CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रेखाको पूर्वपतिको गुनासो,‘रेखाले बच्चा जन्माउनै मानिनन्’ ' भन्छन्,‘बुढेसकालमा सबैतिरबाट एक्लिए’ '

रेखाको पूर्वपतिको गुनासो,‘रेखाले बच्चा जन्माउनै मानिनन्’ ' भन्छन्,‘बुढेसकालमा सबैतिरबाट एक्लिए’ '

rekha-and-chabiनेपाली चलचित्र उद्योगमा छवि ओझाको छुट्टै पहिचान र योगदान छ । कलिउडका महानायक राजेश हमालदेखि अहिलेका चल्तीका हिरो/हिरोइन रेखा थापा र आर्यन सिग्देलसम्मलाई उनले नै डेब्यू गराएका हुन् । उनको योगदानका अगाडि नतमस्तक भएर नै अधिकांश कलाकार छविलाई ‘बा’ भनेर सम्बोधन गर्छन् ।

‘लो प्रोफाइल’मा रहेर काम गर्न रुचाउने यी भेट्रान निर्माता/वितरकको पारिवारिक जीवन भने कहिल्यै सफल भएन, सुखद् रहेन । तीनवटा बिहे गरे, दुई श्रीमतीबाट तीन छोरा छन् । तर पनि जीवनको उत्तराद्र्धमा एक्लै छन् । कुनै श्रीमतीसँग पनि उनको दाम्पत्य जीवन दश वर्षभन्दा अगाडि बढेन । ‘आज मसँग न परिवार छ, न छोराछोरी छन्, न श्रीमती नै, एक्लै भएको छु’, मिरर न्यूजसितको अन्तरंग कुराकानीमा छवि निकै भावुक देखिए । उनको जीवनमा तेस्री श्रीमतीका रुपमा चर्चित अभिनेत्री रेखा थापाको आगमनदेखि बर्हिगमनसम्मको कुराकानीका क्रममा छविका आँखामा पटक—पटक आँसु छचल्किन्थ्यो ।
सबैभन्दा धेरै माया गरेकी कान्छी श्रीमती रेखाले नै उनलाई सबैभन्दा धेरै ‘डोमिनेट’ गरिन् । र, जीवनको उत्तराद्र्धतर्फ लागेका छविलाई छाडिन् । मिरर न्यूजसितको लामो कुराकानीमा छविले आफ्नो सफल फिल्मी करिअर र असफल दाम्पत्य जीवनका धेरै सुख–दुःखका पुन्तरा खोले । पढौँ, उनकै शब्दमा ः

रेखाले बच्चा पाउन मान्दै मानिनन्
पाँच दाजुभाइ र तीन दिदीबहिनीमा सबैभन्दा कान्छो हुँ म । ०१८ सालमा मेरो परिवार धनकुटाबाट बसाइँ सरेर धरान झ¥यो । ०२१ सालमा धरानको चतरा लाइनमा म जन्मिएँ । बुबा कृषक, खेती गर्नुहुन्थ्यो । धरान पब्लिक स्कुलबाट एसएलसी र महेन्द्र क्याम्पसबाट आइकम पास गरेँ ।
धरानमा शिव सिनेमा हलको छेउमा हो मेरो घर । हलमालिकका दुईवटै छोरा मेरो लँगौटिया साथी थिए । फिल्म हेरेको पैसा पर्दैनथ्यो । त्यहाँ हिन्दी फिल्म बढी चल्थ्यो, एउटै फिल्म १० पटकसम्म हेरेको छु । भारतको बोर्डर कटियार या कलकत्ताको स्टेसन सर्किटबाट सिनेमा नेपाल आउँथ्यो । फिल्म लिन कतिपल्ट उनीहरूसँगै म पनि गएको छु । उनीहरूकै संगतबाट फिल्म लाइन बुभेmँ । त्यसपछि पैसाको चाह बढ्न थाल्यो । पढाइतिर ध्यानै गएन, हिन्दी सिनेमा डिस्ट्रिब्युसन गर्न थाल्यौँ ।
त्यतिवेला कुबेर शर्मा मेरा पार्टनर हुनुहुन्थ्यो । अहिले उहाँ इटहरीमै बस्नुहुन्छ । हाम्रो धनलक्ष्मी फिल्म्स कम्पनी थियो, नेपालको सबभन्दा पुरानो फिल्म कम्पनी हो त्यो । त्यही कम्पनीबाट ०४० सालदेखि हिन्दी सिनेमा ल्याएर नेपालका हलमा चलाउँथ्यौँ । भारतमा चलिसकेका हिन्दी फिल्म सराबी, गंगा कि सौगन्धजस्ता फिल्म नेपालका हलमा चलायौँ । मैले देशको पश्चिमको भाग सम्हाल्थेँ । नेपाल राइट भनेर पहिलोपटक अनिल कपुर र माधुरी दीक्षितको हिफाजत किनेँ । त्यो फिल्म ल्याएर म काठमाडौं इन्ट्री गरेँ । काठमाडौं आउने÷जानेचाहिँ थियो, तर सिनेमा लिएर आएको त्यो नै पहिलोपटक थियो ।
काठमाडौंको कुमारी हलमा सिनेमा चलाएँ । त्यही क्रममा निर्देशक दीपक रायमाझीलाई भेटेँ, त्यसवेला उहाँले भाग्यरेखा बनाउनुभएको थियो । भाग्यरेखाको डिस्ट्रिब्युसन गर्न प्रस्ताव गर्नुभयो । २४ लाखमा भाग्यरेखाको वल्र्ड राइट मैले किनेँ । भाग्यरेखाबाटै नेपाली फिल्मको पनि डिस्ट्रिब्युसन सुरुवात गरेँ । पहिले हामी एक हौँ फिल्म पनि नारायणघाटबाट लगेर पूर्वाञ्चलमा चलाएको थिएँ । त्यतिवेला पूर्व–पश्चिम आउने भनेको धेरै टाढाको कुरा थियो । पोखरा त ‘बाटो खराब छ’ भनेर हामी जाँदैनथ्यौँ । कपीराइट नै लिएर सुरुवातचाहिँ मेरो भाग्यरेखाबाट भयो ।
rekha-thapa-102
राजेश हमाललाई १४ हजारमा फिल्म खेलाएँ
काठमाडौंमा ६ वटा हल थिए त्यतिवेला । फिल्म चल्यो, त्यस्तै ६÷७ लाख रुपैयाँ जति मात्र उठ्यो । घाटा हुने स्थिति भयो, मैले दीपक दाइलाई भनेँ, ‘दाइ फिल्ममा त घाटा हुने भयो ।’ उहाँले ६÷७ लाख रुपैयाँ छाडी पनि दिनुभयो । त्यसपछि मैले भनेँ, ‘दाइ अब फिल्म म बनाउँछु, तपाईं डाइरेक्सन गर्नुस् ।’ त्यसपछि हामीले युगदेखि युगसम्म बनायौँ ।
प्रकाश अधिकारी र बम्बई बस्ने एक चेलीलाई हिरो÷हिरोइनका लागि कुरा गरेको थिएँ । बम्बईबाट गाना रेकर्ड गराएर फर्किँदा हिरोइनसँग एग्रिमेन्ट गरिसकेको थिएँ । प्लेनमा संगीतकार शम्भुजित बास्कोटाले सोधे, ‘हिरोचाहिँ को लियौँ ?’ मैले प्रकाश अधिकारीलाई कुरा गरेको छु भनेपछि ‘ह्या एउटा भयंकर छ, मेरो साथी राजेश हमाल, उसको कपाल पनि दामी छ’ भनेर फोटो पनि देखाउनुभयो । तर, भाग्यरेखाबाट निकालेको कुरा उहाँले गर्नुभएन । काठमाडौँ आएपछि मेरो पार्टनर कुबेरसहित राजेश हमालको कपुरधाराको घरमै गयौँ । गाना रेकर्ड गराएर ल्याइसकेको थिएँ, उसलाई गाना सुनाएँ । गाना मन पराए ।
मिथुन चक्रवर्ती र त्यतिवेला टार्जन फिल्मको हेमन्त विजलानीको झल्को दियो । मलाई त हेर्नेबित्तिकै एकदमै जम्यो, तर मेरो साथी कुबेरजीले चाहिँ ‘कहाँ यो हिरो चल्छ र ज्यानै डरलाग्दो छ’ भन्नुभयो । भुवन केसीको जमानामा त्यस्तो डरलाग्दो ज्यान भएको हिरो नचल्ला भन्ने सोच्नु कुबेरजीको कुरा पनि ठीक थियो । ‘हिरोमा यही चल्छ’ भनेर कुराकानी अघि बढाएँ । कुराकानीकै क्रममा राजेशले डाइरेक्टर को हो भनेर सोध्यो । मैले दीपक रायमाझी भनेपछि तर्सेर उसले ‘म तपाईंको फिल्म खेल्दिनँ’ भन्यो । त्यसपछि मात्र मैले थाहा पाएँ, भाग्यरेखामा तीन क्यानमा ऊ निस्किएको कुरा ।
भाग्यरेखाकै डान्स डाइरेक्टर वसन्तजंग रायमाझी मेरो फिल्मका पनि डान्स डाइरेक्टर थिए । उहाँसँग चाहिँ राजेश हमालको सम्बन्ध राम्रो थियो । वसन्तजंग रायमाझीले ‘म कुरा गर्छु नि छवि’ भन्नुभयो । त्यसपछि सबैजनालाई एउटै टेबलमा राखेर ‘यो फिल्म नितान्त मेरो हो, तपाईंहरू कसैले एकअर्काको रिस नगर्नुस्’ भनेर सम्झाएँ । दीपक रायमाझीलाई ‘तपाईं रिस राख्नुहुन्छ भने डाइरेक्टर चेन्ज हुन्छ, राजेश हमाल मलाई मन प¥यो, म उसलाई हिरो लिन्छु’ भनेर स्पष्टै भनिदिएँ । त्यसपछि उहाँहरू तर्सिनुभयो, तपाईंहरू झगडा नगरी सिनेमामा काम गर्नुस् भन्ने सर्त राखेँ । त्यही सर्तमा राजेश हमाललाई १४ हजारमा साइन गरेँ ।
१४ हजारमा राजेश हमालले चार÷पाँच हजारभन्दा बढी लगेन । बाँकीको पैसा सबै उसले हामीलाई खुवायो । माइडियर छ मान्छेचाहिँ, डबिङ गर्दा ‘छविजी मेरो बाँकी छ होइन, त्यही पैसाले आज बसौँ न’ भन्थ्यो । पैसा १४ हजार नै गयो, तर सबै पैसा उसले युनिटमै खर्च ग¥यो ।
सुटिङ गर्ने वेला बम्बईमा रहेकी हिरोइनको दुर्घटना भयो । अब हिरोइन को लिने ? टेन्सन थपियो । करिश्मा मानन्धर बम्बईबाट दंगाफसाद फिल्म खेलेर भर्खर मात्र नेपाल आइपुग्नुभएको थियो । उहाँसँग कुरा ग¥यौँ, पारिश्रमिक ६० हजार माग्नुभयो । त्यो वेलामा ६० हजार पारिश्रमिक निर्माताका लागि बेहोस हुने गरी थियो । त्यसपछि मैले कृष्टि मैनालीलाई खेलाउने विचार गरेँ । उही भाग्यरेखाकै जोडी हुने भयो । त्यसपछि त निर्देशक पनि टेन्सनमा, राजेश हमाल पनि टेन्सनमा । दुवैजना हुँदैन भन्न थाले । मैले भनेँ, ‘के फरक पर्छ, जोडी राम्रो छ, म मिलाउँछु ।’ त्यसपछि कृष्टिसँग कुरा गरेँ । त्यतिवेला उनी चिनो फिल्म गरेर बसेकी थिइन् । दीपक रायमाझी निर्देशक र राजेश हमाल हिरो भनेपछि उनी पनि झस्किइन् । ‘हामी डिस्ट्रिब्युटर्स हौँ, फिल्म हामीले बनाउने हो, कम्प्लिट हुन्छ’ भनेर विश्वास दिलाएपछि उहाँ खेल्न राजी हुनुभयो । उहाँले २० हजार रुपैयाँ लिनुभयो ।
Chhabi-Raj-Ojha-is-busy-to-make-Hawaldar-Suntaliकाखमा उचालिएकी कृष्टिलाई राजेशले फ्यात्त भुइँमा फाले
राजेश र कृष्टि बोल्दैनथे । पहिलो सुटिङ दक्षिणकालीभन्दा माथि थियो । गानाको सुटिङ भएकाले वसन्तजंग रायमाझी नृत्य सिकाइरहेका थिए । ‘तीनपाते डाँडा काटेर….’ बोलको बज्यो, राजेश हमालले कृष्टिलाई बोक्ने सिन थियो । राजेशले कृष्टिलाई बोके, जब वसन्तजंगले कट भने त्यसपछि राजेशले कृष्टिलाई स्वाट्ट फालिदिए । आपूm त प्रोड्युसर, टेन्सन भो ! फेरि मिलाएँ । निर्देशक, हिरो, हिरोइन कोही पनि बोल्दैनथे । एकले अर्काको कुरा भयंकर काट्थे । तर, सहजै फिल्म सकाएँ । पछि गएर यी दुईको जोडी एकदमै हिट भो । त्यसपछिका धेरै फिल्ममा यी जोडी दोहोरिए । सेटमा छँदा भयंकर लभ छजस्तो, तर सट सकिएपछि छड्केर हिँड्ने अनि एकले अर्काको कुरा काटिहाल्ने ।
युगदेखि युगसम्म ०४७ सालमा बनाएको हुँ । त्यतिवेला मैले महँगो फिल्म बनाएको थिएँ, २१ लाख रुपैयाँ खर्च भएको थियो । मैले फिल्मको खर्च सुनाउँदा उद्धव पौडेल दाइले त्यतिवेला भन्नुभएको थियो, ‘पैसा बाँडिस् कि क्या हो, त्यत्रो पनि खर्च लाग्छ त ?’ उहाँले त १२–१३ लाखमै फिल्म बनाउनुहुँदो रहेछ ।
आफूले फिल्म नखेलेकोमा अहिले पछुतो लाग्छ
युगदेखि युगसम्म, नाता र जन्मभूमि लगातार बनाएँ । त्यसपछि पाँच वर्ष फिल्म बनाइनँ । नेपाली सिनेमा चलाउनै गाह्रो हुन्थ्यो । युगदेखि युगसम्म बनाएको दुई वर्षपछि मात्रै मैले काठमाडौंमा रिलिज डेट पाएँ । हरेक फिल्म दुई वर्ष पर्खनुपर्दा फिल्मको चार्म नै देखिनँ मैले । संघले क्यु सिस्टम लागू गरेको थियो, वर्षौँवर्ष पर्खेर फिल्म चलाउनुभन्दा यो झन्झटिलो काम नै नगरौँ भन्ने लाग्यो । फेरि हिन्दी फिल्मको डिस्ट्रिब्युसन थालेँ । यसपटक भने सीधै बम्बई पुगेर निर्मातासँग कुरा गर्न थालेँ । सात वर्षसम्म पूरै हिन्दी फिल्मको मात्र काम गरेँ नेपालमा । एकैपटक ०५७ मा आएर हिरो फिल्म बनाएँ । त्यसयता निरन्तर नेपाली फिल्ममा छु ।
हिरोपछि कस्तो साइनो, यस्तै रहेछ जिन्दगी, अजम्बरी नाता, हिम्मत, किस्मत हुँदै लज्जासम्म आइपुगेको छु । लगातार छ, ग्याप छैन मेरो । त्यो समयमा कलाकार खोज्न गाह्रो थियो, एक्स्ट्रा कलाकार कहाँबाट ल्याउने भन्ने चिन्ता हुन्थ्यो । आजको दिनमा पैसा झिकेपछि भनेजस्तो कलाकार भेटिन्छन् ।
युगदेखि युगसम्म बनाउँदा म पातलो, कपाल पालेको, हेन्डसम नै थिएँ । बलिउडको हिरो कुमार गौरवको फेसकट आउँथ्यो मेरो फोटोमा । राजेश हमालले भन्थे, ‘तपाईं आपैmँ खेल्नुपथ्र्यो नि छविजी ।’ अहिले मलाई पश्चाताप छ, मैले फिल्म नखेलेकोमा । सानै रोलमा खेलेर आएको भए पनि छवि ओझालाई निर्माताका रूपमा मात्र नभएर कलाकार भनेर पनि चिन्थे नि । हिरो खेल्नै पर्दैनथ्यो, दाइ वा भाइको रोल खेलेकै भए पनि सिरियल, फिल्म बनाउने साथी छन्, आपैmँले यति धेरै फिल्म बनाएँ, यदि खेलेको भए कति हिट हुन्थेँ होला भन्नेचाहिँ अहिले लाग्छ । त्यो गल्तीचाहिँ मैले गरेँ, तर खेल्ने इच्छाचाहिँ कहिल्यै आएन ।
पहिलो बिहे दश वर्षमै टुट्यो
१९ वर्षमा पहिलो बिहे गरेँ । त्यतिवेला हामीकहाँ एसएलसी नेपाल र भारत दुवैतिरबाट दिने चलन थियो । एसएलसी पास गर्न नेपालभन्दा भारतमा सजिलो हुन्थ्यो । बुबाले गाली गर्दै ‘उता (भारत)बाट पनि एसएलसी दे’ भन्नुभयो । बनारस गएँ । त्यहीँ उनलाई भेटेको हो । हेमा हो नाम, घर धरानमै । सामान्य चिनजान बिस्तारै लभमा परिणत भयो । एक–डेढ वर्ष हामी अफेयरमा थियौँ, तर अहिलेजस्तो सँगै हिँड्ने अवस्था थिएन ।
त्यतिवेलाको डेटिङ भनेको सिनेमा हेर्न जाने हुन्थ्यो । तैपनि फिल्म हेरुन्जेल कसैले देख्ला कि भन्ने डर भइरहन्थ्यो । दुईवटा टिकट काट्यो, एउटा उसलाई दियो अनि एकैपटक सिटमा मात्रै भेट्यो । सँगै बस्दा हात समाउँदा त हात काम्थ्यो, अरू त झन् चान्सै थिएन । डेढ वर्ष प्रेम चलेपछि हामीले विवाह ग¥यौँ ।
हाम्रो वैवाहिक सम्बन्ध १० वर्ष चल्यो । दुई छोरा छन् । जेठोले एमए सक्यो, कान्छो ब्याचलर पढ्दै छ । सानोतिनो असमझदारीले हाम्रो सम्बन्ध टुट्यो । उनी घरमै बस्थिन्, म फिल्मको चक्करमा काठमाडौं बस्थेँ । हामीबीच दूरी पनि बढ्दै गयो । सायद त्यही दूरी नै सम्बन्ध तोडिनुको कारण बन्यो । हाम्रो डिभोर्स भएको होइन, अंशवण्डा मात्रै गरेका हौँ । अहिले पनि हाम्रो सुमधुर सम्बन्ध नै छ । केही समस्या परे मलाई सम्झिरहेकै हुन्छन् । सेक्स्युअल रिलेसनबाहेक अरू सबै सम्बन्ध अहिले पनि छ ।
धरानमा रहेकी श्रीमतीसित दूरी बढ्दै गर्दा यता नाता फिल्मकी हिरोइन गीताञ्जलीसँग सम्बन्ध नजिकिँदै थियो । गीताञ्जलीसँगको सम्बन्धले घरकी श्रीमतीसित दूरी बढाउन ‘आगोमाथि घिउ थपे’जस्तै काम ग¥यो । अहिले लाग्छ, गल्ती मेरै हो । म राम्रो श्रीमान् हुन सकिनँ ।

पहिलो बिहे ‘अनसक्सेस’, दोस्रो ‘ब्याडलक’
नाता फिल्मका निर्देशक विश्व बस्नेतले हिरोइनमा गीताञ्जली सुनारलाई सिफारिस गर्नुभएको हो । उहाँले अन्याय फिल्ममा बहिनीको भूमिकामा गीताञ्जलीलाई खेलाइसक्नुभएको रहेछ । मैले पनि भेटेँ, चित्त बुझ्यो र हिरोइनमा साइन गरेँ ।
गीताञ्जली छुच्ची थिई । मसँग निहुँ खोजिरहन्थी, झगडा गरिरहन्थी । झगडा गर्दागर्दै उसका बानी मन पर्दै गयो । जेठी श्रीमतीसँग अलग भएको एक वर्षपछि नै ०५० सालमा मैले गीताञ्जलीसँग दोस्रो बिहे गरेँ । उनीसँग चाहिँ मेरो ‘ल्याइते बिहे’ भएको हो । अन्तर्जातीय बिहे थियो । त्यो वेलामा बाहुनको छोराले अन्तर्जातीय बिहे गर्दा चिन्डे बनाएर सुँगुरको पाठा बोकाएर घुमाउने जमाना थियो ।
काठमाडौंको बानेश्वरमा डेरामा बस्थेँ । अन्तर्जातीय बिहे गरेको थाहा पाएपछि घरबेटीले डेरा छाड्न भने । त्यसवेला डा. सुबोध पोखरेलले मलाई ठूलो सहयोग गर्नुभयो । त्यो वेला मैले करिब सय नेपाली फिल्मको डिस्ट्रिब्युसन गरेको थिएँ, डाक्टर सा’बको पनि फिल्म डिस्ट्रिब्युसन गरेँ । उहाँले ‘मेरो घर छ, यहीँ आएर बस्नुहोस्’ भन्नुभयो । त्यसपछि मालीगाउँको उहाँको घरमा १० वर्ष बसेँ ।
गल्ती नै गरेको भए पनि मैले आफ्नो जिन्दगीलाई अघि बढाएँ, तर मेरो घरपरिवारमा अप्ठ्यारो नपरोस् भनेर दिदी, भान्जाभान्जीको बिहेमा गइनँ । म जाँदा उनीहरूलाई बोर होला, १० वटा कुरा निस्केलान्, उनीहरूलाई नराम्रो लाग्ला भन्ने ठानेर घरमा भएका कुनै पनि ठूला कार्यक्रममा गइनँ ।
मालीगाउँमै बस्दा म हिन्दी फिल्मका कारण धेरैजसो मुम्बईमा बस्थेँ । त्यसले गीताञ्जली र मबीच मनमुटाव सुरु भयो । उनले मसँग डिभोर्स मागिन्, मैले दिएँ । छोरा मसँगै हुने सर्त थियो । डिभोर्सपछि मैले मालीगाउँको डेरा छाडेँ । र, पुरानो बानेश्वर हाइटमा डेरा सरेँँ (अहिलेको अफिस भएको ठाउँमा) । डिभोर्सपछि विश्व बस्नेत दाइ र गीताञ्जलीकै दिदीले ‘यो मुढी छे, गल्ती गरिहाली एकपल्ट माफी देऊ’ भनेर सम्झाए । डिभोर्स भइसके पनि हामी फेरि सँगै बस्न थाल्यौँ ।
त्यसयता गीताञ्जलीले तीनपल्ट आत्महत्याको कोसिस गरिन् । एकपल्ट मट्टीतेल खन्याएर आपूmलाई आगो लगाउन ठिक्क परेकी थिइन्, बल्लबल्ल बचायौँ । टाउको दुख्यो भन्दै घरको भित्तामा टाउको बजार्ने गर्थिन् । उनलाई के समस्या थियो, थाहा नै हुँदैनथ्यो । फेरि एकपल्ट बाहिरबाट २०–२५ वटा स्लिपिङ ट्याबलेट खाएर डेरा आएपछि बेहोस भइन् । हतारहतार टिचिङ पु¥यायौ“, ठीक भएपछि फेरि हा“स्छिन् ।
०५५ सालमा आमालाई तीर्थ जोमसोम लिएर गएँ । उनलाई पनि जाऔँ भनेँ, मानिनन् । जोमसोम घुमेर हामी फर्कियौँ । कोठामा हामीसँगै कुबेरजी, गीताञ्जलीकै भाइ, मेरो काम गर्ने केटा पनि थियो । गीताञ्जली भोलिपल्ट बिहान बाथरुम छिरेकी थिइन्, निकै बेर भइसक्यो निस्किनन् । पछि, बाथरुम फोडेर हे¥यौँ, उनी झुन्डिसकेछिन् । उनले मर्ने निधो गरिसकेकी रहेछिन्, सुसाइट नोट नै लेखेकी रहेछिन् । ‘मेरो आफ्नो समस्याले हो, छविले मलाई सधैँ राम्रै गरेको हो, म मरे पनि छविलाई केही नहोस्’ भन्दै आमा र छोरालाई पनि उनले केही कुरा लेखेकी थिइन् । त्यो सुसाइट नोट मैले हनुमानढोकामा बुझाएको थिएँ । पहिलो बिहेमा अनसक्सेस नै भएको थिएँ, दोस्रो बिहे मेरो ब्याडलक भयो ।
रेखासित भनेँ— मसँग बिहे गर
०५७ सालमा रेखासँग भेट भयो । मसँगै दमकका भाइ बस्थ्यो, उसले बारम्बार भन्थ्यो– एकजना रेखाजी हुनुहुन्छ, राम्री पनि छ, फिल्म खेल्न इन्ट्रेस्ट देखाइरहनुभएको छ । त्यही वेला नरेश पौडेलसँगै तीनजना मिलेर नमस्ते नेपाल कम्पनी बनायौँ र त्यही कम्पनीले हिरो फिल्म बनाउँदै थियो । नयाँ कलाकार नै लिने सल्लाह भयो । सज्जा मैनाली भर्खर सागर ढुंगेलको फिल्म खेल्दै थिइन् । सज्जाकै फोटो हेर्न भनेर नरेशजी र म सागरजीको कोठामा गयौँ । सागरजीको रुममा कान्तिपुर पत्रिका पल्टाउँदै थिएँ, रेखाको पूmलफेजको मोडल बनेको फोटो आएको रहेछ । नरेशजीसँग रेखालाई नै फिल्ममा लिने सल्लाह गरेर सज्जाको फोटो नै नहेरी त्यहाँबाट फर्कियौँ ।
रेखालाई फोन गरेर बोलायौँ । हाम्रो भाग्य ! त्यो वेला रेखा काठमाडौंमै रहिछिन् । श्रीमती बितेको दुःखमा त्यो दुई वर्षमा मैले भयंकर दाह्री पालेको थिएँ । फोनबाट मात्रै उनले छवि ओझालाई चिन्थिन्, उनलाई मेरो पूर्वको घर÷परिवार सबै थाहा थियो, तर मलाई प्रत्यक्ष देखेकी थिइनन् । रेखा मलाई भेट्न अफिस आइन्, नरेशजी र म अफिसमा थियौँ । केहीबेर उनले नरेशजीलाई छवि ओझा सम्झेर कुरा गरिन् । हामीले रेखालाई हिरो फिल्मका लागि हिरोइनमा साइन ग¥यौँ ।
मलाई रेखा भेटेदेखि नै मनपरिसकेकी थिइन् । उनीसँग चिनजान अलि बाक्लिएपछि मैले सोधेँ, ‘तँ एक्लै छस्, तँलाई बस्न गाह्रो हुन्छ, भोलि फिल्म खेल्दै जाँदा बिहेबारीमा समस्या आउला । किनकि फिल्ममा आउने मान्छेलाई नराम्रो भन्छन्, बरु, अहिले मसँग बिहे गर्छस् ?’ उसलाई प्रस्ताव राख्न मैले आफ्नो विगत नलुकाई सबै खुलस्त पारेँ । ‘घरपरिवारसँग कुरा गर्नुपर्छ, मलाई भनेर हुँदैन,’ रेखाले भनिन् । उनका बुबा लेखनदास हुनुहुन्थ्यो, गैरीगाउँमा बस्नुहुन्थ्यो । केही समयपछि उनले बुबासँग कुरा गर्न भनिन् । बुबालाई बानेश्वरको बेकरी क्याफेमा भेटेर आफ्नो विगत सबै सुनाएँ । उहाँले पनि ‘छोरीलाई सिनेमा खेलाउँदै हुनुहुन्छ, मेरी छोरीको जिम्मा लिइदिनुपर्छ तपाईंले’ भन्नुभयो । ‘जिम्मा नै दिने भने सिनेमाको मात्रै होइन, पूरै जिम्मा दिनुस्’ भनेपछि उहाँले ‘घरसल्लाह गर्छु’ भन्नुभयो । घर पुगेर ‘मलाई छवि मनप¥यो’ भनेर रेखालाई सुनाएछन् । त्यसपछि हाम्रो सम्बन्ध अघि बढ्यो । हिरो फिल्मको सुटिङ सकिनेबित्तिकै हामीले ०५७ सालमा बिहे ग¥यौँ ।
मेरै मास्टर प्लानमा रेखालाई प्रचण्डसित नचाइयो
भद्रकालीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित रेखा नाच्ने वेला पनि हामीहरूबीच बोलचाल थिएन । माओवादीको त्यो आन्दोलनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो । त्यो आन्दोलनमा रेखालाई लग्यो भने धेरै प्रभाव हुन्छ, रेखाको पनि हाइट बढ्छ भन्ने सोचेर चेतन सापकोटासँग मिलेर मैले नै मास्टर प्लान बनाएको हुँ ।
बिहान मैले रेखालाई आन्दोलन भएको ठाउँमा लैजानुपर्ने थियो । घर पुगेँ, उनी निस्किन लागेकी रहिछन् । ‘कता हिँडेकी ? एकछिन बस’ भनेँ । उनी नाइनास्ती गर्दै थिइन्, मैले हप्काएपछि बसिन् । मैले हप्काएपछि उनी चुप लाग्थिन् । ‘तँलाई फाइदा पुग्छ जा’ भनेर सम्झाएँ, उनलाई लिन गाडी बोलाएँ । म आपैmँ भने हिँडेर गएँ ।
त्यो आन्दोलनमा रेखाले बोल्ने मात्रै कार्यक्रम थियो, मञ्चमा उक्लिने वेला मैले नै ‘प्रचण्डजीलाई बोला’ भनेर लगाएको हुँ । ‘गाना गाउने र नाच्ने हो भने प्रचण्डजीलाई बोलाएर नचाउँदा राम्रो हुन्छ’ भनेपछि उसले त्यसै गरेकी हुन् । आखिर प्रचण्डसितको त्यो नाच संसारले हे¥यो नि । प्रचण्डजीलाई घाटा भयो होला, पार्टीलाई घाटा भयो होला, तर रेखा थापालाई धेरै फाइदा पुग्यो त्यसले । रेखा थापालाई नचिन्नेले पनि त्यो कार्यक्रमबाट सबैले चिने । गिरिजाबाबुले नै कोसित हो ‘रेखा थापासँग नाचेपछि हिट भइन्छ रे’ सम्म भन्नुभयो रे ।

सुटिङमा रेखालाई हप्काएपछि बोलचाल बन्द भयो
अन्दाज फिल्मको जोमसोममा सुटिङ थियो । हामी सँगै थियौँ । सुटिङको वेला उनलाई डिस्टर्ब हुनुहुन्न भनेर छुट्टै कोठा दिएका थियौँ । ‘बिहान चाँडै उठ्नू, बिहानको सुटिङ सकेर अर्को सुटिङमा जानु छ, १० बजे आउँदा रेडी भइसक्नू’ भनेको थिएँ ।
समयमै उठेकी त रहेछिन्, तर ‘मैले खाजा नै खाएको छैन’ भनेर गनगन गरिन् । मेरो रिसले पारो तात्यो । ‘यत्रो वर्षसम्म के सिकिस् तैँले, तँलाई सबै फेसिलिटिज दिइसकेपछि बिहान समयमै उठेर म्यानेज गर्नुपर्दैन’ भन्दै नराम्ररी हप्काएँ । जीवन लुइँटेल र सविन श्रेष्ठ पनि सँगै थिए । मैले गाली गरेपछि रेखा उठेर गइन् । सुटिङ नै रोकिन्छ कि भन्ने ठानेको थिएँ, तर रोकिएन । त्यसपछि हाम्रो बोलचाल बन्द भयो ।
पटक–पटक सम्झाउँदा पनि बच्चा पाउन मानिनन्
रेखा थापालाई बिहे गर्नुअघि गीताञ्जलीपट्टिको छोरा मसँगै थियो । रेखाकै लागि छोरा सेक्रिफाइस गरेँ । भोलिका दिनमा रेखालाई डिस्टर्ब नहोस् र उसलाई पनि आमाको कमी होला भनेर गीताञ्जलीकी दिदीलाई धर्मपुत्र बनाउन दिएँ । चारखाल अड्डामा लगेर पास नै गरिदिएँ । अनि मात्र रेखालाई बिहे गरेको हुँ ।
बिहेलगत्तै रेखालाई ‘एउटा बच्चा जन्माऔँ’ भनेको थिएँ । ‘तिमीसँगै बच्चा पनि हुर्कँदै जान्छ, पछि तिमीलाई टेन्सन पनि हुँदैन’ भनेर सम्झाएँ, तर मानिनन् । धेरैपटक छलफल भयो, उनले मान्दै मानिनन् । रेखाकी आमाले पनि ‘तँ छविसँगै बस्ने हो भने अब बच्चा पाए भइहाल्यो नि’ भनेर सम्झाउनुभयो । ‘मेरी छोरी तगडा भई, पैसा कमाउन थाली, पछि यो सबै छविका छोराहरूले खान्छन्’ भन्ने सोचेर उनले छोरीलाई बच्चा पाऊ भनेकी हुन् । तर, रेखाले इच्छा नै देखाइनन् ।
उनले इच्छा नदेखाएपछि मैले उतिवेलै भनेको थिएँ, ‘५० वर्षको भएपछि म बच्चाचाहिँ पाउँदिनँ ।’ नाति–नातिना खेलाउने उमेरमा बच्चा जन्माउने रहर मलाई आएन पनि । तीन वर्षपछि नै बच्चा जन्माएको भए आज १० वर्षको भइसक्थ्यो । म त बूढो हुने थिइनँ नि । बच्चा जन्माएपछि मैले पाल्नुप¥यो, हुर्काउनु पनि प¥यो ! तैपनि रेखाले मसँग ‘बच्चा जन्माऔँ’ भनेकै छैन त मैले कहाँबाट जन्माउनू ?
छुट्टिएपछि आरोप लगाउन मात्रै ‘छविले मलाई बच्चा दिएन’ भनेकी हुन् । पब्लिकको सहानुभूति पाउन मात्रै उनले मेरो दोष देखाएकी हुन् । तर, म रेखालाई कुनै आरोप लगाउँदिनँ ।
रेखालाई मसँग बस्छु भन्ने लागेकै थिएनजस्तो लाग्छ अहिले । छविसँग लङलास्टिङ बस्छु भन्ने उनलाई लागेको हुँदो हो त सुरुमै बच्चा जन्माउँथिन् । मसँग अंश माग्थिन् । कुनै पनि नारीलाई बच्चा पाउने रहर हुन्छ, तर रेखाले त्यस्तो रहर मसित कहिल्यै गरिनन्् ।
अहिले सोच्दा उनी ‘छविसँग जान्छु, सिनेमा इन्डस्ट्रीमा काम गर्छु, खुड्किलो मार्छु, त्यसपछि कुनै वेला छाडिदिन्छु’ भन्ने योजनासहित आएकी रहेछिन्जस्तो लाग्छ । आफ्नो घरलाई आफ्नो नसम्झिएपछि यस्ता खालका प्रश्न दिमागमा आउँदा रहेछन् ।
सम्बन्ध टुट्नुमा रेखाकी आमा कारक
रेखाकी आमा काठमाडौं आइरहनुहुन्थ्यो र ६÷७ महिना बसेर मात्र फर्कनुहुन्थ्यो । उहाँले ‘छवि ओझा रेखा थापाले गर्दा बनेको हो’ भन्दै रेखाको दिमाग भरिदिनुहुन्थ्यो । रेखा पनि आमाको कुरा सुन्थिन् । म उनलाई बारम्बार सम्झाउँथेँ, ‘आमालाई माया गर, पैसा पठाइदेऊ । उहाँका पनि छोराहरू छन्, छोराहरू नभएको भए वा अरू दिदीहरू नभएको भए तैँले ल्याएर राख्न मिल्थ्यो । बिरामी हुँदा आउने कुरा बेग्लै भइहाल्यो । घर पठाइदेऊ ।’ तर, रेखाले कुरै नसुन्ने ।
आमा आएपछि हाम्रो रुम नै अलग हुन्थ्यो । हामी त बिजनेस पार्टनर पनि थियौँ । बूढाबूढी सँगै सुत्दा सधैँ सेक्स मात्र हुँदैन नि । र, बूढाबूढीको सम्बन्ध त्यसका लागि मात्रै होइन पनि । दिउँसो दुवैजना आ–आफ्नो काममा व्यस्त हुन्थ्यौँ, राति न हो गफ हुने, छलफल गर्ने । फिल्म साइन र अफरदेखि आफ्नो काम र योजनाबारे राति नै छलफल हुन्थ्यो । तर, आमा आएपछि उनीसँग गफ त के भेटसमेत हुँदैनथ्यो । उनी माथिल्लो तलामा आमासँग बस्थिन् । आमा आएपछि उनको पारा नै फेरिन्थ्यो । र, आमा फर्किएपछि झगडा भइहाल्थ्यो ।
मैले छोराहरूलाई सँगै राखिनँ । मैले रेखालाई कहिल्यै फिल हुन दिइनँ कि मेरो छोराहरू छन्, श्रीमती छन् । मैले बोलाउँदा मात्र छोराहरू आउँथे । तर, रेखाकै दिदीको छोरा आएर सात–आठ महिना घरमा बस्यो । मैले भन्थेँ, ‘छोरालाई यहाँ नल्याऊ, समाजले नि आफ्नो छोरा बाहिर राखेर अर्काको छोराचाहिँ पालेको छ भन्छ, मेरा छोराले पनि मलाई नराम्रो भन्छन्, बरु होस्टलमा राख न ।’ अहँ, उनले यस्तो कुरै बुझ्दैनथिन् । फेरि उही झगडा ।
हामी दुवै एउटै क्षेत्रका भयौँ । अनि, उनको घरपरिवारलाई पनि ‘छवि ठूलो कि रेखा’ भन्ने इगो भयो । मैले बुझेअनुसार यही नै कारण बन्यो हाम्रो सम्बन्ध टुट्नुमा । रेखाकी आमाले ‘मेरी छोरी नै सबकुछ हो’ भन्नुभयो । रेखाले पनि यो कुरा मनन् गर्न सकिनन् । अनि, अर्को कुरा, रेखा थापाको दिमागमा एउटै कुरा हालिदिएका थिए– छवि र तेरोबीचमा ग्याप छ है । रेखा आफैँ पनि ‘छवि र मेरोबीच ग्याप छ, त्यसैले कुरै मिल्दैन’ भन्दै हिँडिन् । उनले नै मलाई बूढो बनाएकी हुन् ।

rekha-and-chabi‘त्यो बूढो छविसँग किन बसेकी’ भनेर रेखाको कान फुके
रेखा र मेरो उमेर १४–१५ वर्षको मात्र फरक हो । उहिले मेरो बुबाआमाले मागी बिहे गर्दा नै उहाँहरूको १७–१८ वर्षको उमेर ग्याप छ । हाम्रो त लभ म्यारिज थियो, त्यसैले उमेर ग्याप भन्नै मिल्दैन । अहिले पनि रेखा र मलाई सँगै राखेर हेर्ने हो भने के फरक देखिन्छ र ? तर, केही मान्छेले उचालिदिए रेखालाई । ‘तँ यस्ती सेलिब्रेटी, कहाँ त्यो बूढो छविसँग बसिराखेकी छेस्, कहाँ छविको अन्डरमा बसिरहेको ?’ भनेर कान फुक्थे ।
सिनेमा इन्डस्ट्रीमा कसैले पनि अर्काको भलो चाहँदैन । धेरैका डिभोर्स भएका छन्, धेरै मान्छे छुट्टिएका छन् । रेखा थापा र छवि ओझा सेलिब्रेटीमा एउटा नाम पनि थियो, नछुट्टीकन यत्रो वर्ष सँगै बसेको । धेरै मान्छेमा डाहा भो । हामी नेपालीको चलन नै छ, अर्काको प्रगति हेर्न नसक्ने ।
मेरोबारेमा रेखा र रेखाको बारेमा मेरो कान फुक्ने धेरै थिएँ । सँगै हुँदा हामी एकअर्कासँग कुरा गथ्र्यौँ, मिल्थ्यौँ । मेरा नजिकका मान्छेहरूले रेखालाई भड्काउने, रेखाका नजिकका मान्छेहरूले मलाई भड्काउने । यो खेल धेरै भयो । छवि र रेखाको दबदबा फिल्म इन्डस्ट्रीमा बढी भयो भन्ने धेरैलाई फिल भएको थियो । त्यो फिलमा मान्छेलाई टुक्राइदिएपछि त सकियो नि । आखिर त्यही नै भयो ।

रेखाले पकाएर खुवाएको मलाई याद छैन
मैले घरमा रेखालाई खाना पकाउन कहिल्यै लगाइनँ । सिनेमा उद्योगमा राम्रो काम गरिरहेकी छिन्, दिनभरि दौडिन्छिन्, उनलाई के काम लगाउनू भनेर बरु मैले नै चिया बनाइदिन्थेँ, तातोपानी म नै तताइदिन्थेँ । मैले त माया नै गरेको हुँ नि, बच्चाजस्तो लाग्छ मलाई अहिले पनि । उनले के पकाइन् र मैले खानू ? कहिलेकाहीँ पकाएर खुवाएको भए मलाई याद भएन । रेखाले मलाई पकाएर खुवाएको मलाई अहिलेसम्म याद नै छैन ।
मेरो आफ्नै परिवार पनि ठूलो थियो । वेलावेला पारिवारिक जमघट हुन्थ्यो, त्यसवेला रेखा बुहारी होइन, छोरीजस्तै बन्थिन् । म यो घरको बुहारी हो, मैले मान्नुपर्छ, पकाएर खुवाउनुपर्छ भन्ने उनलाई कहिल्यै लागेन । हेल्लो, नमस्ते यति मात्रै हुन्थ्यो उनको, घरका सदस्यहरूसित घुलमिल नै भइनन् ।
एउटै बेडमा सुत्थ्यौँ, तर बोलचाल हुँदैन्थ्यो
हामीबीच खटपट भएपछि दुई वर्ष त बोलचालै भएन । एउटै बेडमा तीन महिना सुत्यौँ, तर एकअर्कासित बोल्दैन्थ्यौँ । मनभित्रैबाट पीडा भयो भने मान्छे बोल्दो रहेनछ । त्यसपछि उनले कोठा नै चेन्ज गरिन् । र, ६ महिना छुट्टै कोठामा बसिन् । ‘यो मान्छे मेरो होइन, मेरो हुनै सक्दैन’ भन्ने लागेपछि सेक्सको चाहना पनि हुँदो रहेनछ । उनलाई के भयो थाहा भएन, मलाई चाहिँ सेक्सको चाहना नै भएन ।
उनले मेरो घरलाई आफ्नो घर सम्झिनन् भन्ने गुनासो मात्रै हो मेरो । अब रेखा र मेरो ठूलो ग्याप भो, अब जोडिन सम्भवै छैन । यो सोच्नु पनि मेरो गल्ती हुन्छ । रेखाको म राम्रो शुभचिन्तक हुँ, ऊ मेरो राम्रो साथी हो । उसले जे भन्छे, उसका लागि म जहिल्यै जे काम गर्न पनि तयार छु । अब श्रीमान्–श्रीमती हुनचाहिँ गाह्रो छ । अब म बिहे नै गर्दिनँ ।
संसारमा मान्छे एक्लै जन्मिन्छ, एक्लै मर्छ । सबैले आफ्नो लागि सोच्ने हो, रेखाले जे सोचिन्, राम्रो गरिन् । उनले मलाई तल पार्न खोजिन् भने म तल पर्न पनि तयार छु । जहिले पनि परिरहेको छु नि, मलाई के फरक पर्छ र ? मलाई थिचेर उनी माथि पुग्छिन् भने पुगून् ।
उनले जहिले–जहिले छवि ओझालाई खोज्छिन्, तबतब छवि ओझा आउँछ । तर, म आपैmँचाहिँ रेखालाई बोलाउँदिनँ । रेखाको सहारा कहिल्यै खोज्ने छैन ।baishakha cover

लोग्ने–स्वास्नीका रूपमा रेखासित कहिल्यै मिल्दिनँ
रेखासँग अब लोग्ने–स्वास्नीका रूपमा कहिल्यै मिल्दिनँ, यो हन्ड्रेड पर्सेन्ट हो । तर, रेखाले जहिले बोलाउँछिन्, म उपस्थित हुन्छु । रेखालाई जबजब अप्ठ्यारो पर्छ, म अगाडि उभिदिन्छु । उसलाई अप्ठ्यारो पर्ने काम म कुनै पनि गर्दिनँ । रेखाको भलो चाहन्छु । उनले जे बोल्छिन्, त्यसको समर्थनमा हो म । यसले मलाई फाइदा÷घाटा के हुन्छ, मतलब छैन ।
एक किसिमले म ठूलो प्रेमी नै हुँ । अहिले पनि रेखालाई माया गर्छु । एकदम माया गर्छु, भयंकर माया गर्छु रेखालाई । मैले जीवनमा सबैभन्दा बढी माया गरेकै रेखा थापालाई हो । अहिले पनि म त्यति नै माया गर्छु । रेखा थापा ठूलो भएको हेर्न चाहन्छु ।
रेखाको कान १० जनाले भनेको सुन्ने हो, मचाहिँ कसैको पनि सुन्दिनँ । म आफ्नो डिसिजन दिने हो, उनी अरूको कुरा सुन्छिन् । भोलि मिलौँला, फेरि १० वटा कुरा आउला, फेरि दुई वर्षपछि छुट्टिनुप¥यो भने झन् ठूलो पीडा हुन्छ मलाई । अब त्यो पीडा बिर्सिसकेको छु मैले । माया गर्ने मान्छे सधैँ पाउनुपर्छ भन्ने जरुरी छ र ? परबाट पनि माया गर्न पाइन्छ नि त ।
ऊ सुखी होस् संसारमा, कहिल्यै दुःख नपाओस् । राम्रो मान्छेसँग हिँडोस्, ऊ माथि उठोस्, जसलाई फिल्ममा मैले ल्याएको हुँ । मेरी श्रीमती थिई हिजोका दिनमा, त्यो गौरव गर्न पाए पुग्छ मलाई ।

एक्लै भएको छु
Chhabi-Raj-Ojhaअहिले घरमा म एक्लै बस्छु । काम गर्ने केटो थियो, आठ महिनाअघि बिहे गर्न गएको, फर्केन । राति १० बजे घर पुग्छु, बिहान ९ बजे मात्रै उठ्छु । घरमा एउटा कुकुर छ, उठेपछि त्यसलाई खाना खुवाएर निस्किहाल्छु । सँगै भएर छुट्टिँदा याद आउँथ्यो, तर यो मेरो होइन भनेर बिस्तारै त्याग्दै गएपछि याद नआउँदो रहेछ ।
बुबा ०४१ सालमै बित्नुभयो, फुत्त जान्थेँ अनि आमालाई भेटेर हिँडिहाल्थेँ । आमासँग २० वर्षयता टीका लगाएको थिइनँ, पोहोर साल गएर टीका लगाएँ । परिवारसँग पनि म टाढा छु । आज न मसँग परिवार छ, न छोराछोरी छन्, न श्रीमती नै । म एक्लै भएको छु ।
म राम्रो छोरा हुन सकिनँ, राम्रो बाउ हुन सकिनँ, राम्रो श्रीमान् पनि हुन सकिनँ । तर, सिनेमा इन्डस्ट्रीको भने ‘बा’ भएँ । मैले सबै कुरा सिनेमालाई नै सम्भेmँ । सिनेमाबाहेक अन्य पेसा नै छैन । उठेदेखि नसुतेसम्म म सिनेमाकै बारेमा सोच्छु । सिनेमा नै हेर्छु, सिनेमा नै खान्छु र सिनेमामै बस्छु ।
जेठो छोराले बोलाएर ‘सँगै बसौँ’ भन्छ । ‘मैले जिन्दगीमा ब्याचलर लाइफ बिताउनै पाइनँ । १९ वर्षकै उमेरमा बिहे गरेँ, अहिले फ्री भएको छु, कसमेकम ६–७ वर्ष त ब्याचलर लाइफ बिताउन देऊ । स्ट्रगल लाइफ देऊ, म फेरि स्ट्रगल गर्छु, जीवनदेखि वाक्क भएपछि म तिमीहरूसँगै बस्छु नि’ भन्छु ।
म छोराहरूसँग बसेर रक्सी खान्छु । जेठो छोरा घर आउँछ र ‘ड्याडी आज रक्सी खाऔँ’ भन्छ । दुवैजना सँगै बसेर खान्छौँ अनि भयंकर गफ गर्छौँ । कान्छो छोरासँग पनि त्यस्तै छ । ऊसँग गर्लफ्रेन्डका कुरासम्म हुन्छ । ‘बाउको जिन्दगी आफ्नो हो’ भन्छ । छोराहरूबाट म पीडित छैन । उनीहरू राम्रो छोरा भइदिए, तर म राम्रो बाउ बन्नै सकिनँ । पैसा दिनु मात्रै जिम्मेवारी होइन, उनीहरूको पालनपोषण मैले गरिनँ । तरपनि, उनीहरूले ‘मेरो बाउ फटाहा हो’ भन्नेचाहिँ सोचेका छन्जस्तो मलाई लाग्दैन ।

तीनवटीमध्ये रेखाले मलाई धेरै ‘डोमिनेट’ गरिन्
मैले तीनवटी भिœयाएँ । म त सिम्पल टाइपको मान्छे, श्रीमतीलाई मैले धेरै नै माया गर्थेँ । माया धेरै भएपछि उम्लिँदो रहेछ । बिहे गरिसकेपछि मलाई गन्नै छाडे । तीनवटीमध्ये मलाई सबैभन्दा बढी रेखाले ‘डोमिनेट’ गरिन् । हुन त उनको क्यारेक्टर पनि डोमिनेटेड गर्ने खालको नै हो । हिट भएर होइन, सुरुदेखि नै कडा टाइपकी थिइन् रेखा ।
रेखालाई एक–दुई झापड हिर्काएँ पनि होला । तर, त्यो ठूलो कुरै भएन । बच्चाहरूलाई हिर्काइँदैन त ? जवाफमा उनी कराउँथिन् मात्रै, हात कहिल्यै फर्काइनन् ।
सानो डिसकसमा पनि उनले ‘हिजो पनि तँलाई दुईटी श्रीमतीले छाडेकै हुन् नि’ जस्ता कुरा पनि गर्न थालिन् । ‘तँ ठीक भएको भए तँलाई श्रीमतीले छाड्ने नै थिएनन् नि’ भन्ने कुराहरू आए । मैले बोल्नैपर्ने कुरामा पनि चुप लाग्नुपर्ने स्थिति आयो ।

रेखालाई सुझाब ः मनपरेको केटा रोजेर बिहे गर
rekha-thapa-102हामी सँगै हुँदा एकअर्कामा पावर थियौँ, आज त्यो पावर टुटेको छ । यस्तो वेला संयम भएर हिँड्नुपर्छ । रेखाले कन्ट्रोभर्सीमा आउने धेरै काम नगरे हुन्थ्यो । अब ‘मै हुँ’ भन्ने घमन्ड छाडेर सबैसँग मिलेर जानुपर्छ । किनभने, एउटा कलाकारको आयु १० वर्षको हुन्छ, १० वर्ष बितिसक्यो रेखा थापाको । अब बिस्तारै डाउन हुने टाइम आउँदै छ ।
सधैँ एकनासको करिअर हुँदैन नि, त्यसलाई निरन्तर चलाउन अब सबैसँग मिलेर जानुपर्छ । मोटी न मोटी देखिन थालेकी छ, एक्सरसाइज गर्नुप¥यो । राम्राराम्रा चलचित्र खेल्दै जानुप¥यो, राम्रो काम गर्दै अघि बढ्नुप¥यो । कन्ट्रोभर्सीमा धेरै आए फाइदा हुँदैन । धेरै दुश्मनी कमाउनुहुँदैन ।
रिस भयंकर छ उनको । तुरुन्तै एक्सनमा आइहाल्छिन् र फोनमा गालीमै उत्रने गर्छिन् । यी सब कुराले उनलाई नेगेटिभ बनाउँछ । सबैसँग दुश्मनी गरेपछि कोचाहिँ पोजेटिभ हुन्छ ?
उदाएको सूर्यलाई सबैले नमस्ते गर्छ, अस्ताएको सूर्यलाई आजसम्म कसैले नमस्ते गरेको देखेको छैन । त्यसैले सधैँ मुनिबाट नै उदाउने कोसिस गर्नुपर्छ । आपूm झुक्नैपर्छ ।
जिन्दगी लामो छ, रेखाले अब आपूmले खोजेजस्तो केटासँग बिहे गरे राम्रो । मैले छुट्टिने वेला पनि रेखालाई भनेथेँ, ‘अब राम्रो केटा खोज, बिहे गर । बरु ल्याउनु, म राम्रो कुरा गरिदिउँला । पार्टीमा रिसेप्सनमा आपैmँ बसिदिउँला, बरु कार्डमै लेख न ।’ मेरो कारणले रेखालाई कहीँ पनि नराम्रो हुँदैन ।
( बैशाख ३ गते  मिरर न्यूज मासिकबाट )
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis