CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बलिउडमा नेपाली नायिका

बलिउडमा नेपाली नायिका

चार वर्र्षदेखि मुम्बईमा संघर्षरत नेपाली नायिका उषा पौडेलको 'बलिउडी' करिअर शुरु भएको छ।
मुम्बईमा रुक्मिणी नामले चिनिने उषा हिन्दी चलचित्र सुन लड्की मा सह–अभिनेत्री भएकी छन्। प्रि–प्रोडक्सनको काम सकिएको यो फिल्मले पाउने रेस्पोन्सबाट बलिउड फिल्म नगरीमा रुक्मिणीको गति निर्धारण हुनेछ। नेपाली चलचित्र मुनामदन मा मुनाको भूमिकाबाट चर्चित भएकी उनी भारतीय टेलिसिरियलमा जमिसकेपछि फिल्ममा जान प्रयासरत थिइन्। नेपालमा साढे तीन दर्जन चलचित्रमा नायिका भएपछि दक्षिण एशियास्तरमा छाउन मुम्बईतिर लागेकी उषा त्यहाँको सानो पर्दामा सुपरिचित भइसकेकी छन्। जय जय जय बजरंग बली, जय शनिदेव, विष्णु पुराण जस्ता महँगो बजेटका धार्मिक टेलिसिरियलमा अभिनय गरेकी उनले त्यसपछि अदालत, चिन्टु चिंकी और एक बढी सी लभस्टोरी, फेयर फाइल्स, तुझसंग प्रित लगाई सजना लगायतका टेलिश्रृंखलामा मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। उषा भन्छिन्, “सुन लड्की बाट बलिउडको मूलधारमा स्थापित हुनेमा म विश्वस्त छु।”
साभार : हिमाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis