CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मदनकृष्णले हाँसेरै जिते रोगलाई

मदनकृष्णले हाँसेरै जिते रोगलाई

२६ असार, काठमाडौ । रोग लाग्यो भने धेरैले लुकाउने बानी हुन्छ । भन्नै पर्‍यो भने पनि बिरामीले आफ्नो समस्या आधामात्र भन्ने गर्छन् । अपहेलित हुने डरले परिवारका सदस्यलाई समेत खुलेर आफ्नो समस्या भन्दैनन् । जब रोगले थला पार्छ त्यसपछि उपचारका लागि अस्पताल जाने प्रवृत्तिले धेरैको जीवन जोखिममा पर्ने गरेको छ ।
यस्ता घटना नेपाली समाजका लागि नौला होइनन् । तर हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अरुभन्दा पृथक र साहसिक रुपमा प्रस्तुत हुने कोशिस गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
कलाकारिताको माध्यमबाट समाजमा विभिन्न विषयमा जनचेतना फैलाउन र
नागरिकलाई सचेत गराउन सफल श्रेष्ठले आफ्नो जीवनमा आइपरेको दःखलाई डटेर समाना गरेका छन् । पार्किन्सबाट पीडितश्रेष्ठको नेपालमै शल्यक्रिया भएको छ । स्रोतले भन्यो,’मन दह्रो बनाएर अगाडि नबढेको भए श्रेष्ठलाई यस्तो सफलता मिल्ने थिएन । उनले हाँसेरै रोगलाई जिते । जसमा नेपाली न्युरो सर्जनको हात महत्वपूर्ण छ ।’
आत्मविश्वासले मानिसलाई जटिल समस्याबाट मुक्ति दिन सक्छ भन्ने उदाहरण बनेका छन् कलाकार श्रेष्ठ । जीवनमा लामो समय कलाकारितामा बिताएका उनले भने,’मलाई देखिएको समस्याको उपचार अत्यन्तै जटिल र महँगो मानिन्छ । तर यसमा चिकित्सक सफल भएका छन् । मलार्य खुसी लागेको छ ।’
पार्किन्सनको उपचारका लागि विभिन्न अस्पताल धाएका श्रेष्ठ पार्किन्सलाई जितेपछि यो रोगका बारेमा भएका भ्रम चिर्दै जनचेतना फैलाउने अभियानमा जुट्ने भएका छन् ।

Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis