CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ख्याल गर्नुहोस् है हुलियाले फसाउला !

ख्याल गर्नुहोस् है हुलियाले फसाउला !


के तपाईका छोराछोरीको शरीरमा टाटु बनाईएको छ? शरीरका विभिन्न अंगहरुमा मुन्द्रा लगाएका छन् की? या पुरुषले पनि लामो कपाल पालेका छन्। ख्याल गर्नुहोस् तपाईका छोराछोरीहरुलाई लागूऔषध तस्करहरुले फसाउन सक्छन् है। 
 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध सम्बन्धि मुद्धामा पक्राउ गरेका अधिकांश व्यक्तिहरुको हुलिया शरीरमा टाटु, लामो कपाल र मुन्द्रा तथा टप लगाएको पाईएको छ। 
 
पछिल्लोपटक लागूऔषध सम्बन्धि मुद्धामा पक्राउ परेका ८० जना व्यक्तिमध्ये ७० जनाको हुलिया सोहि प्रकारको रहेको छ। 
 
प्रहरीले टाटु, लामो कपाल र मुन्द्रा तथा कुण्डल लगाएका व्यक्तिहरु लागूऔषध कारोबारमा संलग्न रहेको पाएपछि लामो कपाल पाल्ने तथा मुन्द्रा लगाउनेहरुलाई छोपेर कपाल काट्ने तथा मुन्द्रा खोलीदिने अभियान समेत चलाएको थियो। 
 
तर, प्रहरीको यो अभियानप्रति सोखको लागि कपाल पालेका तथा मुन्द्रा लगाएका व्यक्तिहरुलाई प्रहरीले अनावश्यक दुःख दिएको भन्दै सर्वसाधारणले विरोध गरेपछि अभियान समेत आलोचीत बनेको थियो। 
 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक विक्रमसिंह थापाले आफूहरुले सर्वसाधारणलाई दुःख दिने उद्देश्यले नभई समाजमा बढ्दै गएको लागूऔषधको कुलतबाट युवाहरुलाई जोगाउन यस्तो अभियान संचालन गरेको बताउँछन्। 
 
'सर्वसाधारणलाई दुःख दिएर र नयाँ अभियान शुरु गरेर मलाई सेलिब्रेटी बन्नु छैन। प्रहरीले गरेको अनुसन्धानमा र लागूऔषध सम्बन्धि मुद्धामा पक्राउ परेका ९० प्रतिशतभन्दा बढि व्यक्तिहरुको हुलिया त्यसैप्रकारको पाईएकोले यस्तो अभियान संचालन गरेको हो।' उनले भने,'शरिरमा टाटु बनाएका, लामो चुल्ठो पालेका र कानमात्र नभई आँखी भौं, ओठ लगायतका अंगहरुमा कुण्डल लगाएका व्यक्तिहरुलाई लागुऔषध तस्करहरुले आफ्नो कारोबारमा सजिलै फसाउन सक्छन्। त्यसैले युवाहरुलाई त्यसतर्फ सचेत बनाएका हौं।' 
 
उनले लागूऔषध सम्बन्धि मुद्धामा पक्राउ परेका ८० जनामध्ये १० जना महिला रहेको र ३ जना महिलाले समेत टाटु बनाएको बताए।  
 
पक्राउ परेका व्यक्तिहरु रुपन्देहीका बुटवल, शंकरनगर, रन्यौरा, देवदह, सालझण्डी तथा चितवन, पोखरा, पाल्पा र कपिलवस्तुका समेत रहेको उनले बताए।
 
उनले कुनैपनि अभिभावकले आफ्नो सन्तान कुलतमा लागोस् र उसको भविश्य अन्धकार बनोस् भन्ने चाहंदैन। त्यसैले आफ्ना छोराछोरीहरु कहाँ जान्छन्, को संग संगत गर्छन् र उसको आनीबानीमा कसरी परिवर्तन आउँदैछ त्यसतर्फ सचेत बन्न अभिभावकहरुलाई आग्रह गरे। 
 
लागूऔषध सम्बन्धि मुद्धामा पक्राउ परेका व्यक्तिहरु धेरैजसो १५ देखि २५ वर्ष उमेर समूहका छन्। 
 
१५ देखि २५ सम्मको उमेर कलेज पढ्ने उमेर भएको र धेरै क्षेत्रका साथीहरुसँग परिचय हुने उमेर पनि यहि भएकोले यो समयमा आफ्ना छोराछोरीलाई निगरानी गर्न थापाले अभिभावकलाई आग्रह गरे।  
 
थापाले रुपन्देही जिल्ला लागूपदार्थ ओसार पसारको प्रमुख केन्द्रको रुपमा विकसित हुदै गएको र यसलाई रोक्न नसके यसले भयावह अवस्था ल्याउने भन्दै विभिन्न संघसंस्था तथा नागरिक समाजसंग मिलेर अभियान संचालन गर्नुपर्ने बताउँछन्।
 
भारतीय खुल्ला सिमानासँग जोडिएको र धेरै जिल्लाहरुको व्यापारको मुख्य केन्द्र भएकोले लागु औषध कारोवारीले बुटवललाई लागुऔषध कारोबारको मुख्य केन्द्र बनाएको प्रहरीको भनाई छ। 
 
गत भदौ महिनादेखि यता लागू औषध कारोबारमा संलग्न ३ सय जनालाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
साभार : सेतो पाटी
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis