नयाँ दिल्ली— मृत्यु एक रहस्य नै हो। यो कसरी र कुन रुपमा तपाइँ समक्ष आइपुग्छ थाहा हुँदैन। तर हिजोआझ फेसबुकमा मृत्युको भविष्यवाणि गर्ने एक एप्लिकेशन चर्चामा छ। माइडेथ नामको यो एप्लिकेशनले बताउनेछ तपाइँको मृत्यु कुन मिति र स्थानमा कसरी हुनेछ भनेर।मृत्युको मिति सुनेर डराउनुभयो? त्यति गम्भीर भइरहनु पनि पर्दैन। यो एउटा रमाइलो मात्रै हो। यसको उद्देश्य यति मात्र हो कितपाइँ आफ्नो मृत्यु मिति साथीसँग सेयर गर्नोस् र मजाले हाँस्नोस्।पछिल्लो समय फेसबुकमा यो अत्यधिक सेयरिङ भइरहेको छ। कोही आफ्नो मृत्यु कार दुर्घटना, कोही हार्ट अट्याक कोही रेल दुर्घटनामा भएको बताइरहेका छन्।
यसरी रमाइलो गर्नोस्
फेसबुक लग इन गर्नोस्। http://hotfunapps.com/mydeath/ मा क्लिक गर्नोस्। फेसबुकले तपाइँको प्राइभेसी प्रमिसन माग्नेछ। यसको अनुमति दिनेसाथ तपाइँको मृत्युको तारिख तथा कारण पत्ता लाग्नेछ।

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !