर फिल्महरूमा रेखा थापा हूलका हूल गुन्डालाई सोत्तर पार्छिन्। त्यो दृश्य हेरेर हल बाहिर निस्केकी कुनै केटीले त्यसरी गुन्डा भकुर्न त नसक्लिन्, तर उनमा एउटा शक्तिशाली मनोभाव भने पलाएकै हुन्छ।
रेखाको सिनेमाको कला पक्षमाथि प्रश्न उठ्छ, तर केटी भन्ने प्राणी रुनको लागि मात्र हो भन्ने मान्यतालाई तोडेकी छन्, उनले। यस हिसाबले नेपाली समाजको एउटा 'रोलमोडल' अर्थात् हिरोइन हुन्, उनी। निर्माता छवि ओझा रेखा थापाको प्रवेशपछि नेपाली सिनेमाको धार बदलिएको बताउँछन्। उनले कमजोर नारी पात्रलाई हिरोले बचाउने कथा उल्टाइदिएकी छन्।
यसरी आफ्नो गुण र व्यक्तित्वबाट फिल्म मार्फत नयाँ प्रभाव र चुनौती खडा गर्ने नयाँ पुराना नेपाली 'हिरोइन' हरूको सूची लामो बन्छ।
पर्फेक्सनको सिम्बोल
भारतमा 'मदर इन्डिया' र नेपालको पहिलो फिल्म 'आमा' को कथालाई हिरोइनले बोकेको छ। सिनेमाका कथा बोक्ने गरी समाजका मुद्दाहरूमा नारीलाई प्रमुख पात्रको रूपमा उभ्याउने काम 'आमा' पछिका अरू केही नेपाली चलचित्रले पनि गरे। सिनेमाका हिरोइन परिवर्तनको संवाहक र सुन्दरताको प्रतीक हुन्छ, जसलाई हेरेर महिलाहरू आफू पनि त्यस्तो हुने कल्पना गर्छन्। वरिष्ठ निर्देशक यादव खरेलको दिमागमा नारी पात्र भन्नासाथ सशक्तताको पक्ष बढी घुम्छ। उनी भन्छन्, “सिनेमाले महिलाको शक्ति, संभावना, प्रभाव र सुन्दरतालाई 'पर्फेक्सन' को तहमा उद्घाटित गर्नुपर्छ।”
नायिका करिश्मा मानन्धरको दृष्टिमा सिनेमाकी हिरोइन 'पर्फेक्सन' को 'सिम्बोल' हो, जसलाई सबैले 'रोलमोडल' मान्छन्। उसको व्यक्तित्व (लवाइ, खवाइ, हिंडाइ, बोलाइ) ले व्यक्तिगत, पारिवारिक तथा सामाजिक तहलाई प्रभावित पार्छ। यस्तो 'सिम्बोल' देश र परिवेश अनुसार फरक हुन सक्छ। आजको नेपाली सिने उद्योगमा ब्यापारिक र अभिनय दुवै हिसाबमा प्रभाव पारिरहेकी नायिका रेखा थापा हिरोइनलाई 'लीडरसीप' मान्छिन्, जसले जुनसुकै पात्रको भूमिकाबाट पनि फिल्मलाई बोक्छ।
एक दशकदेखि नेपाली सिनेमाको मूलधारमा जमेकी रेखाले सिनेमामा हिरोइन हुन आउने केटीलाई 'ब्रेक' दिने परम्परालाई 'ब्रेक' गरेर धेरै केटालाई हिरोमा लिएर स्थापित गरेकी छन्। यसरी उनी हिरो जन्माउन सक्ने हिरोइन पनि भएकी छन्। केटाहरूको व्यक्तित्व हेरेर काममा लिने गरेको बताउँदै रेखा भन्छिन्, “चाप्लुसी गर्नेलाई होइन, हल्का 'इगो' भएका केटाहरू मेरो नजरमा पर्छन्।”
कलाकार हरिवंश आचार्यको विचारमा, हिरोइनमा 'एक्प्रेसन' सहितको सुन्दरता हुनुपर्छ। त्यस्ता हिरोइनले पर्दा बाहिरको जमातलाई प्रभाव पार्न विभिन्न चरित्र मार्फत नवदुर्गाका नौ शक्ति परिचालन गर्छे। उसको व्यवहार र व्यक्तित्व हेरेर दर्शकहरू म पनि त्यस्तै हुन पाए हुन्थ्यो भन्ने कल्पना गर्छन्। आम महिला आफू पनि त्यस्ता हिरोइन जस्तै प्रभावशाली हुन कल्पन्छन्। आम पुरुषले त्यो नारीको छवि मनमा सजाउँछन्। अनि यस्तो अपेक्षा र व्याख्यालाई नेपाली चलचित्र र त्यसका हिरोइनहरूले कति थेगेका छन् भन्ने बहस गर्ने वेला भएको छ।
पात्र नचिन्ने चलचित्र
हिजोसँग आजको तुलना गर्ने हो भने नेपाली समाजले सात जुनी फेरिसक्यो। सबै क्षेत्रमा महिला अगाडि आएका छन्। शैक्षिक जागरणबाट समाज खुल्दै जाँदा महिलाहरू स्वतन्त्र र आत्मनिर्भर बनेका छन्। आजका नेपाली नारी समाजमा जुनसुकै भूमिकाका लागि तयार छन्। समाजमा एक से एक नारी पात्र छन्, नारीका कथा छन्, तर नेपाली सिनेमाले त्यसलाई समात्न सकेको छैन। नायिका करिश्मा मानन्धर आफूले अभिनय गरे जस्तो पात्र समाजमा कहिल्यै नभेटेको बताउँछिन्।
उनको विचारमा, कथा–विषयवस्तुको कमजोरीमाथि 'भल्गर' र 'ग्ल्यामर' बीचको अन्तर नबुझ्ी 'बोल्डनेस' को नाममा फिल्म खिच्ने प्रवृत्तिले नेपाली हिरोइनको 'इमेज' निर्माणमा धक्का लागेको छ। धेरैजसो सिनेमेकर कलाबाट अभिप्रेरित भएभन्दा व्यावसायिक फाइदाका लागि फिल्म बनाउँछन् भने नायिकाहरू चर्चित र बिकाउ बन्न अर्थ न बर्थका 'बोल्ड' सिन दिन अग्रसर हुन्छन्। नेपाली फिल्मको जगको रूपमा रहेकी हिरोइन भुवन चन्द त्यस्तो 'सिन' ले संसारमा कसैलाई हिरोइन नबनाएको बताउँछिन्। उनी भन्छिन्, “हिरोइन हुँ भन्न उल्टै लाज मान्नुपर्ने काम सबैले छाड्नुपर्छ।”
उनको समयका नेपाली सिनेमाले केटी भनेका त्यागी, असल र अन्याय पर्दा विद्रोही हुन्छन् भन्ने मान्यता बोकेका हुन्थे। त्यो समयका नायिकाहरूले अनेक सामाजिक अवगाल खेप्दै पनि त्यस्तो चरित्रमाथि न्याय नै गरे। २४ वर्षदेखि चलचित्र क्षेत्रमा रहेका नायक राजेश हमाल आजको समाज र त्यहाँभित्रका 'इन्टर्याक्टिभ' केटीहरूको व्यक्तित्वलाई नेपाली सिनेमाले बोक्न नसकेको बताउँछन्। अर्थात्, समय र नेपाली समाजको परिवर्तन एकातिर छ भने सिनेमा अर्कोतिर दौडिएको छ।
केटीको व्यक्तित्वमा मात्र होइन, आज केटीप्रति केटाहरूको अपेक्षामा पनि परिवर्तन आएको छ। आजका केटा कमजोर, पाल्नुपर्ने र आफ्नो बाहुपासमा मात्र सुरक्षित महसूस गर्ने केटी होइन सहयात्री चाहन्छन्। “फरासिला, साहसी र 'फन लभिङ्ग' केटी आजका केटाको चाहना हो”, हमाल भन्छन्, “केही अपवाद बाहेक नेपाली सिनेमाले यो तथ्यलाई आत्मसात नगरेको सत्य हो।”
त्यसैले, धनवान बाउकी पुलपुलिएकी छोरी होइन, नेपाली समाजको कथा बोक्ने केटी (चेन्नइ एक्सप्रेसकी दीपिका पादुकोण जस्तै) को भूमिकामा अभिनय गर्न मन लागेको बताउँछिन्, करिश्मा मानन्धर। हिरोइन बन्न ठूलो संघर्ष गरेकी दीपाश्री निरौला महानायक भनिएका राजेश हमाल लगायतका हिरोसँग कम्मर मर्काएपछि ठूलो पर्दाबाटै बाहिरिइन्। किन त? “जुन फिल्मको 'साइन' गर्न बोलाउँदा पनि एउटा बलात्कारको सिन छ है भन्थे। सिनेमामा मैले आफूलाई भेटाउनै सकिनँ। त्योभन्दा त जनजीवनसँग नजिक रहने र समाजका पात्रहरूको चित्रण गर्न पाइने हास्यव्यङ्ग्य सिरियल नै ठीक लाग्यो।”
दीपाश्रीले यो उत्तरमा धेरै कुरा बोलेकी छन्। अर्कोतिर, दुई–तीन वटा सिनेमा खेलेपछि आफूलाई समाजको एकदम भिन्न पात्र ठान्ने हिरोइनहरू पनि छन्, जसको प्रभाव सिनेमाको अभिनयमा पनि पर्छ भन्ने तर्क सिने समीक्षक प्रकाश साय्मिको छ। फिल्म मेकरहरू पनि सुहाउँदो पात्र खोज्दैनन्। साय्मिका अनुसार, हिन्दी फिल्म 'हरेराम हरेकृष्ण' बनाउने क्रममा देवानन्दले भनेका थिए, “म हिरोइन छान्न विज्ञापन गर्दिनँ, समाजमा जान्छु।”
आफूलाई धनाढ्य केटी पात्र चाहिएपछि देवानन्द सम्भ्रान्तहरूको पार्टीमा जान थाले। एउटा पार्टीमा उनले परैबाट देखे, एउटी फेसनेवल केटीले सिगरेट सल्काउन लागेको। देवानन्द हतपत लाइटर बालेर समीपमा पुगे, तर केटीले 'नो, थ्यांक्स' भन्दै आफ्नै लाइटरले सिगरेट सल्काई। त्यो रवाफिलो पाराबाट प्रभावित देवानन्दले फिल्ममा अफर गरे, तर त्यसमा पनि केटीले 'नट इन्ट्रेस्टेड' भनिदिई। देवानन्द झ्न् 'फिदा' भए। यसरी हिन्दी फिल्म उद्योगमा जिनत अमानको उदय भयो। हिन्दीकै सवाना आजमीले चरित्रमाथि न्याय गर्न पाँच दिनसम्म मसान घाटमा बिताएको बताउँदै समीक्षक साय्मि भन्छन्, “नेपाली नायिकामा यथार्थ नजिक पुगेर अभिनय गर्ने अभ्यास छैन, किनभने मेकरहरूले नै पात्र चिनेका छैनन्।”
उता, नायिका रेखा थापा आफूले परिवर्तित नेपाली महिलाको व्यक्तित्व सिनेमामा बोकेको दाबी गर्छिन्। आफूले हिरोलाई बचाएको र नारी विलौनाको जमानालाई पाखा लगाएको उनको भनाइ छ। त्यसकारण, रेखा हिरोइन नभएर हिरो भएको निर्माता छवि ओझा बताउँछन्। तर, फाइट खेल्नु र गुण्डा तह लाउनु नै हिरोइनको मूलभूत व्यक्तित्व हो त? “नारीका आफ्नै विशिष्टता र भूमिका हुन्छन्”, समीक्षक साय्मि भन्छन्, “तिनको सानदार प्रस्तुति हुनुपर्छ, मार्सल आर्टको प्रोडक्ट जस्तो होइन। फेरि, हिरोइन त हिरोइन नै हो, हिरो होइन।”
यसरी जन्मिए हिरोइन
६० वर्ष अगाडि सीताको आदर्शलाई केन्द्रमा राखेर हिंडेको परम्परावादी नेपाली समाजले 'ढोल, पशु, शूद्र र नारीलाई ताडनाको अधिकारी' मान्थ्यो। “हास्न्याहरू वेश्या हुन्छन् भन्ने त्यो जमानामा नाटक र नाचमा केटीहरूले हाँस्दै अभिनय गर्नू कल्पना बाहिरको कुरा थियो”, वरिष्ठ निर्देशक यादव खरेल भन्छन्।
त्यो वेला नाटकमा पुरुष नै महिला बन्थे, तर पुरुषलाई पनि गतिलो भए किन नाचगान गर्दै हिंड्थ्यो भन्दै हुर्मत लिइन्थ्यो। त्यस्तो जमानामा स्टेज र सिनेमा डान्स गर्ने महिलाको आँटमा 'लिबर्टी' को प्रेरणा थियो भन्न सकिन्छ। उनीहरूले अनेक निषेधाज्ञा जारी गर्ने समाजलाई नाचेरै–गाएरै अगाडि धकेल्ने भूमिका खेले, अरू हजारौं महिलाका लागि 'रोलमोडल' मान्दै। निर्देशक यादव खरेल त्यो वेला नाच्ने–गाउने महिलालाई जति प्रशंसा गरे पनि कम हुने बताउँछन्।
समयको कुरा हो, समाज जतिसुकै परम्परावादी भए पनि २००८–९ सालतिर काठमाडौंमा रङ्गमञ्चको राम्रै रौनक आएको खरेल बताउँछन्। २०१० सालमा बालकृष्ण समको नाटक 'अन्धवेग' मा शान्ति मास्केको प्रवेशसँगै नेपाली रंगमञ्चमा नेपाली हिरोइनको उदय भयो। रंगमञ्च फस्टाउँदै जाँदा नेवारी कार्यक्रमहरूले तीव्रता पाए। यही क्रममा नास खलःको जन्म र चैत्यबीको उदय भयो, जो चलचित्र 'आमा' की आमा बन्न पुगिन्। भुवन थापा र बसुन्धरा भुषाल जस्ता हिरोइनहरू पनि अर्को फाँटको रंगमञ्चैबाट जन्मिए।
समाजसँगै हिरोइन
नेपालका सिने हिरोइनहरू आफूलाई पर्दामा हेर्ने जमातसँग ठोक्किंदै हिंडिरहेका हुन्छन्। बलिउडकी करिश्मालाई दर्शकहरूले 'सेक्स सिम्बोल' को रूपमा हेर्छन् र उनको कम्मरको आकार बाक्लो भएपछि हेर्न छाड्छन्। तर, नेपालकी करिश्मालाई बिहा गरेर बच्चा पाए पनि सिनेमामा केही फरक परेको छैन। यसले नेपाली हिरोइन र समाजको निकटता देखाउँछ।
यो सामीप्यताले समाजमा उनीहरूको दिदी, बहिनी, छोरीको छविलाई साबूत राखेको हुन्छ। नेपाली हिरोइनहरूबाट समाजले विभिन्न स्वरुपको आत्मीयता खोजिरहने बताउँदै करिश्मा मानन्धर भन्छिन्, “हिरोइन मात्र हुन खोज्ने हो भने पर्दामा देखिंदा देखिंदै पनि अस्वीकृत भइन्छ।”
समाजसँगको निकटताले नेपाली हिरोइनलाई आफ्नो पर्दाको छवि जोगाउन हम्मे–हम्मे भएको छ। उसका स–साना गतिविधि पनि समाजबाट छिप्दैनन्। नेपाली दर्शक जस्तै छन्, हिरोइनहरू जो फिल्ममा मात्र धनी हुन्छन्। सुटिङ सकिएपछि उनीहरू कि बजारमा दौडधुप गरिएका हुन्छन् या बसपार्कमा उभिरहेका हुन्छन्, आम मानिससँगै। करिश्मा भन्छिन्, “किनमेल गर्दा मान्छेहरूले चिन्दा भीडभाड हुनेभएकोले मास्क लगाएर असनका गल्ली–गल्ली डुल्नुपर्छ।”
तस्वीर सौजन्यः विजयरत्न तुलाधर
हिरोइनहरू निर्माता/निर्देशकसँग लभ परिरहने वा कसैसँग घुम्न गइरहने अवस्थामा हुँदैनन्। उनीहरूले सुटिङ युनिटमा एक खालको पारिवारिक वातावरण बनाएका हुन्छन्। घरबाट टाढा रहेर काम गर्दा युनिट नै परिवार बनेको हुन्छ। यस्तो मायाले सुटिङ सकिएपछि रोएर छुट्टिनेसम्म बनाउने बताउँछिन्, बसुन्धरा भुषाल।
हिरोइनहरू यौन शोषणमा पर्छन् भन्ने भनाइमा प्रायःको एक बोली छ। यसमा अपवाद हुन सक्छन्, तर खास शोषण चाहिं समाजले गर्ने करिश्मा बताउँछिन्। हिरोइनको शोषणको चिन्ता गर्नेहरूले समाजमा व्याप्त केटीहरूप्रतिको पूर्वाग्रही मान्यता विरुद्ध अभियान चलाए राम्रो हुने उनी बताउँछिन्। “खासमा हिरोइनहरूले बदमासहरूको होइन, अझ् पनि सामाजिक मान्यताको डर बोकेर हिंड्नुपरेको छ”, करिष्मा भन्छिन्। आफ्नो नाम प्रकाश अधिकारीसँग जोडिएर आउन थालेपछि आफूले दाइ मानेको उनीसँग बोल्नै छोड्दा पनि हल्ला नरोकिएको करिष्मा बताउँछिन्।
सिनेमाका चेलीहरूकी अभिभावक रहेकी बसुन्धरा यो क्षेत्रमा आएका आँटी केटीहरूलाई कसरी खेदिन्छ भन्ने उदाहरण श्रीषा कार्कीलाई मान्छिन्, जो आत्महत्या गर्न बाध्य भइन्। सिरियलमा एकछत्र जमेकी अर्की हिरोइन दीपाश्री निरौला आफूबारे हुँदैनभएको समाचारहरू आउँदा कति पटक त आत्महत्या गरौं कि जस्तो लागेको बताउँछिन्। “कति पटक विराटनगरमा बुबाले त्यस्तो हल्ला विरुद्ध प्रतिवाद गर्नुपर्यो”, उनी भन्छिन्, “तर, अहिले महिलालाई हेप्ने समाज विस्थापनमा परिसक्यो।”
कलाकार हरिवंश आचार्य सामाजिक खेदो र पेशागत असुरक्षाको परिवेशमा पनि आफूलाई धानेर नेपाली सिने उद्योगलाई अगाडि बढाइरहेका हिरोइनहरूको मूल्यांकन गर्नुको साटो नाटीकुटी मात्र गरिरहनुलाई अविवेक भन्छन्।
हास्यरसकी सदावहार
'परालको आगो'को मुख्य पात्र गौथली उनी 'सिन्दुर' बाट नक्कलीको रूपमा 'हाउसहोल्ड नेम' बनिन्। नेपाली सिनेमाको विकासक्रममा कोसेढुंगा बनेका सबै चलचित्रमा अभिनय गरेकी बसुन्धराको विचारमा, सिनेमाको कथा बोक्न सक्ने नारी कलाकार हिरोइन हो।
संघर्षको अर्को नाम
ऋषिराम कट्टेल
त्यसपछि अनेक रोइकराई गरेर रेडियो नेपालको नाटकमा बोल्न पाइन्, एउटा नाटकबाट रु.३०० पाउने गरी। मोहन निरौलासँग भेट भएपछि उनले सडक नाटकहरूसँगै 'देवी', 'सहनाई रोइरहेछ' र 'छिमेकी' टेलिफिल्ममा खेलिन्। त्यहीबीचमा निर्देशक दीपक श्रेष्ठले चलचित्र 'गाउँले' मा हिरोइन बनाए। त्यो फिल्मको 'गोली सिसाको ...' भन्ने गीत टीभीमा नम्बर वान भयो। दुनियाँले हेर्यौ भनेर सोध्थे, तर हिरोइनको कोठामा टीभी नै थिएन। उनले चौध इन्चको ब्ल्याक एन्ड ह्वाइट टीभी किनेर ल्याउँदा गीतै खुस्किसकेछ।
यो हैरानीबाट जम्न थालेपछि उनको नाम कहिले कोसँग, कहिले कोसँग जोडिन थाल्यो। एकातिर दुःखले थिच्या छ अर्कोतिर मान्छेहरूले लाञ्छना लगाउन थाले। उनीसँग आफ्नै मनले आफूलाई बलियो बनाउने बाहेक अर्को उपाय थिएन। फिल्ममा खेल्न थालेपछि झन् बिजोग भयो। हिरोइन भन्या छ, एउटै लुगा लगाउन भएन। किनौं, दाम छैन। त्यसवेला आफूले लुगा नमागेका परिचितको सम्झना
छैन, उनलाई। “सबभन्दा बढी चाहिं अन्जु भन्ने साथीको लगाएँ”, उनी भन्छिन्।
मागेको लुगा भएकोले सुटिङ स्थलमा पुगेर सबभन्दा पहिला हिलो, रगतमा लतपतिने सिन छ कि भनेर सोध्ने उनलाई आजकल आफ्नै लुगा फालाफाल छ। बुटिकहरूले पनि हाम्रो लुगा लगाइदिनुस् भनेर दिन्छन्। “त्यो वेला लगाएको बाली अहिले भित्र्याउँदैछु, समाजले पनि सम्मान गरेको छ”, दीपाश्रीले भनिन्, “घर बनाएँ, मोटर किनें। अब माली मात्र भित्र्याउन बाँकी छ (हा..हा..हा..हा...)।”
साभार : हिमाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !